के लेखे मुखिया स्रष्टाहरुले ? परिवर्तन ! परिवर्तन !! परिवर्तन !!!

सुनुवार डट ओआरजि समाचारदाता ।
१६ मङ्सीर, काठमाडौं । अतीत मुखियाको नारी आहत सम्बन्धि रेखाखण्डकाव्य ‘अचानो आहत’, भानु सुनुवारको गजल सङ्ग्रह ‘रहरको बिस्कुन’ र केदार सङ्केतद्वारा सम्पादित नियात्रा संस्मरण ‘यात्रा र्स्पर्श’ आज गुरुकुल, पुरानो बानेश्वारमा नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति प्राज्ञ वैरागी काइँलाले विमोचन गर्नुभायो । सोही क्रममा प्रमुख अतिथि प्राज्ञ काइँलाले साहित्य सँगालो डट कमद्वारा २०१० मा आयोजित अनलाइन साहित्य प्रतियोगितामा पुरस्कृत नेपाल च्याप्टर विभिन्न स्रष्टाहरुलाई पनि पुरस्कार सहित सम्मान प्रदान गर्नुभयो ।
प्राज्ञ बुँद रानाको सभाध्यक्षतामा चुप्लु समाज (कोइँच चुप्लु) द्वारा आयोजित लोकार्पण तथा पुरस्कार वितरण समारोहमा टंक साम्बाहाम्फेले रेखा दर्शन र यसका अभियान्ताहरुका बारे, प्राज्ञ ललिजन रावलले रहरको विस्कुन, नियात्रा निवन्धकार युवराज नयाँघरेले यात्रा र्स्पर्श र डा. सुधा त्रिपाठीले अचानो आहत लोकार्पित कृतिहरुका बारेमा छोटो समिक्षा गर्नु भयो भने रमेश पौडेलले स्रष्टा साहित्य चौतारी पुरस्कार र प्रतियोगितका बारेमा बोल्नु भएको थियो ।
आजको यस लोकार्पण पुरस्कार तथा सम्मान समारोहलाई सम्बोधन गर्ने क्रममा प्रमुख अतिथि प्राज्ञ वैरागी काइँलाले स्वागत भाषाण गर्नु हुने डा. लाल रापचाको स्वागत मन्तव्यलाई पुनरोल्लेख गर्दै भन्नु भयो, ‘के लेखे मुखिया स्रष्टाहरुले – मैले पनि राम्ररी हर्ेन, पाढ्न भ्याएको छैन । तर कोइँच भाषी स्रष्टाहरुले उनीहरुको परिवेशलाई बिर्सर्ेे छन् जस्तो लाग्दैन । अघि डा. लाल रापचाले भने जस्तै वर्तमान नेपाली साहित्य नयाँ मोडतिर सिफ्ट भइरहेको अवश्य हो । सबैतिर अहिले परिवर्तन नै परिवर्तन भईरहेको छ । मुखिया अर्थात् सुनुवार त्रय स्रष्टाहरुले वर्तमान परिवेशानुसार परिवर्तन खोजेका छन् । कोइँच मातृभाषी स्रष्टाले गैर मातृभाषामा साहित्य सिर्जना गरेर नेपाली साहित्य भण्डारलाई ठूलो गुण लगाएका छन् । हुन सक्छ सबैलाई ठूलो समुदायले बोल्ने भाषामा लेख्दा आफ्नो भनाई धेरै मानिस माझ पुर्‍याउन सकिन्छ भन्ने लोभ हुन सक्छ । तर १९६० देखि साना साना समुदायले बोल्ने भाषा, संस्कृतिमा लेख्ने लहर चल्यो । अहिले यो अभियानले साना निम्छारा, वहिस्करणमा परेका समुदायले पनि साहित्यमार्फत आफ्नो आवाज उराल्ने बलियो माध्यम बनाएका छन् । कोइँच मुखियाहरुले यस दिशामा यो पछिल्लो समय प्रत्येक वर्षएक एक वटा कृति दिन थालेका छन् । यो खुशीको कुरा हो । यस्तै अभियान बढोत्तारी हुँदै जाँदा कोइँच स्रष्टाहरुले ‘कोइँचहरुको पहिचान’ लाई सारा संसारमा उजिल्याउने छन् ।’
कार्यक्रमका सह-आयोजक साहित्य सँगालो डट कम, सुनुवार डट ओआरजि, दुरदा डट कम, किरात विज्ञान अध्ययन संस्थान -रिक) नेपाल, क्युइँतबु कल्याण कोष, चुप्लु फाउण्डेशन थिए ।

Share

One Comment to के लेखे मुखिया स्रष्टाहरुले ? परिवर्तन ! परिवर्तन !! परिवर्तन !!!

  1. kedar says:

    नेपाली यात्रा साहित्यमा नियात्राको ४० बर्से एकलौटी लामो तन्काई पछी अर्को एक सोरुप सहित एक रुपधारण गर्नुपर्ने देखिएको थियो त्यो १६ मङ्सीर, काठमाडौं मा गरियो/गराइयो तर यो नै ठुलो उप्लब्धि भने हैन “यात्रा स्पर्शको” । अबको यात्रा साहित्यमा नियात्राका नियमा बांधिएर कोर्नु पर्ने कुनै हैसियत देखिन्दैन ।जीवनी यात्रा छोटो या लामो होस्, दु:ख या पीडादाएक होस्, कथनमा स्पर्श मय भए देखी त्यहिनै पढुँ पढुँ लाग्ने साहित्य को पाटो बन्ने छ । झागिनु बाकीनै छ । केही साथीहरु लागि परिरहेकाछन अबो उनिहरुको पालो यस्लाइ हुर्काएर लाने ।

Leave a Reply

Your email address will not be published.