किङलो चुप्लु बार्षिक उत्सव भब्यताका साथ सम्पन्न ।

सुनुवार डट ओआरजी, श्रावण १४ । सुनुवार भाषाको पहिलो रेडियो कार्यक्रम “किङलो चुप्लु” आज तिन बर्ष पुरा भएर चार बर्षमा टेकेको छ । किङलो चुप्लुको पहिलो प्रशारण रेडियो उपत्यका ८७.६ मेगाहर्ज श्रावण १४ गतेबाट शुरु भएको थियो । किङलो चुप्लु कार्यक्रम संचालन गर्नुमा जति कठिनाइहरु आए पनि स्रोताहरुको साथ सहयोगले गर्दा यसले तिन बर्ष पुरा गर्न सफल हुनुको साथै रेडियो उपत्यका ८७.६ मेगाहर्ज काठमाण्डौं, हजुरको रेडियो १०२.१ मेगाहर्ज रामेछाप र आजबाट तिफदी रेडिया ९९.१ मेगाहर्ज रामेछाप गरि तिन ठाँउबाट प्रशारण गर्न सफल भएको छ ।
किङलो चुप्लु बार्षिक उत्सव बिशेष कार्यक्रममा आज हजुरको रेडियो १०२.१ मेगाहर्ज रामेछापबाट दुई घण्टा प्रत्यक्ष प्रशारण गरिनुको साथै तिफदी रेडियो ९९.१ मेगाहर्ज रामेछापबाट ३० मिनेटको कार्यक्रम सधै आइतबार साझ ५ बजे देखि ५ः३० सम्म संचालनहुने गरि गरिएको थियो भने रेडियो उपत्यका ८७.६ मेगाहर्ज काठमाण्डौंमा चाहि श्रावण १० गते संचालन गरिएको थियो । कार्यक्रममा देश बिदेश साथै जनजाति महासंघका अधक्ष्य राज कुमार लेखि र आदिवासि जनाजाति उत्थान रास्ट्रिय प्रतिष्ठानका उपाध्यक्ष झक बहादुर थापा मगरद्वुारा शुभकामना दिनुभएको थियो ।

Share

Leave a Reply

Your email address will not be published. Required fields are marked *