कतारका सुनुवार सामाजिक सेवामा अग्रसर

rahadani 1nसुनुवार डट ओआरजी
दोहा, ११ अप्रिल ।
कतारस्थित नेपाली राजदूतावासले राहदानी (एमआरपी) वितरण गर्ने कार्यमा सुनुवार सेवा समाज कतार शाखाले स्वयंसेवकका रुपमा सहयोग गरेको छ । सो राहदानी (एमआरपी) वितरण कार्यक्रममा करिव ४१४ जना नेपालीहरुले आफ्नो राहदानी (एमआरपी) वितरण गरेको कुरा संस्थाका उपाध्यक्ष सामयुल सुनुवारले बताए ।
raha 0एनआरएनए एनसीसी कतारको संयोजनमा भएको सो राहदानी वितरणमा राहदानी (एमआरपी) लिन आउने नेपालीहरुलाई सुनुवार सेवा समाज कतार शाखाले पिउने पानी निःशुल्क उपलब्ध गराउनुका साथै राहदानी लिनका लागि सहज भूमिका निर्वाह गरेको थियो । नेपालीहरु कतारको विभिन्न भागमा रोजगारीका लागि पुगेको र आफ्नो राहदानी (एमाआरपी) को सन् २०१५ भित्र डिजिटालाइज्ड गर्नुपर्ने अन्तर्राष्ट्रिय मापदण्ड अनुरुप सो कार्य गरेको कुरा एनआरएनएका प्रतिनिधिले बताए ।
सुनुवार सेवा समाज कतार शाखाका लागि कवि तथा नियात्राकार केदार संकेतज्यूले’सङ्केतका कविताहरु’ १४ प्रति कविता संग्रह र’अफिम फूल्ने देशमा’ २० प्रति, खण्ड काब्य उपलब्ध गराई सहयोग गर्नु भएको थियो ।

Share

Leave a Reply

Your email address will not be published. Required fields are marked *