किराँती-कोँइच मुक्दुममा संकथन र दर्शन

डा.लाल-श्याँकारेलु रापचा
मानव जातिले आफ्नो विवेक र सीपको उपयोग गरी सृजना गरेको यावत् कुराहरू त्यस अनुसारको जीवन शैली नै मानव संस्कृति हो । मान्छेले सृजना गरेको कुरा भौतिक र अभौतिक गरी दर्ुइ किसिमको हुन्छ । दुवै किसिमका मानव सृजनाहरू तथा संस्कृतिलाई विभिन्न रूपमा सम्वोधन गरिन्छ । – अज्ञात
“Truth, morality, and meaning are created through discourse.”
-Michel Foucault
१. पृष्ठमूमि
यस शर्ीष्ाकले पुनर्लेखन गर्न खोजेको मूल अभिष्ट अनुसन्धाता अतीत मुखियाको शास्त्र श्याँदर-पिदारः मुक्दुमी अदेखा सत्य भित्र भएको मूलभाव संकथन ‘डिस्कोर्स’ र दर्शन नै हो । यसमा मैले लेख्ने कुरा खासै नवीन नभएर लेखकको भावलाई नै सैद्धान्तिक कलेवरमा पुनर्लेखन मात्रै गरेको छु । उनको यो पछिल्लो शास्त्र मैले झन्डै तीन वर्षयता अध्ययन गर्दै आएको छु । यसको मूल उठान कसरी भयो भन्ने सूचना यसै पुनःलिखित लेखको पादटिप्पणी संख्या तीनमा उल्लेख गरेको छु ।
२. जातिनामको ऐतिहासिकताप्रति सुक्ष्मदृष्टि
मौलिक पहिचान गराउनु पर्दा आफूलाई किराँती-बायुङले गु ञ्गो बायुङ श्रबाहिङ भनेभैFm किराँती-कोँइचहरू पनि आफ्नो मातृभाषामा आफूलाई गो कोँइच नङ भनी चिनारी दिने गर्दछन् । वर्तमान काठमाडौं उपत्यकाको किरात काल ढलेपछि पर्ूवतिर लागेका किराँती-कोँइचहरू ओल्लो किराँत -हर्ेर्नू ँष्नगचभ ज्ञ तीन किराँत क्षेत्रमा जातीय, सांस्कृतिक तथा भाषिक किराँती समूहको लागि) का -मूल)आदिवासी भूमिपुत्र-ी) हुन् । शाह साम्राज्यवादको सवै भन्दा बढी मार ओल्लो किराँतका किराँतीहरूमाथि परेको हुनाले उनीहरूमा जीवनका यावत् पक्षमा विचलन आए । फलस्वरूप युएनड्रीप-२००७ को धारा १३ विपरित उनीहरूको मौलिक जाति-भाषा नाम किराँती-कोँइच आर्यकरणको मार खेप्दै  ‘सुनुवार’ ९क्गलगधबच० हुन पुग्यो ।
यो शब्दको शब्दव्युत्पत्ति ९भतymययिनथ० केलाउँदै जाँदा सुनकोशीमा पुगेर समाप्त हुन्छ । खिन्ची हाङ -चेम्जोर्ङर् इ.२००३ः ४-५ र बायुङ मिथकज्ञ) को सन्तति कोँइचहरू सुनकोशीवारी आएर बसोबास गरेपश्चात् ‘सुनवार’ ९क्गलधबचस् द्यचष्तष्कज न्गचपजब कउभििष्लन० वा ‘सुनुवार’ कहलिएका हुन् भन्ने तर्क र साहित्य -भ्यासिन्र्टार्टर् इ.१९९१, १९९२) लाई आज चुनौती र सङ्कट आइपरेको छ । “सुनकोशीकोवारी आइपुग्नु भन्दा पहिले उनीहरू को थिए त -” भनी घोत्लिंदा उही कोँइच ९प्õष्तक० शब्दमा आइपुगिन्छ । यसरी आफ्नो मौलिक नाम कोँइच हो भने आर्यकरणबाट बनेको नामचाहिँ ‘सुनुवार’ । आफ्नो मौलिक नाम लेख्न नपाउनुका साथै कानुनी पहिचान नपाउनु, मौलिक चाडवाड मान्न नपाउनु, संस्कृति र धर्मको अभ्यास गर्न नपाउनु, भाषा प्रयोग गर्न नपाउनु आदि सबै वन्देजहरू शाह साम्राज्यवाद र राणाकालीन हिन्दू मुलुकी ऐन -होफर्रर् इ.२००४) कै देन थिए । त्यसो भएपछि आफ्ना सवै मौलिकताहरू र भाषा मासिएको अलिखित र अदेखा सत्य हो ।
फेरि यस सुनवार वा सुनुवार शब्द नै नेपालको सांस्कृतिक, जातीय र मानवशास्त्रीय साहित्यहरूमा डा.टोनी हागेन र्-इ.१९६१ः १२३ अङ्ग्रेजी संस्करणर् इ.१९८०) देखि लिएर काले दोबालिछा र्-उर्फ डा.स्वामी प्रपन्नाचार्य सं.२०५१) र डा.राजाराम सुवेदी र्-इ.१९९४) सम्मले अर्थदेखि हिज्जेसम्म बिगारी दिएका छन् ।द्द बखेडा मच्चाइ दिएका छन् । यो बखेडा हिन्दू लुरे बाहुन -प्रभा कैनीको शब्दावली) पुज्ने परम्परादेखि नै आएको हो । यसको बृहत्तर विश्लेषण रापचा र्-इ.२००५र्,र् इ.२००९वी) ले गरेका छन् ।
उनीहरूलाई मास्ने अर्को शब्द ‘र्राई, सुब्वा -सुभाङगी हिज्जे पनि), देवान, जिम्मावाल, जिमी, जिमीन्दार’ जस्तै ‘मुखिया’ हो । कतिपय किराँती-कोँइचहरूले त्यो मुखिया जिम्मेवारीको पद नपाए पनि ‘र्राई’ जस्तै ठालु हुने होडमा आफ्नो जातिनाम मुखिया सदर गराए । अतीत मुखिया -कवि), मन मुखिया -नाटककार), टेकवीर मुखिया -कलावीर), सुरेन्द्र मुखिया -गायक), सुमन मुखिया -गायिका), रोशिता मुखिया -कम्प्युटर इन्जिनिएर), आरवी मुखिया -प्रशासक) आदि त्यही होडका केही उदाहरणहरू हुन् । यो ‘मुखिया’ नाम पर्ूर्वी नेपाल र दस गजा पारी दोर्जेलिङ र सुखिमसम्म फैलिएको छ । अहिले त कालिम्पोङतिरबाट रोशिता मुखियाको नाममा अमेरिका पनि पुगी सकेको छ । जवाहरलाल नेहरू युनिभर्सिटी -जेएनयु) को इतिहासमा एक ठूला प्राध्यापक हरिवंश पनि नायिका ऐश्वर्या र लेखक बली र्राई भए जस्तै मुखिया हुन् । तर हरिवंश मुखियाचाहिँ पन्जाबी मूलका भएकोले उनलाई साइनो-टिबेटो-मङगोलोइड ९क्ष्लय-त्ष्दभतय-ःयलनययिष्म० किराँती-कोँइच भाषा तथा संस्कृति थाहा छैन र हुँदैन पनि । यता नेपालमा बाघवीर मुखियाचाहिँ कुमाल जातिका हुन् । बली र ऐश्वर्याको ‘र्राई’ ले पर्ूर्वी नेपालको किराँती भाषा र संस्कृति ठाडै नकार्छ । यो स्वभाविक पनि हो ।
अर्को बखेडाचाहिँ किराँती-कोँइचलाई छुट्टै जाति सुरेल भनी दर्ुइ फ्याक पारेको कथा-व्यथा रापचा र्-इ. २००९वि र हर्ेर्नू रापचा र अर्रूर् इ.२००८ पनि) ले प्रष्ट्याएका छन् ।चिनारी चुनौतीमा कतिपय किराँती-कोँइचहरूले आफूलाई ‘र्राई’ भनी चिनाएको पनि पाइएको छ । शायद बली र ऐश्वर्या र्राई जस्तै । “के र्राई -” भनी प्रश्न तेर्स्याउँदा मात्रै “सुनुवार र्राई” भन्ने गरेको पन्रि्रायः सुनिन्छ । किराँती-कुलुङका एक वौद्धिक व्यक्तित्व भूपध्वज थोमरोसले यस पङ्क्तिकारलाई “पढेलेखेका र बाठाले मात्तै सुनुवार भन्दछन् र बाँकी त र्राई नै भन्दछन्” -हर्ेर्नू रापचा र अर्रूर् इ.२००८ र रापचार् इ.२००९वीः ९१) पनि) भनी सुनाए । तर लोकप्रिय मुलिचा-सुनुवार र उत्तम कातिचा-सुनुवार भने “सुनुवारहरू सबै र्राई भएर सिद्दिएका हुन् र किराँती-बायुङ र राढु वक्ताहरू त्यसैको ज्वलन्त उदाहरण हुन्” -पर्ूववत्) भन्दछन् । उता फेरि किराँती-बायुङ लोकसाहित्य -हाङगुचार् इ.२००९ः २२२-२४२, रापचा र मुलिचा सं.२०६७ः ६६-७५) ले र गोपाल खम्बू -सं.२०५२ र्रर् इ.२०००) ले कोँइचहरू खिन्ची हाङका नै सन्ततिहरू हुन् भन्ने तथ्यलाई अघि र्सार्छन् । किराँती-याक्थुङ मुन्धुममा सुनुहाङ भन्ने पात्रको नाम उल्लेख भएतापनि ती सुनुहाङ भन्दा खिन्ची हाङको प्रमाण बलियो छ । ती सुनुहाङ र सुनुवार -नेपालीको रूपिम -वार)विच मौका मिलन वा चान्स रिजेम्ब्लेन्स ९अजबलअभ चभकझदबिलअभ० मात्रै हुन सक्छ । किनभने  खिन्ची हाङ र पाइ -बायुङ) सम्वन्ध भनेको भाषिक, सांस्कृतिक, भौगोलिक र क्लानोनिम -थरनाम) कोनिकटता पनि हो । उनीहरू विचको भाषिक, सांस्कृतिक तथा क्लानोनिम सम्वन्धको निकटतालाई रापचा र अरू र्-इ.२००८ः ५३६-५८९) ले रौंचिरा गरी केलाएका छन् ।
यसरी किराँती-कोँइचहरूको हरूवा वाहृयनाम ९भहयलym० अर्थात् जितुवा शासकहरूले पहिले लादेको ‘मुखिया’ बाहेक उनीहरू पनि किराँती अन्तरगतका प्राचीन मङगोलोइड स्टकका खाम्बोङबा ९प्जamदयलनदब० खिन्ची हाङका सन्ततिहरू हुन् । ऐतिहासिक भाषाविज्ञानको अध्ययन विधिले यस स्वएथ्नोनिम ९ब्गतयभतजलयलym० मौलिकनाम खाम्बोङबाको परिवर्तित रूप खम्बु ९प्जamदग० हो भन्छ । विगतदेखि वर्तमानसम्म आइपुग्दा कोँइचजाति र भाषाको अस्तित्वमा निकै उतारचढाव आएको अलिखित किराँती साहित्य साक्षी छ । जातिनामको यस ऐतिहासिक पाटोलाई अहिले यहीं विट मारेर किराँती-कोँइच संस्कृति श्याँदरको सामान्य जानकारी र यसभित्रको दर्शन तथा डिस्कोर्सको चियोचर्चोतिर लागौं ।

