कोइँच फिल्मका कुरा

काःतिच
दुइटा फिल्मको फिल्मी कथा लेख्नले टाउको दुःखीरहेको छ ( मापासे र मिम(सि । सामान्य दृष्टिमा फिल्मी कथा लेख्न सजिलै छ । हो, चलनचल्तीको मसलेदार फिल्मको कथा सजिलो नै छ । यता उता तानेर टुक्रा जोडजाड ग¥यो । केटा केटी वीच शुरुमा द्वन्द्व वीच लाभ, लाभमा अब्सटेकल, हिरोको प्रतिरोध अन्तमा विवाह । अलिकति गीत, अलिकति फाइट, अलिकति लाभको कुरा, अलिकति बोल्ड बेड सिन ।
तर साँच्चीकै आफ्नै जनजीवनको फिल्मी कथामा पस्दा साह्रै असजिलो र गाह्रो महशुस भइरहेको छ । माथिल्लो घरको साइँलाबाको क्यारेक्टरमा आफु डुबेर हेर्छु । तल्लो घरको चुर्सेको फटाइँसँग चिनजानी गर्छु । पल्लो गाउँको साली भदैनीले जिस्काएर मुसो दलेको जाँढको छोक्रा मुखमा दलेको अनुभूत गर्छ । गोठमा दुःध दुन बस्दा गाईले ठूलो घर ढेप्शेले गाई तर्साउँदा गाइको लात्ती खाएर गोबारमा लडेर दुध सबै पोखिएको सम्झन्छु । हाँदु काकाले रिसले गोरु कुटेर जोतेको झलझली आँखामा सम्झन्छु ।
तल चिलाउने डाँडामा चाइँ पिदार गरेर चिङ्गा हेर्ने साने पोइँबो बनेर आफुलाई हेर्छु । छेउ घर पोँड् मिसँग पराल कुन्युमा कुस्ती खेल्दा बर्को खोसेको भूल्नै सक्दिन । सिरान घरे चेम्लीको मन्द मुस्कानलाई फिल्मी कथाबाट बहिस्करणमा पारेँ भने त कोइँच समाजले मलाई नै बहिस्कार गर्लान कि भन्ने डर ।
खिम्तीमा माछा मारेको, ताँबेमा गोठ सारेको, थोलेमा किशि लघारेको, लिखुमा नेङ उघाएको, रम्बले जात्रा, ककनी जात्रा, खिँजी हाट, सोतार्मु हाट बिर्सनु नै भएको छैन । हेर्नेहरुको आशा यस्तै यस्तै हुन सक्ला । तर अन्तमा यी कल्पना सकार पार्ने धेरै कुरा बाँकी छन् । मेरो कथाले कति कुरा पो समेट्ला ? सोँच्छु । रामपुर, हिमागंगा, पालापु, डुँड भञ्ज्याङ कसरी समेट्ने ? दुधौली, लदाभीर, कटरी पनि । झापा, इलाम, पाँचथर । धरान त छुटाउनै भएन । अनि सिक्कीम दार्जेलिङ, भूटान, हङकङ, मलेसिया, खाडी, युके । अचे, हिजोआजा त द. कोरिया पनि पो त । अमेरिका, अस्टे«लिय, जर्मनी, इटली … ।
यो कथालाई मुर्तरुप दिने पैसाको विटो पनि ठूलै चाहिन्छ । विचरा त्यो कसको गोजीमा गुजिल्टीएर बसेको होला ? कहिले काहीँ लाग्छ नजाने गाउँको बाटै नसोध्नु । कसैलाई नचाहिएको कसैले अहिलेसम्म नसोच्दा पनि त भएको छ ।
