किराँत सुनुवार महिला (किसुम) समाज बेलायतको तदर्थ समिति गठन

¬–भावना परिष्कृत सुनुवार
संयोजकः– किसुम समाज बेलायत

uk_mahilaबेलायतमा छरिएर रहेका किराँत सुनुवार महिलाहरूलाई गोलबद्ध रूपमा सङ्गठित गराई सामाजिक रूपमा सक्रिय गराउने उद्देश्यले २७ अप्रिल २०१३ शनिबारको दिन अल्डरसट स्थित भेटघाट रेष्टुरेन्टमा किसुम समाजको तदर्थ समिति गठन गरिएको थियो । किराँत सुनुवार महिला समाजको संयोजक भावना परिष्कृत सुनुवारको संयोजकत्वमा गठन गरिएको उक्त सुनुवार महिला समाज बेलायतको पदाधिकारीहरू निम्नानुसार रहेका छन्ः
१. अध्यक्ष प्रतिमा सुनुवार
२. उपाध्यक्ष विष्णु सुनुवार
३. सचिव शुभद्रा सुनुवार
४. सह–सचिव पुष्पा सुनुवार
५. कोषाध्यक्ष सान्दिरा सुनुवार
६. सह–कोषाध्यक्ष सुनिता सुनुवार

१. सदस्य मञ्जु सुनुवार
२. चुनादेवी सुनुवार
३. सावित्री सुनुवार
४. पार्वती सुनुवार
५. विष्णु सुनुवार

uk_mahila1किसुम समाजको यस तदर्थ समितिको कार्यकाल दुई वर्षको रहने जानकारी गराइएको छ । ‘किराँत सुनुवार महिलाहरूको चौतर्फी विकासको निम्ति प्रत्येक सुनुवार नारी शैक्षिक, आर्थिक, सामाजिक, राजनीतिक र सांस्कृतिक रूपमा चेतनशील र सक्रिय हुनु नितान्त आवश्यक छ । सुनुवार नारीहरूको सहभागिता समाजदेखि व्यापक बन्दै राष्ट्र स्तरमा पनि फैलन सक्नु पर्छ । महिला सशक्तिकरणको निम्ति जातीय नारी संगठनले पनि अतुलनीय भूमिका निर्वाह गर्न सक्ने कुरामा हामी विश्वस्त छौँ’ नव निर्मित सुनुवार महिला समाज बेलायतका पदाधिकारीहरूलाई बधाई तथा शुभकामना दिँदै मन्तव्य दिने क्रममा किराँत सुनुवार सेवा समाजका अध्यक्ष जंग सुनुवारले भन्नुभयो ।
सो अवसरमा सम्पूर्ण पदाधिकारी महिलाहरूलाई अध्यक्ष जंग सुनुवार, सल्लाहकार ललित सुनुवार (किसुसेस बेलायत) तथा अन्य उपस्थितले खादा लगाई हार्दिक बधाई दिँदै कार्यकाल सफलताको निम्ति शुभकामना व्यक्त गरेका थिए ।

Share

Leave a Reply

Your email address will not be published. Required fields are marked *