३. श्याँदरको आधारभूत ज्ञान
श्याँदर संस्कृति ओल्लो किराँतकै बहुसंख्यक मङगोलोइड मानव समूह किराँती-कोँइच -सुनुवार/मुखिया) मूल तथा आदिवासी भूमिपुत्र-ी) को सांस्कृतिक चिनारीको पर्याय हो । किराँती-कोँइचहरू प्रकृति, आत्म र पर्ुखापूजक हुन् । प्रकृति, आत्म र पर्ुखाको पूजा गर्दा पोँइब-ो) -बोन्बो हुँदै पोँइबोश्रपोँइब हर्ेर्नू रापचार् इ.२००९वी र्रर् इ.२००९क पनि) ‘झाँक्री’, ग्यामी’झाँक्रिनी’ र न्हासो ‘पुजारी’ को प्रयोग हुन्छ । किराँती-कोँइचहरूले परम्परागत रूपमा युगौंदेखि चेँगु, कास, गील, फुःसु, निम्लो, सुरोम -हर्ेर्नू रापचार् इ.१९९८ र्रर् इ.२००९कः ९५-९७), वादेम, चाइँशिकारी, वाअÞस, गिँजो आदि जातीय संस्कृतिको रूपमा मान्दै आएका छन् । यी अनुष्ठानहरूमध्ये श्याँदर नै सं.२०४६ यता नेपाल उपत्यकामा शायद यहाँबाट किरात कालको रूपान्तरणपछि बढी र्सार्वजनिक भएको किराँत-ी) सांस्कृतिक अभ्यास हो ।
०४६ पश्चात्को वनकालीको समाधि आन्दोलनदेखि नेपाल राजपत्र खण्ड ५१, संख्या ५० मिति २०५८ चैत २६ सम्ममा चार किराँतहरूको चासुवा, फोल श्याँदर, चासोक तङनाम र साकेलाले राष्ट्रिय पर्वको रूपमा चिनारी पाएपछि भने नेपाल उपत्यकामा किराँती-कोँइचहरूको सालीवा/जत्ना ‘उभौली’ वा वैशाखे पूणिर्मा र रापवा/फोल ‘उधौली’ वा मङ्सिरे पूणिर्मामा वाक्लै उपस्थिति रहन्छ सानो हात्तिवन र नखीपोटमा । आफ्नो किपट ओल्लो किराँतको आफ्नो किपटिया थातथलो रामेछाप जिल्लाको एकाङ, कुबु कास्तेल, प्लेत्ति, बुज, साब्रा, सइपु, ओखलढुङगाको रगिन, खिँची, काःत र सोलुखुम्बु जिल्लाको सेबे-ग्लोलीमा अभ्यास गरिने श्याँदर र नेपाल उपत्यकाको श्याँदरमा मूलभूत अन्तरहरू पाइन्छ -हर्ेर्नू कातिचा र अरू सं.२०५९ र मुखिया प्रेसमा) । वर्तमानमा यो संस्कृति सिक्किम, भारत र पर्ूवमा हङकङ हुँदै वेलायतसम्म पनि पुगेको छ । त्यहाँ र यहाँ पनि भिन्नता देखिन सक्छ । यद्यपि, श्याँदर जहाँ नाचिए पनि यसको आधारभूत डिस्कोर्समा भने फरक पर्दैन ।

