किरात कोइँच कि सुनुवार – क-कसको के भूमिका –

सुनुवार डट ओआरजि समाचार विश्लेषण ।
सुनुवार जातिको असली मौलिक नाम ‘कोइँच’ हो । केही वर्षअगाडिदेखि पत्रपत्रिकामा कोइँच कलमीहरुले कलम चलाउँदै आएको पाइन्छ । र, सुनुवार सेवा समाज -सुसेस) आर्पैm पनि कोइँचबु -सुनुवार वन्धुत्व) मुखपत्र २०४७ देखि प्रकाशन गर्दै आएको छ -हेर्नोस् सुसेस का पर्ूव प्रकाशित मुखपत्र कोइँचबुका अंकहरु) । आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठान ऐन – २०५८ अनुसूची १ अनुसार नेपाल सरकारबाट मान्यता प्राप्त आदिवासी जनजाति हो सुनुवार जाति । तर नेपाल सरकारद्वारा अनुमोदित अन्तराष्ट्रिय श्रम संगठन महसन्धी नंं. १६९ नेपालको बाध्येत्मक कानुन बनेपछि र आदिवासी जनजाति सम्बन्धि मानवाधिकार संयुक्त राष्ट्र संघको घोषणा-पत्रमा नेपालले हस्ताक्षर गरेपछि भने आम आदिवासी जनजातिको लागि आफ्नो मौलिक मातृभाषाबाट रहेको जातीय नाम लेख्न पाउने कानुनी अधिकार प्राप्त भयो । यसै महौलमा सुनुवार भनिएका र आफ्नो मातृभाषाबाट आफैलाई चिनाउने जातिय नाम कोइँचहरु मौलिक जातिय नामबाट चिनिन रुचाए । सुनुवारलाई कोइँच भन्नु हुँदैन यसले सुनुवारको पहिचान दिँदैन, फाइदा गर्दैन भन्ने सुनुवार पनि अझै छँदै छन् । यस सम्बन्धी कुमारी सन्सारमा चर्को वहस नै चलेको पनि छँदै छ र व्यक्तिगत लाण्क्षणा पनि लगाएको देखिन्छ । यस्तो अवस्था आम र्सवसाधारण सुनुवारलाई झन अन्यौल पारेको देखिन्छ । यस विषयमा सुनुवार सेवा समाजले के गरीरहेको छ त – सबै ध्यान सुसेसमा केन्द्रीत हुनसक्छ वा छ । सुनुवार सेवा समाजका महासचिव खडोस सुनुवारले सुनुवार सेवा समाज सातौं कार्य समितिका टंकराम सुनुवार अध्यक्ष हुँदा २०६६ जेठ २३ गते बसेको केन्द्रीय समितिको बैठकले जनजाति प्रतिष्ठानमा सुनुवार सेवा समाज नामको सट्टा किरात कोइँच रुमदेल सुचीकृत गराउन साधारण सभामा प्रस्ताव लाने निर्णयगरिएको र सोही निर्णयकै आधारमा सुनुवार जातिय नामको सट्टा ‘किरात कोइँच’ मौलिक माातृभाषी जातिय नाम सूचीकृत भएको प्रतिवेदन आएको जानकारी दिँदै अगाडि थप्नु भयो, ‘सो प्रतिवेदन बाहिर आएपछि सोही समितिको २०६७ साउन ३ गते बसेको सचिवालय बैठकलेे आदिवासी जनजाति सूची परिमार्जन उच्चस्तरीय कार्यदलले र्सार्वजनिक गरेको प्रतिवेदनमा भूलवस सुनुवारको सट्टा किरात कोइँच सूचीकृत गरिनु पर्ने पत्र लेखिन गएको जानकारी गराउँदै सुनुवार -किरात कोइँच) जातीय नाम संशोधन गर्न पत्रचार गर्ने निर्णयवमोजिम २०६७ साउन ४ गते मन्त्रीपरिषदको सचिवलाई सम्बोधन गरी सुनुवार -किरात कोइँच) सूचीकरण गरीदिन पत्रचार गरिएको र सो निर्णयलाई २०६७ भदौ १३ गते बसेको सुनुवार सेवा समाज केन्द्रीय समितिको बैठकले अनुमोदन गरेको हुनले हामीले पर्ूव केन्द्रीय समितिको निर्णयलाई कार्यन्वयनमा ल्याउने काम गरेका हौं । सोही अनुसार राष्ट्रिय जनगणना – २०६८ मा जातिमा सुनुवारको सट्टा ‘कोइँच -सुनुवार)’ लेखाऔं भनी प्रचारप्रसार गरेका हौं । यो ‘कोइँच’ जातीय नाम लेख्ने अवधारण हामी आठौं समितिको वा अन्य कुनै पनि व्यक्तिको एकल अवधारणा होइन ।’ साथै उहाँले बाहिर जे जसरी वादप्रतिवाद चले त पनि सुसेसमा सुनुवारको सट्टा ‘कोइँच’ लेख्नु हुँदैन भनेर कसैले लिखित गुनासो पेश नगरेको पनि अवगत गराउनु भयो ।
यस कुराको थप पुष्ट्याइँका लागि आदिवासी जनजाति सूची परिमार्जन उच्चस्तरीय कार्यदलले को वा कसको सूझाव सल्लाहले ‘सुनुवार’ जातिलाई ‘किरात कोइच’ जातिमा पुनः सूचीकृत गर्‍यो भनी बुझदा सूची परिमार्जन उच्चस्तरीय कार्यदलले बुझाएको अप्रशोधित कागजातमा फेला पारेको तत्कालिन सुनुवार सेवा समाजका अध्यक्ष टंकराम सुनुवार आपै+mले मिति २०६६ साउन १९ गते आदिवासी जनजाति सूची परिमार्जन उच्चस्तरिय कार्यदलका सदस्य-सचिव लोकबहादुर थापामगरलाई लेखेको पत्रको आधारमा सुनुवार जातिलाई ‘किरात कोइच’ का रुपमा सूचीकृत गर्ने पत्रको व्यहोरा यस्तो भएको पाइयो ।
‘विषय ः आदिवासी जनजातिमा आफ्नो मौलिक नाम सहिद पुनः सचिकरण गर्ने वारे । महोदय, उपरोक्त सम्बन्धमा त्यस उच्चस्तरीय कार्यदलले आदिवासी जनजाति सूचिकरण तथा बर्गीकरणका लागि मिति २०६६ जेष्ठ ५ गते गोरखापत्र राष्ट्रिय दैनिकमा र्सार्वजानिक सूचना प्रकाशन गरी साथै मिति २०६६ साउन १ मा पत्रचार गरी आदिवासी जनजातिको सूचिमा समावेश गर्न दावि गर्ने समदाय र सूचिकृत भैसकेका जातीय संस्थाहरुबाट आवेदन माग गरिएकोमा यस सुनुवार सेवा समाज केन्द्रिय कार्यलयबाट हाल सूचीकृत रहेको नाम सुनुवार सेवा समाज -सुनुवार) लाई आफ्नो जातिको मौलिक नाम किरात कोँइच -सुनुवार) समाज -किरात कोँइच्) को नाममा परिवर्तन गरी पुनः सूचिकृत गरी दिनुहुन सुनुवार सेवा समाज केन्द्रिय समिति हार्दिक अनुरोध गर्दछ ।’

