किरात सम्बत “यले थोचे ५०७६ र सुनुवार चाडँ समिबु पिदार” हर्षोलासका साथ मनाइयो।

-Jeevan Sunuwar Kirat
किरात सम्बत “यले थोचे ५०७६ र सुनुवार चाडँ समिबु पिदार” हर्षोलासका साथ मनाइयो। सुनुवार जाति अथाह सस्कृतिको धनी भएता पनि अहिलेको बद्लिदो आधुनिकीकरण सगै बिस्तारै आफ्नो सस्कृती प्रती अन्जान बन्दै गएका छौ। दिनानुदिन अरुको सस्कृती प्रती चाहिँ बढि उत्तरदायी र आकर्षित हुने तर आफ्नै मौलिक सस्कृती प्रती चाहि कुनै चासो नहुनुले आफ्नो पहिचान गुम्दै गएको अबस्था मा यहि माघ १ का दिन किरात “यले थोचे ५०७६” (पहिलो किराँती राजा यलम्बरको नामबाट किरातीहरुले मनाउने नयाँ सम्बत/बर्ष) र सोही दिन पर्ने सुनुवार चाडँ “समिबु-पिदार” लाई बिगतमा झै काठमाडौ उपत्यकाको सम्बन्धमा- सुनुवार सेवा समाज केन्द्रिय समिती, भक्तपुर/काठमाडौं/ललितपुर जिल्ला समितिहरु, सुनुवार महिला समाज, सुनुवार बिद्यार्थी समाज र सुनुवार कलाकार तथा चलचित्रकर्मी समाजहरु सयुक्त रुपमा सुनुवार सेवा समाज केन्द्रिय भवनमा भेला भइ बिबिध कार्यक्रमहरु गरेरे हर्षोलासका साथ मनाइयो। म हृदय देखि नै बिशेष आभारी छु जस्ले यो समारोहमा उपस्थिति जनाउनु हुने कोइँच महानुभाब ज्युहरु प्रति ।

Share

Leave a Reply

Your email address will not be published. Required fields are marked *