४. श्याँदरमा डिस्कोर्स
श्याँदर किराँती-कोँइच जातीय संस्कृतिको पहिलो सामान्य चिनारी मात्रै नभएर यसभित्रको दर्शन र डिस्कोर्समा आदिवासी जगत ९ष्लमष्नभलयगक धयचमि० विद्यमान हुन्छ । जस्तैः खेसुमुसु रागी ‘समतामुखी संसार/समाज’ -हिन्दू वर्ण्ााश्रम विभेदिकरणको विकल्प), खुलु रागी ‘सद्भावपर्ूण्ा संसार/समाज’ र मिराक रागी ‘उज्यालो तथा सभ्य संसार/समाज’घ आदि । यी रागी हरू सारिङ होपो ‘अकाश’, बरिङ होपो ‘वायुमण्डल’, खरिङ होपो ‘पृथ्वी’, थलो होपो ‘माटो’, दुब्लु होपो ‘जल’ आदिको साथै पितृहरूलाई केन्द्र विन्दुमा राखेर अनुष्ठान गर्नु आदिम मानव सभ्यताको द्योतक पनि हो ।
मानवसमाजशास्त्रीय अध्ययनले मानिस बर्बरताको शुरू अवस्थादेखि नै प्रकृतिमा निहित तत्वहरूलाई देवताको रूपमा पुज्ने तथ्य उजागर गरेभै+m श्याँदर-पिदार त्यसैको प्रतिरूप हो । श्याँदर-पिदारको थालनी अगेनाबाट प्रारम्भ भई “इँगि खुलु, दुमा खुलु र रेललु खुलु” तीनवटै चुल्हा ढुङ्गामा -प्यान-किराँती विशेषता हर्ेर्नू माङफाङ ‘हतुवाली’ सं.२०६४) लगेर समापन हुन्छ । यो पिदार मुक्दुम प्राचीनको पनि प्रागऐतिहासिक प्राचीन ओइरात -हर्ेर्नू रापचा २००९वि) हुँदै किराँत इतिहासको उत्खनन गर्ने भण्डारको रूपमा अभ्यासमा आई रहेको छ । यहाँ अब श्याँदरभित्र हुने यी अनुष्ठानमा भएका जीवनदर्शन र डिस्कोर्सहरूलाई छोटकरीमा नियाली हेरौं । यसको मुख्य उद्देश्य शुरूमा उद्धृत मिसेल फुकोले भनेको अवधारणसँग धेरै हदसम्म मिल्दछ ।

४.१ स्वतन्त्रता
श्याँदरको पहिलो डिस्कोर्स स्वतन्त्रता हो । पूजा थानमा पूजाआजाका लागि खटिएका विभिन्न न्हासो ९तचष्दब उिचष्भकत० हरू आ-आफ्नो क्षेत्रमा कार्य सम्पादनका लागि स्वतन्त्र हुन्छन् । समकालीन नेपाली चाणक्यनीति र कर्मचारीतन्त्रमा जस्तो एक अर्काले कसैको पनि क्षेत्राधिकारको अतिक्रमण गर्दैनन् । खाली न्हासो मात्र नभई चफोनिफो तथा खफोनिफोहरू समेत आ-आफ्नो ठाउँमा स्वतन्त्र रहन्छन् । उनीहरू इँगी रागी मा जस्तै स्वतन्त्र हुन्छन् । इँगी रागी स्वतन्त्रताको प्रतीक नै हो ।स्वतन्त्रता प्रत्येक सिङ्गो व्यक्तिको मौलिक अधिकार हो । श्याँदर पिदारले यस हकलाई राष्ट्रिय तथा अन्तरराष्ट्रिय कानुनले भन्दा पनि बढी सुनिश्चितता गरेको हुन्छ ।