Share

16 Comments to किरात कोइँच कि सुनुवार – क-कसको के भूमिका –

  1. SUNUWAR says:

    “हामी सुनुवार हौ र सुनुवार नै लेखौ”
    शंकर सुनुवार -थुम्बचा)

    धनुका“ड बनाउन र सिकार खेल्नमा सुनुवार जातीहरु धुरनदर थिए । त्यसैले एक जमानामा यो जातीलाई सिकारी सुनुवार भनेर चीन्ने गर्दर्थ । पछि गएर ८३ साल तिर श्री ५ माहाराज राजेन्द्र शाहको पालामा दुवाल बन्दी सिकारी सुनुवार पनि भन्ने गर्दथे । यसरी नै विस्तार विस्तार भौगोलिक, धार्मीक, राजनीतिक र सामाजिक परिस्थीलतीले सुनुवार एक भएर पनि परिचयअनेकहुदै गयो ।यो जातीकोपरिचयमा सुनार र्राई, र्राई सुनवार, सुनुवार मारपाचे सुनुवार, डालेनाङ्गले सुनुवार आदि इत्यादी शब्दहरुले चीनीएको पाइन्छ ।

    जस्तैः-किरात इतिहास -१९९४-९५) नामक आङ्खनो पुस्तकमा वेद-पुराण र उपनिषदका विद्वान डा. स्वामी प्रपनाचायले सुनारर्राई र सुनवार र्राई शब्दको प्रयोग गरेको पाइन्छ । इमानसिंह चेमजोंगले किरात इतिहसको दोस्रो संस्करण १९५२ मा सुनुवार शब्दको प्रयोग गरेको पाइन्छ । किरात जातको वंशावलीमा विंक्रमबहादुर सुनुवारले सुनुवार शब्दको प्रयोग गरेको पाइन्छ । यस्तै गरेर सुनुवार किरात वंशावली र सुनुवार वंशावलीमा सुनुवार शब्दकोनै प्रयोग गरिएको पाइन्छ । Harriet Leva Baegun n] spirit Possesion in the Nepal Himalayas मा र टेक बहादुर सुनुवार “औतारी” ले निकाले को आङ्खनो किताब “किराती सुनुवार -कोइ“च) जाती उत्पति, भाषा, धर्म, र संस्कृति एक परिचय” मा सुनुवार शब्दको नै प्रयोग गरेको छ । त्रिभुवन विश्व विद्यालय, नेपाल तथा एशियाली अनुसन्धान केन्द्र द्वारा सन् १९९१ म्ाा प्रकाशित “द र्राई अफ इष्टन नेपालीः एण्ड लिंग्वीस्टिक ग्रुपिङ” शर्ीष्ाकको पुस्तकमा गर्ड हनवोनले र २०४७ चैत्रको प्रथम संकरण “कोइ“चवुमा पनि सुनुवार शब्दको प्रयोग गरिएको छ । Gangtok: Friday March 8th २००२ मा पहिलो पल्ट सुनुवार लिपिमा प्रकाशित पत्रीका ” ” सुखि नेस्कूतेकमा पनि सुनुवार शब्दको नै प्रयोग भएको पाइन्छ । सुनुवार भाषा, लिपि र साहित्यको विकाशमा मूल टेवा पुर्याूने धरान १८ को स्व. कर्ण्र्ााहादुर सुनुवारले सुनवार शब्दको प्रयोग गरेको छ । त्यसतै, २०५० मा पर्ूवाञ्चल क्षेत्रिय समाज भेला द्वारा स्वीकृत “किरात सुनुवार भाषा” शब्दकोषमा सुनवार र सुनुवार दुवै शब्दको प्रयोग भएको छ । लोकप्रिय सुनुवारको प्रथम संस्करण “सुनुवार भाषा वोलीचलाी कोंअइच्लो लो सी” मा सुनुवार शब्दको प्रयोग भएको छ । यस आधारमा यो जातीले अझ सम्म कुन शब्दको प्रयोग गर्ने भन्ने ठोष निर्ण्र्ाालिन नसकेको महसुस हुन्छ । यस्तै कमी कमजोरीको कारण हुन सक्छ दलित वर्गका सुनार जातीहरुले पनि आजकल सुनवार शब्दको प्रयोग गरेको पाइन्छ । जसले गर्दा किरात सुनुवारको परिचयमा अस्पस्टता आएको पाइन्छ † अर्को कुरो चेतानको कमीमा कति सुनुवारहरुले आङ्खनो जात लुकाएका पाइन्छ † तर यसरी आङ्खनो जात लुकाउनेहरुले पनि शान्तिको श्वास फर्ेन त कहा पाएका छन र । विचराहरु ब्ााच्दा देखि लिएर मरेपछिको पनि दुखेसो र गुनासोहरु सुन्नमा आइरहेको पाइन्छ । यस सर्न्दर्भमा हामीसबैले गम्भिर भएर सोच्नु पर्ने आवस्था हुदा“ हुदै पनि कति पय सुनुवारहरुले नामको पछाडी आङ्खनो जात नलेखेर थर र ऐतिहासिक मान मुखियाको पर्दाले सुनुवार जातलाई नै ढाक्न खोजेझै लाग्दछ ।

