कोइँसिने कोइँसिने : होस काका पाइँसिने

-कोइँचबु काःतिच

प्लेत-ति अहिले प्रिती बनेको छ । कतिपयलाई परिवर्तन भन्ने लाग्ला । कतिपयलार्इ प्लेत-तिको अनुवाद । प्लेत-तिको खास अर्थ के हुन्छ ? खोजीको विषय त हुँदै हो । कसरी प्लेत-ति गाउँको नाम रहृयो ? हुन सक्छ प्लेत-तिचहरुको मूल थलो भएकोे हुनाले प्लेत-ति नाम रहन गएको हो । जस्तै : काःतिचको मूलथलो काःत । बुजिचको मूलथलो बुज । कोरमोचको कार-मो डाँडा । फातिचको फातगाउँ । रावाचको रावा ।

हो, यही प्लेत-ति गाउँमा यसपालीको वैशाखमा तीन दिन (९, १० र ११ गते) विताइयो । सुनुवार सेवा समाज प्लेत-तिले गएको दुर्इ बर्षहरु जस्तै यस वर्ष पनि कोइँच साँस्कृतिक महोत्सव गरेको थियो । कोइँच खाना प्रदर्शनी । कोइँच कलाकारहरुको कोइँच नृत्य र विभिन्न कलाकारको अन्य साँस्कृतिक कार्यक्रम । यस बर्ष अन्तर गाउँ विकास समिति नभइ अन्तर जिल्ला प्रतियोगितात्मक कार्यक्रम भएको हुँदा ओखलढुङ्गाबाट समेत प्रतियोगितामा सहभागी थिए।

निर्णायक मण्डलमा म (कोइँच बु काःतिच) पनि थिएँ । इमन्दारसाथ भन्नु पर्दा म नाच्न नजान्ने तर समाजले भाषा संस्कृति बचाऔं अभियान भन्ने मूल नारा बोकेको हुँदा भेषभूषा र सामाग्री -प्राप्स) प्रयोग हेर्न मलाइ निर्णायक मण्डलमा राखिएको थियो । स्थानीय तहमा महिला प्रतिनिधिको रुपमा दिपा सुनुवार र नृत्य सम्बन्धी निर्णय गर्न सुनुवार कलाकाए तथा चलचित्रकर्मी समाजका अध्यक्ष अमृतबहादुर सुनुवार निर्णायक थिए ।

साँस्कृतिक, भेषभूषा र भाषिक रुपमा सुनुवार सेवा समाज, कुँबु काँस्थली र त्रिवेणी साँस्कृतिक मञ्च रगनी ओखलढुङ्गा अब्बल थिए । तर प्रतियोगितामा प्रथम तिलौरीखोला हाइड्रोपवर प्लेत- ति ५ प्रथम भयो । जे होस् यो प्रतियोगिता थियो । चित्त बुझाउनु नै पर्ने भयो तै पनि धेरैको गुनासो रहृयो तिलौरी खोलाले कसरी प्रथम पुरस्कार र उत्कृष्ट नृत्यकारको पुरस्कार जित्यो ? यो कौतुहल हुनु स्वभाविकै हो । म दर्शक भएको भए पनि त्यसै भन्थेँ । तिलौरी खोलाले शुरुमा कोइँच भाषामा डम्फु गीतमा मौखिक नृत्य गरेको थियो भने दोस्रो राउण्डमा तामाङ सेलोमा नृत्य गरेको थियो भने तेस्रो राउण्डमा झयाउरे लोकनृत्य प्रस्तुत गरेको थियो । तर कुँबु काँस्थलीका कलाकारले शुरुमा यलम्बर बाजा, बास्सै बाजा, टुङ्ना, मादलको प्रयोग गरेर नृत्य देखाएको थियो भने दोस्रो राउण्डमा फाचेनु गैरी धारपानी बास्सै बाजाको नाच र तेश्रोमा कोइँसिने कोइँसिने । आयोजक टिमले स्वागत गीत सहित चारवटै गीत कोइँच भाषामै प्रस्तुती दिएको थियो । भेषभूषामा रगनी, ओखलढुङ्गाका कलाकारहरु अब्बल थिए भने नृत्यमा पनि अब्बल । राइनो गाइज युवा क्लबले वल्लो किरातको मुद्दा जोडतोडले उठाएको थियो भने नव सिर्जना परिवार ग्युदुले राष्ट्रियता झल्काउने गीत र नृत्य प्रस्तुत गरेको थियो । दुइ दिनसम्म भएको प्रतियोगिता अति रोमञ्चक बन्यो । बेलुकी बास्सै बाजा सिलको जुवारी कोइँच भाषामा १ बजेसम्म भएको थियो । केन्द्रीय अध्यक्ष तथा कलाकार अध्यक्ष र सुनुवार सेवा समाज प्लेत-तिका कलाकारहरु वीच यो जुवारी खेल भएको थियो ।

