कथित सौरभचेतका उदारवादी आदिवासी र बाहुनबादको बछिटाहरु

कोइँचबु काःतिच
सौरभ उर्फ पुतलीसडकका दिनेश सत्याल, केही समयदेखि आदिवासीको बारेमा दिग्भ्रमित कुरा लेखेका लेख्यै छन् । तर कम भयो भै+m लाग्छ बाहुनबादी कोइँच -सुनुवार) लगायत बाहुनबादी आदिवासी जनजाति भनौदाहरुलाई । गएको आषाढ ३० गते पनि एउटा लेख आयो कान्तिपुर विविध पृष्ठमा -यस पृष्ठलाई खान्की पृष्ठ पनि भन्ने गरिन्छ पत्रकारिता प्रकाशन प्रशासानिक क्षेत्रमा । किनकि कसैलाई खुशी पार्न वा पाल्न छुर्टाईएको पृष्ठ मानिन्छ ।)
उक्त समाचारपत्रमा लेखिएको कुराले घुमाइफिर्राई आफ्नै कुरा माथि वा खस-बाहुनहरु ठूला र जान्ने भन्ने तर्कलाई प्रमाणित गरियो । तर धेरै कोइँच -सुनुवार) तथा आदिवासी जनजातिहरुको मुखबाट अहा, खसहरुलाई गजबले लेखेछ नि है भन्ने सुनियो । हो, यस्तै कुटनैतिक कुरा वा लेखलाई नबुझदा हिन्दुकरण, संस्कृतकरणमा परेका छन् हाम्रा आदिवासी जनजातिहरु । थाहा नपाएर यसो हुनुलाई माफी दिन सकिएला तर थाहा पाई पाई सीमित र्स्वर्थको लागि झोले-नाम्ले, ढोका पाले बन्ने लहै लहैमा बाहुनवादीको प्रवक्ता भएका छन् कोइँच तथा आदिवासी जनजाति नेता, समाजसेवी र सिर्जनाधर्मीहरु । जागिरेहरु त बलीका बोका नै भए । नुनको सोझो गर्नै पर्‍यो ।
सोचनीय विषय चाहिँ के हो भने एउटा व्यक्ति बाहुनवादी बन्नु, एउटा व्यक्ति हिन्दु हुनु, अर्को क्रिस्चियन बन्नु, अनि अर्को बौद्धधर्माबलम्बी हुनु स्वभाविक मान्न सकिन्छ । तर त्यो एउटा व्यक्तिको कारण पुरै कोइँच तथा आदिवासी जनजातिको चिनारीलाई उलटपुलट गर्न खोज्नु भने सरासर गैर-कानुनी कुरा हो । सबैले चनाखो हुने बेला भएको छ -भन्नुसम्म त हो, प्रकाश जीले भनेजस्तै अब ढाँड सेक्नु पर्ने पो हो कि )। किनभने हामी कोइँच, आदिवासी जनजातिमै सौरभभक्त बहुनबादी सुनुवार, आदिवासी जनजातिहरु छ्यास्छ्यास्ति उम्रिएका छन् ।
सौरभका भ्रमित तर्क
१. शुरुमै लेखेको छ उसले काशी गोत्र र ल्हासा गोत्रमा र्राई लिम्बु लगायत अनेक जातजातिहरुले आफुलाई विभाजन गरेका छन् र काशी भनेको चिनीहरुले कासगरलाई गरिने सम्बोधन हो । हो, काशी काजिस्कीस्तान र ताजकिस्तानको सीमामा पर्ने सिङजियाङ उइगुर स्वायत्त क्षेत्रको एक शहर हो । तर किरातीमा गोत्र भन्ने शब्द नै हुँदैन वा गोत्र परम्परा नै छैन त कसरी ल्हासा र काश्य गोत्र जन्म्यो – बढो अचम्म, तर्क पनि । गोत्र भन्ने शब्द नै संस्कृत शब्द हो । कोइँच -सुनुवार) मा त मुइलि, मुइग्यो, जेँ, फिते चाहिँ हुन्छ । र्राईहरुमा सामा, पाछा हुन्छ । गोत्र भन्ने थाहा छैन । छ, छनालाई, २००४ सालमा खिँचिका बिक्रम बहादुर सुनुवारले लेखेको वंशवलीमा कोइँच -सुनुवार) को हकमा । त्यो सबै शासकीय खस-बाहुनको जाल थियो वा त्यस्तो वंशवली लेख्ने क्षमता भएका भए अन्य अनुसन्धानात्मक अन्य लेख वा पुस्तक हुने थियो सरदार विक्रमका अरु पनि । यो वंशवली हिन्दू बन्न