कस्तो साहित्यलाई चाहि कोइँच साहित्य भन्ने ?

-कोइँचबु काःतिच

-‘वा…! क्या च्वाँक ।’

-‘राम राम -हिन्दू सौर्न्दर्यशास्त्रको प्रभाव) के सुन्नु पर्‍यो यो उमेरमा । खत्तम भयो समय । नउम्रीदै तीन पाते ।’

-‘लौ के भनेको हजुर बा, अहिले ठिटी नजिस्काएरु तपाईँको उमेरमा जिस्काउने – कस्तो यार हजुर बा पनि कुरै बुझनु हुन्न जस्तो छ ।’

यस्तो साहित्यले के सन्देश बोक्छ, कुन्नी – पाठकहरुलाई अवश्य थाहा नै छ । अहिले साहित्य कतिपय सर्न्दर्भमा मात्र साहित्यको नामको लागि लेखिएका पनि पाउँछौं । शायद, यो अंकीय छपाई प्रविधिको उपलब्धि हुन सक्छ । रचनाहरु अहिले छाप्नु नै पर्ने बध्येता रहेन- पाठक, स्रोता र दर्शकसम्म पुर्‍याउन । पुस्तकाकार नहुँदै यसले मोचन पाइसकेको हुन्छ वा लोकलाई अर्पण गरीसकिएको हुन्छ श्रष्टाको पोल्टोबाट, उहिलेको जस्तो कुमारी साहित्य सुन्न, हर्ेन र पढ्न कमै पाइने भयो । जे होस् अंकीय प्रविधिको यो चरणसम्म आइपुग्दा बर्ुर्जुवा साहित्यले कैयौं छलाङ मार्‍यो । हिन्दू, क्रिश्चियन तथा युरोपियन उत्पीडक साहित्यले कैयौं कलेवर फेरि सक्यो । र, त्यही मेसोमा हामी कोइँच लगायत अन्य आदिवासी जनजातिहरु साहित्यिक चलखेलमा होमिएका छौं । के बुझनु थियो र ! यी हिन्दू, क्रिश्चियन तथा उत्पीडक यूरोपियन साहित्यिक चलखेलको कुटखेल । न त पाठकले बुझन सक्यौं न र्सजकले । श्रष्टाद्रश्टा दुवै उही हिन्दू, क्रिश्चियन तथा उत्पीडक सौर्न्दर्यशास्त्र, उपनिवेश र पश्चिमा उपभोक्तवादी सोँच वा पढाइलेखाइबाट दीक्षित भएपछि अर्को वाद छ वा न हाम्रो कुनै त्यस्तो अर्को अस्तित्व वा दर्शन/सौर्न्दर्य नाप्ने कसी छ भन्ने कुरा भुसुक्कै बिर्सनुलाई नौलो वा अचम्म मान्नु पर्ने कुरा रहेन ।अवश्य पनि लेखकर्/र्सजक समाज परिवर्तनका संवाहक हुन् भन्दा अतुक्ति नहोला, यदी समाजको यथार्थताको नजीक पुगेर ती यथार्थहरुलाई कलात्मक ढंगले समाजलाई परिवर्तनको सँघारतिर डोर्‍याउन सकियो भने । हुन त राजनीतिक सङ्र्घष्ाबाट भाग्ने बानी वर्तमान कोइँच तथा कतिपय मै हुँ भन्ने आदिवासी जनजाति श्रष्टाहरुको सात्विक मान्यता रहँदै आएको हो भन्ने भान पनि हुन्छ । र, साहित्यलाई युग परिवर्तन भन्दा शौख पुरा गर्नेतिर लालायित भएको पनि देखिएको हो कि भन्ने शंका पनि गर्न सकिन्छ । यसो हुनुमा दोष उनीहरु एक्लैको होइन हाम्रो हो, समाजको हो, देशको हो । यसैले उनीहरु साहित्यलाई जाति, भाषा, देशको सिमाभित्र बाँधिनु हुँदैन भन्छन् । यस्तो विचारको मुख्य कारक चाहिँ विश्वव्यापीकरण नामको मान्यता लुसुक्क गिदीभित्र छिर्नु हो । विश्वव्यापीकरणकै नाममा संसारमा साम्यवादी, समाजवादी, पुँजीवादी, साम्राज्यवादी लगायत अन्य अनेकन वादीहरुले प्रयोग गर्ने भाषा मात्र ठीक, उनीहरुले रचेको साहित्य मात्र सही, उनीहरुको कला-संस्कृति मात्र महान् भन्ने मान्यताले संसारका अल्पसंख्याक आदिवासी जनजातिहरुले बोल्ने भाषा, लेख्ने साहित्य र सिर्जना गर्ने कला मारमा पारेको छन् वा हाम्रो चिनारी हरायो भन्नेतिर कति सोच्यौं – थाहा छैन ।

जुन उत्पीडित जातिसँग समृद्ध भाषा, धर्मर्-दर्शन, कला-संस्कृति र साहित्य हुँदैन, त्यो जातिको उन्मुक्ति पनि स्वाभाविक रुपमा पछाडि पर्दछ । समृद्ध साहित्य विना आदिवासी कोइँचको अलग्गै सौर्न्दर्यशास्त्रको निर्माण पनि सम्भव छैन । धेरै कोइँच साहित्यप्रेमी र श्रष्टाहरुलाई अचम्म पनि लाग्न सक्छ कि कोइँचको पनि सौर्न्दर्यशास्त्र बन्छ र ! जेउ, असम्भव छँदै छैन र यो नितान्त आवश्यक पनि रहेको छ कोइँचहरुको लागि आफ्नै सौर्न्दर्यहरुको व्याख्या गरिएको एक सौर्न्दर्यशास्त्र बन्न । हिजोसम्म हिन्दू सौर्न्दर्यशास्त्रमा आफुलाई कंसाकारले काँसालाई साँचोमा राखेर भाँडाको रुपमा ढाले जस्तै ढालेर हेर्‍यौं तर खाँटी काँसाको भाँडा बन्न सकिएन । अहिले एक थरी कोइँच तीव्ररुपमार् इशामसिहको सौर्न्दर्यशास्त्रमा आफुलाई खुब सिँगारपटार गर्दै हुनुहुन्छ । यी दुवै कार्य कोइँच भाषा, धर्म, कला-संस्कृति र साहित्यको र्सार्वजानिक बलात्कार वाहेक अर्को उपलब्धि हुँदै होइन ।

