कोइँच (सुनुवार) राष्ट्र र राष्ट्रिष्ता : पहिचानको सुनिस्चितता

कोइँचबु काःतिच (उत्तम)

‘गो नेललि कोइँच नाइ शाँ’ भन्छौं । र, ‘खिँ तेःमे ? तेको चुपलुङा ? तेको जेँङा ? मार मुइलि (मुल) मे ? मार मुइग्यो सुइँसिबा मिनु तेको फिते ?’ कोइँच असली चिनारी खोज्दा सोधिने प्रश्न यही हुन् । सुनुवार आपै+mले आफुलाई सम्बोधन गर्ने नाम वा चिनाउने आदिवासी जनजाति नाम हो ‘कोइँच’ । अन्य नजीकका छिमेकी आदिवासी जनजाति तामाङले बोङजा, शर्ेपाले डाङबु, थुलुङले सारसेसी, बाहिङले खिन्ची, दुमीले सुक्सेविम भन्दै आएका छन् । दस किरात एक चेली, एक भान्सा कथनका एक किरात सुहाचेप्पा, जुमुहाङका सन्तान मानिने कोइँचलाई रिस उठ्दा अन्य जातिले मुखमा स्वाद फेर्न चितुवा, किरुवा भन्ने गर्दछन् । खस-बाहुन राज्यले ‘सुनुवार, सुनवार, सुन्वार, सुँदार’ कहिले कहीँ झुक्किएर वा हेपेर जानाजान ‘सुनार’ पनि भनि दिन्छन् । कोइँच (सुनुवार) लाई ‘सुनार’ दलित जाति भनि लेखेको बोलेको विषयलाई लिएर अनेक संर्घष्ा भए, गरिए । यस्तो जातीय विभेदमा बाँच्नु पर्दा पर्दै पनि खसबाहुनले के भन्लान् भनेर हिन्दु मनु सोँचबाट ग्रस्त बाहुनवादी कथित उत्तराधुनिकवादको लिस्नु चढेर कतिपय कोइँच बन्न नसकेका सुनुवार आपै+m आफ्नो खाँटी पहिचान, कोइँच, कोइँच लोः, कोइँच धर्म-संस्कृतिको खुलेर ब्याख्या गर्न नचाहेर, नसकेर वा दिन सक्ने क्षमताको अभावमा हिन्दू, बौद्ध, क्रिश्चियन धर्म अवलम्बन गर्ने र र्राई, मगर, तामाङ, गुरुङ, किरण बनेर आफुलाई चिनाइ आएका वा अरुले भिराएको पहिचानमा नाक फुलाएर खोक्रो गर्व गरिरहेको तीतो सत्य हामी माझ छँदै छ । यो रोग कोइँचमा मात्र नभएर आदिवासी जनजाति सबैको हो । अहिलेसम्म कोइँचलाई किन सुनुवार भनियो भन्ने यकिन भएको छैन । र, कोइँचको ठ्याक्कै अनुवाद सुनुवार पनि होइन । यथार्थसँग भागेर समस्याको हल कहिल्यै हुँदैन । अरुले के के भन्छन्, भने, भन्लान भनेर दुःख मान्नु र सशंकित हुनु भन्दा पनि हामी को हौं ? के हौं ? हाम्रो मुल कहाँ हो ? हाम्रो संस्कार संस्कृति, परम्परा, भेषभूषा के कस्ता छन् ? हामी आपै+mले हाम्रो चिनारीको खोजी गर्नु अति महत्वपर्ूण्ा कार्तव्य हो ।

आदिवासी जनजाति चेतको जागरण र पहिचानको मापदण्ड
सन् १४९२ अक्टोवर १२ मा एक स्पेनीस सामुन्द्रिक यात्रा दलका नेता क्रिष्टोफर कोलोम्बसको नेतृत्वमा युरोपियनहरु अमेरिका पुगे । -युरोपियनको दृष्टिमा नयाँ मुलुक पत्ता लगाइएको भनिए तापनि अमेरिकन आदिवासीहरु युरोपियन साम्राज्यको विस्तारको शुरुआत मान्छन् । किनकि त्यो नयाँ भनेको मुलुकमा मानिस नै नभएको सुनसान भूमि थिएन । जस्तो कि नेपालमा पनि एकिकरणको कुरा गरिन्छ जुन एक देश टुक्रिएर धेरै देश भएको थिएन । छुट्टा छुट्टै राज्य, राष्ट्रहरुमा राज्य विस्तार गरी हिन्दू संस्कार लादिएको थियो ।) त्यतिबेला त्यहाँका आदिवासीहरु प्रकृतिपूजक थिए, युरोपियनहरु इर्साई । उनीहरु खासगरी रोम साम्राज्य स्थापनापछि इशाई समुदायलाई सभ्य र गैर इर्साईलाई असभ्य वा नास्तिक मान्थे । उनीहरुमाथि विजय गर्नु न्यायोचित अधिकार ठान्थे । यसैले स्पेनिस सेनाले अमेरिकामा एक हातले इर्साई धर्म दिने अर्को हातले इन्डियनहरुको र्सार्वभौमसत्ता छिन्ने काम गर्‍यो । जसले त्यस्तो आदेशको उल्लंघन गर्छ, उसले ज्यानको नोक्सानी व्यहोर्नु पथ्र्यो । अमेरिकन आदिवासीहरूलाई जबर्जस्ती मजदुर बनाइयो । उनीहरु ठूलो समूहमा आफ्नो पूख्र्यौली भूमिबाट विस्थापित भए, घरेलु, बधुवा, मौसमी र आप्रवासी मजदुर बन्न बाध्य भए । उनीहरुको श्रम शोषण भयो । उपनिवेशवादीहरुको पहिलो शिकार आदिवासी जनजाति हुनु परेकोले १९२० को दसकमा न्यूजिलैण्डका माउरी तथा क्यानडाका हाउडेनोसाउनी -इरोक्नीस) परिसंघका आदिवासी नेताहरुले अन्तर्रर्ााट्रय कानुन अर्न्तर्गत आफ्ना मुद्दाहरुको सुनुवाईको अपेक्षा गरी जेनेभास्थित ‘लिग अफ नेशन्स’ समक्ष पुगे । हाउडेनोसाउनीका आदिवासी नेता देस्काहेहले त्यहाँ दर्ुइ वर्षबिताए । त्यतीवेला उनले आदिवासीको मुद्दालाई सम्बोधन गराउन सफल त भएनन् तर आदिवासीको मुद्दाले भने विश्वव्यापी हुने मौका पायो । विश्व समुदायको ध्यान आकृष्ट गरायो ।