एक मनले भन्छ, सोच्ने हामी नै हौं । अरुले सोचेको भए उहिल्यै बनाइसक्थे अहिले किन टाउको दुःखाइ दुःखाइ हामीले सोच्नु पथ्र्यो । त्यसैले हामीले नै नगरे अरु कसले गर्छ । अरु त फगत रमिते होलान् । त्यो पनि कुन्नि ? पाए भने पाइरेसि गरेर आफ्नो मोविलमा वा लेक्टेमा लुकी लुकी हेर्लान् । नेटमा झुम्मिएलान । राम्रो भयो भने नाक खुम्चाएर ए अलि अलि गर्न खोजे छ भन्लान् त्यो पनि दाँतबाट पसिना निकालेर । नभए छ्या यस्तो के बनाएको सुनुवारको विजेत (कोइँच भन्न मुखमै आउँदैन जस्तो) भन्लान् । नभए अर्कोलाई उक्साउलान् ( हेर, ती जाबोले त बनाए, तँ के हेरेर बसेको छस् बना न ।
जिन्दगीमा औंलामा गन्न सकिने एक दुई जना कोइँचको मुखबाट मात्र धन्यवादसम्म भनेको सुनेको यो कानले टिकट काटी वा डिभिडि किनेर फिल्म हेरेर “ल मैले फिल्म हेरेँ । यी यी ठाउँमा यो यो गल्ती छन् । यहाँनेर यस्तो गर्नु भए राम्रो हुने थियो” भन्ने प्रतिक्रिया दिने मान्छे पाइए छ भने ठानुँला हाम्रो समाज पनि अब विकासिल स्थिति तिर उन्मुख भए छ ।
यति सोँच्दा सोँच्दै फोन आयो । मोबाइलको स्क्रिन हेर्छु ः आशिष सुनुवार लेखेको छ ।
“आ गोति मे फिलिमङा स्क्रिप्ट थुमि दे माथुमि दे दा वोन किङ पाशो बाम माइ ।” मोबिलमा फोन रिसिभ गर्छु ।
“ओइ खाल(पा, स्क्रिप्ट थुमि, शुटिङ पाचा ढिल दुम(ता शाँ ।” (नभन्दै यताउता केही कुरा नगरी प्रश्न र समस्या होरोरो ओइरिन्छ ।
“जाअÞक, मार मार कासाबिसापुकि तेम(चा ताइच(चा, ग्लुम(शा योकियाइँशि पास ।” (उसलाई भेटेर थप प्राविधिक कुरा गर्न बोलाउँछु ।
आशिष सुनुवारले बनाउन लागेको फिल्मको लागि यस्तो कथा खिपीरहेकोे थेँ ः
हाम्रो समाजले यसो गरौं भनेर कुरा अगाडि सार्दा आः त्यसो नगरौं भनेर जहिल्यै पनि टार्ने अस्वीकार गर्ने गरिन्छ । कुनै पनि कोइँचले ल्याएको प्रस्ताव अर्को कोइँचले सजिलै स्वीकार्ने चलन छैन् । जान्ने बुझ्ने भएर उल्टो अर्ति उपदेश दिन थाल्छन् आफ्नो औकात विर्सेर । तर अउटसाइडरले ल्याएको जस्तोसुकै प्रस्ताव होेस् सजिलै स्वीकार गर्छन् ।
आफ्नो कला, भाषा, धर्म संस्कृति वारे सचेत दुई जना युवा छन् त्यस्ता राजनीतिक, साँस्कृतिक, धार्मिक सबै कोणबाट बाहिरीय विचारका दासी बनेको समाजमा पनि । उनीहरुलाई आफ्नो भाषा धर्म कला संस्कृति माथि राज्य र बाहिरीयाहरुले गरेको दमन मन पर्दैन । र, यसको विरोधमा उभिन्छन् । राज्यको नीति त आदिवासी जनजाति विपरीत छँदै छ आफ्नै समाजले पनि उनीहरुको यो गतिविधिलाई पचाउन सक्दैन । र, भन्छन् “ओँदेशो ओल ओल लो मापासे ।”
भन्नु होला यस्तो कथा किन ?
जेउ, त्यो सबै कुरा त फिल्ममा नै हेर्नु पर्छ ।

Share

Leave a Reply

Your email address will not be published.