बनाउन बाध्ये पारिएको प्रमाण हो । उनी मात्र प्रकाशक बनेको हुन भन्ने थाहा हुन्छ । रागिन सालबुका टिकाराम सुनुवार -२०१०) ले त्यसैलाई सवाईमा ढालेका छन् र चावहिल -हाल वडा कार्यालय ७ को विपरीत दिशामा रहेका भग्न जोसमनी कुटीको महन्तको साहरामा हिजोअस्तिको समासुद्धिनको कथासँग सुनुवारको वंशवलीलाई मिसाउने चेष्ट गरेका छन् भने प्लेततिका लुँखिच रामबहादुर सुनुवार -२०१३) ले त्यसमा महाभारतका एकलव्यको कथालाई ग्राफ्टिङ गरेर सुुनुवारको वंशवलीमा सारेका छन् । कोइँच -सुनुवार) मा विस्तारै यी वंशवलीको महत्व गौण भइसकेको छ । उनीहरु मुक्दुममा विश्वास गर्छन ।
२. तालु नै ताक्लाको रुपान्तरण हो । यसको मतलब ताक्लाखर, ताकलाकोट रुप बदलिँदै गए पछि तालु बनेको हो । बढो गोलमाल कुरा । त्यसो त कोइँचहरुले छुट्नुलाई ब्लाई भन्छौं र अंग्रेजीमा बाई । के अंग्रेजीको बाई ब्लाईको रुपान्तरण मान्ने – उनले लिम्बुले लिम्बुलाई साङे भनेको तामाङको कालज्याङ पोङको कुरा गर्दै हाल नेपालमा सूचीकृत आदिवासी जनजातिलाई अप्रवासी भएको प्रमाणित गर्न खोजेका छन् ।
३. काजी र खस शब्द क्षेत्रीहरुलाई बुझाउन नेवारहरुले प्रयोग गर्ने गर्दछन । जे जति बाहुनले बुझेका छन् अन्जानमै सटिकरुपमा नेवारले पनि बुझेका छन् । यसको मतलब नेवार महामर्ुख अज्ञानी हुन् केही नजान्ने – सबै कुरा सौरभ मार्कका बाहुनले मात्रै बुझेको हुने –
४. खास असली खस भनेको काशी गोत्र भएको राइ लिम्बु लगायत अन्य जाति हुन् भन्नु उनीहरु सिङजियाङबाट बसाइ सरेका मानिस हुन् । नेपालका आदिवासी होइनन् । उनीहरुको मूलथलो काशी शहर हो भन्न खोजिएको छ । जसले यहाँ कोही आदिवासी जनजाति छैन र आइ, एल, ओ महासन्धी नं. १६९ नेपाल सरकारले अनुमोदन गर्नु, यूएनडि्रपमा हस्ताक्षर गर्नु, आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठान ऐन – २०५८ आवश्यक छैन भन्न खोजेका हुन् ।
५.बाहिङ खम्बु र तोलचाका कुरा गरेका छन् । तर तुकरहित तर्क । बाहिङ खम्बु होइनन् र उनीहरु आफुलाई खम्बु भन्दैनन् पनि । कस्मिरी किरात भनेर उनले पुनः मनु नीतिलाई बलियो आधार बनाउँदै ऋग्वेदको साहरा लिन खोजेका छन् । तर आदिवासीको इतिहास लिखित-अलिखित दुवै हुन्छ भन्ने कुरा के थाहा ती नेपालखाल्डो भतुवा बसेका शब्दकोशीय बाहुनी ज्ञानलाई -सम्भवतः उनी बसन्त थापाको उपन्यासका पात्र जस्तो त्रिशुली र दोलालघाट कटेका छैनन्)। कसो डा. प्रमिला थापारको पुस्तक पढ्न भ्याएनन् छन् क्यार वा नेटमा त्यो पुस्तकको अंश फेला परेन क्यार ।
६. रहृयो खसले खसलाई गाली गरेको तर्क । यो काले र्राईले आदिवासी र्राई, लिम्बु र सुनुवारलाई जबर्जस्ती क्षेत्री बनाएर जनै भिराए जस्तै हो, सौरभको सतही तर्क । र्राई, लिम्बु, सुनुवार, तामाङ, गुरुङ, थकाली आपै+m खस भएर खस -बस्नेत, थापा, लामिछाने आदि इत्यादि) लाई गाली गर्छन् भनेर र्राई, लिम्बु, तामाङ, गुरुङ, कोइँच -सुनुवार) महामर्ूख सावित गरेको कुरा खोइ कति आदिवासी जनजातिले बुझे । कसो बाहुन असली नेपालका आदिवासी लेखेनन् । कुन दिन त्यस्तो लेख आउँदा अचम्म मान्नु पर्दैन ।
