कोइँच कुल पुरोहित नाअ्सो पोइब राष्ट्रिय भेला सम्पन्न

naasoसुनुवार डट ओआरजी सम्वाददाता ।
सिन्धुलीमाडी, चैत २४ । सुनुवार सेवा समाज केन्द्रिय समिति संस्कति तथा अनुसन्धान विभागको आयोजना तथा सुनुवार सेवा समाज सिन्धुली जिल्ला समितिको संयोजनमा प्रथम कोइँच (सुनुवार) कुल पुरोहित नाअ्सो पोइबको राष्ट्रिय भेला सिन्धुली सदरमुकामस्थित सिन्धुलमिाडीमा सम्पन्न भयो । उक्त सम्मेलनमा देशभरका बाह्र जिल्लाबाट ४९ जनाभन्दा बढी नाअ्सो पोइबको सहभागिता रहेको थियो ।
कार्यक्रममा सम्पूर्ण नाअ्सो पोइबले निकालेको निष्कर्षमा देश तथा विदेशमा रहेका कोइँच (सुनुवार) कुल पुरोहितहरुको संगठनका रुपमा नाअ्सो पोइब ग्यामी समाजको नामाकरण गरी सुनुवार सेवा समाज अन्तर्गत रहेर काम गर्ने निष्कर्ष निकालिएको छ । कार्यक्रममा होपो अलंकारिता पद सुनुवार सेवा समाजका अध्यक्ष मुलिच कार्यकारी प्रमुख संस्कृति विभाग ङावाच, गाउरोच आदि रहने समिति बनाउने घोषणा गरियो ।
उक्त भेलाका प्रमुख सुनुवार सेवा समाजका पूर्व अध्यक्ष ईश्वरकिरण सुनुवारले कोइँचको हरेक संस्कार र परम्परामा नाअ्सोको मुख्य भूमिका रहेको हुन्छ जसले हरेक संस्कार जन्म, मृत्यु, विवाह आदि कार्यमा प्रमुख भूमिका निर्वाह गर्छन् । त्यसैले आजको परिवेशमा हाम्रो समाजलाई पश्चिमा संस्कृतिको प्रकोपा गाँज्दै ल्याएको अवस्थामा नाअ्सोको भूमिका अपरिहार्य रहेको कुरा बताए ।
कार्यक्रममा सुनुवार सेवा समाजका केन्द्रीय अध्यक्ष मनप्रसाद सुनुवारले कोइँच सुनुवारहरुको आफ्नो मौलिक संस्कार र संस्कृतिलाई समयसापेक्ष परिमार्जन गर्दै लैजानुपर्ने भएकोले आजको आवश्यकता भनेको नाअ्सो पोइबहरुको संगठनात्मक संरचनाको जरुरी रहेका कारण यो भेला आयोजना गरिएको बताए ।
सो भेला कार्यक्रमका सहजकर्ता सुनुवार सेवा समाजका कामु सचिव तथा कोषाध्यक्ष उत्तमकुमार सुनुवार तथा अतीत मुखिया रहेका थिए भने सुसेस केन्द्रय समितिका अध्यक्ष मनप्रसाद सुनुवारको सभापतित्वमा सम्पन्न भएको थियो ।

Share

Leave a Reply

Your email address will not be published. Required fields are marked *