काेइँच लिपिमा पु्र्खाराधनासहित शिलालेख कपेर ७० केजीकाे घण्ट चढाइयाे

काेइँच लिपिमा पु्र्खाराधनासहित शिलालेख कपेर काःतका दुमा मुइलि शाँदार पिदारमा ७० केजीकाे घण्ट चढाइएकाे छ । सुनुवार सेवा समाजका सङ्घीय अध्यक्ष रणवीर सुनुवारकाे समुपस्थितिमा आज २०७९ साल जेठ ३१ गते विधिवत आदार पिदार गरी घण्ट चढाइएकाे हाे । वर्षकाे दुइ पटक उँधाैली उभाैली काेरा शाँदार पिदार गरिँदै आएकाे यस शाँदार ग्याेराङ (थान)बाट काेइँच भुमीकाे अन्य ८ मुइलिकाे शाँदार ग्याेराङ समेतकाे दर्शन गर्न सकिन्छ । यस वर्षकाे वैशाख पुर्णिममा गरिनुपर्ने शाँदार पिदार चुनावकाे कारणले पर सरेकाे थियाे भने घण्ट स्थापनाकाे लागि समेत पुर्वाधार नबनीकाे हुँदा एक महिना पछि सारेर शाँदार पिदार गरिएकाे हाे । र शाँदार पिदारकै दिन विशेष कारणले शाँदार गर्न नसकेकाे अवस्थामा विशेष क्षमापूजासहित पाँच दिन वा एक महिना पछि पनि शाँदार पिदार गर्न सकिने काेइँच परम्परागत नियम चलीआएकाे पाइन्छ ।
हङकङ कर्मथलाे बनाएका काःतका अग्रज तथा युवा समाजसेवीहरु मुलिच नरेश सुनुवार (ठुले) पुच्छारखिँ फाेत काःत, मुलिच श्यामकर्ण सुनुवार पुच्छार खिँ फाेत, ख्याेम्पातिच विष्णुप्रसाद सुनुवार (विश्वकिरण) पुश्पाते काःत, मुलिच बीरबहादुर सुनुवार फाेत काःत, र बुजिच नवीनकुमार सुनुवार (तारा) फाेत काःतले उक्त घण्ट चढाएका हुन् । नेपालमा उक्त घण्ट स्थापना गर्ने सहजीकरण कुलदीप सुनुवार स्मृति काेषका उपाध्यक्ष राजकुमार सुनुवार (राजन) ले गर्नु भएकाे हाे ।


तस्वीर साभार : Indra K Sunuwar र Ram Sunuwar काे फेसबुक वालबाट ।

Share

Leave a Reply

Your email address will not be published. Required fields are marked *