काठमाडौं कोइँच श्रव्यदृश्य स्त्रिmनिङ

सुनुवार डट ओआरजी समाचारदाता ।
यालाखोम, ९ भदौ । सुनुवार सेवा समाज काठमाडौं जिल्ला समितिले चुप्लु समाज, सुनुवार डट ओआरजिसँग सहकार्य गर्र्दै काठमाडौं कोइँच श्रव्यदृश्य स्त्रिmनिङ गरियो । सुनुवार सेवा समाजको भवन कोटेश्वरमा सुनुवार सेवा समाज काठमाडौं जिल्ला समितिले रजत वर्षो उपलक्ष्यमा प्रत्येक शनिवार साप्ताहिक भाषा प्रशिक्षणसँगसँगै २०६४ मा तयार गरिएको अमृत सुनुवारको “शाँदार पिदार” वृत्तचित्र, पाम सुनुवारको म्युजिक भिडियो “चुइँचिमा” र “थोलेदेम्बा” र आशिष सुनुवारको “क्योङ” देखाइएको थियो । सो कार्यक्रमलार्इ सम्बोधन गर्ने क्रममा सुनुवार सेवा समाजका अध्यक्ष मनप्रसाद सुनुवारले भन्नु भयो, “हिजो हाम्रो पुर्खाले यो गरेनन् त्यो गरेनन् भनेर टिकाटिप्पणी गर्नु भन्दा पनि हामीले हाम्रो पछिल्लो पुस्तालाई के छाडेर जाँदै छौं भन्ने कुरा युवा पुस्ताले सोच्नु पर्छ । हिजो हामीलाई हाम्रो भाषा संस्कृतिको वारेमा लेख्न, भन्न प्रतिवन्ध थियो । अहिले हाम्रो भाषा संस्कृतिको बारेमा भन्न लेख्न स्वतन्त्रता त छ तर हाम्रो संस्कार संस्कृति हराइसकेको छ । त्यसैले हामी हाम्रो पहिचान अक्षुण्ण राख्न सबै जाग्नु परेको छ । सबैले आफ्नो भाषा संस्कृति जानी राख्नु परेको छ । भाषा संस्कृति हरायो भने हामी हराउँछौं । हामी कोइँच हौं भन्ने कुनै आधार रहँदैन । पहिचान गुमाएर उत्पीडनमा बसेर राष्ट्रियता दिगो रहँदैन यसैले हामी आदिवासी जनजातिलाई आत्मनिर्णयको अधिकार आवश्यकता छ । कुनै पनि व्यक्ति उत्पीडन सहेर बस्न रुचाउँदैन । पहिचान पहिलो कुरा हो । पहिचान हराएर हामी नेपाली बन्न सक्दैनौं । हो, राष्ट्रको लागि नेपाल होला तर हाम्रो जातीय पहिचान नेपाली होइन कोइँच हो । हामी कोइँच भएको नाताले विभेद र उत्पीडनमा परेको हुँदा राज्यले नै हाम्रो भाषा संस्कृतिको संरक्षण्रा गर्नु पर्दछ । तर हामी यसरी जागेनौं भने हाम्रो कुराको सुनुवाई हुँदैन । सामाजिक सञ्जालमा खोके जस्तो व्यवहारमै सबैले उतार्नु पर्दछ । हामीले ती मुल बस्तीमा बस्ने कोइँच र कोइँच पुर्खहरुलाई धन्यवाद दिनुपर्छ जसको कारण हामीले हाम्रो लोपोन्मुख संस्कृति स्त्रिmनमा देख्न पायौं । तपाइँहरु मुलबस्तीमा खाँटी संस्कृति देख्न नपाउनु भए पनि आज चलचित्रको रुपमा हेर्न पाउनु भएको छ । म अनुरोध गर्दछु, यहाँ भएका सबै भाइबहिनीहरु एक पटक हाम्रो मुलबस्तीमा घुम्न अध्ययन गर्न जानुहोस् । तपाइँहरुको जागरणले समाजमा नयाँ जोश जाँगर ल्याउने छ ।”
यस साप्ताहिक भाषा प्रशिक्षण कार्यक्रमको संयोजन सागर सुनुवार र देवराज सुनुवारले गर्नुभएको थियो । अर्को हप्ता कोइँच मातृभाषा प्रशिक्षण सँगसँगै रेडियो तथा टि.भी. उद्घोषण तालिमको व्यवस्था गरिएको जानकारी पनि संयोजक द्वायले दिएका छन् ।

Share

Leave a Reply

Your email address will not be published. Required fields are marked *