४.२ सूचना
श्याँदरको दोश्रो डिस्कोर्स सूचनाको हक हो । पिदारको करिव महिना दिन अगावै र्सवसाधारण चफोनिफो-खफोनिफो सवैलाई सुसूचित गरिएको हुन्छ ।दुमाहोपो हरूका माध्यमद्वारापोँइब (mबभि कजamबल०, ग्यामी ९ाझबभि कजamबल० र न्हासो हरूले इँगि तथा याब्रे हरू बारे सुसूचित हुने अवसर प्राप्त गर्दछन् । सुसूचित हुनु पनि व्यक्तिको मौलिक अधिकार हो । आइएलओ १६९ को प्रिm एन्ड प्राएर कन्सेन्ट ९ाचभभ बलम उचष्यच अयलकभलत० को अवधारण भन्दा पनि उहिल्यै आदिवासित्वको जीवन शैलीको यो अधिकार उनीहरू विच निहित छ ।

४.३ परामर्श
श्याँदरको तेश्रो डिस्कोर्स दर्ुइ पक्ष विच परामर्श हो । सुसूचित भए पश्चात् सबै न्हासो, चफोनिफो र खफोनिफो विच परामर्श अनिवार्य हुन्छ । त्यो कसरी भने सुना -माझ र पल्लो किराँतको किराँती लोकआख्यानका सुनाहाङसँग ऐतिहासिक सम्वन्धको वासना -) रागी मा जीवन र जगत सम्बन्धमा मुग्-न्/क्)दुमी शारा ‘उठान’ हुन्छ ।

४.४ सहमति
श्याँदरको चौथो डिस्कोर्स हो बहु पक्ष विच सहमति । एक अर्कामा परामर्श भए पश्चात् निश्चित कार्यको लागि निश्चित सहमतिको विन्दुमा पुग्नु आवश्यक हुन्छ । यो सहमतिको विन्दु नै सफलताको कडी पनि हो । र्सवमान्य सहमति सरिङ रागी जस्तै र्सवमान्य सुन्दर र स्निग्ध हुन्छ । समकालीन परिवेशमा हाम्रा चैते चाणक्यहरूले किराँती-कोँइच श्याँदरको जीवनदर्शनबाट नसिकी नहुने दर्शनमध्ये यो एक अत्यावश्यक दर्शन पनि हो ।

४.५ आत्मनिर्ण्र्ाा
श्याँदरको पाँचौं डिस्कोर्स आत्मनिर्ण्र्ााो हो । सबैको परामर्शबाट निस्कने सहमतिबाट कसले के गर्ने, कति गर्ने, कहाँ गर्ने, कसरी गर्ने जस्ता कुरामा समुदायमा आत्म्ानिर्ण्र्ााो अधिकार स्वस्फुर्त रूपमा सृजना हुन्छ बरिङ रागीमा बादल चिसिएर वषर्ा भए जस्तै । वर्तमान परिवेशमा नेपालका सवै -मूल)आदिवासीहरूले कोकोहोलो मच्चाएर उठाइएको प्रमुख प्रश्न र अधिकारहरूमध्ये यो एक हो ।

४.६ स्वायत्तता, स्वशासन र संघीयता
श्याँदरको छैटौं डिस्कोर्स स्वायत्तता र स्वशासनको हो । श्याँदर-पिदारका लागि हरेक न्हासो स्वायत्त हुन्छन् । हरेक चफोनिफो र खफोनिफो हरू पनि स्वायत्त हुन्छन् । पर्ूण्ारूपमा स्वायत्त भएरै पनि उनीहरू स्वेच्छाचारी भने हुँदैनन् । स्वेच्छाचारी हुनु भनेको शेरेर कोरेर रागीको कष्ट निम्ताउनु हो भन्ने दायित्वबोध उनीहरूमा रहेको छ । यो हाम्रा लोभी-पापी चाणक्य तथा कर्मचारी मुसाहरूले वरण नगरी नहुने गुण हो यो । कोँइच समुदायका हरेक थरिकुटी हरूलाई आफ्नै मौलिक परम्परा अनुरूप श्याँदर भाकल र पूजा गर्ने अधिकार हुन्छ । उनीहरूले चाहेमा मुली न्हासो का अतिरिक्त आफ्नै थरका छुटै न्हासो पनि राख्न सक्छन् । अर्थात् काँइटा न्हासो -हर्ेर्नू कातिचा र अरू सं.२०५९ र मुखिया प्रेसमा) हरूलाई सहभागी गराउन सक्छन् । उनीहरूले आफ्ना याःब्रे ‘पितृ’ हरूका साथ साथै हामतिमका याःब्रेहरूलाई समेत मानमनितो गर्न पाउने अधिकार हुन्छ । याःब्रे रागीका याःब्रेहरू झैं उनीहरू आफ्नो शासन आफैं अनुशासनमा रहेर गर्दछन् । यो गुण पनि मूलधारले अवलम्वन नगरी नहुने गुण हो । कोँइच चफोनिफोहरू विच नै आ-आफ्नो थरिकुटी को आ-आफ्नै संघ छ । आज उठेको संघीयताको किराँती-कोँइच माझ नयाँ नभएर पुरानो अवधारण पो हो । त्यस्तै खफोनिफो हरू विच जात र जाति विचआफ्नो जातीय संघको अवधारणा पनि विद्यमान छ । जस्तैः श्याँदर-पिदारमा क्षेत्री-ब्राम्हृणहरूले अनुष्ठानका लागि बोका ल्याउँदछन् भने नेवारहरूले राँगा तथा अन्य जात र जातिहरूले कुखुरा, परेवा आदि वा बली दिन नचाहने वा बली नदिने सम्प्रदायले पनि त्रिशुल, घण्टी जस्ता भाकल बुझाइ आफ्नो परम्परा अवछिन्न राख्न स्वतन्त्र छन् कलपिप रागी मा एउटै जंगलभित्र विभिन्न प्रजातिका विरूवाहरू आफ्नै सह-अस्तित्वमा उम्रे जस्तै । आज अधिकांश नागरिकहरूको चाहना पनि यही सह-अस्तित्वको उम्राइ नै हो । मेरो रोजाइमा भने बली भन्दा त्रिशुल र घण्टी नै पर्दछ ।