त्यसपछि विश्वका आदिवासीहरुले पहिचानको लडाइँ लड्न थाले । संयुक्त राष्ट्र संघ लगायत विश्वका विभिन्न मुलुक तथा अन्तरसरकारी संस्थाहरुले उनीहरुको चिनारीको आधार, मापदण्ड, विशेषता र परिभाषा बारे अध्ययन गर्न थाले । सबैभन्दा पहिले अन्तर्रर्ााट्रय श्रम संगठनले १९२० बाट आदिवासी मजदुरहरुको स्थितिबारे चासो लिँदै अध्ययनको शुरुआत गर्‍यो र १९५७ मा आदिवासी तथा जनजाति जनसंख्याको सम्बन्धी महासन्धि नं. १०७ ल्यायो । जसको आलोचना र्सवत्र हुँदै आएपछि संयुक्त राष्ट्र संघले १९८१ मा विश्वका आदिवासी जनसंख्याविरुद्ध भएका भेदभाव सम्बन्धी समस्याहरुको अध्ययन गर्न इक्वेडरका अल्फेन्जो मार्टिनेज कोबोलाई विशेष समाधिक्षक नियुक्त गर्‍यो । सँगसँगै १९८२ मा आदिवासीहरुको सम्बन्धमा भएको विकासको समिक्षा गर्ने र आदिवासीहरुको अधिकार सम्बन्धि घोषणापत्र निर्माण गर्ने उद्देश्यले आदिवासी विज्ञहरुको एक पाँच सदस्यीय आदिवासी जनसंख्या सम्बन्धि कार्यदल पनि गठन गर्‍यो । १९८६ मा कोबोले आप\mनो प्रतिवेदन राष्ट्र संघमा बुझाए । जसमा कोबोले आदिवासीको परिभाषा यसरी गरेका थिए- “आदिवासी जनताहरु र राष्ट्रहरु ती हुन् जो उनीहरुको भूक्षेत्रमा विकास भएको बाहृयआक्रमण तथा उपवनिवेश पर्ूवको ऐतिहासिक समाजहरुको निरन्तरता भएकोले अहिले ती प्रदेशहरु वा तिनका केही भागहरुमा रहिआएका समाजका अरु समूहहरुभन्दा आफूलाई भिन्न ठान्दछन् । उनीहरु समाजमा प्रभुत्वहीन समुहका रुपमा छन् र उनीहरु राष्ट्र जातिहरुको रुपमा आप\mनो अनवरत अस्तित्वको आधारका रुपमा रहेका आप\mनो पूख्र्यौली भूमि र आप\mनो जातीय पहिचान आप\mनै साँस्कृतिक ढाँचा, सामाजिक संस्था र कानुनी प्रणाली बचाएर राख्न, विकास गर्न र भावी पिँढीलाई पुस्तान्तरित गर्न दृढ छन् ।” कोबोको प्रतिवेदनले संसारभरिका आदिवासीहरु भेदभाव र सीमान्तकारणका कारणले प्रभुत्वहीन स्थितिमा बाँच्नुपर्ने वाध्यतामा छन् । त्यर्सथ आदिवासीका संरक्षणका लागि अन्तर्रर्ााट्रय समुदायले विशेष किसिमको कदम चाल्नु पर्दछ भन्ने सन्देश दियो । उक्त परिभाषालाई नै संयुक्त राष्ट्र संघको आदिवासी जनसंख्यासम्बन्धी कार्यदललेे पहिचानको आधार मान्यो ।
नेपाल सरकारद्वारा अनुमोदित अन्तराष्ट्रिय श्रम संगठनले ‘आदिवासी जनजाति जनसंख्या सम्बन्धि महासन्धि नं. १०७’ लाई संशोधन गरी १९८९ मा पारित अन्तर्रर्ााष्ट्रिय श्रम सङ्गठन महासन्धि क्रमाङ्क १६९ ले आदिवासी जनजाति को हुन् – भन्ने ठोकुवा वा निश्चित परिभाषा गरेको छैन । बरु यसले आफुले संरक्षण गर्ने उद्देश्य राखेको जनताहरुको बारेमा यसरी वस्तुगत विशेषताको व्याख्या गरेको छ ः
स्वतन्त्र देशको ती प्रजातिहरुलाई लागु हुन्छ, जसको सामाजिक, साँस्कृतिक र आर्थिक अवस्थाहरुले उनीहरुलाई राष्ट्रिय समुदायका अन्य समुदायहरुबाट अलग देखाउँछन्, र जसको सामाजिक, साँस्कृतिक र आर्थिक जीवन वा अवस्था उनीहरुको आफ्नै प्रचलन वा परम्परा वा विशेष नियम कानुनद्वारा पर्ूण्ा वा आंशिक रुपमा चलेका वा नियमित भएका हुन्छन् । -अन्तर्रार्र्ििट्रय श्रम सङ्गठन महासन्धि क्रमाङ्क धारा १ उपधारा १. क.)
स्वतन्त्र देशका ती जनताहरु जो आफ्नो देशमा पहिलेदेखि नै बसोबास गरेका समुदायहरुका सन्तान भएको नाताले आदिवासी जनजती मानिन्छन् -जस्तो कि कोइँचहरु लिकु, खिमकु, मोलकु वरीपरीका भूभागमा परापर्ूवकालदेखि वस्दै आएका पहिलो मानव वस्ती बसाल्ने जाति हौं । थियौं । छौं ।) अथवा कुनै भौगोलिक क्षेत्र जो विजय वा उपनिवेश वा वर्तमान राज्य सीमा स्थापनाको समयक्रममा -कोइँचको सर्न्दर्भमा मल्ल तथा गोर्खा राज्यको सीमा विस्तार पस्चात गोर्खाली हुँदै नेपाली भइयो ।) ती राज्यभित्र पर्दथे र जसले आफ्नो जस्तोसुकै कानुनी हैसियतको वावजुद पनि आफ्नो केही वा सबै सामाजिक, आर्थिक, साँस्कृतिक र राजनैतिक संस्थाहरु कायम राखेका छन् । -जस्तो कि कोइँचको हकमा कोइँच चुप्लु -चुप्लु समाज) । -अन्तर्रार्र्ििट्रय श्रम सङ्गठन महासन्धि क्रमाङ्क धारा १ उपधारा १. ख.)