अहिले उत्तरआधुनिकतावाद नामको वर्ुर्जुवा सौर्न्दर्यशास्त्रले कोइँच साहित्यकारहरुलाई गाँजेको महसुश हुन्छ -हुन त कोइँचमा साहित्यकार नै पो कति छन् र !) । उत्तरआधुनिकतावादले उत्पीडित कोइँच लगायत आदिवासी जनजातिहरुको उन्मुक्तिको प्रश्नलाई उठाउँदैन, उठाउन सक्दैन । चुरो कुरा त उत्तरआधुनिकतावाद- उत्तराधुनिकवादले हेपिएका, चेपिएका, थिचोमिचो र वहिस्करणमा पारिएकाहरुको आवाजलाई ओकल्छ, सङ्र्घष्ाको ठूल्ठूला आँधीवेहरीहरु ल्याउँछ, भनेर असन्तुष्टी र आक्रोशलाई एकगठ हुन नदिई दिग्भ्रीत पार्ने साधन मात्र हो । यस वादले एकगठ हुन भन्दा पनि एक्ल एक्लै संर्घष्ा गर्न सकिन्छ भनेर विश्रृंखल वा खण्डित गर्नतिर उत्प्रेरित गर्छ । यसरी एक्लै लडेर संसारमा कसैको मुक्ति भएको छैन । अलिकति नेटिभ अमेरिकन र युरोपियन सामी, इन्युइट र अबोरिजनको इतिहासलाई खनीखोस्री गरेर हेरौं भने पनि झनै स्पष्ट हुन्छ कि भन्ने लाग्छ ।

यर्सथ जुनसुकै वाद र विचार किन नहोस् ! खाँटी कोइँच साहित्य हुनाको लागि कोइँच चिनारीका सर्न्दर्भलाई केन्द्रमा राखेर सबैखाले उत्पीडनबाट मुक्त राख्न सहयोग गर्ने वा नयाँ अभियान वा आन्दोलन वा क्रान्तिको उद्घोष गरिएको हुनर्ुपर्दछ । न खस-बाहुन/भारतीयहरुको हिन्दू सौर्न्दर्यशास्त्र वा युरोपियन गोराको क्रिश्चियन सौर्न्दर्यशास्त्रमा बसेर कोइँच भाषामा लेखिएको सिर्जन नै कोइँच साहित्य हो न त कोइँचका भूमि, भाषा, धर्म, कला-संस्कृति, परम्परागत साहित्य र सामाजिक-न्यायिक जनजीवनलाई अध्ययन नै नगरी खस-अंग्रेजी वा अन्य भाषामा लेखिएको सतही सिर्जना ।

काःत ६, चुपलु ।

Share

One Comment to कस्तो साहित्यलाई चाहि कोइँच साहित्य भन्ने ?

  1. ingi bukulu says:

    “हिजोसम्म हिन्दू सौर्न्दर्यशास्त्रमा आफुलाई कंसाकारले काँसालाई साँचोमा राखेर भाँडाको रुपमा ढाले जस्तै ढालेर हेर्‍यौं तर खाँटी काँसाको भाँडा बन्न सकिएन । अहिले एक थरी कोइँच तीव्ररुपमार् इशामसिहको सौर्न्दर्यशास्त्रमा आफुलाई खुब सिँगारपटार गर्दै हुनुहुन्छ । यी दुवै कार्य कोइँच भाषा, धर्म, कला-संस्कृति र साहित्यको र्सार्वजानिक बलात्कार वाहेक अर्को उपलब्धि हुँदै होइन ।”कोइँचबु काःतिच अान एकेा बेलेसिमि मेकेा थलि थेएशा गाअब अान लुङगिरमि चुमि थेासपा चासचासि थेाअगामाइ, गेाचि सापपा अँ बुजिपति । मिनु का निशि लेा येा तेमतेम दाअति । केाँइच यि कलि खेरानिमरा पायब केङगर,शुरूपाला नमे दापशा गेा काँइच समिबु मेाथला हिरशाङना जेालला दुमबा । केाँइच यि गागाले रेन । केाँइच मुलकेम, लेा, रिदुमपाखिम,रेससिबेलेसि कलि खेरानिमरा पायब मुरपुकि खुँइशि गयारशा ने गरगर पेाअशेा येा ताँसाव । लेा मेाशेाला ममे केाँइच मुलकेम जेाब तुयुबा गेाला नकि देब मुरूपिकिमियेा केाँइच मुलकेम, लेा ,रिदुमपाखिम,रेससिबेलेसि कलि गिउगयाउ हिरशा कयाशेा तायसावा । मेापतिके काःतिच मुखे अेाँथ गे येा बेलेस चिनु शाँयसेल ।जेमलाबरि थुँ, चेरेदुम ।

    थरि कायाबा
    साउदि अरबङा
    हेापेाथलि,रियादले

Leave a Reply

Your email address will not be published.