    जस्तैः- धुरमपुर-झापा सुनुवार समाजबाट प्रकाशित “भाषा, लिपि र विधि” को पहिलो संस्करणमा संकलन समुहले आङ्खनो नामको पछाडी जात नलेखेर सोझै थर लेखेका छन ।
    जस्तैः-हरि कृष्ण कातिचा, भीम बहादुर दिगर्च, हरि प्रसाद तो“कुच, लोक कुमार दर्ुर्बिच, धन वहादुर दर्ुर्बिच र संकलन स्रोतमा लिपि स्व. कर्ण्र्ााहादुर जेतिज लेखेका छन । सु.से.स. केन्द्रीय कार्य समिति काठमाडौंबाट प्रकाशित “सुनुवार जातिको जन्म, विवाह, मृत्यु संस्कार विधि संग्रह २०६२” मा प्रकाशन समिति स्याम मुखिया भनेर लेखेका छन † कोइ“च बु सिक्किमले मई २००३ मा प्रकाशन गरेको “किरात सुनुवार वर्ण्र्ााला” को प्रथम संस्करणमा के.डी. ङावचा-मुखिया, आर.वी. रुजिच-मुखिया र -स्व.) लाल रापचा भनेर लेखेकाछन । के यस्तो लखाइले सुनुवार जात पारदर्शी होला त…. – यसैत अल्प संख्यामा रहेको यो जाती त्यसमा पनि पर्दा भित्र बाच्नेहरुको लागि फेरी अर्को एउटा पर्दाको निर्माण भएको देखिन्छ । त्यो के भने,२०५० मा प्रकाशित “किरात सुनुवार भाषामा व्यवस्थापमक, प्रकाशक, सम्पादक, लेखक र सहयोगी समेतले पहिला आङ्खनो थर त्यस पछाडी नाम र नामको पछाडी मुखिया भनेर लेखेका छन ।

    जस्तैः- कोर्मोच प्रेम कुमार मुखिया, गौरच श्री मकर बहादुर मुखिया, थंुगुच श्री टंक प्रसाद मुखिया, मुलिच श्री टेक बहादुर मुखिया, मुलिच श्री मान बहादुर मुखिया र मुलिच श्रीमती दन्त कुमारी मुखिया भनेर लेखेकाछन् । के यो पढ्ने अन्य जातिहरुले यी बुद्धीजीविहरुको जात छुट्याउन सक्लान्त …..- अवश्य सक्दैनन । कारण पर्दा भित्रको दृश्य देखिदैन । आफूले ढाकछोप गरेको पर्दा भित्रको कुरो आफूलाई मात्र थाहा हुन्छ । अन्य जातिलाई हुदैन । सुनुवार जातिमा अल्पता आउनको कारण एउटा यो पनि हुन सक्छ । अर्को कुरो आङ्खनो नामको पछाडी मुखिया मात्र लेख्न रुचाउने सुनुवारहरुले क्षेत्री, मगर, थारु र चौधरी लगायतका जात भित्र पनि मुखियाहरु छन् भन्ने कुरो जान्नु जरुरी छ । नेपाल लोकतान्त्रिक किरात सुनुवार संघ केन्द्र कमिटिको चौथो वाषिर्क उत्सवमा ए.मा.ले पोलिट व्यूरोका सदस्य -भू.पू. वन मन्त्री) श्री नागेन्द्र चौधरीले पनि किरात सुनुवार जातिले आङ्खनो नामको पछाडी सुनुवार शब्दको नै प्रयोग गरे यो जातिको परिचयमा स्प्रष्टता आउने वहाले बताउनु भयो । यस सर्न्दर्भमा म के भन्न चाहन्छु भने, भुतकाल देखि वर्तमान सम्मका जति पनि लेख, रचना र साहित्यहरुमा सुनुवार शब्दको नै प्रयोग बडी भएको हुनाले संख्याको आधारमा पनि हामीले सुनुवार शब्दको नै प्रयोग गर्न उचित ठान्दछु म । यसो भनेर आङ्खनो थरलाई विर्सर्नु पनि मेरो मान्यता हैन र ऐतिहासिक मान मुखियालाई पनि यो जात देखि अलग्याउन खेाजेको हैन † मतलब परिचयमा पहिला कसैले पनि तपाईको ऐतिहासिक मान, थर र जात सोध्दैनन । नामनै सोधिन्छ र नाम पछि तपाईले आङ्खनो थर या फेरी मुखिया भन्नु भयो भने पनि उ असमन्जसमा पर्छ कि तपाई कुन जातको हो भनेर त्यहा“ तपाईले आङ्खनो जात नै बताउनु पर्ने हुन्छ । यानिकी तपाईको नाम पछिको स्थान जातले नै ओगटेको हुन्छ †अनि मात्र सोध्दै र केलाउदै जादा थर आदि इत्यादीको सवाल उठ्छ भने तपाई आङ्खनो नामको पछाडीबाट सुनुवार शब्दलाई किन हटाउनु चाहनु हुन्छ- “तिमी कुन महा पुरुष हौ त्रि्रो नाम र जात केहो भनि श्री कृष्णले सोध्दा हे त्रिलोकपति तपाइले नजान्दो के छ र – तै पनि अज्ञान भई सोधि बक्सन्छ भने मेरो नाम एकलव्य भक्ति सुनुवार जातको किरा हु“ ।” भनि आङ्खनो परिचय दिएको कुरो भारत युद्ध कथाले बताउदछ । मेरो मत्लब हामीलाई इतिहासले नै सुनुवार भनेर चीनाउदै आइरहेको छ भने आज आएर आमीले आङ्खनो नामको पछाडी अन्य शब्द प्रयोग गर्नुको र्सार्थता के – नभए हामी सुनुवार हौ र सुनुवार नै लेखौं । बाकीका उपनामहरु यथावतै छदैछन् ।

    साभारः http://www.kiratsunuwar.org.np

  2. cp says:

    All i want to say is who gave a name of doctor who is not even deserve to call patient, and followers of this so-called doctor will all soon go to in mental hospital.I am opposing many times before as well for this nonesense, i mean it is acceptable (Kirant koich sunuwar) but completley to eradicate the historical name (sunuwar) is unacceptable because it only brings a big turmoil within sunuwar and its not practicable for instance it means now every sunuwar has to change their surname in passport and citizenship card isn’t it?.
    (1) doctor what kind of doctor who is almost nil in historical knowledge tried to lead our society and tried to open chapter of kiranti history book, its very ridiculas.If he himself doesn’t have any historical knowledge then how can you guys to expect who would lead you in proper distination?.Think before it becomes too late.

  3. kirat sunuwar says:

    त्यो बैठकमा केन्द्रीय समितिले किरात सुनुवार (कोइच) लेखने निर्णय भएको हो र सो अनुसार पत्र पथैएको हो / अरु मलाई बोल्न आबश्यक छैन /

  4. Naso says:

    सुनुवार जी ले सबै सुनुवार भाबना लेख्नु भाको मा धन्नेबाद छ हामी जस्ता सर्बसाधारण सुनुवार हरुको आत्मा को कुरा बोलि दिनु भकोमा !उकुस मुकुस भई रहेको थियेउ ! अहिलेका जो सुनुवारको अप्पल भन्न रुचाउने हरुले सुनुवारको बिधिप्रती अटेरी , सु.से.स.को बिधनप्रती हेपुवा सुनुवारको ठेट भाबना नीतिप्रति बेहोसी ,र सुनुवार को ठेट ब्याबहार प्रति लहपर्बाई भएको छ भाबिस्येमा सुनुवारले झन् ठुलो मुल्ले चुकाउनु पर्ने हुन्छ !