७. जातिवादी भनेर जुन तर्क राखेका छन् । उनी आपै+m कति जातिवादी छन् भन्ने कुराको मापन गर्ने संयन्त्र राज्यमै नभएका र आदिवासी जनजातिको हुतिहारापनले पुनः एकात्मक तानाशाही हिन्दू अतिवादी शासनको स्थापना गर्न टुपी कसेर लागेको यो गोलमाल लेखले धेरै बाहुनवादी आदिवासी जनजातिलाई मन छुन सक्ने छ ।
खाँटी कुरा
खान्की लेख अनुशान्धान होइन । व्यक्तिगत तर्क हो । त्यो तर्क भ्रमित पनि हुनसक्छ । यो प्रायोजित लेख पनि हुनसक्छ । यसको प्रमाण डा. लाल रापचाले लेखेर पठाएको पाठक प्रतिक्रिया छाप्नलाई एक सेमि कोलम ठाउँ नदिने कान्तिपुर दैनिकले सौरभ जस्ताको लेखलाई नियामित स्थान दिनु एउटा बलियो आधार हो । हुन त कतिपय बाहुनवादी आदिवासी पत्रका तथा लेखक, अनुसन्धाताका लागि यो महत्वपर्ूण्ा कुरा होइन कोइँचलाई जस्तै । गफाडी कोइँचको लागि त कुरै नगरे भयो । रापचाले लेखेको पाठक प्रतिक्रिया सौरभले भने पढेछन् । र, आफ्नो लेखमा, ‘यी लेख्दै गर्दा पङ्तिकार जान्दछ उसको इमेलमा कतै नभएको दर्ुइवटा विद्यावारिधिहरुलर्ेर् मगोलियमा घरलाई ओइरात भनिन्छ र यसै शब्दबाट किरात शब्द बनेको हो भनी लेखी पठाउनेछन्’ भनेर उल्लेख गर्न भ्याएका छन् । उता नर्ेर्वेजियन राजदुतले पनि उनलाई प्रोक्सी इमेल पठाउने कुरा उल्लेख गर्दै आफुलाई पर्ूण्ा मथिल्लो तहको मानिस वा लेखक वा पत्रकारको श्रेणी निर्माणको छन् ।
हो, धेरै कोइँच तथा अन्य आदिवासी जनजातिहरुले आफ्नो भाषा, धर्म संस्कृति उत्थान र संरक्षणको कुरा गर्दा खस-बाहुनकै कुरालाई यसरी नै सही थापेर सरकारले हाम्रो चिनारी गुमनाम गर्‍यो तथा मेट्योे भन्दा ‘कतिको जातिवादी कुरा गरेको’ भनेर आदिवासी जनजातिहरुकाटै ओँठे जवाफ पाइन्छ । राष्ट्रिय अन्तराष्ट्रिय कानुनले दिएको नैर्सर्गिक अधिकारको उपभोग गर्न खोज्दा -जुन कानूनीरुपमा सही छ) हामी जातिवादी बनिन्छ । तर वेद, मनुस्मृति, पुराण मात्र ठूला पुस्तक हुन् संविधान हो भन्दा वा खस बाहुन मात्र जान्ने बुझने नीति नियमको कुरा गर्न सक्ने आधिकारीक व्यक्ति हुन् भन्ने जातीय विभेदका लेख लेखेर, छापेर संसार फैलाउँदा उनीहरु जातिवादी हुँदैनन् । अरु त अरु हाम्रो आदिवासी जनजातिहरु उसको प्रशंसा गर्दै चरणर्स्पर्श गर्न पछि पर्दैनन् । यर्सथ सौरभ जस्ता जातिवादी खस-बाहुनले जसरी पनि शब्दकोशको शब्दार्थलाई केलाएर कानुनी प्रविधिक शब्दकै खिल्ली उडाउँदा पनि चुपचाप बस्ने कोइँच र अन्य आदिवासी जनजातिको चेतनाको स्तर बाहुनवादको बछिटाले लपक्कै भिजेको मापन सजिलै गर्न नसकियला त ! (हेर्नोस् लाल रापाचको कान्तिपुर दैनिकमा अप्रकाशित प्रतिक्रिया (हाम्रो भनौँदाहरु भने कान्तिपुरलाई पोस्ने गर्छन । शायद उनीहरुको कोही कोही हुनसक्छ ।)