त्यस्तैगरी विषयगत विशेषताको रुपमा महासन्धिमा यसरी उल्लेख गरिएको छ ः यो महासन्धिको प्रावधानहरु लागु हुने, स्वःपहिचान आदिवासी जनजातिको रुपमा यो महासन्धिका प्रावधानहरु लागु हुने समूह निर्धारण गर्ने आधारभूत मापदण्ड मानिन्छ । -अन्तर्रार्र्ििट्रय श्रम सङ्गठन महासन्धि क्रमाङ्क धारा १ उपधारा २)
अन्तर्रर्ााट्रय श्रम सङ्गठन महासन्धि-१६९ को निर्देशिकामा आदिवासी प्रजातिका विशेषताहरु यसरी उल्लेख गरिएको छ ः संस्कृति, सामाजिक सङ्गठन, आर्थिक अवस्था र राष्ट्रिय जातिको समूहभन्दा पृथक जीवन पद्धतिः उदाहरण जीवनयापनका आफ्नै पद्धति, भाषा आदि । आफ्नै परम्परा र प्रचलन अथवा विशेषा कानुी मान्यता । त्यस्तै गरी आदिवासी जनजातिहरुका विशेषताहरु यसरी उल्लेख गरेको छ ः ऐतिहासिक निरन्तरता, जस्तो विजयपर्ूव वा औपनिवेशिक एकीकरण पर्ूवका समाजहरु । क्षेत्रीय सम्बन्ध -उनीहरुको पर्ूखाले बसोबास गरेका देश वा प्रदेश) । विशिष्ट सामाजिक, आर्थिक, साँस्कृतिक, राजनीतिक संस्थाहरु -उनीहरुले ती संस्थाहरु आंशिक वा पुरै रुपमा बचाएका छन् ।)
आदिवासी जनजातिहरुको अधिकार सम्बन्धी राष्ट्रसंघीय घोषणापत्रले आदिवासी जनजाति शब्दको परिभाषा गर्दैन बरु उनीहरुले भोगेको जातीय, सामाजिक, साँस्कृतिक, भाषिक, आर्थिक, राजनैतिक भिन्नता, विभेद तथा विशिष्ट चिनारीलाई स्वीकार गर्दै आदिवासी जनजाति सो घोषणापत्रको मानव अधिकारका भागिदार हुन भनि पहिचान गर्दछ । घोषणा पत्रको प्रस्तावनामा आदिवासी जनजाति भन्नाले आफ्नै विशिष्टता भएको भूमि, भौगोलिक क्षेत्र र प्राकृतिक स्रोतमाथि आफ्नो कब्जा नभएको, कुनै निश्चित क्षेत्रमाथि ऐतिहासिक निरन्तरता तथा उपनिवेश पर्ूव साँस्कृतिक तथा भाषिक विशेषता तथा राजनीतिक तथा कानुनी सीमन्तीकरण जस्ता विशेषताहरुलाई सर्न्दर्भ बताउँछ ।
त्यस्तै, धारा ३३ को दफा १ ले भन्छ ः आदिवासी जनजातिहरुलाई आफ्नो प्रचलन र परम्परानुसार आफ्नो पहिचान वा सदस्यता निर्धारण गर्ने अधिकार छ । यसले आफु बस्ने राज्यको नागरिकता प्राप्त गर्न कुनै पनि आदिवासी व्यक्तिको अधिकारमा अवरोध गर्दैन ।
यसैगरी विश्व बैंकले पनि आदिवासी संरक्षणको लागि १९८२ मै आदिवासी सम्बन्धि नीति बनाए तापनि विभिन्न कारणले सो नीतिलाई संशोधन गरी १९९१ मा नयाँ कार्यकारी निर्देशिका पारित गरेर २००५ देखि लागू गर्‍यो, जसमा आदिवासीको विशेषता यसरी उल्लेख गरेको छ- “क) पैतृक प्रदेश र ती क्षेत्रका प्राकृतिक स्रोतसाधनहरुप्रति प्रगाढ मोह वा आवद्धता, ख) बेग्लै साँस्कृतिक समुहको सदस्यहरुको रुपमा स्वपहिचान वा अरुद्वारा पहिचान, ग) प्राय राज्यभाषाभन्दा वेग्लै मौलिक भाषा भएका वा बोल्ने, घ) परम्परागत सामाजिक तथा राजनैतिक संस्थाहरुको विद्यमानता र ङ) गुजारा उत्पादन उन्मुख आर्थिक पद्धति भएका ।”
१९९२ मा ब्राजिलको रिओ द जेनारियोमा सम्पन्न वातावरण र विकाससम्बन्धी विश्व सम्मेलनले पारित एजेण्डा २१ ले पनि आदिवासीलाई यसरी स्वीकार गरेको छ- “आदिवासी तथा समुदायहरुको आफ्नो भूमिसँग ऐतिहासिक सम्बन्ध रहेको छ र तिनीहरु ती भौगोलिक क्षेत्रका पहिलो बासिन्दाका सन्तान हुन् ।”
यसैक्रममा संयुक्त राष्ट्र संघीय विशेष समाधिक्षक प्रा. एरिका इरेन डायसले आदिवासी सम्बन्धी कार्यदलको प्रयोजनका लागि आदिवासी अवधारणाका सम्बन्धमा भएको अन्तराष्ट्रिय अभ्यास बारे १९९६ मा प्रस्तुत कार्यपत्रमा यसरी समझदारी बनाउन सकिने उल्लेख गरे- “क) समयको प्राथमिकता- आधुनिक राज्यको गठन हुनुपर्ूवदेखि नै निश्चित क्षेत्र ओगटेको र अधिभोग गरिरहेको, ख) साँस्कृतिक भिन्नपन- जसमा भाषा, सामाजिक संगठन, धर्म तथा आध्यात्मिक मूल्यहरु, उत्पादनको तरिका, कानुन र संस्थापनहरुलाई स्वेच्छिक रुपमा कायम राख्ने कुराहरु पर्दछन्, ग) स्वपहिचान र अन्य समुदाय वा राज्यद्वारा एउटा छुट्टै समुहको रुपमा मान्यता र, घ) अधिनस्थ, सिमान्तकरण, हरण, वहिस्करण वा भेदभाव कायम हुनु वा नहुनुको अनुभव ।”
आफ्नो लगानी सुरक्षित गर्ने उद्देश्यले विश्व बैंकले जस्तै एसियाली विकास वैंकले पनि आफ्नो आदिवासी सम्बन्धि नीति १९९८ को भाग २ को धारा ८ देखि १२ सम्म आदिवासीहरूको दर्ुइ महत्वपर्ूण्ा विशेषताहरु समेटेको छ- धारा ८ मा उल्लेखित बुँदाहरु “क) आधुनिक राज्यहरु वा त्यसका क्षेत्रहरु सिर्जना हुनुभन्दा पहिले तथा आधुनिक राज्यको सीमाहरु परिभाषित हुनुभन्दा पहिलेदेखि एउटा निश्चित क्षेत्रमा बसोबास गरेका जनसंख्या वा समुहहरुका सन्तानहरु ख) साँस्कृतिक तथा सामाजिक पहिचानको निरन्तरता मूलप्रवाह वा प्रभुत्वशाली समाज तथा संस्कृतिहरुभन्दा भिन्न सामाजिक, आर्थिक, साँस्कृतिक तथा राजनैतिक संस्थापनहरुको जगर्ेन ।” धारा ९ मा उल्लेखित बुँदाहरु “क) स्वपहिचान तथा खास समुहको सदस्यका रुपमा अरुबाट पहिचान र त्यो पहिचान संरक्षण गर्ने इच्छाको अभिव्यक्ति, ख) प्रभुत्वशाली वा मूलप्रवाहको समाजको भन्दा भिन्नै आफ्नै भाषिक पहिचान, ग) मूलप्रवाहका राष्टिय समाजबाट भिन्न आफ्नै सामाजिक, साँस्कृतिक, आर्थिक, राजनैतिक परम्परा तथा संस्थापनहरु, घ) मूलप्रवाहको पद्धतिभन्दा बढी उत्पादनको परम्परागत पद्धति तर्फ उन्मुख आर्थिक पद्धतिहरु, ङ) आफ्ना परम्परागत वासस्थान तथा पुख्र्यौलीक्षेत्र तथा त्यो बासस्थान तथा क्षेत्रका प्राकृतिक स्रोतहरुसँग विलक्षण सम्बन्ध र प्रगाढ मोह, च) यस्ता समुदायहरु तथा समुहहरु धेरै जसो भौगोलिक रुपमा दर्ुगमक्षेत्रहरुमा बसोबास गर्दछन् र मूल प्रवाहका समाजको राजनैतिक, सामाजिक, साँस्कृतिक तथा आथिर्ृक पद्धतिको मोफसलको रुपमा कार्य गर्दछन्, छ) राज्य तथा राष्टिय समाजमा अधिनस्थ स्थिति र विकास प्रक्रियामा सुविधाविहिन जनसंख्याको सबभन्दा गरीब निरीह समुहहरू मध्येका, र ज) विकास प्रक्रियामा सुविधाविहनि स्थिति ।”