  5. prakash Sunuwar "jiziach" says:

    शंकर जी को कुरामा सत्यता छ सुनुवार भनेको कमन हो थर मात्र लेखाउनु संकुचित , कोर्म डाडा बाट कोर्मोच , मुखे bat mulich , prapcha bat rapch wa rapach aru खस्करण ka wachpule saipule bhujwar prithwar le उनि हरुलाई नै बिचरा banayeko chha . Ani sunuwar lekhauna naruchauneko नतिजा देखिएकै chha Ani SUNUWAR नलेखी K lekhne ? aru bhaqnnu naparla …/ tara yi aafu सुनुवार lekhauna man naparaune tara singo सुनुवार jaatiko utthan ra bhalai garchhu bhanne haruko kura ma kunai tuk छैन है /

  6. prakash Sunuwar "jiziach" says:

    C.P JI
    You are absulutly right CP ji
    I am 100% agree with you coz sunuwar people has facing an identity crisis , Again some so-called doctor want to eradicate sunuwar so it’s very dangerous ..

    Prakash sunuwar “zijich”
    Riyadh Saudi Arab

  7. Hom sunuwar(dasucha) says:

    नाम्सेवल येस वेब update गर्ने सहयोगी कोइंच र वेब मा अएर आफ्नो विचार तर्क राखनु हुने सबै कोइंच्बू मा / वेब संचालन गर्ने कोइंच बन्धुहरुले समय समय मा हामी सबै पुरानापिंढी नयापिंढी , हाकिम पिएन , स्वोदेशी बिदेशी, डाक्टर बिरामी, याब्रे गुब्रे लगा पर्गी चलाउदै अएका र विभिन्न नया धर्मवालाम्बिहरु , गायक नायक , कबि कबियेत्री , मुखिया रैती , संचारकर्मी सामाजिककर्मी र सबै कोइंच नेताहरुका विचार बिमर्सा र निचोड को लागि कोइंच संबन्धि विभिन्न शिर्षकमा लेखहरु वेबमा राखिनु पर्छ र राखिंदै पनि छ जसको लागि टिमलाई मेरो तर्फबाट बधाई र धन्यबाद /येसरी राख्दैमा हामी हाम्रो सबै कुरा समाधान हुन्छ भन्न चाँहि मिल्दैन किनकि हाम्रो वेब मा visit गर्ने सबै visitor कोइंच नभएर होकी कुनै visitor मा चाँहि चेतनाको कमि भएर हो समाधान भन्दा बिबादमा मात्रै विकास भएको देखिन्छ, कमसेकम समज्दारिमा आउनु त बुद्दिमानी हुन्छकी ?
    माथिको शिर्षकमा खण्डन गर्न अति राम्रो छ सकेसम्म धेरै वर्ष अघि भएको भए झन् राम्रो साएद सबै छिनोफानो पनि भैसकेको हुन्थ्यो होला, आज आएर केहि मात्रको चेतना जागेको भए पनि समज्दारिमा
    आउनु नसक्नु नै हामी सबैको ठुलो गल्ति औंलाउनछु /

    शंकर सुनुवार ज्यु ले पौराणिक कालदेखि हालसम्मका कोइंच सम्बन्धि संकलन गरि दर्साउनु भएको सबै कुरा सत्य हुन् र अझ थुप्रै कुराहरु छुटेका छन् , मैले माथि जनाएका सबै दर्जाका कोइंचहरुले जान्न बुज्न र जगेर्ना गर्न कर्तब्य सम्झनु पर्छ ,युगान्तर कालन्तर कोइंचहरु कस्ता थिए कसरि चिनिन्थिये हाल आएर कस्ता भए अनि कसरी चिनिन्छन ? भन्नु पर्दा चिनिन पनि छाडे अनि सुनुवार (कोइंच ) भनेर चिनिन पनि चांहँदैनन् केहि मत्रमाआँखा देखेका खुट्टा टेक्ने भएका औंला भाचेर गन्न सकिनेहरु येस्ता दर्जामा पर्नुहुन्छ

    मेरो आफ्नो विचार भन्नु पर्दा कोइंचहरु येसरी बिभ्हिन्न नाम कामबाट चिनिनु गौरव को कुरा हो तर आज आएर राजनितीक फेरबदल को कारण आफ्नो अस्तित्वो जोगाउनु को लागि एकतामा आउनु अति जरुरि छ र कसै कसैले स्वार्थमा कोइंच र अन्य आदिबाशी का हक अधिकार लुटी सके , त्येसैले कोइंच बन्धुहरुले नाना जात थर मान लेखाउनु को बदलामा मात्रै नाम र जात अनि ब्राकेट भित्र थर लेख्दा कसो होला ?

    अर्को कुरा संस्था को नाम लेख्दा चांहिं किराँत सुनुवार सेवा समाज ( kirant sunuwar welfare society ) केन्द्र वा छेत्र त्येस्मा जोड्न साथ् कहाँ को भन्ने बुज्न सकिन्छ / यदी किराँत अगाडी नराखेमा हाम्रो संस्था र जात नून बेगरको तिहुन जस्तो हुन्छ तेसैले गर्दा जब 2oo5 देखि बेलायेतमा पनि संस्था खडा गर्न जमर्को गर्दा गर्दा 2oo7 देखि मात्रै सफल हुन सकियो /पछिका कुरा बिचार गरेर सुरुमै जबर्जस्ति किराँत सुनुवार सेवा समाज ( kirant sunuwar welfare society ) लेखदा धेरै बिबाद आये , आज आएर सायेद कसै कसैले बल्ल बुज्ने मौका पाए कि सहि अर्थ लाग्छ कि भन्छु
    माथिका हाम्रो c p र नासो ज्यु को तर्क गुनासो र सुझाब पनि पढे सबै सहि छन् कुनै कुरा बाहेक,नाम बेगरको kirat sunuwar को पर्नु भो ? र उहाँ को अधुरो लेखाई अलि बुज्न सकिएन / नासो आ लो कलि नेल्लेम मिम्तेने

    चेरे दाइल

    होम सुनुवार
    बेलायेत

  8. thari cayaba says:

