खात/सुअदेर

-काेइँचबु काःतिच (उकुसु)
क. कथासार
मानिसको भीड छ । लगामा डब्लाङ तोर्म राखिएको छ । पोइँबो ग्याँमिले पिदार नाम्दार विभिन्न देवता तथा पितृको पूजा गरेर विसाएका छन् । सबैभन्दा तल लिपेको भुइँमा धान त्यसमाथि नाङ्लो र नाङ्लो माथि फोल तोर्म छ । तोर्म माथि वल्लो सुर र पल्लो सुर पारेर सरामा बाँधेर झुण्डाएको बाँसको कप्टेरोमा दादर (उहिलेदेखि राखिएको ध्वाजापतका झुण्डाइएको छ । मकै राखेको बाँसको टोक्ले छ । त्यसमा अक्षता भरेर धतुर तोर्मसँगै राखिएको छ । पितृहरुलाई सागुन गरेको पातहरु खातका खात छन् । त्यसमा एउटा टापरीमा भएभरको खानाहरु राखिएको छ । कुलपुरोहितले अनुहारमा पुरै सेतो पिठो दलेका छन् ।
पोइँबोले विभिन्न किसिमको अनिष्ठाकारी आत्महरुलाई बोलाउँछ । नाअÞसोले ती अनिष्ठाकारी आत्महरुलाई फकाइ फकाइ नाम पुकार्दै खाना दिन्छ । अनि जुन घरमा फोल गरिएको छ त्यसघरका र एकै कुलका दाजुभाइहरुले पनि आफ्नो सबै नराम्रा कुराहरु हटेर जाओस् भन्दै नाम पुकार्दै त्यस टपरा चढाउँछन् ।
कुलपुरोहितले अनिष्ठाकारी आत्मलाई तह लगाउने पामखासा खलमखासा खानारोल्बोलाई बोलाउँछ । पामखासा खलमखासाले सबै अनिष्ठाकारी आत्मलाई तरवार भाला लौरोले हान्दै खेदाउँछन् । ती अनिष्ठाकारी आत्मले राम्रा आत्महरुलाई पनि दुःख दिन्छन् । साथ लागेर छाड्दैनन् । यसैले कुलपुरोहितले मफाइ चुफाइ किकिलाई अगाडि लगाएर ती अनिष्ठाकारी आत्मबाट शुभगुण भएको आत्महरुलाई छुटाउँछ र लगामा लगेर राख्छ । पामखास र खानारोल्बोलाई पनि सुसेल्दै मफाइचुफाइको सहारामा खेदिपठाउँछ । उनीहरुकै पछिपछि सबै ग्रहादशा टपरामा मन्साएर सेतो पीठो दलेको कुलपुरोहित घरबाट धेरै पर दौडेर जान्छ । अरुले भने उसैको पछि पानी अक्षेता र खरानी हान्छन् । बाद्यवादन जोडजोडले बजाउँछन् ।
धेरै पर दोबाटो वा जंगल वा ओडार लगेर त्यो टपरा राख्छ र अक्षेता निकालेर पुकार गर्छ । अनि फरक्क घर फर्किन्छ । घरमा आउँदा खात फाल्ने कुलपुरोहितलाई लुकेर पानी छ्याप्ने गरिन्छ । खात ताइच्चालाई सागुन तथा कास गर्दा भने शुअÞदेर ताइच्चा भनिन्छ । यसरी अनिष्ठालाई डाँडा कटाउने लोक नाटक अभैm बाँकी छ ।
ख. परिवेश
