कमलाखोँज तथा सुनकोशी वरपर छरिएर बसेका (दशथरे) सुनुवारहरु

-क्याःब चेरेहाम-सो (सूर्यप्रकाश सुनुवार)
हुन त कोइँच (सुनुवार) हरु एक हौं वा हुनर्ुपर्छ भनिन्छ । हो एक हुनु अहिलेको आवश्यकता हो तर एक हुने नाममा आफ्नो पहिचान नै नाश गर्न खोजियो भने एक हुनुको कुनै अर्थ हुँदैन । यहाँ एक सुनुवारको नारा दिएर २२ भइया भन्ने अग्रज भनौदा लोँठहरु पनि हामी माझ छन् । शायद त्यस्ता लोँठहरुका लागि हाम्रा पूर्खा मूर्खा लाग्न सक्ला । तर यथार्थ त के हो भने स्थलगत अध्ययन गरे पछि हामी कोइँचहरु वीच दासथारे र बाराथारे कोइँच वीच केही भिन्नता देखियो । यो भिन्नता हाम्रो लागि पहिचानको विषय हुनु पर्छ । बाराथारे कोइँचको विषयमा त धेरै अध्ययन भएको छ । मै हुँ , जान्ने बुझने मै हुँ भन्ने कोइँचहरु अहिलेसम्म बाराथरे नै छन् । तर दासथारे कोइँचको बारेमा खासै कसैले केही लेखेको पाउँदैनौ । यिनै दासथारे कोइँचहरुको वारेमा केही तथ्यको यहाँ चर्चा गरौं :
दशथरे सुनुवारहरुको भाषा : सुनुवारहरुमा विविध उपजातहरु पाइन्छन र भाषामा पनि केही भेद पाइन्छन । विशेष गरी सुनुवारहरुमा बाह्रथरे सुनुवार, दशथरे सुनुवार, जिरेल सुनुवार र सुरेल सुनुवार भनी आएको भएपनि अहिले जिरेल र सुरेल बेग्लै जातिको रुपमा स्थापित भइसकेका छन र हाल बाह्रथरे र दशथरेले मात्र आफुलाई -कोइँच) सुनुवार भन्दछन । जसमा बाह्रथरे कोइँचहरुले मात्र आफ्नो मातृभाषा बोल्ने गर्दछन, दशथरे -कोइँच) सुनुवारहरुमा भाषा र सँस्कार प्रायः लोप भइसकेको छ तथापि अझै पनि मातृभाषाको लवजले दशथरे सुनुवारहरुलाई छोड्न सकेको छैन । दशथरे सुनुवारहरुमा मातृभाषा निमिट्यान्नै भइसके पनि यसका अवशेषहरु भने कतै कतै पाइयो । अझै पनि केही व्यक्तिहरुले एक/दुइ शब्द प्रयोग गर्दछन तर कुन शब्द खसान्त भाषा र कुन शब्द मातृभाषा भनी ठम्याउन भने सक्दैनन । यद्यपि उनीहरुको भाषा कोइँच सुनुवार भाषा भए पनि बाह्रथरे कोइँचहरुकोेे भाषा भन्दा केही पृथक थियो भन्न सकिन्छ ।

दशथरे सुनुवारले छिटफुट बोल्ने गरेको भाषा :
दशथरे    बाह्रथरे  खस

जारा    खामे    भात
खाइ    खाइ    तिहुन
मिरचान     दुअ्च    खर्ुसानी
मे    मिः    आगो
पाकु/कुइ    बÞाकु    पानी
शिङ    शिः    दाउरा
टुङ्गा    शाँःम    जाँड
गालि/ङोक्तान    शेरेकु/आराकु    रक्सी
टुने    तुःचा    पिउनु
जुने    जाचा    खानु
आजुने    माजाचा    नखानु
जुनि    जाइ    खाउँ
फिनि    पितो    ल्याउ
लेसा     बा    छ
माले    माबा    छैन
बुच्पा    जोइ    बाघ
चेलाङ    चापो    सुंगुरको पाठा
खोरे     खोरे    बटुको/डबका
शिमाङ    हिङारो    पोङ
लापटे    सफा    पात
गेउँ    बुलसु    मृत आत्मा
बगे    बगे    बजै/हजुर मा
वासन    गिँःजा/गिँःजो    न्वागी
वासन    पिदार    पिदार
हाचा लोचा –    दोथ लाचा –    कता जाने –
हाचालोचा हाचालोचा –     दोतथामे दोतथामे –     कता हो कता –
ससुराली जाउ त पल्कै पमिता …………..     ससुराली गएर पल्किने भयो ।
(भद्रकुमारी ओङदा-थोत्री, एकलबहादुर दलमुखी, भक्तबहादुर दलमुखी, बुदुमा दलमुखी-केमुना, ७५वषर्ीय बृद्ध भैरबबहादुर ओङदा-ओख्रेनी र नाम बताउन नचाहने दुइ बृद्धाबाट संकलित शब्दहरु)

दशथरे सुनुवारका थरहरु :
१. ओङदा -ओर ओङदा र पर्ुर्वेली ओङदा), २. कालाङ -काउनीफुचे र खारपाङचो), ३. हेताम – बोवोला र …- ), ४. कारसिङ, ५. कालीकाते, ६. लोर/लोरुङ, ७. गाउडेलि, ८. जाञ्चा, ९. लोपा, १०. सोङना -दलमुखी, बगाले, भालोचन, भासकार), ११. जिमलुङ, १२. लाराम –यो थर पछिल्लो पटक महादेव डाँडाको बासघारी भन्ने ठाउँमा भटियो । उदयपुर र सिन्धुलि गरी जम्मा आठ घर लाराम थरका सुनुवार भएको थाहा हुन आएको छ ।)

थर उत्पत्ति सम्बन्धि मिथकहरु :
१. ओर ओङदा : ओत रुघेर बस्ने भाइको खलक । पर्ुर्वेली ओङदा : पर्ुवजाने भाइमो खलक ।
२. काउनी फुचो कालाङ : कागुनीको पिण्ड चलाउने कालाङ ।
३. भालोचन सोङना : आफ्नै भाउजु भगाएपछि भालोचन सोङना भएको ।
४. भासकार सोङना : आफ्नै बुहारी भगाएर भासिएकोले भासकार सोङना  भएको ।
५. बगाले सोङना : धेरै बगाल नै छोराछोरी पाएकोले बगाले सोङना भएको ।

इतिहास :
दलमुखी सोङनाहरुको पुख्र्यौली थलो सुनकोशीको घ्याम्पे गडÞौरे हो जहाँ सुनकोशीको कुलो लाग्दथ्यो । घ्याम्पे गडÞौरेमा किसुनदेउ र विसुनदेउ नाम भएका दाजुभाइ राजा थिए । उनीहरुको घरमा ठुला ठुला घोडा तबेलामा बाँधिएको हुन्थ्यो । घरको कुनामा तामाको मुना पलाएको हुन्थ्यो । जहाँ उनीहरुले भाले र सुंगुर बली चढाइ पुजा गर्दथे ।  उनीहरु निकै धनी हुदै गए । धनी हुने लालसा उनीहरुमा बढ्दै गयो र अझ धनी हुने लालसामा उनीहरुले त्यो तामाको टुसामा राँगा बली चढाए । त्यसपछि उनीहरुको त्यहाँबाट उठीवास लाग्यो । उनीहरु मध्ये एक भाइ ढोडेनीको कुपिण्डेमा आइ बसे भने दुइ भाइ कोशीपारी तरे । यसरी महादेव डाँडामा सुनुवारहरुको आगमन भयो । त्यसैले दलमुखी सोङनाहरुले कहिल्यै बलीदिनु हुदैन भन्ने मान्यता छ र बली चढाउँदैनन । आफ्नो कुललार्इृ धुप वासन मात्र गर्दछन । किसुनदेउ र विसुनदेउको पालादेखि चलाइ आएको तामाको कलश र तरवार महादेवडाँडा-९, केमुनाका भक्त बहादुर दलमुखीको घरमा सुरक्षित छन भने एउटा डोली उदयपुर निवासी भरत दलमुखीसंग भएको व्यहोरा दलमुखीहरुको छ । किसुनदेउ र विसुनदेउसंग भएको लालमोहर/ताम्रपत्र -जसलाई उनीहरु चिडियामर भन्दछन) भने घर जलेर नष्ट भएको बताए । दलमुखी सोङनाहरुमा राजदल, सिँहदल र भीमदल भनी फिटे छुट्याउने चलन छ । उनीहरुका अनुसार राजा पट्टकिो राजदल र सेनापट्टकिालाई सिँहदल भन्ने चलन छ । अन्य कोइँचहरुले दलमुखी सोङना भने पनि दलमुखीहरु भने आफुलाई सोङना नभनी मात्र “दलमुखी” भन्न रुचाउँछन र दलमुखीहरु राँगा खादैनन ।
टाँडी-मरघट्टी बस्ने पदम बहादुर दलमुखी सुनुवारका अनुसार उनीहरु सिँहदलका खलक हुन । राजदलका खलक सिलाङमा लाहुरे छन भने भीमदलका खलक रामपुर, थानागाउँ र सुङनामबेंसीमा छन ।

दशथरे (कोइँच) सुनुवारहरुको भनाइ अनुसार उनीहरु लिकु सुङनामबाट आएका हुन । उनीहरुको किपट रामेछापको बालाजोर, सुनकोशीको तीर देखि कमला उत्तर दशथरे सुनुवारहरुको किपट थियो भन्दछन । पदम ब. सुनुवारका अनुसार दशथरे सुनुवारहरुको किपट क्षेत्र निम्न अनुसार छ :
गाउदेÞलि – दाइजोर, हेताम – रामेछाप, दलमुखी – सुङनाम -किसुनदेउ विसुनदेउ सुङनामबाट बलाजोर आइ बसेको र पछि घ्याम्पे गडÞौरे आएका हुन । ), जाञ्चा – बलखु

महादेव डाँडा : ठाउँको नामहरु
ओख्रेनी – ओखरको रुख फाँडी बसेको ठाउँ
आर्खौले – आर्खौलोको रुख फाँडी बसेको ठाउँ
केमुना –  केमुनाको रुख भएको ठाउँ
कोलबोट – उखु पेल्ने कोल भएको ठाउँ
आरुबोटे – आरुको बोट धेरै भएको ठाउँ
ढोडेनी – –
कुपिण्डे -कुपिण्डोको खेती गरेको ठाउँ
-दशथरे सुनुवारहरुमा यी विभिन्न ठाउँहरुसम्म आइ बसोवास गर्दा मातृभाषा विर्सिसकेको यी ठाउँहरुको नामाकरण गरेकोबाट अनुमान गर्न सकिन्छ ।

कोइँच (सुनुवार)हरुको उत्पत्ति सम्बन्धि दशथरे र बाह्रथरे कोइँचहरुमा विद्यमान -सन्था) उक्तिहरु :
१. बाह्रथरे सुनुवारहरुको भनाइ अनुसार कोइँच पर्ुखाका तीन श्रीमतीहरु थिए । कोइँचाम (सुनुवारनि) पट्टकिा छोराहरु बाह्रभाइ थिए र मगरनी पट्टकिा छोराहरु दशभाइ थिए । सुनुवारनि पट्टकिा बाह्रभाइहरु कालान्तरमा बाह्रथरे कोइँच -सुनुवार) भए भने मगरसेनि पट्टकिा दशभाइहरु कालान्तरमा दशथरे सुनुवार भए भने समिन (शर्ेर्पेनि) पट्टकिा भाइहरु जिरी -जिक रिअ्तेक) मा बसे र कालान्तरमा जिरेल भए ।
२. दशथरे कोइँच -सुनुवार)हरुको भनाइ अनुसार दुइ श्रीमती मध्ये तामाङनि पट्टकिा बाह्रभाइ थिए र सुनुवारनि पट्टकिा दश भाइ थिए । कालान्तरमा तामाङनि पट्टकिा बाह्रभाइहरु बाह्रथरे सुनुवार भए भने सुनुवारनि पट्टकिा दशभाइहरु दशथरे सुनुवार भए ।
३. साहित्यकार, अधिवक्ता अतित मुखियाका अनुसार एक जना ओङदे -वोङदे)थरका सुनुवारको दुइ श्रीमतीहरु -ब्याइते सुनुवारनि र ल्याइते मगरनि) थिए । ल्याइते पट्टकिा दशभाइ छोराहरु छुट्टएिर दशथरे कोइँच -सुनुवार) भएका हुन ।
४. उहिले कोइँच -सुनुवार)हरु कुत्तिबाट नुन बोकी फर्किदा हालको दोलखा जिल्लाको जिरी उपत्यकामा पुगेपछि अध्याँरो भएछ अर्थात रात परेछ । अँध्यारो हुनुलाई कोइँच भाषामा “जिक रिअ्चा” हुन्छ । जिरी पुगेपछि अँध्यारो भएको हुदा त्यस ठाउँलाई कोइँचहरुले जिअ् रिअ्तेक भन्न थाले र कालान्तरमा त्यो ठाउँको नाउँ अपभ्रंश भइ जिरी हुन गयो । त्यो क्षेत्र कोइँचहरुको किपट क्षेत्र थियो । जिरी र त्यस आसपासको क्षेत्रमा कोइँचहरु शिकार खेल्ने गर्दथे ।  त्यसै क्रममा एक जना कोइँच शिकार खेल्दै जाँदा चेरदुङमा चौरी गोठमा बस्ने समिन -शर्ेर्पेनि) सित प्रेमालाप भइ गोठमै बसे र उनीहरुको सर्ंर्सगबाट शर्ेर्पेनि गर्भवती भइन । यसरी शर्ेर्पेनिको कोखबाट छोरा जन्मियो । त्यसरी जन्मिएको छोरालाई अंश दिनु पर्ने भयो र त्यो कोइँचले जिअ्रिअ्तेक जिरीमा अंश दिइ राखे । यसरी समिन -शर्ेर्पेनि) तिरका सन्तान बढ्दै गए र कालान्तरमा जिरीमा बस्ने भएकाले जिरेल भए ।
५.हालको कुँबु कस्तेलमा दुरबिचहरुको बसोबास थियो । एक दुरबिचका अठार भाइ छोराहरु थिए । तिनीहरुको नाम क्रमशः जेठाको देउबीर माइलाको गजबीर साइलाको गजधर काइलाको गजेन्द्र गर्दै … कान्छाको सरुढेप थियो । आफ्ना सन्तानहरु त्यस ठाउँमा नअट्ने अड्कल काटी बुढाले  भनेछन- “एको थेममि रुः मागाबबा, गोइपुकि उडिÞङ लाइबा उडिÞङ लाने, ठिडिÞङ लाइबा ठिडिÞङ लाने” अर्थात अब यस ठाउँमा गरी खान जमिन पुग्दैन, उत्तर जाने उत्तर जाउ, दक्षिण जाने दक्षिण जाउ, पर्ुव, पश्चिम जता गरी खाने थाँत छ त्यतै जाऊ । त्यसपछि ती अठार भाइहरु आ-आफ्नो बाटो लागेछन । जेठा देउबीर जिम्जा पुँः माइला गजबीर खिँःचि, साइला राजधर थामथुम काइला गजेन्द्र ताप्लेजुङ, अन्तरे सोल्पा, जन्तरे -सुरखार-विकट/दर्ुगम ठाउँ) सुरीखारी, मन्तरे पिङगितखोप, … कान्छा सरुढेप कस्तेलमै बसे । यसरी जन्तरेका खलक सुरीखारीमा गइ बसे र कालान्तरमा सुरेल भए । (श्रोत : ध्रुवराज दुरबिच खिँःचि तानवा ।)
यसरी आदिवासी कोइँच (सुनुवार) को उत्पत्ति सम्बन्धि कोइँच -सुनुवार) समुदायहरुमा आ-आफ्नै किसिमका उक्तिहरु विद्यमान रहेको पाइन्छ ।

(क्याःब चेरेहाम-सो -सूर्यप्रकाश), कोइँच भाषाको पहिलो गजलकार हुन् । गो का आँ गिच्चा उनको कोइँच भाषामा एक गजल सङ्ग्रह र कालिमामा चुइचिमा कथा सङ्ग्रह प्रकाशित छ । उनी कोइँच भाषाका उदयीमान युवा प्रतिभा हुन् । आदिवासी विद्यार्थी समाजका केन्द्रीय सचिव समेत रहेका उनी कोइँच भाषाका शिक्षक हुन् । चोमोलुङ्मा सामुदायिक विद्यालय छिनमखु भोजपुरमा प्राध्यपन पेशाको अनुभव सम्हालेका उनी अहिले त्रिभुवान विश्वविद्यालय सिनासअर्न्तर्गत एक जाति चिनारी अनुसन्धानका लागि अध्ययन अनुसन्धानकर्ताको रुपमा हाल काम गरिरहनु भएको छ । यसै क्रममा ओखलढुङ्गा, रामेछाप र सिन्धुुलीका कोइँच गाउँ घरमा पुगेर कोइँचको वारेमा स्थलगत अध्ययन पुरा गर्नु भएको छ । अहिले उक्त अध्ययनको प्रशोधन क्रममा उहाँ हुनु हुन्छ ।)

Share

Leave a Reply

Your email address will not be published.