यता संयुक्त राष्ट्र संघीय विकास कार्यक्रम -यूएनडीपी) ले भने आपै+mले आदिवासीको परिभाषा गरेको छैन तर अन्य अन्तर्रर्ााट्रय संस्थाले प्रयोग गरेका पहिचानका मापदण्डहरुलाई स्वीकार गरेको छ । यस्तै प्रतिवद्धता गर्ने आदिवासी नीति अन्तरअमेरिकी बैंक, युनेस्कोले पनि गरेका छन् ।
अन्तराष्ट्रिय पृष्ठभूमिमा आदिवासी सम्बन्धी अवधारणाको परिभाषा संश्लेषण गर्ने क्रममा राष्ट्रिय सर्न्दर्भमा परिभाषित आदिवासी अवधाराणाहरुको उल्लेख हुनु पनि सान्दर्भिक हुने छ । एसियामा औपचारिकरुपमा आदिवासीलाई आदिवासीका रुपमा मान्यता दिने देशहरुमा फिलिपिन्स, ताइवान, नेपाल प्रमुख हुन् । फिलिपिन्समा आदिवासीको परिभाषा यसरी गरिएको छ- “आदिवासी साँस्कृतिक समुदायहरु आदिवासी भन्नाले स्वपहिचान तथा अरुद्वारा पहिचान गरिएका मानिसहरुको समुह वा समरुपी समाजहरुलाई बुझाउँदछ; जो सामुदायिक परिवद्ध तथा निश्चित क्षेत्रमा एउटा संगठित समुदायको रुपमा निरन्तर रुपमा बसीआएका छन्, र जसले, अविस्मरणीय समयदेखि स्वामित्वको दावासँगै भू-क्षेत्रहरु ओगटी, भोगचलन गरी तथा उपयोग गरिआएका छन् र साझा बन्धन अवलम्बन गर्दछन्, अथवा जसले, उपनिवेशिकरणको राजनैतिक,  सामाजिक तथा साँस्कृतिक अतिक्रमण, गैर आदिवासी धर्म र संस्कृतिको विरुद्ध प्रतिरोध गरेकाले बहुसंख्यक फिलिपिनोहरुबाट ऐतिहासिक रुपमा अलग्गिएका छन् । आदिवासी साँस्कृतिक समुदायहरु आदिवासीहरुले त्यसरी नै त्यस्ता जातिलाई समेट्दछ जो राज्यहरण वा उपनिवेशिकरण, वा गैरआदिवासी धर्म र संस्कृतिको अतिक्रमणको बेला, वा वर्तमान राज्यको सीमाहरु स्थापना गरिएको वेला देशमा बसोबास गर्ने जनसंख्याको सन्तान वंशजका नाताले आदिवासी मानिन्छन् । तिनहिरु आफ्ना ऐतिहासिक थलोभन्दा बाहिर पर्ुनवास भएका हुन सक्दछन् तर तिनीहरुले केही वा धेरै तिनीहरुका आफ्ना सामाजिक, आर्थिक, साँस्कृतिक तथा राजनैतिक संस्थापनहरु कायम राखेका छन् ।”
नेपालमा भने आदिवासी जनजातिको परिभाषा यसरी गरिएको छ ः ‘आदिवासी जनजाति’ भन्नाले आफ्नो मातृभाषा र परम्परागत रीतिरिवाज, छुट्टै साँस्कृतिक पहिचान, छुट्टै सामाजिक संरचना र लिखित वा अलिखित इतिहास भएको अनुसूची बमोजिमको जाति वा समुदाय सम्झनु पर्छ । -नेपाल सरकार स्थानीय विकास मन्त्रालय, आदिवासी जनजाजि उत्थान राष्ट्रिय प्रतिष्ठानको ऐन २०५८, परिच्छेद १ धारा २ । मिति ः २०५८/१०/२५/५ मा लालमोहर सदर गरिएको ।) अनुसूचीमा दफा २ को खण्ड – क सँग सम्बन्धित भनेर ५९ आदिवासी जनजातिको सूची राखिएको छ जसको क्रमाङ्क ५८ मा आदिवासी जनजाति सुनुवार उल्लेखित छ ।
नेपालमा आदिवासी/जनजाति आपै+mले चाहिँ यसरी आदिवासी जनजातिलाई परिभाषित गरेको छ ः ‘आदिवासी/जनजाति’ भन्नाले साधारणतः हिन्दू वर्ण्ााश्रम भित्र नपर्ने आफ्नो परम्परागत भौगोलिक बसोबासको क्षेत्र, धर्म, संस्कृति, इतिहास, मौलिक मातृभाषा, परम्परागत रीतिरिवाज, साँस्कृतिक पहिचान र सामाजिक संरचना भएको अनुसूचि बमोजिमको आदिवासी जनजातिलाई बुझाउँदछ । – नेपाल सरकारद्वारा आदिवासी जनजातिको छाता संगठनको रुपमा मान्यता प्राप्त संस्था, नेपाल आदिवासी/जनजाति महासंघको विधान-२०४७-२०५३ -छैटौं महाधिवेशन २०६३ द्वारा संशोधित) भाग १ ः प्रारम्भिक  दफा २) सो विधानको अनुसूचि ५ मा संस्थापक सदस्य संगठनहरुको नामावली उल्लेख गरिएको छ । जसमा क्रमाङ्क ८, सुनुवार सेवा समाज को नाम उल्लेख छ । र, अनुसूचि-६ मा अहिलेसम्म महासंघमा आवद्ध विभिन्न ५६ आदिवासी जनजातिहरुको प्रतिनिधिमूलक संस्थाहरुको नाम उल्लेख छ । जसमासदस्य संगठन क्रमाङ्क ४३ ः सुनुवार सेवा समाज, केन्द्रीय समिति, काठमाडौं लेखिएको छ ।
तर सुनुुवार सेवा समाजको विधानले भने को कस्तो व्यक्तिलाई कोइँच -सुनुवार) को मान्यता दिने कुनै धाराले बोल्दैन । न त आदिवासी जनजातिको बारेमा नै बोल्छ । -यस हिसावले २०४४ सालमा स्थापित सुनुवार सेवा समाज मात्र गैरसरकारी संस्थाको अवधारणा बोकेको संस्था रहेको पुष्टि हुन्छ । समयानुसार आदिवासी जनजाति कोइँचको प्रतिनिधिमूलक संस्थाको रुपमा बद्लिन अझै पनि उसको विधानहरुमा संशोधन आवश्यक देखिन्छ । यही अन्यौलताको फाइदा मनु चिन्तनका बाहुनवादी एक दर्ुइ जना सुनुवारले सुनुवार सेवा समाज र सुनुवारलाई भड्खालोमा हाल्ने काम गरेका छन् ।)र्
भर्खरै आदिवासी जनजातिको पुनःसूचिचकरण कार्यदलले भने आदिवासी जनजातिको अर्थ यसरी लगाएको छ ः आदिवासीको अर्थ काल, भूमिसँगको सम्बन्ध, सामाजिक, साँस्कृतिक विशेषता, परम्परागत जीवन पद्धति आदि विशेषताहरुका साथै राज्यबाट निरन्तर वहिष्करणमा परेका तथा प्रभुत्वशाली समुदायको शोषण, दमन र उत्पिडनको सर्न्दर्भमा बुभ\mनु पर्दछ । बाहुन, क्षेत्रीहरु यस्तो पर्रि्रेक्ष्यमा आदिवासीको अर्थ बुझेका छैनन् । उनीहरु समय, काल र राज्यले प्रदान गर्ने सेवा सुविधा र अवसरको सर्न्दर्भमा मात्र बुझेका छन् । त्यसैले उनीहरुले पनि आदिवासीको माग गरी निवेदन दिएका छन् । – आदिवासी जनजाति पुनःसूचिकरण उच्च स्तरीय कार्यदल डा. ओम गुरुङ २०६६)