खानपान र लवाइखवाइमा बढी नै चासो राखेर आफ्नो अनुकुलको खानेपिउने, बास्ने तथा लगाउने व्यवस्था भए नभएको कुरामा सन्किएर नखरा देखाएर वा आफुलाई नदिइ कसैले केही खाना कुरा खाएमा रोगव्याधि दुःखपीडा दिने अनिष्ठाकारी आत्मलाई पन्साएर टाढा पठाउने लोकनाटक नै खात÷सुदेर ताइच्चा पिदार हो । कसैको कार्यक्रम वा चाड वा विहेबटुलोमा निम्तो मान्न पुगेको अवस्थामा सम्बन्धित कार्यक्रम आयोजक वा कर्ताको घरमा कसैले मानमनेतो नगर्दा त्यसको रीस अन्यमा खन्याउने प्रवृत्तिको परिवेशलाई यो नाटकमा प्रस्तुत गरिन्छ । यस नाटकमा आफ्नो हुँदो वा अनुकुल खानपान, बास तथा लवाइखबाइ भएको अवस्थामा खुशी भएर जसले जे माग्यो दिइहाल्ने आफु प्रतिकुल वातावरण भए छिट्टै रिसाएर कसैले केही गर्न खोजेको काम विगारी दिने एक सन्काहा समाजको अदृश्य पात्रलाई कसरी खुशी पारेर उबाट काम लिने भन्ने सामाजिक मतैक्यताको सामुहिक काम गर्ने परिवेशलाई झल्काइएको छ ।
१. समय
यो नाटक कुनै पनि चाफो (जजमान) को घरमा गरिने साँस्कृतिक संस्कार वा पूजामा पोइँबो वा ग्याँमि (कुलपुरोहित) द्वारा विहान वा दिउँसो प्रदर्शन गरिन्छ । विशेष गरेर खात फाल्ने संस्कार ख्योम्पातिचहरुको कुलपूजाको बेला प्रदर्शन गरिन्छ । खात लोकनाटकको समय अवधि आधा घण्टाको समय लाग्दछ । खात एक पौढ उमेरको अदृश्य पात्र हो । नाटक प्रायःजसो बेलुकी प्रदर्शन गरिए ता पनि नाटकको पात्रको अभिनय समय भने दिउँसो कुनै पनि कार्यक्रममा निम्तो मान्न जाँदा वा कसैसँग भेटघाट गर्ने जाँदा जुन कामको लागि बोलाइएको हो त्यसकामको अवलोकन गर्दा दिइने प्रतिक्रियाको समयलाई नाटकीयरुपमा प्रदर्शन गरिन्छ ।
२. प्रदर्शन स्थल
प्रायःजसो घरको मझेरीमा प्रदर्शन हुने यो नाटकलार्ई कहिले काहीँ आँगनमा समेत प्रदर्शन गरिएको पाइन्छ । अन्य समुदायमा यो नाटकलाई कहिल्यै प्रस्तुत् गरेको पाइँदैन । यस नाटक प्रदर्शनको लागि विभिन्न किसिमको फलपूmल कन्दमूल, कपडाहरु, पेय पदार्थहरु तथा सुगन्धित धुपहरु आगोको कोइला आवश्यक पर्छ । नाटक प्रदर्शनस्थललाई विशेष किसिमले सिँगारपटार गरेको पाइँदैन ।
ग. संवादयोजना
खात लोकनाटकमा विशेषगरी मुक्दुमी भाषिक उच्चारणको प्रयोग हुन्छ । सुसेल्ने यो खात पिदारको मुख्य आवश्यकता हो । खातसँग दर्शकहरुको भावनात्म्क एकहोरो सम्बाद हुन्छ । पछिपछि वाद्यवादहरु पनि खात फाल्न जाने चलन छ ।
१) भाषा
खातमा अनिष्ठाकारी मफाइचुफाइ नामक वृद्धा र पामखासा खानारोल्बो तर्साउँदा सुसेलेर जोडजोड ढ्याङ्ग्रो झ्याम्टा बजाउनु पर्दछ । पाम खासा खानारोल्बो बोलाउँदा मुक्दुमि भाषाको प्रयोग हुन्छ । दर्शक दिर्घाबाट खातसँग अनिष्ठा फाल्दा थुँ थुँ सबै अनिष्ट रोग कष्ट जा है भनेर आदेशात्मक रुखो बोली बोल्ने गरिन्छ ।
२. गीत/संगीत
खातमा अनिष्ठाकारी आत्महरुलाई बोलाएर तर्साएर थर्काएर खेद्ने प्रदर्शन गरिन्छ । यसको लागि खासै गीत संगीतको व्यवस्था गरिएको पाइँदैन । तर कुलपुरोहितले खलो गाउने चलन छ ।