४.७ समानुपातिक तथा सामेली सहभागिता
श्याँदरको सातौं डिस्कोर्स समानुपातिक सहभागिता हो । श्याँदर-पिदारमा केवल काँेइच समुदाय मात्र नभई विभिन्न जात र जाति, धर्म, वर्ण्र्ाालिङ्गका चफोनिफो तथा खफोनिफो हरूको पर्ूण्ा समानुपातिक सहभागिता रहेको पाइन्छ । यहाँ जात, जाति, धर्म, वर्ण्र्ाालिङ्गका आधारमा भेदभाव गरिदैन । खेसुमुसु रागी माझैं नै ठूलो सानो जस्ता विभेदबाट उन्मुक्त हुन्छ । हाम्रा “मैं मात्र हुँ” भन्ने मूलधारले यो श्याँदर दर्शन वरण गर्नु अत्यावश्यक नै छ । -मूल)आदिवासी भूमिपुत्र-ी)ले उठाएको मागमध्ये यो पनि एक जटिल चुनौती हो अहंवादी मूलधारलाई ।
यस संस्कृतिलाई समावेशीताको उत्कृष्ट नमूनाको रूपमा मनाउदै ल्याएको छ किराँती-कोँइच समुदायले । श्याँदर केवल प्रकृति तथा पितृ पूजा मात्र नभएर पूजाका विविध पाराहरू -तुल. माङफाङ ‘हलुवाली’ सं.२०६४) मा नाचिने गुँइदुवा नाच पनि अन्य जातिहरू समेतको आर्कषणको केन्द्र भई आएको छ । श्याँदरले बालीनाली लगाएर थाकेको शरीरलाई आमोद-प्रमोदको दृष्टिले नयाँ उत्साह र जाँगर थपी दिएको महसुस दिलाउँछ । थानको वरिपरि अस्थाइ छाप्रो तथा टहरो टाँगेर व्यापार गर्ने विभिन्न जात र जातिहरू सम्बन्धित गाउँका मात्र नभई नजिकका छिमेकी गाउँका व्यापारीहरू पनि श्याँदर-पिदारका दिन आफ्नो पसल थाप्न छाप्रो तथा टहरा बनाएर त्यो दिनभरी व्यापार गर्ने गर्दछन् उल्लिखित श्याँदर गरिने स्थानहरूमा भनी मुखियाले भनेका छन् । नेपाल उपत्यकामा पनि किताव तथा पत्रपत्रिकाहरूदेखि लिएर खाद्य तथा पेय पदार्थ विक्री गरेको भेटिन्छ । महिना दिनको व्यापार एकै दिनमा भई आर्थिक लाभ हुने प्रायः सबैको मतछ । अतः उपर्युक्त मतको आधारमा सबै जात र जातिहरूमा श्याँदर-पिदारको प्रत्यक्ष एवं परोक्ष प्रभाव रहनुले पनि विशेष महत्व रहेको हुन्छ ।

५ श्याँदर डिस्कोर्ससँग दर्शन
अघिल्लो खण्डमा हामीले श्याँदरभित्र निहित डिस्कोर्स अवधारणालाई र्ससर्ती वयान गर्दै अर्थ्याइँको जमर्को गर्ने प्रयाश गरी सकेका छौं । अब उल्लिखित डिस्कोर्ससँग जोडिएर आएका मानव जीवनसँग सम्वन्धित केही दर्शनसँग पनि परिचित हुनु आवश्यक भएकोले जीवन दर्शनको त्यस पाटोलाई पनि यहाँ संक्षिप्त रूपमा केलाउने जमर्को गरौं ।

५.१ सन्तुलन
उभौली र उधौलीमा गरिने श्याँदर-पिदारमा जीवन र जगतको सन्तुलन कायम रहेको छ । सन्तुलन रहनु नै जीवन निरन्तरता पनि हो । वर्तमानमा पनि साविक किराँती-कोँइचको ओल्लो किराँत किपट क्षेत्रमा परापर्ूव कालदेखि पुजिदै आएको श्याँदर आजसम्म पनि आफ्नै मौलिक अस्तित्व बोकेर जीवितै अवस्थामा छ खरिङ रागी मा माटोको अस्तित्व चीरायु रहेभै+m । माटोसँग वातावरणीय सन्तुलनको प्रत्यक्ष प्रभाव रहनुका साथै जीवन सम्वन्धा पनि गाँसिएको हुन्छ । श्याँदर-पिदारका लागि आवश्यक हुने थपो ‘फूल’ हरू, होल्फागिल्फा ‘पातपाती’ हरू, वाँस तथा निगलाहरू जस्ता बोट विरूवाहरूको उचित व्यवस्थापन आफंैले नगरे चाहिएकेा बेला अरूसँग माग्दै हिड्नु पर्ने हुन्छ । तर्सथ, पिदार ‘पूजा’ का लागि चाहिने विरूवाहरू आफ्नै बारी कान्ला तथा बनेलीमा रोप्ने र हर्ुकाउने कार्य गर्नु पर्दछ ।  न्हासो हरूका अनुसार देउकार्य पितृ कार्यहरूमा टोटला, कोइरालो, चिउरी, मलेतो, गुराँस जस्ता रूखहरू काँेइच मुग्/क् -न्)दुमका लागि अतिआवश्यक वनस्पति हुने भएकोले आ-आफ्नो बस्तीहरूमा काँेइचहरू यसको संरक्षणमा सजग रही आएका छन् ।
यसैले स्थानीय मानव जीवन अस्तित्वको लागि अत्यावश्यक बाँस, निगला, टोटला, तितेपाती, मलेतो जस्ता बोटहरू कोँइचहरूको घारी र कन्लाहरूमा विशेष संरक्षित अवस्थामा रहेको पाइन्छ । यसले ढुकुर, कलचुँडा, फिस्टा आदि जस्ता पंक्षीहरूको लागि उत्तम आवास उपलब्ध गराएको पाइन्छ । साथै काँेइच भाषामा नेङ भनिने एक प्रकारको तितेमाछा खोला-नदीमा जालमा पार्दा भुरा विशेष छान्न पर्ने र मुग्/क्-न्)दुमी प्रकृयामा विषको प्रयोग गर्दा कुन विषको असरले साना भुराहरू मर्दैनन् भन्ने ज्ास्ता कोेँइचहरूमा भएको परम्परागत ज्ञानसीप ९त्चबमष्तष्यलब प्िलयधभिमनभ यच त्प्० ले जीवजन्तुको संरक्षणमा टेवा पुराइ प्राकृतिक सन्तुलन कायम राखेको छ । यो पनि श्याँदर पिदारसँगै सम्वन्धित छ । साथै थारो क्युअ्चा ‘ढुङगा झुण्डाउने प्रथा’, ङर पुम्चा, थर्ेच योअ्चा ‘जिलो नमास्ने विलो बाँड्ने प्रथा’ जस्ता परम्परागत प्रथाहरू श्याँदर-पिदारकै उपज भएकोले कुनै पनि बोटविरूवाहरू तथा पशुपंक्षीहरू लोप हुनबाट बचाउन सकिन्छ वातावरणीय सन्तुलनको लागि ।
श्याँदर पिदारमा प्रयोग हुने संङ धुप, गोकुुल पाती, सुन पाती, भैरूङ पाती तथा धुपी प्रजातिका विरूवाहरू पवित्र हुन्छन् किराँती-कोँइच संस्कृतिमा । त्यस्तै हरेक मुग्/क्-न्)दुमी कार्यका लागि आवश्यक तितेपाती कोँइचहरूलाई नभई नहुने विरूवा हो । यसैले यस्ता विरूवाहरूको संरक्षणमा यो जातिको विशेष योगदान छ । यसरी प्रकृति पुजक अनादी-आदि तथा मूलवासी किराँती-कोँइचहरूमा वातावरण एंव पर्यावरण संरक्षण तथा पर््रवर्द्धन क्षेत्रमा आर्जित आदिवासी ज्ञान ९क्ष्लमष्नभलयगक प्लयधभिमनभ यच क्ष्प्० श्याँदर-पिदारकै माध्यमबाट आर्जन भएको हुन्छ ।

