किराती कोइँचको नयाँ वर्षयेले थोचे र सामि पिदार

-कोइँचबु काःतिच
आज किरातीहरुको नयाँ वर्षहो । आदिवासी कोइँचहरुले जंगलीयुगबाट कृषि युगमा प्रवेश गरेको सम्झनामा काँचो बन तरुलको टिका लगाएर यो चाड मान्दछन् । धाराको सिरानमा धुस्रुवा अन्य स्याउली गाडेर ब्लाम शोपले, खिँरेअÞबि, बÞाकिरेअÞकि चढाउँछन् र छोरी चेलीलाई एक दोनुमा चामाल र अर्को दोनुमा मास राखेर टिका लगाई दक्षिणा दिने गरिन्छ । झण्डैले चार दशक अगाडिदेखि किराती राजा यलम्वरको संस्मरणसहित आजकै दिनलाई किरातीहरुको नयाँ वर्षो रुपमा मान्दै आएकामा सुनुवार सेवा समाजले पनि २०५८ सालदेखि यस वर्षाई स्वीकार गरेको छ ।
सुनुवार सेवा समाजले संस्मरनात्मक येले सम्बत स्वीकार गर्नु पर्ूव जेँतिच कर्ण्र्ााादुर सुनुवारले २०४२ सालमा आफ्नै लिपिमा बनाएको पनि जितति -सिक्किम सुनुवार -मुखिया) कोइँचबु १९९९, किरातवंशी सुनुवार -मुखिया) कोइँच् पृ.३५१-५२) माघ एक गतेलाई कोइँचको नयाँ वर्षमानेको छन् । तर सिपी -चन्द्रप्रकाश) सुनुवारले सुनुवार जातिको निम्ती माघे श्री पञ्चमीको औचित्य -२०५२ चैत्र, कोँइच बु, वर्ष५, अंक १ पृ ५९-६७) कोइँच सुनुवारको नयाँ वर्षभएको एक लेख कोइँचबुमा छापिए पस्चात कतिपय सुनुवारले लाई पनि कोइँचको नयाँ वर्षमान्दै आएका छन् ।
कोइँच विद्वान तथा नाअसोपोइँबो ग्याँमि र बुढापाकाका अनुसार ङारिच -माघ) एक गते कोइँच पर्ूखाहरुले खेती किसानी युगमा प्रवेश गरेका सम्झना स्वरुप बनतरुललाई टिका लगाएर खाएको र चेलीबेटीहरु सृष्टिका सम्बाहक भएका उनीहरुलाई सम्मान गर्नु पर्ने, पूजा गर्नु पर्ने भएको हुँदा उनीहरुलाई त्यो पहिलो अन्न चढाएको सुनाउँछन् ।
तर न त माघे संक्रान्ती कोइँचको हो न श्री पञ्चमी नै । यी दुबै हिन्दू ज्योतिषशास्त्रानुसार नामाकरण गरिएको चार्डपर्वहरु हुन् । कोइँचले श्री पञ्चमी मान्दै आएको कथाको पृष्ठभूमि राणाशासनको आर्थिक वर्षर हिन्दू धर्मको सरस्वती पूजासँग गाँसिएर आएको छ भने माघे संक्रान्ती माघी नुहाउने चाडसँग । तै पनि कोइँच संस्कृति र यस समय वीच केही सम्बन्ध भने अवस्य छ । विचारणीय कुरा के हो भने माघे संक्रान्ती र कोइँचको सामि पिदार एकै दिन परेकोले अतिक्रमित भएको हुनसक्छ भने कोइँचको नयाँ वर्षपहिलो दिने पाँचौं दिन श्रीपञ्चमीको दिनसँग एकै दिन परेको हुनाले बिलए भएको पनि हुनसक्छ । जे होस् यो माघ -माघ) कोइँचहरुको लागि महत्वपर्ूण्ा महिना भएको भने जतासुकैबाट पुष्टि हुन्छ । तर, यसलाई वृहत वहस गरी अन्तिम रुपमा प्राज्ञिक मान्यता दिन भने अझै खाँचो छ भएको कुरा आम कोइँचहरुको रहेको छ ।
अन्तमा किराँती -कोइँच -सुनुवार, याक्खा, र्राई, लिम्बु, जिरेल, थामी, हायु) को नयाँ वर्षयेले थोचे ५०७२, मगरहरुको महान पर्व भूम्य, थारुहरुको महान पर्व माघी र घलेहरुको नयाँ वर्षलिल ल्होसारको उपलक्ष्यमा सुख, शान्ति, सु-स्वस्थ, समृद्धि तथा उत्तरोउत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना ।

Share

2 Comments to किराती कोइँचको नयाँ वर्षयेले थोचे र सामि पिदार

  1. cp says:

    respected katicha ji,
    Thank you for your precious article and no doubt it will become our new year and one day new year of nepal ” The yele sambat “, of course siripanchami and maghe sakranti are sanskritik word and festival of hindu people but this is only co-incident to celebrate our great festival or new year yele sambat in time of siripanchami what the our ancestor use to do.It doesn’t not mean that we are celebrating siripanchami and now maghe sakranti.One should not be confuse that, this is just co-incident of date but siripanchami and yele sambat is completely different and do not assume this is siripanchami or maghe sakranti and eat PHALAR.I suggest all kiranti not to eat Falar because it was originated from the indian ocean.

  2. thari kayaba says:

    उटफटयाङ नगरेत काम लाग्ने मानिस हेानि केाँइचबु काअतिच( उत्त्म ) ।उटफटयाङ गरि हालछ , तर पनि अजा गहन बिषयमा चर्चा चलाएकेामा धन्यकाद, फेरि एकपटक किराँती -कोइँच -सुनुवार, याक्खा, र्राई, लिम्बु, जिरेल, थामी, हायु) को नयाँ वर्षयेले थोचे ५०७२, मगरहरुको महान पर्व भूम्य, थारुहरुको महान पर्व माघी र घलेहरुको नयाँ वर्षलिल ल्होसारको उपलक्ष्यमा सुख, शान्ति, सु-स्वस्थ, समृद्धि तथा उत्तरोउत्तर प्रगतिको मेरेा तर्फबाट पनि हार्दिक मंगलमय शुभकामना ।

Leave a Reply

Your email address will not be published.