३. वाद्यवादन
खात/सुअदेर लोकनाटकमा ढ्याङ्ग्रो र झ्याम्टाको प्रयोग अत्याधिक हुन्छ । खात भनेकै नखरा, रिस र खुशीभित्रको लुकेको अनिष्ठाकारी तत्व हो । ढ्याङ्ग्रो र झ्याम्टाको तालले यी अनिष्ठाहरुलाई तर्साएर भगाउन जोडजोडले बजाउने गरिन्छ । वाद्यवादनको तालले नै कुन पछि कुन अभिनय गर्ने अर्गात् दृश्य परिवर्तनको संकेत गर्दछ ।
घ. चरित्रचित्रण तथा अभिनेयता
खातको मुख्य पात्र कुलपुरोहित नाअÞसो हो । पोइँबोले अनुहारमा नाअसोलाई मकै पीठो दलेर अनुहारनै पुरै सोतो बनाइदिएको हुन्छ । वास्तावमा खात भनेको पामखासा र खानारोल्बो नामक लेक र बेँशिको अचाडु छुसी गर्ने वित्थामा झगडा गरेर हिड्ने हावाहरुलाई खोला साँध डाँडा साँध लगाएर गाउँमा पस्न नदिने साँस्कृतिक लोकनाटक हो । अनेकन नराम्रा अनिष्ठाका प्रतिक बनस्पति, वस्तु, सरसमान लिएर अगाडि उभिएर बसेको नाअ्सोलाई पोइँबोले विभिन्न किसिमको लोभ लाल्चा देखाएर खातहरुलाई बोलाउने गर्दछ । यसरी बोलाउँदा आएका ती अनिष्ठाहरुलाई घरभित्र पस्नेबेला अनेकान प्रक्रियाबाट तर्साएर भगाउने धपाउने काम कुलपुरोहितले गर्छ भनेर त्यो अनिष्ठालाई टाढा पुराएर फ्याँक्ने काम भने कुलपुरोहित नाअ्सोले गर्छ । साँच्चिकै खात फाल्ने बेला नाअ्सो तर्साउने डर लाग्दो नै देखिन्छ ।
ङ. मिथक तथा निस्कर्ष
धेरै पहिला दालकेप नामक टुहुरो दुर्विच थियो । दिदी युमाले काःतिच र युल्सिले दिगार्चसँग विवाह गरेर गएपछि एक्लै बनेको थियो । वनको कन्दमूल खान्थ्यो । अनि आफुले सक्ने शिकार गरेर जीवन गुजार्दै थियो । उसको शिकार क्षेत्र पितुपालमा खालिङ राईहरुको क्षेत्र जोडिएको थियो । त्यहाँ उनीहरुले दुवाँली थापेर डाँफे, मुनाल, थार, मृगको शिकार गर्थे । कहिलेकाहीँ दालकेपले ती खालिङहरुले थापेको पाशोको शिकार निकालेर खान्थ्यो । पछि पछि बानी परेपछि सधैं जसो पासोमा परेको शिकार झिक्दै खाना थाल्यो । सधैं शिकार हराएको हुँदा खालिङहरुले कसले आफुले थापेको पासोबाट शिकार चोर्दोरहेछ भनि ढुकेर बसे । दलकेप खालिङहरुको शिकार क्षेत्र पस्यो र धमाधम शिकारहरु पासोबाट निकाल्न थाल्यो । यो देखी खालिङहरुले दलकेपलाई घेरेर समाते र आफ्नो घर लगे अनि गोठला बनाए ।
