केही आशा केही निराशा : एउटा फुलको कथा

bikram–काःतिच
कसैलाई सन्तान भएनन् भन्ने पिरलो । कसैलाई सन्तान भएर पनि पिरलो । कसैलाई छोरा भएन भन्ने चिन्ता । कसैलाई छोरी जन्मिएन भनेर चिन्ता । यो चिन्तै चिन्ताको महासागर, अनुमान लगाउनै गाह्रो । रामेछाप रस्नालु दिकीमा जेठी छोरी जन्मेपछि विक्रम जन्मिदा छोरा जन्मयो भनेर जति खुशी भएका थिए अहिले त्यत्तिकै पिरलोमा छन् । हुन त जेठी छोरीले पनि आमाबुबाको मन नकुँढाएको भने होइन । विक्रमले यस धर्तीमा पाइला राख्दा आमाबुबालाई शायद लागेको थियोहोला, खिम्ती हर्षविभोर भएर सुसाइरहेको छ । तर हिजोआज त्यही खिम्ती उनीहरुको पीडामा अट्टहासका साथ गिज्याइरहेछ । हरेक आमाबुबाले छोराछोरीबाट गर्ने आशा भनेकै सुखद भविश्यको हो । वंश थामोस् भन्ने हो अनि पुर्खाले आर्जेको सम्पत्ति जोगाइराखोस्, त्यसमाथि थपोस् भन्ने नै हुन्छ । तर समयले कसलाई कहाँ पु¥याउँछ ? थाहा हुन्न । आमाबुबाले सोचेभन्दा फरक परिस्थिति सिर्जना हुन्छ र विचारमा विचलन आउँछ । सोचाइमा विचालन र बुझाइमा विचलन आउँछ । मेरो छोरानातिको लागि भनेर पुर्खाले जोडेको सम्पत्ति थप्ने त होइन बेचिन्छ, सकिन्छ अनि सुखी परिवार छिन्नभिन्न हुन्छ । र, एकै परिवारको सन्तान विरानो बन्न पुग्छ ।
हो समय र परिस्थितिले आजकाल नयाँ पुस्ताले पूर्खाको सम्मान गर्न छाडेको हो कि भन्ने देखिन्छ । आफुले केही गर्न नसके पनि, हाम्रा बाउबाजे पनि कस्तो पटमुर्ख ? यस्तो भिरपखेरामा के खाना बसेका होलान्, भनेर दोष थुपार्ने चलन बढ्दै आएको छ । यस्तै यस्तै विविध कारणले हुनसक्छ दिकीको सुनुवार परिवार पनि पिरलोमा संघर्षरत देखिन्छ । अवस्य पनि, बढेको छोरा परदेश गएर धेरै सम्पत्ति लिएर आउला र सुखको दिन फेरियला भन्ने थियो होला । तर त्यही छोरा ९, १० वर्ष सम्पर्कविहीन भएपछि चिन्ता त बढ्ने भयो ।
सुनुवार विद्यार्थी समाजका वरिष्ठ उपाध्यक्ष सागर सुनुवारले विक्रम सुनुवारको बुबाआमालाई उनकै घरमा पुगेर असली कथाव्यथा सामाजिक सञ्जालमा अपलोड गरेपछि सुनुवार सेवा समाज (सुसेस) मलेसिया शाखालाई सुसेस केन्द्रले खोजीको लागि जानकारी गरिएको थियो । जानकारी पाउने वित्तिक्कै सुसेस मलेसियाले तत्काल छलफल चलाई विक्रम सुनुवारको खोजिकार्य अगाडि बढायो । राम, जोन, प्रसुराम, कमल, होम, गंगा, दोलखाली सुनुवार लगायत अध्यक्ष हेमन ङावाचले विक्रम सुनुवारको खोख्न अथक प्रयास ग¥यो । अहिले विक्रम सुनुवार ५ वर्ष अगाडिसम्म मलेसिया रहेको जानकारी प्राप्त भएको छ ।
राम, प्रसुराम र हेमन सुनुवार चिट्ठीमा उल्लेख भएको विक्रमले काम गर्ने कम्पनी पुगी सेक्युरिटी र डिपार्टमेन्ट सुपरभाइजर भेटेपछि सन् २०११ सम्म जोहरबारु कम्पनीमै काम गरेको पत्ता लाग्यो । तत्पस्चात् थप जानकारीको लागि अध्यक्ष हेमन सुनुवार कोलालम्पुर नेपाली राजदूतवास पुगेर दुतावास अधिकृत विनोद मुखियालाई भेटेपछि विक्रमको खोजीकार्यले फरक मोड लिएको छ ।
राजदुतवासले कम्पनीसँग जानकारी लिँदा २००९ मै कम्पनीबाट घर गएको जानकारी दियो । यहीनेर दुईवर्षको समयको खाडल देखियो । सुपरभाइजर र सेक्युरिटीले दिएको सूचना र कम्पनीले दिएको जानकारी मिलेन । साथसाथै इस्टवेस्ट मेनपावर कम्पनीबाट अर्कै कम्पनीमा भिसा लागेको तर मलेसियामा अर्कै कम्पनीमा काम गरेको रहस्य पनि खुल्यो । दूतवासकै सहयोगमा हामीले मलेसियाको सबै प्रहरी चौकीमा खोजविन गर्दा ५, ६ वर्षसम्म कुनै पनि नेपालीलाई प्रहरी चौकीमा नराखिएको र कुनै पनि प्रहरी चौकीमा विक्रम नभएको जानकारी प्राप्त भयो । नेपालमै उसको वारेमा मेनपावर कम्पनीसँग थप जानकारी लिई खाजीकार्यको सूचना दिन अध्यक्ष हेमन सुनुवारले बताउनुभयो ।
अब सुनुवार सेवा समाज काठमाडौं जिल्ला र रामेछाप जिल्लाले विक्रमको यथार्थ खोजविन गरी थप जानकारी गराउनु पर्ने जिम्मेवारी आएको छ । विक्रमको खोजीकार्य मलेसिया सुसेसले जारी नै राखेको छ । र, नेपालबाट पनि उसको वारेमा थप जानकारी सङ्कलनको अभियान गर्नुपर्ने देखिएको छ । आशा छ केही समय लाग्ला, परिवारबाट सम्पर्कविहीन विक्रमको यथास्थिति चाँढै टुँगो लाग्ने छ । तर एउटा फुल हो फुट्यो फुट्यो भनिन्छ । एउटा फूलले कतिको जिन्दगी निरास बनाउँछ र कति जनाको जिन्दगीमा खुशी छरीदिन्छ सबैले फुलको कथालाई सकारात्मकरुपमा सोच्ने पो हो कि ।

Share

Leave a Reply

Your email address will not be published.