५.२ शान्ति तथा सद्भाव
जीवन र प्रकृतिसँग सन्तुलन रहनु नै शान्तिको द्योतक हो । विश्वले आज भोगी रहनु परेको विकराल समस्याहरू जस्तैः भौगोलिक तताइ ९क्ष्लमष्नभलयगक प्लयधभिमनभ यच क्ष्प्० र जलवायु परिवर्तन ९ऋimष्mितभ ऋजबलनभ० समाधान गर्न किराँती-कोँइचहरूलाई सांस्कृतिक रूपमै श्याँदर-पिदार अभ्यासले निपर्ूण्ा पार्दै ल्याएको छ परापर्ूव कालदेखि नै । यसो हुनाले गिम रागी जस्तै शान्तिको प्रतीक वातावरणीय सन्तुलन हो । यही सन्तुलन र शान्तीको मिलन विन्दुबाट नै सामाजिक सद्भाव सम्भव छ । खुलु रागीमा ढुङ्गाको भर माटो र माटोको भर ढुङ्गा भएभै+m कुनै पनि समाजमा जात, जाति, वर्ग एंव धर्म बिच सद्भाव नै भेदभाव वेगरको समतामूलक समाज ९भ्नबष्तिबचष्बल क्यअष्भतथ० तर्फको यात्रा हो । यस संस्कृतिभित्रको पङ्सर रागी मा विना भेदभाव प्रकृति तथा प्राणीलाई आवश्यक विभिन्न किसिमका भौगर्विक खानी तथा रत्नहरू उत्पादन हुन्छ । सुनको आफ्नो स्थानर महत्व भएभै+m फलामको पनि आफ्नै स्थान र महत्व हुन्छ । अतः श्याँदरभित्रकोपङ्सर रागी मा सुन र फलाम विचमा विभेद नगरेभै+m उनीहरूको समाजमा पनि भेदभाव रहदैन । यसरी सुन, पित्तल र फलाम आदि धातु भएजस्तै उनीहरू विच उच्च-निच, धनी-गरिबको लक्ष्मण रेखा अझसम्म कोरिएको छैन र यदि छ भने श्याँदर पिदारलाई फाल्ने माझ हुन सक्छ ।
तर्सथ, श्याँदरभित्र निहित मुपा रागी वा पृथ्वीभित्रको पानीको समान सतह भएजस्तै किराँती-कोँइच समाजका प्रत्येक सदस्यहरूले आफ्नो समान वा समतामूलक मानवीय मूल्यलाई सम्मान गरेको पाइन्छ । यसले समवृद्ध समाज निर्माणमा अहम् भूमिका निर्वाह कुरामा दर्ुइ रहदैन र आज हामीले चाहेको समाज र देश पनि त्यस्तै हो ।
५.३ विकास, समृद्धि र सुख
मानव तथा प्राणीहरूले बराबरी रूपमा बाँच्न्ा पाउने समतामुलक अवसर प्राप्त भएपछि उन्नतिको ढोका खुल्छ  । शान्ति साथ त्यो ढोका खुल्नु भनेको समृद्धि र सुखको सास फेर्नु पनि हो । श्याँदरभित्रकाइँपा रागी को पत्र- पत्रहरूमा उन्नति तथा विकासको उर्जा रहन्छ र पृथ्वीलाई अमर राख्न मद्दत पुर्‍याउँदछ । किराँती-कोँइच समुदायमा मनाइने परम्परागत श्याँदर-पिदारको यस दर्शनलाई बुझेर वरण गरेको खण्डमा हरेक समाजमा सन्तुलन आउने निश्चित छ । सन्तुलनले सद्भाव बढाउने, सद्भावले शान्ति कायम हुने, शान्तिले उन्नति र उन्नतिले सुख, शान्ति र समृद्ध हुने कुरा मिराक रागी वा ‘उज्यालो समाज’ लेकहेको छ ।