विश्वमा सैंतीस करोड भन्दा बढी जनसंख्या भएको आदिवासी जनजातिहरुको ५००० विविध समुदायहरु भएको विभिन्न अध्ययन तथा दस्तावेजहरुमा उल्लेख छ । ती विविध मूल्य मान्यतालाई बोकेको आदिवासी जनजातिलाई एक र्सवमान्य परिभाषामा सजिलै अटाउन सक्ने कल्पना गर्नु वास्तवमा बेकार हुन्छ । ‘हामी को हौं – त्यो हाम्रो आत्मनिर्ण्र्ााो अधिकारको कुरा हो । को पहिला – आदिवासी कि राज्य – पछि बनेको राज्यलाई पहिलेको बासिन्दाको बारेमा परिभाषा गर्ने कुनै अधिकार छैन ।’ भन्ने एक मत रहेको छ  अन्तराष्ट्रियस्तरमा आदिवासी जनजाति विद्वानहरुको । यर्सथ आदिवासी जनजातिको जेनेभा ककसले आदिवासी जनजाति शब्दको औपचारिक परिभाषा न आवश्यक छ न त वाञ्छनीय छ भन्ने निश्कर्षा पुगेको छ ।
विभिन्न राष्ट्रिय अन्तराष्ट्रिय परिभाषालाई केलाउँदा आदिवासी जनजातिको परिभाषाको सम्बन्धमा गैरजनजातिहरुले त भ्रम पाल्ने नै भए केही तथाकथित कोइँच विद्वान् जस्ता आदिवासी जनजाति विद्वान्हरु समेत नेपाली वृहत् शब्दकोश पल्टाएर भन्छन् “जनजातिको अर्थ जंगल फाँडेर खनीखोस्री खाने नागा, कोचे, कुसुन्डा जस्ता सभ्यता, शिक्षा आदिमा पछि परेका र नजिकको परिवेशमा पनि प्रभावित नभएका पछौटे जाति ।” वास्तबमा यो परिभाषा उपनिवेशकालिन मानवशास्त्रीहरुले जात व्यवस्थाभन्दा बाहिरका जनसमूहलाई चित्रण गर्न प्रयोग गरेको अर्थलाई फेरि पनि प्रयोग गर्न चाहेको देखिन्छ ।

किरात कोइँच कि सुनुवार ?
आदिवासी जनजाति सुनुवारको असली मौलिक नाम ‘कोइँच’ हो । केही वर्षअगाडिदेखि पत्रपत्रिकामा कोइँच कलमीहरुले कलम चलाउँदै आएको पाइन्छ । र, सुनुवार सेवा समाज -सुसेस) आर्पैm पनि कोइँचबु -सुनुवार वन्धुत्व) मुखपत्र २०४७ देखि प्रकाशन गर्दै आएको छ -हेर्नोस् सुसेस का पर्ूव प्रकाशित मुखपत्र कोइँचबुका अंकहरु) । आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठान ऐन – २०५८ अनुसूची १ अनुसार नेपाल सरकारबाट मान्यता प्राप्त आदिवासी जनजाति हो ‘सुनुवार’ । तर नेपाल सरकारद्वारा अनुमोदित अन्तराष्ट्रिय श्रम संगठन महसन्धी नंं. १६९ नेपालको बाध्येत्मक कानुन बनेपछि र आदिवासी जनजाति सम्बन्धि मानवाधिकार संयुक्त राष्ट्र संघको घोषणा-पत्रमा नेपालले हस्ताक्षर गरेपछि भने आम आदिवासी जनजातिको लागि आफ्नो मौलिक मातृभाषाबाट रहेको आदिवासी जनजातीय नाम लेख्न पाउने कानुनी अधिकार प्राप्त भएको छ । यसै महौलमा सुनुवार भनिएका र आफ्नो मातृभाषाबाट आपै+mलाई चिनाउने आदिवासी जनजातिय नाम कोइँचहरु मौलिक आदिवासी जनजातिय नामबाट चिनिन रुचाएका देखिन्छन् । सुनुवारलाई कोइँच भन्नु हुँदैन यसले सुनुवारको पहिचान दिँदैन, फाइदा गर्दैन भन्ने सुनुवार पनि अझै छँदै छन् । यस सम्बन्धी कुमारी सन्सारमा चर्को वहस नै चलेको पनि छँदै छ र व्यक्तिगत लाण्क्षणा पनि लगाएको देखिन्छ । यस्तो अवस्थाले आम र्सवसाधारण सुनुवारलाई झन अन्यौल पारेको देखिन्छ । यस विषयमा सुसेसले के गरीरहेको छ त – सबै ध्यान सुसेसमा केन्द्रीत हुनसक्छ वा छ । सुसेसका २०६६ जेठ २३ गते बसेको केन्द्रीय समितिको बैठकले आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठानमा सुनुवार सेवा समाज नामको सट्टा किरात कोइँच रुमदेल सुचीकृत गराउन साधारण सभामा प्रस्ताव लाने निर्ण्र्ाागरिएको देखिन्छ र सोही निर्ण्र्ााै आधारमा सुनुवार आदिवासी जनजातिय नामको सट्टा ‘किरात कोइँच’ मौलिक माातृभाषी आदिवासी जनजातिय नाम पुनःसूचीकृत भएको प्रतिवेदन आएको छ । सो प्रतिवेदन बाहिर आएपछि सोही समितिको २०६७ साउन ३ गते बसेको सचिवालय बैठकलेे आदिवासी जनजाति सूची परिमार्जन उच्चस्तरीय कार्यदलले र्सार्वजनिक गरेको प्रतिवेदनमा भूलवस सुनुवारको सट्टा किरात कोइँच सूचीकृत गरिनु पर्ने पत्र लेखिन गएको जानकारी गराउँदै सुनुवार -किरात कोइँच) जातीय नाम संशोधन गर्न पत्रचार गर्ने निर्ण्र्ाावमोजिम २०६७ साउन ४ गते मन्त्रीपरिषदको सचिवलाई सम्बोधन गरी सुनुवार -किरात कोइँच) सूचीकरण गरीदिन पत्रचार गरिएको र सो निर्ण्र्ाााई २०६७ भदौ १३ गते बसेको केन्द्रीय समितिको बैठकले अनुमोदन गरेको देखिन्छ । यसैले सुसेसले राष्ट्रिय जनगणना – २०६८ मा जाति महलमा सुनुवारको सट्टा ‘कोइँच -सुनुवार)’ लेखाऔं भनी प्रचारप्रसार गरेको देखिन्छ । चुप्लु समाजले आफ्नो स्थापनाकालदेखि सुनुवारलाई ‘कोइँच’ आदिवासी जनजातिय नाम प्रयोग गर्दै आएको छ । विभिन्न कोइँचभाषी लेखकहरुले कोइँच भनेर नै अभिलेखीकरण गर्दै आएको छन् – कोइँच किरात हो भन्नेमा कसैको दर्ुइ मत छैन । र, मातृभाषामा कोइँच भनिन्छ भन्ने विषयमा पनि कुनै पनि सुनुवारको विमति छैन । तर अहिलेको जटिलता भनेको सुनुवार भएर नागरिकता लिएका सबै कोइँचले नागरिकता, अन्य आवश्यकीय कागज परिवर्तन गर्नु पर्ने डरले अत्तिएको  भने पक्का हो । यसैले वर्तमानमा सबैले सुनुवार भनेर चिनिएका आदिवासी जनजाति वास्ताविक रुपमा कोइँच थिए, छन् र हुने छन् । विस्तारै सुनुवार चिनारी ओझेल पर्ने सुनिस्चित छ ।

को कस्ता व्यक्तिहरु खाँटी कोइँच हुन त ?