    नमसेवल,
    सर्ब प्रथम यस स्तम्भकमा “किरात कोइँच कि सुनुवार – क-कसको के भूमिका -” बिषयक ले राखेकेामा सुनुवार.org सँग संलग्न सबै मित्र धन्यबाद । विगतमा सुनुवार सब्द कसरी सुरू भयेा भन्ने कुरा यस साइटमा हर्न र पढन पाएकेा छु ,र यस माथि भएका छलफल पनि हेरेकेा छु । जस बाटा धेरै कुरा प्रस्ट भएका छन् यता तिर म धेरै जाना चाहान्न । हामिलाइ सुनुवार बनाइएकेा हेा बास्तबमा हामी किरात हैाँ भन्ने कुरा हाम्रेा परमपरागत धर्म , भाषा, संस्किरति, भेषभुषा रति र लेखहरूबाटा प्रस्ट हुने नै भए हैनर ?
    धेरै साथिहरूलाइ धर्मे ,सर्मे जस्ता सुनुवार प्रति खेद हुन स्वभाबिक हेा । जसले गर्दा अाजा हामी अाफ्नेा अस्तित्वकेा लागि भैातारिनु परेकेाछ । वास्तवमा यिनीहरूले यि नाम कसरी प्राप्त गरे येा खेाजिकेा विषय बन्न सक्छ ।किनकि कस्ता थिए त सुनवारी किरात नामहरू ? हेरैाँ केहि पुराना पुरूष नाम हरू जस्तै… ग्येामे, पेारे,किरे, दुम्बे, देाक्शे, छेने, केाँगे, शेँने , राङले, डेाँठे ,केरेा । पछि गम बाहादुर,पदम बाहादुर किरपा धेाज, धन बाहादुर, दानबाहादुर , छत्रबाहादुर , दिर्घ बाहादुर,मान बाहादुर ,कलबाहादुर ,कुबिर, कृष्णबाहादुर बनाइए । र हेरैाँ केहि पुराना महिलाका नामहरू जस्तै…केलेमलि ,लाङशि , ताशि, सया ,नुमा , भुना ,सिर्मि चाँयिदा , फाकेासिम्म ,पछि यिनिहरूलाइ लनि कृष्णमाया , लाल माया ,तारा देबी , सुनमाया ,नरमाया ,भिम कुमारी ,सन्तमाया , चन्द्रमाया , फुल माया बनाइए ।
    यि नामहरू केाँइच बस्तिमा प्रसस्त पाइने मात्र हैन लिपिबद्द पनिछन् ।बिगतमा मुखेलि , तालुकदारि , सुनुवारहरूले गरेकेा पाइन्छनै , यसकेा अाधारमा त्यस बखत केाँइच सुनुवारहरूले अफ्नेा किपटकेा कुत बुझाउदा वा ठेकि बेठिमा बनेका तमसुक, रसिदहरूलाइ प्रमाणका रूपमा लिन सिकन्छ ।यि प्रमाणहरू यदा कदा बिगतमा मुखे , दुवारेहरूका घरहरूमा अझै सुरक्षित पइन्छ । जुन प्रमाणहरू संकलन गरि प्रकासन गर्न जरूरि देखिन्छ ।
    जुन लेखमा प्रस्तेाता मित्रले सुसेस सचिव खदेास सुनुवारलाइ उददृत गरि लेख प्रस्तुत गर्नु भएकेाछ जसमा धेरै सत्यता हुन सक्छ । तर किरात केाँइच लेख्ने कि सुनुवार ? यस बारेमा अझ प्रष्ट कुरेा अाए जस्तेा लाग्येा । जसमा म केहि बिषयमा अाफ्ना राय राख्न मुनासिफ ठान्दछु ।
    (१) येा विषयले सुसेसकेा ७अैँा राष्ट्रिय सम्मेलनमा पारित निति तथा कर्यक्रम र विधान संशेाधनबाटै सुरू भएकेा हेा ।
    (२)जसमा केाँइच किरात सुनुवार सेवा समाज रहने गरि संसेाधन भएकेा छ ।
    (३) सेाहि अनुसार काठमण्डैा जिल्ला प्रसासन कार्यलय र अादिबासि जनजाती महाँसघमा नाम परिबर्तनकेा लागि पत्रचार भएकेा हेा ।
    (४) काठमण्डैा जिल्ला प्रसासन कार्यलयले संसेाधित विधान अनुरूप नाम परिबर्तन नगरे पछि संबन्धित मन्त्रालय मार्फत मन्त्री परिषद मा नाम परिबर्तनका लागि पेश गरिने कुरेा समेत पहल भएकेा हेा । जुन येा कुरालाइ अाठैाँ किर्यसमितिले पनि निरन्तरता दिएकेा भन्ने खबर अति सराहनिय छँदै छ ।

    त्यसेा त अ ब के हुन्छ ?
    सरसरति हेर्दा कानुनि रूपमा केाँइच किरात सुनुवार भनि पुःन सुचि कृत नहुन पनि सक्द छ । यसकेा लागि सुसेसकेा नाम परिबर्तन मुख्य कुरा हुन सक्द छ या नया सुचि कृत हुन सक्द छ । येा भने विचारनिय कुरेा हेा ।

    केाँइच किरात नै भनि सुचि कृत भए के फाइदा हुन्छ ?

    (१) मातृभाषाबाट रहेको जातीय नाम लेख्न पाउने कानुनी अधिकार सुनिश्चि हुन्छ । अर्थात सहि पहिचान प्राप्त हुन्छ ।
    (२) लेापेान्मुख भाषा, संस्कृति, धर्म , र अाफ्नेा परमपरागत भेष भुषा जगेर्ना गर्ना सजिलेा हुनु स्वभाविकछ ।
    (३) अादीबासी जनजातीकेा नैसर्गिक अधिकार प्रातिका लागि वैधानिक लडायी लडन अवस्य सजिलेा हुने छ ।
    (४) रेाजगारिका अवसरहरूमा प्रथामिकता सृजना हुनेछ ।

    केहि समस्याहरू अवस्य पनि छन् ।

    (१) कानुनि कागज पत्र जस्तै नागरिकता, राहदानि, प्रमाण पत्रहरू परिवर्तन वा व्यवस्था।पन गर्नु पर्ने समस्या हुन सक्छन्
    (२) राज्यले प्रदान गरेकेा अन्य सुविधाहरू लिनलाइ केहिसमय समस्या हुन सक्छ ।
    (३) केहि व्यक्ति बिसेसलाइ अव्यबाहारिक लाग्न सक्छ ।