दलकेप भाग्छ भनि उसलाई कम्बरमा बाँधेर राख्थे । दलकेपलाई एक दिन पानी लिन पठाए । उसको पछि पछि एक जना खालिङ पनि गयो । पानी भरियो । दालकेपले भाग्ने योजना बनायो । दालकेपले खालिङलाई दिसा लागेको बतायो । अनि अलि पर झाडीमा गयो । यसले झाडिमा बस्दा पनि स्याउला हल्लाउनु पर्ने भयो । उसले पनि दिशा गरे जस्तै स्याउला हल्लाउँदै बाँधेको डोरी फुकायो । र त्यहि स्याउलामा बाँध्यो । बेला बेलामा म यहाँ छु भन्दै स्याउला हल्लाउँथ्यो । खालिङले पनि डोरी तान्दै जाँच गथ्र्यो स्याउला हल्लिन्थ्यो । दालकेप त्यहीँ छ भनेर ढुक्क हुन्थ्यो । धेरैवेरसम्म दालकेप नकराएको हुँदा खालिङ गजबैले चिच्चायो तर दालकेप कराएन । त्यसपछि के पो गर्दै छ भने हेर्न जाँदा स्याउलामा डोरी बाँधेर दालकेप भागीसकेको थियो । यो देखी खालिङ घर आयो र सबै कुरा बतायो । सबै खालिङ युवाहरु दलकेप लघार्दै अगाडि पितुपालातिर बढे । दालकेप दौडेको दौड्यै अगाडि बढ्यो । लेकतिर धुम्म कुहिरोले बे¥यो । हिउँ परेको थियो । हिउँमा नाङ्गै खुट्टा हिड्दा खुट्ट सबै काँडा घोचेर रगत आएको थियो । दिन ढल्की सकेको थियो । दालकेप पितुपाला कट्यो । ओरालै ओरालो तोलु भन्ने गाउँमा आइपुग्यो । त्यहाँ मालेपर्तेन नामका नाम चलेका दुर्विच पोइँब बस्दथे । उसैकोमा शरण माग्न पुग्यो । दालकेपले सबै कुरा बतायो । मालेपर्तेनले उसको ख्योपत राख्ने डेलिमा लुकायो । दालकेपको गोहो पच्छाउँदै मालेपर्तेनका घरमा खालिङहरु आइपुगे । मालेपार्तेनले उसको घरमा कोही नआएको बतायो । तर खालिङहरुले दालकेपको पाइलाको गोहो यही घरभित्र पसेको छ भनि खुट्न झम्टिए । यसो गरेपछि दालकेपले नपत्ताए मेरो घर सबै कुनाकाप्चा हेर्न सक्नुहुन्छ भनि खानतलासी गर्न दियो । सबैतिर हेरे । तर कतै भेटेनन् । एक जना खालिङले डेलि कामी रहेको देख्यो । र, अगाडि डेलीतिर बढ्यो । झन् दालकेप डराएर काम्न थाल्यो । यो देखी मालेपर्तेनले खालिङहरुलाई डर देखायो र डेलीको रक्ष गर्न अगाडि बढ्यो, “ल, तिमीहरुलाई सबै कुनाकाप्चा खोज्न हेर्न दिएँ । तिमीहरुमा राम्रो भावना रहेन छ । कुभावना र कुदृष्टिका रहेछौं । यहाँ मेरो धर्म पुस्तक मुक्दुमले थाहा पायो । तुरुन्त निस्केर जाऔं । मेरो धर्मग्रन्थ उडेर जाना लाग्यो । अब तिमीहरुलाई ठूलो पाप लाग्ने भयो । र घरमा पनि अनिष्ठ हुन्छ ।”
त्यसपछि खालिङ आफ्नै गाउँ फर्के । दालकेपलाई मालेपर्तेनले डेलिमा भएको किङ्गुर धतुर दिएर फोल गर्नु फोलले नै तिम्रो रक्षा हुन्छ भनि लिखु पस्चिम कुँबुकाँस्थलीमा पठाए । तिनै दालकेपका सन्तान नै अहिलेका ख्योम्पातिच हुन भनिन्छ । उनीहरुले वर्षमा एक पटक किङ्गुरधतुर पूजा गरेर फोल पिदार गर्दछन् ।

Share

Leave a Reply

Your email address will not be published.