कोइँच को हुन् को होइनन् भनेर एउटा शब्द वा वाक्यमा समेट्न कुरा होइन र कसैले त्यस्तै परिभाषाको कल्पना गर्छ भने पनि त्यो महामर्ूखता हो । स्वःपहिचान मूल आधारभूत मापदण्ड त हुँदै हो यस मापदण्डमा पनि खाँटी कोइँच पहिचानको लागि यी बस्तुगत र विषयगत विशेषताहरु हुनु आवश्यक छन ः
·    जुन कोइँच, राज्यको विभेदपर्ूण्ा व्यवहारको कारण आफ्नो मातृभाषा बोल्न आउँदैन तर आफ्नु छुट्टै मातृभाषा भएको गर्वसाथ वाकलता गर्दै हिड्छ । धर्म, कला-संस्कृति, साहित्य, परम्पारिक न्याय प्रणाली र छुट्टै जीवन पद्धतिबाट विमुख भए पनि त्यसको उत्थान, संरक्षण-सर्ंवर्द्धन र प्रचारप्रसारमा मरिमेट्छ । र, आफु कोइँच -सुनुवार) भएकोमा छाती खोलेर हरेक सभा सम्मेलन वा चिया गफमा कोइँचको मौलिक पहिचानको वकालता गर्छ, उ खाँटी कोइँच हो ।
·    जो कोइँच, विविध कारणले धार्मिक तथा साँस्कृतिक विचलनमा परेको छ वा धर्म परिवर्तन गरेको छ -जस्तै ः क्रिश्चियान, हिन्दु, बौद्ध) तर आफुले धर्म परिवर्तन गर्नु परेको मुल कारणलाई राम्ररी बुझछ । आफु धार्मिक दृष्टिले फरक धर्माबलम्बी भए पनि आफ्नो मूल वा पर्ूखा कोइँच भएकोमा गर्व गर्छ र कोइँच भाषा, धर्म-संस्कृति, कला-साहित्य, परम्परागत मौलिक जीवनपद्धति र न्याय प्रणाली संरक्षण तथा पर््रवर्द्धन गर्न, त्यसको बढोत्तरी र महत्वको बारेमा गर्व गर्छ उ ‘खाँटी कोइँच’ हो ।
·    जसले हिजोदेखि आजसम्म पिदारनामदार गरेर कोइँच पहिचान जोगाइराखेका छन् उनीहरु त खाँटी कोइँच हुने नै भए जसका कारण हामी फुर्ति गर्न लायक भएका छौं नाअÞसो, पोइँबो-ग्याँमि खाँटी कोइँच हुन् । -यहाँनिर मनन्योग्य कुरा के छ भने धेरै आफुलाई विद्वात्त ठान्ने, थिओलाजीस्ट भएको गफ हाँक्ने, विज्ञान-प्रविधि र समय सर्न्दर्भ अनुसार चल्न सक्ने क्षमतावन हुँ भन्ने डा. सा’बहरुले पोइँबो-ग्याँमिलाई धामी-झाँक्री र नाअÞसोलाई पुजारी भनेर अनुवाद गर्नु वा ठान्नु सरासर कोइलीलाई काग भन्नु जस्तै हो । पोइँबो-ग्याँमि पोइँबो ग्याँमि नै हो धामी झाँक्री होइनन् । नाअÞसो नाअÞसो नै हुन् । यसका अनेक तर्क र प्रमाणहरु छँदैछन् ।जस्तोकि पोइब ग्याँमिहरुले धामी झाँकृको काम गर्न सक्छन तर धामी झाकृहरुले पोइब ग्याँमिको काम गर्न भने सक्दैनन् तेसैगरी नाअ्सोहरुले पुजारीको काम गर्न सक्बछन तर पुजारीले नाअ्सोको काम गर्न सक्दैनन् ।)

को हुन् कोइँचका दुश्मान ?