    अन्तमा ,यस स्तम्भ माथि राय दिने सबै मित्रहरूलाइ थाहै हुनु पर्ने हेा । हाल सम्म् सुनुवार सेवा समाज एक मात्रा सुनुवारहरू वैधानिक अनि प्रतिनिधि मुलक संस्था हेा भनेर ,र यहाँबाट लेखिएकेा एउटा चिट्ठीले मात्र पनि हरेक सुनुवारकेा भविश्य निर्धाण वा बिगार्न सक्छ , सुनुवार संबन्धि गरेका कुनै पनि काम कानुन बमेानि वैधानिक हुँछ भनेर । तसर्थ सबै सुनुवारले सुनुवार सेवा समाजले गरे प्रत्यक काममा जिम्मेदारि पुर्बक सहभागि हुनु पर्ने वा चनाखेा हुनुपर्ने अाजकेा अावश्यक्ता ठान्नु जरूरि छ ।
    शंकर सुनुवार -थुम्बचाकेा लेखमा लेखे जस्तै “हामी सुनुवार हौ र सुनुवार नै लेखौ” भन्नुकेा कुनै तुक नहेाला…

  9. Namsewal says:

    Dr . तथा सु.से स.मा रहने नाता ले सुनुवार पर्ने हरु मा मेरो तर्फ बाट नाम्सेवल म मेरो परिचय दिन चाहन्छु मेरो घर रामेछाप जिल्ला को पिछडिएको गा. बि.स. दुर्गम गाऊ तेह थोरै सुनुवार को बस्ति अनि मेरो घरबाट करिब १ घण्टा हिडेपछि आउने ५ कछ्या सम्म पढाउने स्कुल थियो तेही स्कुल मा सानो छदा माइला दाई kathamanu आउने जाने गर्नु हुन्त्यो त्यो समय मा दाई ले सु.से.स. को चिट्टा khathamadu मा सुनुवार हरुले घर बनाउनेरे भनेर ल्याएर आउनु भाको थियो र दाई मेला गाको मौक्का पारी सर्टको खल्ती बाट दाइले काटे को अधकट्टी लिएर स्कुलको सर लगाएत् साथी सबैलाई देखाए र यी हाम्रो सुनुवार को बाबइ भनि किन के भने सबै जात को छापा अछेर किताब मा थियो हाम्रो चाही थिएन तेती बेला म भखरै कानी कानी आफ्नो नाम पडन जानेको थिए !फेरी त्यो दाई को सर्ट को खल्ती फेरी राखी दिए दाई ले अर्को १ बुक ल्याउनु भाको रहेछ मेरो घरमा सुँगुर काटेको को बेला सुँगुर को जग्गर उखेलेर बेचेको पैसा म सुतने खाट को सिधा माथि दलिन मा राखेको थियो बाउले कपि किन है छोरा भन्नु भाको थियो त्यो पैसा ले चिठा किन्ने निर्णय गरे चिठा को लागि आपुक भयो र मेरो साइला दाई को पनि तेस्तै पैसा थियो दाइलाई आग्रह गरे चिठ किनु भनि दाई ले पनि मान्नु भयो र किनेउ र दाई ले ३ दिन बोक्ने र मैले ३ दिन बोक्ने गरे कसैले बोलायो भने त्यो अधकट्टी देखाइ हाल्ने गर्थेउ !मेरो कान्छी दिदि ले पनि पेवा मौपोथि नजिकै को तामाङ्ग लाई सस्तई मा बेची चिठा किन्नु भयो अनि अरु चाही गाउको साथीहरु लाई बेच्नु भएछ सकाएर khathamadu तिर पठाउनु भयो एक पटक म आमा को पछी लगेर kathamandu आएको थिए तेती बेला सुनुवार हरु को कर्येक्रम मा आमा पनि जानु लग्नु भयो मपनि जान्छु भन्दा आमा ले हिड्नु सक्दैनस नजा भन्नु भयो म रोए अनि जान्छु भने आमा भन्दा आगाडी आएर गेट मा रुदै बसे तेस पछी लानु भयो कहाँ रहेछ भने अहिले थाहा भयो त्यो ठाउँ रहेछ ऱास्थिये सभा गृह पो रहे छ ,त्यो ठाउमा पन्ड़प सुनुवार ,चम्पक सुनुवार ,इश्वरी किरण सुनुवार , गुन्जा बहादुर सुनुवार को चाही नाम यादह छ अरु चाही छैन सुनुवार हरु थुप्रै उपस्थिति थियो अनि फर्केर आउने बेला आमा लाई एती धेरै सुनुवार रहेछ नि हगी आमा भन्दा आमा ले अ भन्नु भयो !तेस पछी फेरी गाऊ तिर लागि यो र अलिक ठुलो भए पछी विस्तार विस्तार आर्थिक आभाव भएको महसुस गरि काठमाडौँ आउने तरखर गरे तेती बेला ५ कछामा पढेको थिए भागेर आए बौद्धको एउटा गलैचा कारखानामा कम गरे !तेती बेला सुनुवार को भेला पाटन को स्टप कलेज मा भाको थियो मा पनि पुगे तर तहा एक जना पनि महिले चिनेको सुनुवार कोहि थिएन एकैछिन बसेर फर्के बस्दा बस्दै कम हरु चेन्ज भयो अलिक ठुलो पनि भैयो एक जना रामेछाप को सुनुवार साथी थियो उसैले सु.से.स.को सदस्येता लिइ भन्यो पैसा कति भने ५०० भन्यो पैसा थिएन पछी बन्छु भने हुन्छ भनि त्यो साथी जानु भो र मैले ३ महिना पछी पैसा जम्मा गरि बोलाएर बने तेसको बिल अझै छ मा संग !फेरी एक जना सुनुवार साथी आउनु भयो सुनुवार को घर बनाउनेरे पैसा कति दिने भयो कति दिनु पर्छ भने सिधै १०००० दीस भने तेरो नाम लेख्छ रे भन्यो तेसो भए ७ महिन पछी आइज भने तेती बेला दैनिकी काम थियो खाएको बचेको खुत्रुके किनेर तेस्मा हाल्ने गरे साथी ले ६ महिना नापुक्दै आइपुग्नु भयो खुत्रुके फोर्दा जम्मा ९७००मत्र भाको रहेछ संगै बस्ने शाथी संग सापट गरि पुर्याएर पठाई दिए पछी जादा मेरो नाम पनि रहेछ खुसि लाग्यो !मा सुनुवार को कार्येक्रम भाको बेला पटक पटक जाने गर्छु साएद तहा मेरो फोटो पनि होला तर सु.से.स को तेस ठाउमा आज को मिति सम्म पनि हाम्रो गाउको १ जना सुनुवार पनि छैन तेसैले होला हाम्रो गाऊ सुनुवार हरुको इतिहास संग जोडिए पनि सु.से.स. को कुनै पनि ठाउँ या कर्येक्रमा नाम आउदैन यो किन? यहाँ हरु को मतरै योगेदन छ सुनुवार मा म जस्ता सुनुवार जो बाहिर बाट यियेस्ता कार्य को मुल्यांकन गर्ने कसले पधमै रही बस्नु पर्ने हो ? एकै जना पटक पटक गरि आजिबन बस्नु खोज्ने र हात मुख जोर्ने पनि तेही सुनुवार को नाम बेची गर्ने बाटइ सुनुवार को (सुनुवार भन्ने) शब्दह लाई नाई निमित्यम्म पर्ने गरि !रङ्ग रोकन गर्ने नक्कली आइमाई मान्छे ले जस्तै नया केटा पाउनु को लागि क्रिम पाउडर लिप्भिस्तिक लगाए जस्तै स्वच्छ सुनुवार सबध माथि केके हो केके हो आनेक कुरा घस्ने ! कुनै कुनै त सुनुवार को भवन भित्र पसेर पनि सुनुवार शब्दह लाई भन्नु पनि डराउने के खानु बस्नु पर्यो सु.से.स. मा ? सुनुवार को कलम चलाई हात मुख जोर्ने बटै सुनुवार शब्दह लाई आनेक किसिमले बांगो बनाई सुनुवार को अस्तितो माथि सिध्याउने खेल भाको छ तेसैले यो कार्य पर्ती हामी सुनुवार को गहिरो दुखका साथै घोर भर्सना गर्दा छौ !एस्त कु कार्य नगरे पनि हुने हो हुनत सर्बोच ले गर्नु भने को होला हामी सुनुवार ले भनेको के सुन्थियो होला !यो मेरो गुनासो एस org ले समाबेस गर्छ होला भन्ने विश्वास छ !अझै पनि मेरो साथी हरुलाई यो org देखाइ हाम्रो हो भन्छु किनकी एसमा ठेट सुनुवार को नाम भएको ले मलाई धेरै गर्ब लाग्छ यो org सुनुवार भएको ले एस org लाई कुनै पनि हालत मा केहि चेन्ज या थप घट नगर्नु होला म जस्तो जुन कि सुनुवार शब्दह देखि खुसि हुने लाई चोट पुग्छ म जति रिसाए पनि मेरो नाम भन्दा मेरो अग्राच हरुले सुनुवार भनि बोलाउदा मेरो अन्तर आत्मा खुसि भै हजुर भन्ने गर्छु किनकी सुनुवार को मिठास पन छुट्टै छ मलाई पत्रिकामा अदालत को सुनुवाई ,र जात मा सुवाल कुनुवर ,आयो भने सुनुवार होकी झैँ लाग्छ (सुनार)आयो भने सुनुवार को झुक्किएर लेखेको होकी झैँ लाग्छ येसरी सुनुवार शब्दह मन पर्दा पर्दै पनि केहि शथिहरु को लेडे ढिपी ले सखाप हुन् लक्ड चित्त दुखेर आउछ !एसको जबाफ पाऊ Dr . लगाएत नाताको सुनुवार पर्ने बाट प्रतिछ्यामा छु !