किराँतहरुकै उपहास

नव यलम्बा थोचे (वर्ष) ५०७१ र किराँत पर्व श्याँदर, साकेला, चासोक र चासुवाको शुभविहानी छेको पारेर प्रकाशित ‘नभएको किरातकाल’ (२५ मंसिर) लेखले ओल्लोदेखि पल्लो किराँतसम्मका प्राचीनलाई मात्र नभएर अर्वाचीन चार किराँत (अरु थपिने सम्भावना) जाति र सत्ताइस किराँती भाषीहरुलाई उपहासको पात्र नै बनाएको छ ।
यस अखबारी लेखसहित सौरभका कतिपय लेखहरुमा बौद्धिक बहुलट्टीपन झल्कन्छ । त्यसो नहुँदो हो त लेखकले आजको जातीय, भाषिक र साँस्कृतिक अस्तित्वलाई कुल्चेर “असत्यमेव जयते” को पक्षमा उभिने थिएनन् । उनले आपूmलाई इटिमोलोजी (शब्दव्युत्पत्तिशास्त्र)को बेत्ता देखाउन सत्य स्वरुप मिश्र (‘दि इन्डो–आर्यन प्रोब्लमः अ लिङगुइस्टिक अप्रोच’, १९९२) ले जस्तै कोशिश गरेको भए पनि किराँत÷किरात शब्दको व्युत्पत्ति ओइरातबाट भएको हो भनी किटान गर्न सकेनन् । हुणबाट हंगेरीको विकास भन्दा पनि म्यागारको मौलिकता खोजिनु उचित हुन्छ । फेरि म्यागार नै मगरको मूल हो भन्ने वौद्धिकवर्ग पनि छन् । इटिमोलोजीको कुरो कोट्टयाउँदा ऐतिहासिक भाषाविज्ञानको अध्ययन विधि चान्स रिजेम्ब्लेन्सलाई लेखकले जानाजानी २९ पुस्ता किराँती राजाहरुलाई रोमनेली र ग्रीकेली राजाहरुको बोरामा खँर्दानु वौद्धिक न्याय हुँदै होइन ।
सेतो–छाला लेखकहरुको विरोध मात्रै हो भने आर्य शब्द पनि सेतो छालाले नै लेखी दिएका हुन् भन्ने तथ्यप्रति आँखा चिम्लनु हुँदैन । किनभने उनीहरुले मात्र नभएर इतिहास र समाजमानवशास्त्रका अनुसन्धाताहरुमध्येका प्राध्यापक डोर विष्टले आप्mनो अनुसन्धान (‘द प्रोसेस अव् नेपालाइजेसन’, १९८२) मा किराँतकाललाई ईशा पूर्व ६ सय वर्ष (ईशापश्चात् होइन) भन्दामाथि नै किटान गरेका छन् । यति हुँदा हुँदै पनि लेखकले आधुनिक चार किराँत र सत्ताइस किराँती भाषाहरुको उपहास गर्नु भनेको भालुको रिस खनियोमाथि पोख्नु सरह नै हो ।

– डा.लाल–श्याँकारेलु रापचा
कटुन्जे–२, कोँइचवान, ओल्लो किराँत, पूर्वी नेपाल

बुधबार, २९ मंसिर, २०६७ (Wednesday, December 15, 2010)

Share

One Comment to कथित सौरभचेतका उदारवादी आदिवासी र बाहुनबादको बछिटाहरु

  1. सन्दिप कुमार जङ्ग सापकोटा says:

    तेतिको बाहुन देखि हिन्दु देखि नेपाली भाषा सङ्गै रिस उठ्ने महामहिम बिद्वानले किरात भाषामै लेखेर किरात भाषामै बोलेर जागरण ल्याउने हिम्मत गरून् । ईतिहासले सराहना गर्ने छ । जातिय सङकिर्णता भएकै कारण कुनै प्रतिभाषालि लेखमाथि उछितो काढ्नु कदाचित बिद्ववता हुन्न ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *