कोइँच पहिचान र कोइँच हुन नसकेको सुनुवारको छरपष्ट मानासिकता

–कोइँचबु काःतिच
हामी कोइँच हुनुको मूल लक्ष्य वा सोँच वा परिकल्पना वा सपना के हो ? कुनै पनि कोइँचलाई चासोको विषय रहेन र छैन पनि । हुन त यो चासो कोइँचको प्रतिनिधि संस्था सुनुवार सेवा समाजलाई हुनु पर्ने थियो । तर भएन (न अव हुन्छ कि ?)। अहिलेसम्म कुनै पनि कोइँचले कोइँच लोःमा केही लेख्ने जमर्कोसम्म गरेका छैनन्– साहित्य, समाचार, दैनिकी अन्य लेख रचना र बोल्ने पनि । छन् त व्यक्तिगत लहड मात्र वा अहमता हो मुस्किलले एका दुई व्यक्तिहरु । हुन त केही कोइँचले क, ख, ग फार्ने काम गरेका नै छैनन् भन्ने हिम्मत कसैमा छैन । के गर्नु ती सबै प्रयासहरु खास– बामान (खस–बाहुन जनाउँदाको खाँटी कोइँच बोली) गिदीले गर्लाम् गुर्लुम्मा सेतीको खोँचमा विलीन भए । उनन्तीस–तीस सालतिर चेतमा कुर्कुरे वैंश चढ्दाको एक जना पूर्वेली कोइँच र तीस–चौतिस सालमा कोइँच भाषाको लोकगीत संकलन, लेखन गरेर निःशूल्क बाँड्ने एक मुठी जङ चलेको माउ भाषाप्रेमी कोइँचलाई जे जस्तो भावनाले गिद्दे दृष्टि हुन्थ्यो कोइँच हुन नसकेका खाँटी सुनुवार (कसै कसैले गाउँघरमा सुँदार, सुन्वार भनेर पनि उच्चारण गर्छन) को अहिले पनि चेतनास्तर त्यस्तै छ । दृष्टिकोणमा कतै कसी लागेको छैन । कोइँचको बुद्धि धारिलो त छ तर त्यो बुद्धिले कोइँचको लागि अहिलेसम्म केही गर्न सकेन । मात्र खुट्टा तान्ने काम वा टाउको उठाउन नसकिने गरी दलदलमा थिच्ने, घचेट्ने प्रयास भन्दा अरु काम देखिएन । युवाहरुलाई त अग्रज कोइँचले रौं जति पनि मान्ने गरेको पाइँदैन न युवाहरुले मै हुँ भन्ने अग्रजको नाडी छाम्ने प्रयास नै गरेको पाइयो ।
यसो हुनुमा हामीले हाम्रै वारे घोत्लिँदा अलिकति कुराको चुरो निस्किने थियो कि ।
यस्ता एउटा ब्राण्डका सुनुवार विद्वन हुनुहुन्छ– ‘म नै सर्वेसर्वा जान्ने भविश्यवेत्ता हुँ’ भन्ने ।, संस्था र समाजको माउ भएको दाबी गर्ने । अर्का ब्राण्डका विद्वान हुनुहुन्छ– ‘मैले संसारमा सुनुवारलाई चिनाएको छु, तल्लो लेबलदेखि माथिल्लो लेबलका मानिसहरुमाझ सुनुवारको बारेमा बहस चलाएको छु । पढ्न लेख्नु जान्ने म मात्र हुँ’ भन्ने । तर दुबै थरी विद्वनहरु कहिल्यै कोइँच बन्न भने सकेका छैनन् । न त अहिलेसम्म आफ्नो भाषामा सिर्जनात्मक र अनुसन्धानात्मक किताब लेखेका छन् । तर उनीहरु खोक्छन् संसारमा सुनुवारको नाममा जान्ने बुझ्ने उनीहरु मात्र हुन् । शायद उनीहरुको बारेमा थाहा नपाउनेहरुलाई यी कुरा पत्यार नै लाग्ला । तर … बुझि हाल्नु भयो ।
तेस्रो ब्राण्डका कोइँच हुन नसकेका सुनुवारहरु हुुन् नैतिकता हराएका आफ्नै घुँडामा आपैंm बञ्चरो हान्ने । आफुलाई मात्र राजनीतिक ज्ञान भएको पाँच मिनेटमै देशको शासकीय स्वरुप उलटपुलट गर्न सक्ने धाकधम्की साथ सुनुवारको भलाइको नारा खोकेर खासबामान गिदी कोइँचमा लाद्ने कुचेष्टा गरि नै रहेका छन् । खुबै वैधानिकता बनी टोपोल्छन् ।
चौथो ब्राण्डका सुनुवार, जसको परिचय नै छैन, त राष्ट्रियता खोक्छन् र विश्वव्यापीको हाँक दिन्छन् । सतही सामानता र सोसल हारमनीको लागि अरुको संस्कार संस्कृतिलाई अँगालेको हवाला दिँदै मानवीय व्यवहार सिकाउँछन् । सन्सार आफुले मात्र देखेको भ्रम पाल्छन् । ढोकापाले र भरिया जीवनबाट कहिल्यै मुक्त हुने सोँच राख्दैनन् । न त कुनै चिन्ता न कुनै चिन्तन । जे पायो उही गरेउ । बिग्रे आपैंm बिग्रने । सप्रे आपैंm सप्रिने । त्यस्ता मस्तराम सोँचका सुनुवारहरु ढोकापाले र भरिया मानसिकताबाट मुक्त हुन नसक्नु ठिकै हो । कोही सुनुवारमा ब्रिटिश दास मनोवृत्ति किन नहोस्, कसैकोमा अमेरिका, कसैकोमा भारत त कसैकोमा हङकङ, अष्ट्रेलिया, मलेसिया, खाडी मुलुक । कसैको गिदीमा हिन्दु, कसैकोमा बुद्ध, कसैकोमा क्रिस्चियन, वहाइ, ताओ … धर्म दर्शनहरुका लेपन नै किन नपोतिएको होस् । त्यस्तो मनोवृत्ति र लेपनले खाँटी कोइँचलाई कुनै असर पार्ने छैन । तर त्यो मनोवृत्ति अन्य सर्वसाधारण कोइँच बन्न चाहने सुनुवारहरुमा जवर्जस्ती लादेर साम्राज्यवादी हैकम चलाउन खोज्नु र कोइँचको परम्परागत राजनीतिक, सामाजिक, धार्मिक, साँस्कृतिक चालचलनलाई चपरीमुनि गाड्न खोज्नु निश्चय पनि सरासर गलत काम हो । व्यक्ति जुनसुकै विचारधारा, धर्म दर्शनमा लागे हुन्छ उसको स्वतन्त्रता हो । तर व्यक्तिगत चाहना र चासोहरुलाई पहिचान÷चिनारीको खोजीमा जुटेका र जुट्न चाहेका आम कोइँचहरुको सामुहिक अस्तित्व माथि नै धावा बोल्नु चाहिँ अवश्य पनि गैर–कानुनी कार्य हो ।
अर्का यस्ता एक खालका सुनुवार छन्, जो कोइँच भएकोमा गर्व त गर्छन् । ‘गो नेललि कोइँच नाक शाँ, कोइँच लोः पाइ, आम मुलकेम, आम ओलो राइतेक गे पाइ’ बोल्छन् । परम्परागत कोइँच राजनीति, सामाजिक–साँस्कृतिक प्रचलन, विशिष्ट न्याय प्रणाली, र संस्कार संस्कृति बचाइराखेका पनि छन् । राज्य तथा कोइँच बन्न नसकेका चटुकार सुनुवारहरुकै खुद्रा सर–सामान बनेर बाँचेका छन् । उनीहरुलाई सुनुवार हुनुको पीडाबोध छ । उनीहरुलाई उत्पीडनमा परेको थाहा छ । तर बोली दिने कोही छैनन् । सुनी दिने कोही छैनन् । उनीहरुलाई अनुभूत भएको छ कोइँचको शत्रु कोइँच नै हुन् । अरु हुन सक्दैनन् । थाहा छ उनीहरुलाई कोइँचले नै साँधको बारी आफ्नै दाजुभाईले खान्छ भनेर खासबामान वा अन्य जातिलाई परल मोलभन्दा बढी मुल्याङ्कन गरी बेची दिएको । पहिलेदेखि नै खास बामान र अन्य विभिन्न जातिलाई कोइँच भूमिमा यसरी नै प्रवेश गराउने काम कोइँचले नै गरेका हुन ।
हजुर, यसैले कतिपय सन्दर्भमा आफ्नो स्वतन्त्रताको उपयोग गर्नेक्रममा अरुको मानवाधिकार माथि के कस्तो हनन् भएको छ सोच्ने गर्दा कुनै चोम्लु भत्किएर थिच्ने छैन । भन्छन् नि नाअÞसो पोइँब ग्याँमि, ङावाच, मुलिच, तोँकुच, गोउरोचहरुले पिदारमा – ‘दुमारेलु ब्लेशशा ग्लुमारेलु माचिपताल, ग्लुमारेलु ब्लेशशा दुमारेलु माचिपताल ।’ बदलिँदो भोलिको परिस्थितिसम्म आफ्नो पहिचानलाई कसरी स्थापित गर्ने भन्ने सार्वजानिक चासोको विषयमा सबै कोइँच सजग भए वा बुझेर लेख्ने बोल्ने गरे राम्रै हुन्थ्यो कि ।
जबसम्म कोइँच मन मस्तिष्कमा “कोइँच राजनीतिक” चेतको विकास हुँदैन । राज्यको नीति निर्माणमा कोइँचको कुरोकन्थोले बहस गर्न पाउँदैन । मनमा द्वेष र कलुसित भावना बोकेर कहिल्यै पनि कोइँचको भविश्य सुन्दर बन्छ भनेर ठोकुवा गर्न गाह्रो हुन्छ । कोइँच पहिचानको लागि भू–अधिनत्व, परम्परागत राजनीतिक, सामाजिक–साँस्कृतिक प्रचलन, न्याय प्रणाली, भाषा, भेषभुषा, धर्म, संस्कार–संस्कृति हुनु अनिवार्य छ । यी विषयमा पो सबैले सोच्ने हो कि !
–काःत, चुपलु

Share

4 Comments to कोइँच पहिचान र कोइँच हुन नसकेको सुनुवारको छरपष्ट मानासिकता

  1. chandra prk sunuwar says:

    Hi Katicha Bro,
    I hope all sunuwar will learn something from your article positively.Our common enemy is (Rish and Ghamanda) or we have more temper than (Snake cobra),this poison would kill us by itself so i request all sunuwar to leave behind your koich satru (Rish).Every race has rish but we have something special more than that which is like {venemous snake} and it will bring destruction only and never make you bigger.

  2. prakash sunuwar says:

    satya kuro lekhnu bhako chha aba kaha-kaha kas-kasko dallo thepcho naakhmaa jhinga bhuiiiii bhuiiii bhankisako hola ….
    chuploo hopo

  3. Bapuns Sunuwar Koinch says:

    Katich Mitra tapaile lekhnu bhayeko lekh haruma sarai ramra kura haru nai chhan jahan samma maile pani sampurna sunuwar bhayera bancheka sathi haru sanga ghulmil gari herda yestai tita kura prapta gareko chhu tapain le byakta gareka kura haru ko lagi ma 100% sahamati chhu yesta kurale prahar nagare samma sunuwar haru ko bodho dimag tikharindaina tesai le har samaye yestai sabda harule ghochi rakhnu huna hardika anurodh gardachhu ra eauta kura ma ali ashamat chhu kinaki dhawa kina bolne bhanne kuara ma chahin yesari dhawa nabole ma sampurna sunuwar suti rakhne gareko dekhiyo ra kohi sunuwar afnai sanshar ma afu khushi garera hinna lageko dekhiyo yesaile dhawa bolnu parne jaruri chha bhanne thanda chhu / sahayed dhawa ko kura Astha ji le boleko kura ma lekhiyeko hola jasto lagchha yo bolna jaruri chha kinaki paribartan ko nimmita kranti jaruri chha /

  4. आदरणिय का:तिच् बाजे (दण्डवत भन्दा फेरि बामानले भुटेको दिमाग भन्नुहुन्छ त्यसैले)नमसेवल,मैले तपाईंको बिचारहरु राम्रोसगँ अध्ययन गरें मेरो आफ्नै मनको कुराहरु जस्तै लाग्यो तर एऊटा कुरामा चाहिं कता कता खड्कीयो हुन त म पनि तपाईंहरुकै सगँत गर्दै सिक्न चाहन्छु,सिक्दैपनि छुँ,तैपनि भन्न चाहिं मन् लाग्यो,कुरो के भनेनि त्यो अलि अलि छापिदैं गरेको पुस्तकलाई पढ्नु त पर्यो तर मलाई आऊदैन भाषा| यो कुरा तपाईं लगाएत धेरैलाई थाहा पनिछ तर म जस्ता यहाँ धेरै नै छन् मन लाग्छ सिक्न पढ्न तर त्यो बातावरण नै छैन अब त्यस्को कुनै बिकल्प निकाल्न सकिएला त बाजे?अब कोईँचहरु मध्येमा मैले मान्ने भनेकै तपाईलाई नै हो अरु त खासै चिनाजानी पनि छैन त्यत्तीसारो|अनि मैले देखेको पनि तपाईंले नै हो यस्को समाधान गर्न सक्ने पनि|हुन त यदा कदा कोईँच भाषाको कक्षा सञ्चालन पनि नगरेको हैन तर त्यो बेमौसमी खेती भएजस्तै लाग्छ मलाई ब्यक्तिगत रुपमा, किनकि त्यस्ले निरन्तरता पाऊनुपर्छ भन्ने मेरो सोंचाई हो सम्भव भएसम्म तपाईं नै लाग्नुपर्छ यस्को समाधान गर्न(किनकि भाषाको सहि ऊच्चारणको ज्ञान हुनु जरुरी हुन्छ कुनैपनि भाषामा)हामी जति नै कोईँच् हुँ भनेर भनेपनि मातृभाषाको ज्ञान बिना त अधुरो जातको कोईँच् मात्रै हुन्छ चाहे ऊस्ले जत्ति नै खाप कोईँच् भेषभुषा लगाओस् म आफुपनि त्यहि नै बर्गमा पर्छु मेरो पिडा भनेकै त्यहि नै हो हिसाबले म खाँट्टी कोईँच् नै हुँ (आमा लिनु,बाबा याता)तर मेरो आमा बाबाले भाषा नबोल्नुको कारण आज मलाई यो पिडाबाट गुज्रीरहनु परेको तितो यथार्थ हो।हुन त मैले आदरणिय मेरो आमा बाबालाई दोष थोपरेको चाहिं हैन मलाई जन्म कर्म दिनुभयो ससाँर देखाई दिनुभयो त्यहि नै मेरो ठुलो भाग्य हो।जेहोस् तपाईंजस्तो कोईँचहरुको लागी मरिमेट्दै लागी पर्ने कोईँच् बिद्वान भएर यसो बिचार यतातिर पनि दिने पो हो कि बाजे?

Leave a Reply

Your email address will not be published.