५.४ वालीनालीको कामना तथा सम्मानपर्व
श्याँदर -साकेला/साकेन्वा) को सोझो बुझाइ किराँत समुदायमा बालीनाली लगाएर फर्ुसदको समयमा आफुले लगाएको “बालीनाली सप्रोस्, रोगव्याधी हटोस्, भुकम्प, अतिवृष्टि भई बाढीपहिरो नआओस्, सुख्खा नपरोस्, सम्पर्ूण्ा गाउँ ठाउँमा सहकाल रहोस्, अनिकाल हटोस्” भन्ने जस्ता सामाजिक आरधना हो । त्यसैले यसलाई उचित वालीनालीको कामनापर्व भनी दिंदा फरक पर्दैन । पिदार मुग्-न्)दुम आपै+mमा परोपकारी एवं पर्ूण्ा सामाजिक छ । बालीनाली लगाउनेदेखि लिएर स्याहार्ने कार्यको पूरा वृत्ति हुन्छ श्याँदरमा । बाली लगाउन सिकाउने पर्ुखा र अन्नबाली हर्ुकाउने प्रकृति देवलाई पहिला अर्पण गरी सकेपछि मात्र आफुले उपयोग गर्ने दर्शनले समाजलाई शुद्ध आचरणको पाठ सिकाउँछ । श्याँदर मुग्दुममा ऋतु अनुसार बाली लगाउने ऋतु अनुसार बाली उठाउने प्राकृतिक नियमलाई पनि अनुसरण गरिएकेा हुँदा यसले समाजमा विशेष महत्व राखेको हुन्छ ।
श्याँदर पूणिर्मादेखि पञ्चमीसम्मको अवधि अर्थात् किराँती-कोँइचहरूको गुँइदुवा’ढोल’ बजेको आवाज आएसम्म हलो जोतेर माटो पल्टाउन हुदैन सह जान्छ भन्ने मान्यता अन्य छिमेकी जात र जातिहरूमा पाइनु निश्चय नै सामाजिक मान्यताको उत्कृष्ट एक पाटो हो भने अर्को तर्फगुँइदुवा झुण्डाएको भोलिपल्ट श्याँदरथानमा धुप हालेर गाउँले सबैको सु-स्वास्थ्यको कामना गर्दै सम्पर्ूण्ा खेतीपातीको कार्य सुचारू गर्ने आरधाना गर्दै पिदार गर्नु सामाजिक सह-अस्तित्वको अर्को पाटो हो । श्याँदर-पिदारको अवसर पारेर गाँसेको मित्रता प्रगाढ हुन्छ भन्ने विश्वासमा मितेरी साइनो गाँस्ने प्रचलन -तर पृथ्वी नारायण शाहको शाहकालीन घातक मितेरीचाहिँ बुझनु हुदैन यहाँ) पुरानो मित्रतालाई यथासक्य मेजमान तथा गुँइदुवा नृत्यको रमाइलो रमझममा नविकरण गर्दै हार्दिकता थप्नु र इष्टमित्र भेटेर भलाकुसारी गर्नु श्याँदर-पिदारको तेश्रो महत्वपर्ूण्ा पाटो हो ।
उभौली र उधौली गरी वर्षो दर्ुइपटक भए पनि कोँइचहरूफ्यानारेल्फु ‘जालीरूमाली’ र क्लातोरी ‘कम्बरी’ लगाएर मज्जैले कम्बर हल्लाएर नाच्ने प्रचलनले उनीहरूको पुरानो भेषभुषाले निरन्तर रूपले प्राथामिकता पाउँदा नेपाली संस्कृतिको भण्डारमा एउटा मौलिक संस्कृतिले परापर्ूवकालदेखि आजसम्म जीवित रहने अवसर पाएको छ । श्याँदर-पिदारको अभ्यास अनुसार प्रकृति वा पितृ पिदार गर्दा वाअÞश ‘इन्दे्रणी’को पूजा गर्न अति आवश्यक मानिन्छ । यसरी पुजिने इन्द्रेणीकै प्रतीकको रूपमा रंगी विरंगी फ्यानारेल्फु ‘जालीरूमाली’ र क्लातोरी ‘कम्बरी’ लगाएर गुँइदुवा नाच्दा मानिसको गिवत ‘आत्मा/हंस’ उड्दैन अर्थात् अज्ञात अनिष्टबाट यसले सुरक्षा दिन्छ भन्ने मान्यताले साना-ठूला जवानदेखि बूढासम्मका पुरूषहरू तथा महिलाहरूले चुमरेम ‘वागमुखे थैली’, लुजेग्यो ‘सियोदानी’ र मचिङग्यो ‘मर्ुर्चुङगा दानी’ झुण्डाएको रंगिन भेषभुषामा पनि श्याँदर-पिदारको अर्को आकर्षा हो । सबैले यो पहिरण पहिरिंदा श्याँदर श्यील ‘नृत्य’ निकै शोभयामान देखिन्छ । यसरी काँेइच महिला पुरूषको श्याँदारेलु ‘सात विविध रंग समिश्रति’ भेषभुषाले केवल अज्ञात अनिष्टको कवच मात्र नभएर किराँत संस्कृतिको मौलिक पाटोको रूपमा स्थापित बन्न पुगेको पाइन्छ ।
जल, वायु र तेज जस्ता प्रकृति शक्तिकोपिदार तथा याःब्रे अर्न्तगत विभिन्न पितृ शक्तिहरूलाई पिदार गर्नुका अतिरिक्त श्याँदर-पिदारका दिन गाउँभरीका अकालमा मृत्युवरण गरेका अतृप्त आत्माहरूको मुक्तिको कामना गरिन्छ । श्याँदर-पिदारमा काम गर्नेलाई मान सम्मान गर्ने छुटै संस्कृति जोडेको पाइन्छ । पुजारी काम गरे वापत न्हासोकोपियापोअ्चा ‘शीर उठाइ’ सम्मान जनाउन पगरी बाँधी दिनु र श्याँदरथानको पिदार समापन पश्चात् निश्चित दुरीसम्म मुली न्हासो लाई बोकेर लैजानु जस्ता न्हासो प्रति गरिने सम्मान हुन् ।