११ गते, सिनेमेटोग्राफर सुरज सुनुवारको दोमोका दार्शो सेरेम फु गीति एल्बमको गीत गेत-थि दा कोःति थोले देम-बाको म्युजिक भिडियो सुटिङ गरियो बेलुकी सुसेस ललितपुर कोषाध्यक्षको घरमा लिखु खोलाको असल माछासँग भात खाइयो । १२ गते विहान ३ बजे नै रामेछाप सुसेस अध्यक्ष, सामुयल सुनुवार, अमृत सुनुवार मोटरसाइकल लिएर हिँडेको हामी आठ बजे हिडेकाले क्यादलुमा भेटेउँ । सुसेस केस अध्यक्ष मनप्रसाद सुनुवारले मोटरसाइकल लिएर हिँडेपछि अमृत र हामी हिँडेर ठोसे लाग्यौं । पानी परेकोले प्लेततिमा बस आएन । हामी अस्ती आठ गते पनि ठोसेमा ओर्लेर हिड्दै प्लेत-ति डाँडागाउँ १२ बजे राती पुगेका थियौं ।

हिड्दै जाँदा गजेचेप्टेमा चाउँ चाउँ खाजा र जाँड खाइयो । हामी आठ जनाको टिम थियौं । बन्चरेमा फेरी जाँड खायौं । लब्चनेमा जाँड र आलु खायौं । त्यसबेला गोरखापत्रबाट फोन आयो । उताबाट जानकारी आयो, कोइँच भाषाको लागि उजुरी परेको छ । मन्त्रालयबाट दबाब आएको छ । तुरुन्त उपस्थित हुनु भन्ने खबर प्राप्त हुने वित्तिकै हाम्रो मनमा झस्को पस्यो कि दुइ वर्षघिको समाचार अहिले उजुरी पर्नु दालमे कुछ काला छ भन्ने लाग्यो । सम्पूर्ण कोइँचको पहिचान कोइँच भाषाका वारेमा अहिलेसम्म कसैले कुनै पनि मुद्दा मामिला गर्ने झमेला गराउने गरेको थाहा थिएन । विगतमा हामीले लेखेकै थियौं नामको पछाडि सुनुवार लेख्दैमा कोही पनि सुनुवार हुन सक्दैन । असली कुरा र्सार्वजानिक गरौंला भनेर बाटो लागियो । गनाउने पानीमा चाउँ चाउँ र जाँड खाएर ओरालो झरेको सुनुवार समाज बचत तथा ऋण सहकारी संस्थाको कोषाध्यक्ष हिड्न सक्नु भएन ओरालोमा र हामी पनि त्यति सक्ने थिएनौं ।

ठोसे बजार आएर ठोसे रुफटप रेस्टुरेन्टमा बसियो । एमालेका महेश प्रधान हामीलाई भेट्न आए । विशेष गरी इन्द्रकुमार सुनुवारलाई । हामी रुफटपमा बसेर चिसोसिसो खाँदै थियौं । साँझ पनि पर्दै थियो । बिचैमा खडोस सुनुवारले बोलिहाले कि को महेश हो ? भनेर । महेशले सुनिहाले र खडोसपट्टी फर्केर दुइ हात जोडेर नमस्कार गरिहाले र भने कि हजुरलाई पहिला नै भेट्न इच्छा थियो तर ढिलै भए पनि बधाई छ ! तर खडोसले पनि महासचिव भएको उपलक्ष्यमा भनेको होला भन्ठानेर धन्यवाद, त्यस्तो केही छैन, ठिकै छ भन्दै गए । तर इन्द्रकुमारसँग कुरा गर्दागर्दै पनि बिचैमा पुनः खडोसतिर फर्किँदै बधाई मात्रै दिई रहृयो ४-५ पटक नै बधाई दिई रहे । पछि खडोसको बायाँपट्टी र समीरको दायाँपट्टी बसायौं र हामीले चिया लिन आग्रह गर्दा बियर खाने इच्छा जाहेर गरे त्यही मुताविक हामीले दियौं । आधा बोतल बियर सकेपछि पुनः खडोस सुनुवार कहाँ छ त ? भन्ने प्रश्न गरे । बिचैमा खडोस आफैंले बोले कि यि के त मै हैन खडोस भनेर आफैंतिर औंल्याए बिचैमा समीरले पनि उनैतिर औंल्याए । महेश उच्छकेर भनेर एहे हौव्वा खडोस त तिमी नै हो भनेर प्याच्चै बोली हाले । समीरले भनि हाले कि अघिदेखि ५-७ पटक बधाई के को दिएको त ? भनेर प्रश्न गरे । होइन, म त हाम्रो साथीले राम्रो जिम्मेवारी ठाउँमा पुगेको भनेर पो बधाई दिएको त भनेर भेद खोली हाले । तर खडोसले प्रश्न गरी हाले कि म के के कुरा बेइमानी छु र हौव्वा भएँ त ? भनेर प्रश्न गर्दा महेशले भने कि त्यस्तो केही होइन, तपाईं अलि हठ्ठी, जिद्दी र जित्नै पर्ने खालको हुनुहुन्छ, त्यसैले भनेको अन्य कुरा मेरो केही छैन भन्दै हात जोडेर माफी चाहन्छु भन्न लागे । त्यसपछि उनले सुनुवार सेवा समाजको इतिवृत्तान्त बताउन थाले । तपाईंहरुको सुनुवार सेवा समाज बिग्रिएको र बिगारेको तपाईंहरुको टंकरामको पालादेखि हो, म ठोकुवाका साथ भन्न सक्छु भन्ने थाले । खडोसले भन्न थाले कि तिमी नेवार भएर सुनुवारको चासो किन लिएर हिँडेको भन्दाखेरि हाम्रा पनि शुभचिन्तक छन् नि त्यहाँ । हामीले पनि साथसहयोग गरेका छौं नि । तपाईंहरु के कुरा गर्नुहुन्छ ? तपाईंहरु कोटेश्वर माधव नेपालको घरको छेउमा बसेर पादेको गन्ध पनि थाहा पाउँछौं हामी निर्ण्र्ााो कुरा त परै छाड्नुहोस् भन्न थाले । यसपाली लोकप्रियले चुनाव उठ्ने हो त सल्लाहाकार भएर । हामीले यता त्यत्रो ठाउँ दिएर राखेको त आखिर चुनावमा उठेर ३७ भोट ल्याएर बिजेत भएन त ? भन्नसम्म भ्याए । (हामीले पनि संस्थाको बारेमा यत्तिका जटिल कुराहरु भएपछि उहाँको शब्दलाई रेकर्ड गर्न भ्यायौं) । हामीलाई बल्ला चेत पस्यो कि गोरखापत्रमा उजुरी पर्नुको कारण । कहाँबाट के भयो त ? त्यसपछि सुनुवार सेवा समाजको विगतका दिनतिर फर्किन बाध्य बनायो । कसले कसरी कहाँ के कस्तो सल्लाह गरेर सुनुवार सेवा समाजको आठौं समितिलाई मुद्दा हाल्यो भनेर ।

विहानै हिड्ने तयारी गरे पनि बसको टिकट पाइएन तीन वटा बस ठोसेमा भए पनि । जसरी पनि काठमाडौं त जानु छ । जिरीबाट टाटा बलेरो मगायौं । १८ हजार भाडा । बार्गेनिङ गरेपछि १५ हजारमा कुरा मिल्यो । तर बलेरो ठोसे आउँदा छक्क परियो भारी बोक्ने टाटा पिक अप रहेछ । अमृत रिसाउँदै गाडिमा चड्यो । सुइँ पाप्तु । र तामाकोशीमा अर्लेर मन्थली लाग्यो काठमाडौं आउने भनेको मानिस गाडीको कारण । हामी सुसेस महासचिव खडोस सुनुवार, सुसेस सूचना तथा सञ्चार प्रमुख समीर मुखिया, सुनुवार डट ओआरजि सञ्चालक सुरज सुनुवार, सुसेस ललितपुर सचिव चन्द्रप्रकाश सुनुवार, सहकारी कोषाध्यक्ष इन्द्रकुमार सुनुवार र म काठमाडौं लाग्यो ।

गाडीको पछाडि म, सुरज र चन्द्रप्रकाश बसेको थियौं । दिन भरी फुटबल जस्तै उफारिँदै काठमाडौं आइपुगियो । कहिले उठ्यौं भएन । प्लास्टिक ओच्छाएर सुत्यौं । झुक्किनसम्म झुक्कियौं । टाटा सुमो ठानेको टाटा पिकअप समान बोक्ने गाडीमा समान बनेर मुस्किलले काठमाडौं आइपुगियो । जिन्दगीमा लिखुखोलाबाट काठमाडौं आउँदाको सबैभन्दा महँगो र कष्टकर यात्रा सम्पन्न गरियो । थाङथिलो भएको जिउ । तै पनि ओआरजि पाठकसँग साक्षत्कार हुन नपाएको केही दिन भएको हुँदा पलेटी कसेर यस साताको यात्राको अनुभूति पस्किँदा यस्तो अनुभव गरेँ कि कुनै पनि  सुनुवारलाई बरा भनेर नछाड्नोस् जसले गल्ती गर्छ । त्यसैले कस्को कहाँ के गल्ती गरेका छन् । र, त्यस गल्तीलाई सप्रमाण खोतल्नु परेमा उनीहरुको जिन्दगीको मोड कसरी कहाँ मोडिन पुग्छ समयले बताउला । यसैले हाम्रा कलाकारले भनेका रहेछन् कोइँसिने कोइँसिने होस काका पाइँसिने ।

Share

Leave a Reply

Your email address will not be published.