कविता वाचन तथा छोटा फिल्म देखाइयो ।

सुनुवार डट ओआरजि समाचारदाता
११ चैत्र, यालाखोम । चुप्लु समाज (कोइँच चुप्लु), सुनुवार डट ओआरजि, दुरदा डट कम, सुनुवार विद्यार्थी समाज, संस्कृति तथा अनुसन्धान विभाग, सुनुवार सेवा समाजले आयोजना गरेको कोइँच पहिचानको लागि भाषा, कला, साहित्य, मनोरञ्जन र सञ्चार मूल नारा सहित कविता वाचन तथा छोटा फिल्म देखाइयो । नयाँ देवताको पर््रार्थना शिर्षको अरुणाचलको मिजि जातिको फिल्म देखाइयो जसमा सुनुवार सेवा समाजका अध्यक्ष मनप्रसाद सुनुवारले टिप्पणी गर्नु भयो भने कतारबाट राजु सुनुवारको गजल, भानु सुनुवारको मृगतृष्ण कविता, नेपालबाट तिलक सुनुवारका गजल, सांखु बुजिचको ब्लोइँसि र विज्ञापन कविता, राकेश सुनुवारले सिन्धुली कविता, प्रेमकुमार सुनुवारका गिश दारशो आँ प्लेतति, इन्द्रसेन सुनुवारको गजल प्रस्तुत गर्नु भएको थियो ।

Share

Leave a Reply

Your email address will not be published. Required fields are marked *