  10. Hom sunuwar(dasucha) says:

    नाम्सेवल नेल्ले इन्कली,
    यहाँ भै रहेको छलफल हाम्रा तर्कहरु रमाइला,खोजमुलक र अनुभब का कुराहरु पढ्न पाईएका छन भने कुनै कुनै सुनेर अरेको कुरा पनि राखिएका (लेखिएक ) छन / मेरो बिनम्र अनुरोध यदी कुनै कुरा लेखिन्छ भनिन्छ भने अरु हरुले (पदने,लेख्ने र सुन्नेले ) कसरि बुज्लान कस्तो सुन्लान विचार पुराउनु पर्छ , हो पहिलाका कति पुर्खाहरुले काम बिगारे तर तेसो गर्नु पर्ने समय को माग र बाध्येता पनि थियो कि कल्पना गर्नुस त ii यदी तेती पनि नगरेको भए मुखिया ,जिम्मावाल ,ठालु ,दूवारे,तालुकदार को नाम निशाना पनि रहने थिएन /

    मेरो प्रस्न thari cayaba लाई त्यो जवानामा ति बुडाहरु ले आफ्नो गाउठाउँ मा कमसेकम संस्किर्ति ,भाषा ,रितिरिवाज र अस्तित्वो त कायेम राखेका थिए भने आजको बैज्ञानिक र आधुनिक युगमा हामि बेस्सरी जान्ने भएर पनि खोइ हाम्रो त्यो पुरानो नाम,काम,दाम र ठाउं(थांत ) ? वल्लो किराँत ?

    अर्को कुरा सुनुवारी पुराना नाम पोरे, किरे आदि पक्कै उनीहरुको कागजी नाम होइन मात्र गाउँ मा भनिने बोलाइने नाम हुन् किनकि ति मानिस काहाँका थिए म राम्ररी चिन्दछु /

    अझै अर्को कुरा सुनुवार संबन्धि सबै काम कुरा सु .से .स ले मात्र गर्छ भन्नु भएको छ यो चांहि नेपालमा मात्र हो तर अरु देशमा अब लागु हुन बाकि छ किनकि अबका पिंढी ले बुज्दै छन ,गर्दै छन /

    हाम्रो मुख्य बिषयमा हेरफेर या फेरबदल गर्नु तेती सजिलो छैन / कागजात का मामला मा हाम्रा कोइंच भू पु हरु लाइ sunuwar र sunwar मा त काहा काहा ककस्ले कति फाइदा उठाए म पनि तेस्को सिकार बनेर थाह छ

    अन्तिम मा हाम्रो सुनुवार (कोइंच) सुधार को लागि धेरै पटक धेरै टाउकाहरु जुधाउनु पर्ने हुन्छ तर घंगारू कोके नु श्याम तुश्या होइन
    हवस् त गल्तिमी माफि तैंएसेल नोले ग्रुम्चा दुम्
    चेरे दुमीन

    होम सुनुवार

  11. thari cayaba says:

    हेाम जि नमसेवल ,
    मेरेा राय हेरि दिएकेामा धन्यबाद ,तपाइलाइ सत्य तितेा लाग्न स्वभाविक हेा तर यहाँ भाकेा यहि छ । जाँह सम्म नामकेा कुरेा छ दसिका रूपमा भेटमा केहि खेस्स्रा टकराउँला । मेरेा रायका बुदा १ पटक राम्री हेर्न पनि अनुरेाध तपाइलाइ …

  12. garshi yata says:

    नम्सेवल !!

