किरातीहरुले कतारमा येले सम्बत् भव्यताका साथ मनाए

kaatar–भानु सुनुवार

१५ जनवरी २०१६ दोहा, कतार

किरातीहरुका नयाँ साल नक येले थोचे÷येले दोङ÷येले तङबे–५०७६ को शुभकामना आदान–प्रदान तथा बन भोज कार्यक्रम कतारमा भब्यताका साथ मनाए । कार्यक्रम तीन किराती संस्था सुनुवार सेवा समाज शाखा, किरात राई यायोक्खा शाखा र किरात याक्थुङ चुम्लुङ कतारको संयुक्त आयोजनामा भएको थियो । यहि १५ जनवरी शुक्रवारका दिन कतार स्थित अल समाल पब्लिक गार्डेनमा आयोजित कार्यक्रममा किरात मूल समारोह समितिका संयोजक सुनुवार सेवा समाज शाखा कतारका अध्यक्ष नर बहादुर सुनुवारको सभापतित्व र नेपाल प्रवासी आदिवासी जनजाति महासंघ कतारका अध्यक्ष सियाराम चौधरीको प्रमुख आतित्थ्य, किरात मूल समारोह समितिका उप–संयोजक किरात राई यायोक्खा कतार शाखाका अध्यक्ष अमृत कुमार राई, किरात मूल समारोह समितिका उप–संयोजक किरात याक्थुङ चुम्लुङ कतारका अध्यक्ष मन कुमार आङबोको विषेश आतित्थ्य र कतारमा स्थापित विभिन्न राजनैतिक, सामाजिक, जातिय संघ÷संस्था र बुद्धिजीविहरुको आतित्थ्य रहेको थियो । पूर्खाहरुले कन्दमुल खाएर जीविका गरेको स्मृतिमा कन्दमुलमात्र खाएर मनाइने पर्वका रुपमा हाल चलनचल्ति पात्रो अनुसार माधे सक्रान्तिमा अहिले पनि किरातीहरु काँचो बन तरुलको टिका लगाउदै सबेरै काँचो बनतरुल चपाएपछि मात्र अन्य उसिनेका वा भुटेर तारेका कन्दमुल भोजनका रुपमा ग्रहण गर्ने गर्दछन् । यसै दिनलाई किरातीहरुले नयाँ साल मान्दै आएकाछन् । उपस्थित अतिथिहरुले शुभकामना मन्तव्यको क्रममा किरातीहरुले आयोजना गरेको कार्यक्रमको सह्राना गर्दै किरात नयाँ सालको शुभकामना दिएका थिए । उल्लेख्य संख्यामा किराती तथा गैरकिरातीहरुको उपस्थित रहेको कार्यक्रम किरात मूल समारोह समितिका सदस्य सचिव कियाचु कतारका महासचिव डम्बर लिङखिम र किराया शाखा कतारका महासचिव एकराज राईको संयुक्त सञ्चालनमा भएको थियो ।

Share

Leave a Reply

Your email address will not be published. Required fields are marked *