धेरै आदिवासी जनजाति तथा कोइँचहरुले आदिवासी जनजाति तथा कोइँचहरुलाई आफ्नै मान्छे वा आफन्त ठान्ने गरेका छन् र जस्तोसुकै अपराध गरे पनि गैर-कानुनी कार्य गरे पनि ढाकछोप गर्ने गरेको पाइन्छ । तर  सबै आदिवासी जनजाति तथा कोइँचहरु आदिवासी जनजाति तथा कोइँचका मित्र शक्ति वा शुभचिन्तक हुन् भनी ठान्नु मर्ूखता हो । कोइँचहरु नै पनि कोइँचको सामूहिक मानवअधिकारलाई हत्य गर्ने हत्यरा भए, रहेको सबैलाई विविदै भएको कुरा हो । यर्सथ नागरिकतामा सुनुवार, मुखिया, किरण, शिकारी लेखेको भरमा कोइँच हो भनेर स्वीकार गर्नु भनेको आपै+mले आफ्नै खुट्टामा बञ्चरोले हान्नु हो । सबैले सचेत कोइँचले आफ्नो मानव अधिकार उपभोग गर्ने बेला हो यो । त्यस्ता व्यक्ति, जसले कोइँच तथा आदिवासी जनजातिको मानव अधिकर उलङ्घन र दुरोपयोग गर्छ, लाई सामाजिक बहिस्कर गर्नका साथै कानुनी कठघरामा उभ्याउन सबै कोइँच, आदिवासी जनजाति एक जुट हुनु अत्यावश्यक भएको छ । जो कोइँच भएर कोइँचको चिनारीलाई नुनचुक र्छर्किन्छ र निमिट्यान्न पार्ने काम गर्छ वास्तवमा त्यस्तो चरित्रका कोइँच लगायत अन्य आदिवासी जनजातिहरु कोइँच र आदिवासी जनजातिकै दुश्मन, प्रगतिका वाधक तत्व हुन् ।
·    जसलाई कोइँच मातृभाषा बोल्न आउँछ तर बोल्दैन र अरुलाई पनि बोल्न हतोत्साही गर्छ ।
·    जो कोइँचले कोइँचको परम्परागत जीवन पद्धतिलाई खिल्ली उडाउँछ र अरुलाई अवलम्बन नगर्नु भन्छ ।
·    जो कोइँचले हिन्दु, क्रिश्चियन, बौद्ध भएको गर्व गर्छ तर कोइँचको मुक्दुम र मुल्केमको घृणा गर्छ ।
·    जो कोइँचले सामुहिक अधिकारको बरखिलाफमा वाकलता गर्छ । व्यक्तिगतरुपमा आफुलाई र्सर्वेर्सवा ठान्छ र विभिन्न मुद्दा मामिला गरेर दुःख दिन्छ ।
·    जो कोइँचले खस-बाहुन, युरोपियन गोरालाई फाइदा पुग्ने तर कोइँचको उठीवास लगाउने काम गर्छ ।
·    जसले कोइँचको बारेमा नकरात्मक सोँच र कुदृष्टि राख्दछ ।
·    जसले कोइँच भाषाको साहित्य र सञ्चारलाई घृणा गर्छ र अरुकै साहित्य र सञ्चार ठूलो ठान्छ ।
·    जसले पोइँबो-ग्याँमि र नाअÞसोको गलत प्रचारप्रसार गर्छ । तर उनीहरुको जीविकोपार्जन र स्थायित्वको वारेको सोच्दैन ।
·    जसले कोइँचको आन्तरिक कुरालाई पारदर्शिताको नाममा र्सार्वजानिक गर्छ र आफ्नो बारेमा अरु वा अन्य समुदायले नै निर्ण्ााय गर्नुपर्छ भन्छ ।
·    जसले कोइँचको देवीदेवतालाई भूत पिशाच भनेर व्याख्या गर्छ र अन्य धर्मको देवीदेवतालाई महान चामात्कारिक देवी देवता भनेर मान्छ ।
·    जसले आफ्नो मौलिक पोशाक, बाजागाजा, नाचगानलाई नौटंकी भनेर टिप्पणी गर्छ ।
·    जसले राज्यको विभेदपर्ूण्ा व्यवहारका कारण कोइँचको उन्नति हुन नसकेको भन्ने बुझेर पनि कोइँचको चालचलन, संस्कार-संस्कृति संरक्षण पर््रवर्द्धन कार्यमा जुटेकाहरुलाई गाली गलौज गर्छ ।
·    जसले ढोल झयाम्ट पोल्ने, लागापारगि भत्काउने काम गर्छ र कोइँचको पवित्रभुमि, मन्दिरमा फोहर गर्ने, भत्काउने, र अनादार गर्ने कार्य गर्दछ ।
·    जसले कोइचहरुको पहिचान बिपरित राज्यको बिभेदकारी नितिको र्समर्थन गर्दछ ।
·    जसले वेद, वाइबाल, त्रिपिटिक हामी कोइँचको हो भन्छ र कोइँच वस्तीमा प्रचारप्रसार गरेर हिड्छ ।
·    जसले आफ्नो संस्कार-संस्कृतिलाई बुझेकै छैन । कोइँच मातृभाषा बोलेको छैन वा बोल्ने प्रयास गरेको छैन वा लेख्ने कोशिश नै गरेको छैन । उ जान्ने पल्टिएर कोइँच (सुनुवार) को धर्म, कला-संस्कृति भाषा-साहित्यलाई परिमार्जन गर्नु पर्छ भन्छ वा बदल्नु भन्छ । -किनकि उसको दिमागमा कोइँचपनबाट सोच्ने र गर्व गर्ने क्षमता हुँदैन छैन र अरुकै शिक्षा वा संगतमा  अन्दभक्त भएको छ त्यस्तो गिदीले कहिल्यै कोइँचको भलो चिताउँदैन । उसको गिदीमा जो जसले जे भरि दिएको छ त्यहि मात्र ठीक भन्ने सोच्छ ।)
·    जसले नेपाल हिन्दू अधिराज्य हुनर्ुपर्दछ, धर्मनिरपेक्ष राज्य हुनुहुँदैन भन्छ ।
·    जसले खस नेपाली भाषा मात्र सरकारी कामकाजको भाषा हुनर्ुपर्छ भन्छ  ।
·    जसले दशैं कोइँचको एक मात्र महान राष्ट्रिय चाड हो र कोइँचको चार्डपर्वलाई केही पनि होइन भन्छ वा ठान्छ ।
·    जसले मातृभाषामा शिक्षा र मातृभाषाको प्रयोगका बारेमा विरोध गर्छ वा आफ्नो घरमा मातृभाषाको प्रयोग गर्न प्रतिवन्धा लगाउँछ ।
·    जसले आत्मनिर्ण्र्ााो अधिकार र जातीय स्वायत्तताको विरोध गर्छ ।
·    जसले आफु अहिन्दू वा अक्रिस्चियन कुलमा जन्मेकोमा आत्मग्लानी अनुभव गर्छ ।
·    जसले सामाजिक तथा सास्कृतिक कार्यमा प्रयोग हुने जाँडरक्सी खान पिउनमा प्रतिवन्ध लगाउँछ वा खानेहरुलाई अपहेलना गर्छ ।
·    जसले आदिवासी जनजातिहरुको पारम्पारिक प्रथा अन्तरगत हुने मामाचेला, फुपुचेला, भाउजु जस्ता विवाहमा प्रतिवन्ध लगाउनु पर्छ भन्छ ।
·    जसले जातीय छुवाछुत र उँचनीच जस्ता गलत कुराहरुमा विश्वास राख्छ ।
·    जसले गाई र ब्राहृमणलाई देवता मान्छ र ढोग्छ ।
·    जसले आदिवासी जनजातिका देवीदेवता, तर्ीथस्थल, ठाउँ आदिहरुलाई भौतिक र धार्मिक हिसाबले तहसनहस गर्ने र हिन्दू देवी देवताको नामकरण गर्छ ।
·    जसले आफ्नो थर र आदिवासी जनजातीय पहिचानलाई हिन्दू, क्रिस्चियन र बौद्धहरुको नाम, थर, गोत्र, जातसँग पहिचान गर्ने गराउने काम गर्छ ।