    यहाँ जारी वहस मलाई असाध्य मन पर्यो ! सबै वहसका तर्क हरु संदर्विक छन् ! यहाँ CP जी र प्रकाश prakash Sunuwar “jiziach” जी ले खै कसलाई इन्गीत गरेर पेच कस्नु भा हो ? CP जी, तपाइहरुले सहि अर्थमा ‘व्यक्तिवादी’ आहारिश यहाँ पोखेको स्पष्ट हुन्छ ! केहि नजान्ने लाइ ‘डाक्टर’ उपाधि दिएको जस्तो लाग्यो भने त्यो विश्वविध्यालय लाइ पत्र लेख्नुस, सक्नुहुन्छ भने तपाईहरु पनि गरेर देखाउनुस, यहाँ पुर्खाको भुमि वाट सुखद भविष्यको खोजि गर्दै विदेशमा के के न सम्म गर्न जानु भएको…तपाइहरुले त्यहाँ वसेर केहि पनि योगदान दिन सकेको आभाष हामीलाई भएको छैन ! कसैको योग्यता माथि प्रश्न उठाउने तपैहरुको हैसियत यहि माथिका प्रतिक्रियाहरु वटा छर्लंग छ !

  13. Sunuwar says:

    किरात कोइच कि सुनुवार ? भनेर अहिले आएर विवाद गर्नु आफैमा असान्दर्भिक देखिन्छ । प्रकाशजीले भन्नु भएझै हामी सुनुवार हौ र सुनुवारनै लेखौ, यही यथार्थ हो । हाम्रा पूर्वजहरुले हामी सुनुवार जाति भनेर राष्ट्रिय अन्र्तराष्ट्रियरुपमा चिनाएकै कारण अहिले हामी सुनुवार भनिएका छौ, हाम्रो परिचय कायम छ र हामीले पनि हाम्रा भावी सन्ततीहरुलाई यो नाशो जतनका साथ सुम्पन्नु हाम्रो दायित्व र कर्तव्य ठहरिन्छ । सुनुवार को विकल्प किरात कोइच हुन सक्दैन् । ‘सुनुवार’ जात हो भने, ‘किरात’ धर्म र ‘कोइच’ सुनुवार शब्दको ठिक उल्था शब्द हो जुन सुनुवारहरुका वीचमा वोलचालमा प्रयोग गरिन्छ ।

    सुनुवार को साट्टो किरात कोइच अथवा सुनुवार को अगाडि पछाडि अन्य शब्हरुथप्ने भन्ने तर्कहरु लहडवाजि, आधारहिन र मनोगत मात्र मानिन्छन् । विनाआधार र कारण सुनुवार शब्द विस्थपित गराउन खोज्नु वा जातिय अपभ्रमस गराउन चाहानु आफैमा आत्मासम्र्पणवाद हो र यसले अन्नतत जातिय परिचय र पहिचानलाई समाप्त पार्ने खतरा देखिन्छ ।

    त्यस्तै सु.से.स. द्धारा पनि सुनुवार जातिको सूचिकरण गराउने सवालमा कमिकम्जोरी भएकाहुन भने यसलाई अविलम्व सच्चाइनु पर्दछ । कामगर्ने दौरानमा कम्जोरी हुनसक्दछन्, कम्जोरी स्वीकार्न सक्नु पर्दछ ।

    बरु सुनुवार वारे कहिकतै भ्रमहरु भए त्यस्त भ्रमहरुलाई वेलैमा सवै मिलेर निराकरण गर्नु जरुरी देखिन्छ ।

    चेरेदुम् ।

  14. Seermi says:

    sunuwar जी को भनाइ मा १००% मा पनि सहमत छु र सरकार को फितलो प्रसासन ले गरेर एस्तो भाको हो सुनुवार हरु एक जुट भई सरकार बाट छेती पूर्ति माग गरउ है दाजु भई तथा दिदि बहिनि हरु !

  15. Hom sunuwar(dasucha) says:

    नाम्सेवल नेल्लेइन्काली ,एको इइके लो सी आम आम्के विचार छल फल दुम्श्यो रिम्श्यो हो झन् ग्रुम्श्या मथन पाँ (निचोड ) ग्रुइने जाम् हन दिश रिम्श्यो दुम्ब थियो

    आँके फेरिनु छुटै सेऊ thari cayaba इन्काली , बाँकी लो खस लो रे ब्रेतांग माफ पने अरुमी यो रुब्मेल देंश्या / यहाँ ले मलाई छुटै सम्बोधन गरि अनुरोधको टुक्रा लेखनू भएकोमा धेरै धेरै धन्यबाद / मैले हेरें पढें अनि सत्य तितो हुन्छ भन्ने पनि थाहा छ तर आफुले लेखेका भनेका सबै कुराहरु सत्य भन्न त अलि नमिल्ला याँहाका अनुरोधका टिप्पणी फेरि सर्सर्ती हेर्छु र औंल्याको गल्ति महसुस गर्नु पनि बुद्दिमानी ठान्दछु / हजुरले संकलन गर्नु भएका दशी हाम्रो भेटमा गन्थन हुने नै छ तर म बेलायत तपाई साउदी अरब कहिले नेपालमा भेट्ने त ? ठिकै छ यसरी याहा र मेलमा भए पनि भेट भैराखनु परयो/ अनि मलाई त यहाँको पुरा परिचय पनि भएन , मेरो नाम यही हो र गाउँ कुँबूकस्तेल yekang (क्रेम्त ) हो /

    परिचय को क्रम मा seermi , sunuwar , garshi yata र namsewal नाम कोरिया बाट लेखू हुने हरुको पनि परिचय पाएमा राम्रो हुन्थ्यो कि यदी अफ्ठ्यारो मान्नु हुन्न भने / मेरो मेल add हो ( hom 30 @ hotmail . co . uk ) धन्यबाद बाँकि भलाकुसारी गर्दै गरौँला
    चेरे दुमेन

  16. Dr Lal-Shyãkarelu Rapacha says:

    The term Sunuwar or Sunwar is of Indo-Aryan origin whereas Kiranti-Kõits is of Sino-Tibeto-Mongoloid.
    Now, it’s your own choice where you want to belong or socialize yourself.

Leave a Reply

Your email address will not be published.