६. मैझारो
ओल्लो किराँतको किराँती-काँेइच समुदायमा प्रचलनमा रही आएको -नेपाल उपत्यका लगाएत) श्याँदरको संकथन र दर्शनको बयान तथा विश्लेषणले किराँती-काँेइच आपै+mमा एक पर्ूण्ा राष्ट्र र राष्ट्रियता हो भन्ने वौद्धिक प्रमाणिकिकरण भएको स्पष्टै छ । यद्यपि, यति विध्न डिस्कोर्स र दर्शनपर्ूण्ा सिङ्गो किराँती-काँेइच राष्ट्र र राष्ट्रियतालाई कानुनी मान्यता नमिल्नु र स्वदेशी तथा विदेशी वौद्धिक मूलधारले एकरक्ति पनि उनीहरूको मौलिक एवं वास्तविक पहिचानको सुइँको समेत नपाउनु भनेको वौद्धिक कुरीकुरीकै कुरा हो ।

हुम्बोल्ट फेलो तथा प्रमुख
प्राज्ञिक तथा अनुसन्धान महाशाखा
आजउरा प्रतिष्ठान, स्थानीय विकास मन्त्रालय
पष्चबलतष्.mगचग२जयtmबष्।अिom
सर्न्दर्भसूची
चेम्जोङ, इमानसिंर्.र् इ. २००३ -प्रथम संस्करणर् इ.१९४८). किरात इतिहास. ललितपुरः किरात याक्थुङ चुम्लुङ, केन्द्रीय कार्यालय.
हागेन, टोनीर्.र् इ.१९६१. नेपालः द किङ्डम इन् द हिमालयज्. इन्डियन रिप्रिन्ट, १९८० -नेपाल रिप्रिन्ट पनि, चौथो संस्करण १९९८) नयाँ दिल्लीः अक्स्फोर्ड याण्ड आइविएच पब्लिशिङ कम्पनी.
हाङगुचा, बुद्धिर्.र् इ.२००९. ‘पाई नुङ खीन्चीके सÞुम्नी’ मार् इक्के कथा -हाम्रो कथा). काठमाडौंः बाहिङ किरात मुलुखिम.
होफर, आन्ड्रासर्.र् इ.२००४ -प्रथम संस्करण १९७९). द कास्ट हाइराकी एन्ड द स्टेट इन नेपालः अ स्टडी अव् द मुलुकी ऐन अव् १८५४. पाटन ढोका, ललितपुरः हिमाल बुक्स.
कातिचा -सुनुवार), उत्तम. अर्जुन लिम्बू, जितपाल किरात र लिल रोगु-याक्खा -सम्पा.). स.२०५९). किरात चाडः चासुवा, फोल श्याँदर, चासोक तङनाम र उधौली साकेला एक परिचय. ललितपुरः किरात याक्थुङ चुम्लुङ.
खम्बू, गोपालर्.र् इ.२०००.’खम्बुवानका खम्बु भाषा र पाछाहरू’, नव चोमोलुङमा, १, १ः ३९-४२.
—–। सं.२०५२. खम्बुवान आवाज. काठमाडौंः लेखक.
माङफाङ ‘हतुवाली’, चन्द्र. स.२०६४.साकेन्वाः किराँत र्राईहरूको महान चाड. काठमान्डूः बान्तावा अनुसन्धान प्रतिष्ठान.
मुखिया, अतीत र्-इश्वर किरण सुनुवार). प्रेसमा. श्याँदर पिदारः विगतदेखि वर्तमानसम्म मुक्दुमी अदेखा सत्य. काठमाडौंः चुप्लु समाज.
प्रपन्नाचार्य, स्वामी -उर्फकाले दोवालिछा-र्राई). सं.२०५१. प्राचीन किराँत इतिहास. वाराणसीः किराँतेश्वर प्रकाशन.
रापचा, लाल-श्याँकारेलर्ुर्.इ.२००९ए. कन्टेम्पोररी एस्सेज् अन् भ्यासिनिसिङ एथ्निसिटी, कर्ल्चर्स एन्ड ल्याङगुजिज् अव् नेपालः अ फोकस अन् किराँती-कोँइच. काठमाडौंः किराँतविज्ञान अध्ययन संस्थान.
—–र्।र् इ.२००९वी. नेपालको आदिवासी किराँती जाति सेरोफेरोः ओल्लो, माझ र पल्लो किराँत. काठमाडौंः किराँतविज्ञान अध्ययन संस्थान.
—–र्।र् इ.२००५. अ डेस्त्रिmप्टिभ ग्रयामर अव् किराँती-कोँइच. पिएचडी थिसिस, जवाहरलाल नेहरू युनिभर्सिटी, न्यू डेली.
—-र्-र्।इ.१९९८. ‘डेइटिज् इन् सुनुवार कल्चर’, द काठमान्डू पोष्ट, अक्टोबर ४.
रापचा, लाल-श्याँकारेलु, वाग-आयाग्यामी यालुङछा र अमर तुम्याहार्ङइ.२००८. इन्डो-नेपाल किराँती भाषाहरूः विगत, समकालीन परिवेश र भोलिका चुनौतीहरू. काठमाडौंः किराँतविज्ञान अध्ययन संस्थान.
रापचा, लाल-श्याँकारेलु र लोकप्रिय मुलिचा-सुनुवार. सं.२०६७. ‘प्लेँसिशो नम्ता’ -विस्मृत साइनो), सयपत्री, २१ः ६६-७५.
रुर्टजर्स, रोलन्डर्.र् इ.१९९८. याम्फूः ग्रयामर, टेक्स्ट यान्ड लेक्सिकोन. लाइडेन, द नेदरल्यान्ज्ः रिर्सच स्कुल, सिएनडब्ल्युएस.
सुवेदी, राजाराम र अरूर्.र् इ. १९९४. हाम्रो सामाजिक शिक्षा. सानोठिमी, भक्तपुरः पाठ्यक्रम विकास केन्द्र.
भ्यान्सिर्टार्ट, इडेनर्.र् इ.१९९२ -प्रथम संस्करण १८९६). नोटस् अन् नेपाल -विथ यान् इन्ट्रोडक्सन बाई एचएच रिस्ले. न्यू डेली यान्ड मद्रासः एजियन एजुकेसनल र्सर्भिसेस.
—–र्।र् इ.१९९१ -प्रथम संस्करण १९०६). गर्ुखाज्ः अ हृयान्डबुक. न्यू डेली यान्ड मद्रासः एजियन एजुकेसनल र्सर्भिसेस.

—————-
११ असार २०६८, शनिवार -२५ जुन २०११) ठेचो-८, यलाखोम

Share

Leave a Reply

Your email address will not be published.