·    जसले आदिवासी जनजातिको नाममा छुटाएको रकम अन्य काममा लगाउँछ ।

र, अन्त्यमा
‘… त्यसैले आफ्नो जातीय इतिहासलाई अर्काको लिखित भाषामा खोज्नु र्व्यर्थ र अनर्थ हो । इतिहास कहिल्यै निष्पक्ष हुन सक्तैन । त्यो शक्तिशालीको व्याख्या मात्र हो । आफ्नो इतिहास आपै+mले लेख्नर्ुपर्छ ।…’ डा. हर्क गुरुङको यो भनाइले कतै हाम्रा नवागान्तुक सिर्जनाधर्मीलाई अनुसन्धानात्मक पुस्तक लेख्न कुत्कुताउला कि – वा कोइँच रुयापरुइमिहरुलाई खाँटी कोइँच बनेर ‘कोइँच राष्ट्र’ को निर्माण गर्न सघाउला कि ! यर्सथ मूलवस्तीबाट टाढिएका, धर्म परिवर्तन गरेका, र मातृभाषा नआउने सुनुवारहरुले ‘गो कोइँच नाङ’ भन्न अप्ठ्यारो नमाने हुन्छ । हामी सबै कोइँच हौं । तर जो सबै संस्कार जान्ने, भाषा आउने, परम्परागत जीवनपद्धति जान्ने छ र कसैलाई त्यस्तो मौलिक ज्ञान बाँड्दैन वा कोइँचको पहिचान दिन सर्न्दर्भ सामग्रीहरुलाई ढाकछोप गरेर अंग्रजी, हिन्दी, खस बोल्ने, उनीहरुको साहित्य पढ्न, लेख्न उक्साउँछ, उनीहरुकै कला-संस्कृतिको देखासेँखी गर्छ, वास्तवमा ती कोइँचहरुको महाशत्रु हुन्, कोइँच वंशका हत्यरा हुन् । कोइँचको नाममा कलङ्क हुन् । अहिले कोइँच चिनारीको खोजी नहोला तर कुनै न कुनै समय कोइँचको बारेमा हाम्रा पछिल्लो पुस्ताहरुले खोज्ने छन् । बुझने छन् । यसैले इतिहासलाई नधमिल्याउँ । हिलो नछेपौं । कालोलाई कालै राखौं । सेतोलाई सेतो । कोइँच राष्ट्र को हुन् – को होइनन् – कोइँच पहिचानको सर्न्दर्भहरुमा प्रष्ट हौं ।
नेपालमा मनुस्मृतिको प्रभावमा जयस्थितिको थिति र मनुस्मृतिमै आधारित जङ्गबहादुरको मुलुकी ऐनर् इ. १८५४ ले गर्दा जाती अथवा जनजातिमाथि हिनताको भावना थोपर्‍यो । यसका प्रमाणर्,र् इ. १८२५ मा सुनुवारहरुले धान खेतको किपट थाँती राखेर हिन्दु धर्म अँगालेको र अहिले केही सम्भ्रान्त नेवारहरुले जनजाति सूचीबाट मुक्ति वा राहत पाउन जमर्को गरेको हो । -गुरुङ, ंमे २००६, पृष्ठ ५४)
हिन्दु धर्म त हिजैदेखि राज्यले लादेकै हो कोइँचहरुलाई । तर आफुलाई बुझनु र आफ्नो पहिचान निर्माण गर्नको साट्टो कोही कोइँच बन्न नसकेका सुनुवारहरु क्रिश्चियन भएका छन् । कोही बौद्ध धर्माबलम्बी । यति हुँदा हुँदै पनि कतिपय कोइँच भने आफ्नै मौलिक परम्परा अँगालो मारेर बासेको छन् । तर उनीहरु नै राज्यको सुविधाबाट बञ्चित पनि छन् । यर्सथ अब खाँटी कोइँच को हुन् – चिन्नु चिनाउनु र स्पष्ट किटान गर्नु अत्यावश्यक भएको छ । नभए कोइँच बन्न नसकेर सुनुवार भएको नाममा विज्ञान र प्रविधिको ओत लागेर उत्तरआधुनिकताको खोल ओड्दै उत्तर उपनिवेश लाद्दै जाने वंश हत्यराको हुलले सलह जस्तै कोइँच जैविक भूमि लछेप्पै ढाक्ने छन् । कोइँचलाई खर्लप्पा निल्ने छ ।

सर्न्दर्भ सूची
१. काःतिच, कोइँचबु -उत्तम सुनुवार), २०६२, झुल्को (चेरे) मासिक ६ः१, नश्लावोध नभएका सुनुवार कोइँच हुन सक्दैनन् पृ.१ ।
२. तामाङ, परशुराम, २०६६, नयाँ संविधान र अल्पसंख्यक, आदिवासी जाति तथा जनजाति, विविध पुस्तक भण्डार, काठमाडौं ।
३. भट्टचन, डा. कृष्णबहादुर, २००५, प्रशिक्षक प्रशिक्षणको निर्देशिका, आदिवासी जनजातिका सवालमा कानुनी सचेतना, नेतृत्व विकास र जनवकालत, नेपाल आदिवासी जनजाति महासँघ जनजाति सशक्तिकरण परियोजना, ललितपुर ।
४. अदिवासी जनजातिको अधिकारसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय घोषणापत्र (खास नेपालीमा अनुदित), संयुक्त राष्ट्रसङ्घीय मानवअधिकार उच्च्ाायुक्तको कार्यालय -ओ.एच.सि.एच.आर) ।
५. अन्तर्रर्ााट्रय श्रम संगठनको आदिवासी जनजातिहरुसँग सम्बन्धित महासनिध नं. १६९ निर्देशिका -खस नेपालीमा अनुदित २०६५), लाहुनिप, एन जि ओ फोनिन, नेफिन, एनकार्ड, एन निव, निफ र आइ एल ओको संयुक्त प्रकाशन ।
७. Indigenous & Tribal Peoples’ Rights in Practice, A Guide to ILO convention No. 169
८. नेपालमा संघीयता र राज्यको पर्ुनर्संरचना संविधान सभाको चुनौती, २००८, संवैधानिका परामर्श सहायता एकाइ युएनडिपीद्वारा नेपालमा संघीयता र राज्यको पर्ुनर्संरचना विषयमा आयोजित सम्मेलनको प्रतिवेदन, संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम (युएनडिपी)
९. मानव अधिकार विविधता र रामाजिक न्याय, संविधान निर्माण, २००८, संवैधानिका परामर्श सहायता एकाइ युएनडिपीद्वारा मानव अधिकार विविधता र रामाजिक न्याय, संविधान निर्माण विषयमा आयोजित सम्मेलनको प्रतिवेदन, संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम (युएनडिपी)
१०. उपनिवेशवादीहरु कहिल्यै आदिवासी हुन सक्दैनन्, २०१०, लाहर्ुर्निप उपाध्यक्ष दिनेश घलेसँगको अन्तर्वार्ता,www.durdaa.com -<http://www.durdaa.com>
११. क्युँइतबु कल्याण कोषको मुखपत्र ‘जत्नमुञलिी’ २०६७ मा प्रकाशित प्रस्तुत लेख वर्तमान सर्न्दर्भममा पनि सान्दर्भिक देखिएको हुँदा सामान्य सम्पादन गरी साभार गरिएको छ ।
१२. गुरुङ, डा. हर्क, जनजातिका समस्या तथा समाधानका उपाय, जनजाति सेरोफेरो, नेपाल आदिवासी

(Yo, Koits bu ko lagi tayar gareko article ho)

Share

Leave a Reply

Your email address will not be published.