कति छ गोर्मालिमा पोषण तत्व : पहिलो पटक कोइँच खानाको गुणस्तर निर्धारण

–कोइँचबु काःतिच ।
काठमाडौं । खाद्य प्रविधि तथा गुण नियन्त्रणले पहिलो पटक कोइँच खाना गोर्मालिको गुणास्तर निर्धारण गरेको छ । सुनुवार सेवा समाजले खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागबाट गोर्मालिको गुणस्तर निर्धारण गराएको हो । कोइँच युवाहरु दिनदिनै विदेश पलायन भई रहेका छन् । र, नेपाल फर्केपछि उनीहरु के गर्ने भनेर अन्यौलमा रहेको पाएपछि सुनुवार सेवा समाजले “पहिचानसहितको आर्यआर्जन : युवाहरुको उद्यमशील चिन्तन” अभियानलाई अगाडि सारेको छ भन्छन् महासचिव समीर मुखिया सुनुवार । युवाहरुलाई उद्यमशील बाटोमा नडो¥याए कोइँच सुनुवारहरुको भोलिका दिनमा कोइँच पहिचानको मार्ग दिग्भ्रमित हुने देखिएको ठानी सुनुवार सेवा समाजले आर्थिक गतिविधिको लागि आफ्नै सहकारी सुनुवार समाज वचत तथा ऋण सहकारी, आफ्नै सञ्चार माध्यम रेडियो लिखु स्थापना गरिसकेको छ भने अब इको कल्चरल टुरिजमको आयआर्जन अवधारणलाई अगाडि बढाएको छ, कोषाध्यक्ष शोभा सुनुवारले बताउनुभयो ।
समाज अब प्रतिस्पर्धी भएको हुँदा कोइँचका हरेक गतिविधि र प्रविधिलाई वैज्ञानिकीकरण पनि गर्नुपर्ने वाध्येता सिर्जना भएको हुँदा गोर्मालिको रसायनिक पोषण सम्मिश्रण सहितको गुण निर्धारण गरिएको छ । यसरी गुण निर्धारण गरे पछि व्यवसायी र ग्राहक दुवैलाई फाइदा पुग्ने भएको छ भन्नुहुन्छ सुनुवार सेवा समाजका अध्यक्ष रणवीर सुनुवार ।
गोर्मालिको रसायनिक सम्म्रिश्रण प्रति १०० ग्राममा
प्रोटिन : ९.८६ ग्राम ।
फ्याट : २.३६ ग्राम ।
कार्बोहाइड्रेट : ५५.७ ग्राम ।
इनर्जी : २८२.० क्यालोरी ।
मिनरल्स : १.८७ मिलिग्राम ।
क्याल्सियम : १२०.८ मिलिग्राम ।
फोस्फोरस : १३४.६८ मिलिग्राम ।

Share

Leave a Reply

Your email address will not be published. Required fields are marked *