अखिर को थिए जेलर सुनुवार? जाे शहिद शुक्रराजसँगै चर्चामा आउँछन्

–कोइँचबु काःतिच
“त्यतिखेर प्रजापरिषद्का सदस्य हरिकृष्ण श्रेष्ठलगायतका बन्दीहरू भद्रगोल जेलमा थुनिएका थिए । उनीहरूलाई जेलर सुनुवार कप्तानले माघ ९ गते बिहानै टेकु पचलीतिर हेर्न भने। ‘हेर्दा त शुक्रराजको सेतो कपडाले छोपिएको लास यताउता हावामा हल्लिरहेको थियो’, हरिकृष्ण श्रेष्ठ भन्छन्– ‘त्यस बेला जेलर सुनुवार कप्तानले शुक्रराज झुन्ड्याएको दृश्य हेर्न लगाउँदै, हेर तेरो साथीको गति हेर, शुक्रराजको गति हेरिस, कस्तो हुँदोरहेछ? भने ।”
“नुहाएर गीता पाठ गरी पचली चौबाटोको रूखको हाँगामा झुन्ड्याइएको डोरी शुक्रराजले समातेका मात्रै के थिए, त्यही समयमा अलि परबाट पेट्रोम्याक्स बालेर पच्चीस जनाजति व्यक्तिहरू आइरहेको देखेर नर शमशेर, हरि शमशेर, रङ्गविक्रम, जेलर खड्गबहादुर सुनुवारसहित सबै सिपाहीहरू भागे। उनीहरूले पेट्रोम्याक्स बालेर आउनेहरूलाई विद्रोही ठानेका थिए। तर तिनीहरु भोज खाएर फर्किएकाहरू भएको थाहा पाएपछि भागेका राणा भारदारहरू फेरि फर्केर आए । फर्केर आउँदा शुक्रराज पहिलेको अवस्थामा त्यहीँ उभिइरहेका थिए ।”

अहिले शहिद सप्ताह मनाइँदैछ । अहिले शहिदहरु थुप्रै भएपनि शहिद भन्ने बित्तिकै धेरैलाई याद आउने नाम चाहिँ उही दशरथ चन्द, गंगालाल श्रेष्ठ, धर्मभक्त माथेमा र शुक्रराज शास्त्री नै हुन् । राणा शासनको अन्त्य गर्न शहिद हुने चार जना मध्ये सबैभन्दा कान्छा गंगालाल श्रेष्ठ, रामेछाप भँगेरीका थिए । भँगेरी नजिकै छ रामपुर वसन्तपुर सुनुवार गाउँ । र, धेरै कोइँच सुनुवारलाई थाहा नहुन सक्छ तर राणा शासनको विरुद्ध राजद्रोह अभियोगमा प्रजा परिषदका नेता कार्यकर्ता थुनिएका केन्द्रीय सदर जेलखानाका जेलर पनि रामेछाप रामपुरकै तत्कालीन कप्तान काःतिच खड्गबहादुर सुनुवार थिए । १९९७ साल माघ ज्१० गते राती शुक्रराज जाेशीले आफैंले घाँटीमा डाेरी लगाएर फाँसी दिए ।

रामेछाप रामपुरको वसन्तपुरमा जन्मेका सुनुवार पछि २०१२ सालमा ६२ वर्षकाे उमेरमा मकवनपुर चिसापानीगढीकाे कोइँच समुदायका एक मात्रै बडाहाकिम बने र तीनवर्षसम्म सफलतापुर्वक कार्यकाल पुरा गरे । २०१७ सालमा सुकुम्बासी व्यवस्थापनका सदस्य हुँदा हेल्टुँडा, विरगञ्जमा धेरै सुकुम्वासीहरुलाई जग्गा जमिन उपलब्ध गराए । तर पछि आफ्नै समुहमा कुरा नमिले पछि राजीनामा दिए । उहाँकाे ससुराली भने सिन्धुलीकाे बस्तीपुर थियाे । उहाँकाे जेठनकाे नाम पनि जिजिच खड्गबहादुर सुनुवार नै थियाे । उहाँ भने २००७ साल पछी लेफ्टिनेन्ट कर्णाल (प्रमुख सेनानी) पदबाट अवकास हुनुभयो । उहाँ प्रजातान्त्रीक धारकाे भएकाे हुँदा सम्भवता प्रजा परिषदकाे १३ दिने रक्षामन्त्री हुनु भएकाे थियाे ।

राणाकालमा कहलिएको चिर परिचित उपनाम “सुनुवार कप्तान” अर्थात काःतिच खड्ग बहादुर सुनुवार बसन्तपुर गाउँको मुखियाकाे सन्तान हुनुहुन्थ्याे । उहाँकाे स्मरणीय कामहरु सैनिक सेवामा २ पटक कप्तान (सहसेनानी) बन्नु भएकाे थियाे । २००६ साल जेष्ठ १३ गते उमेरको हद ५५ बर्षले ३० बर्षको नोकरी पुरा गरेर पनि नेपाली कांग्रेस्सको सशस्त्र क्रान्तिले पहाड, मधेस र पश्चिमका सबैजसो जिल्लाहरुमा अतिक्रमण भैसके पछि (धेरै जसोले सरेंडर गरेकाले) पुर्बतर्फबाट आएको सशस्त्र कांग्रेसी फौजलाई नियन्त्रणमा लिने मिसनमा साबिककै पद कप्तानमा पुन नियुक्ति गरेर  पुर्बतर्फको कमान्डर बनाएर पुर्ब २ नं को जिल्ला कभर गर्दै जाँदा दिल्लीमा राणा, कांग्रेस र दिल्ली सरकार बीच त्रिपक्षीय शान्ति सम्झौता भएकोले मिसन ब्याक भएकाे थियो । पुर्ब मेची जिल्लासम्मको दौडाहा टोलीकाे सक्रिय नेतृत्व गर्नु भएकाे हुँदा त्यतिबेलादेखि नै पुर्वमा सुनुवार थरी कारवारि बनाइ सुनुवार वस्तीकाे विस्तार गरेका थिए । दासदासी मुक्तिका लागि सक्रिय भूमिका निर्बाह गर्नुभएकाे थियाे । गोदावरी चुन कारखाना, इलाम चिया बगान, र घरकाज अड्डाको हाकिम भै काम गर्नुभएकाे थियाे । र काभ्रेपलान्चोक जिल्लाका भयानक डाकाहरुको सफाइ गर्ने व्यक्ति  पनि उहाँ नै हुनुहुन्थ्याे । अझै पनि उहिले राेशीकाे बाटाे हिँठ्दा लैना कि दुन भनेर मान्छे लुटिने गरेकाे कथा सुन्नमा पाइन्छ । त्यतिबेला पुर्वकाे मुख्य नाका अहिलेकाे बिपि राजमार्गकै बाटाे थियाे । र त्यहाँ चाेर डाकाले बाटाे हिड्ने लुटिने र मारिने हुन्थ्याे । शायद उहाँकाे घरबाट नेपाल आउँदाकाे बाटाे परेकाे र आफु र गाउँले दाजुभाइले भाेगेकाे दुःखलाइ मध्यनजर गरी डाका सफाइलाई पहिलाे प्रथामिकता दिनु भएकाे हुनसक्छ ।

शहीद दिवस मनाउने क्रममा शुक्रराज शास्त्रीको नाम नलिइ सुख छैन र उनको नाम लिँदा उनीसँगै जेलर सुनुवारको नाम पनि सम्झना गरिन्छ । सुनुवारहरुले विर्सीएकाे एक काेइँच अग्रजलाई हामी पनि स्मरण गर्ने हाे कि । उहाँकाे व्यक्तित्वका वारेमा पुर्व प्रम टङ्कप्रसाद आचार्यसमेत नडराउने हक्की सुनुवार कप्तान भनेर प्रशंसा गर्नु हुन्थ्याे रे । कारण राणाले उहाँ र उहाँकाे काकाकाे घरबास उठाउँदा पनि उहाँले म जिम्मेवार भएँ भनेर जाेगाइदिनुभएकाे थियाे रे ।

सन्दर्भ स्राेत तथा सुचकः

नाति गाेपालबहादुर सुनुवार

अधिकारी शिवहरि हाम्रा शहिदहरुकाे स्मरण

गाेरखापत्र शनिवारीय परिशिष्टाङ्क ।

Share

Leave a Reply

Your email address will not be published.