ओखलढुङ्गामा सुनुवारहरुले शक्ति प्रदर्शन गरे

चुप्लु दाम्लोच
२४ साउन, चुप्लु (ओखलढुङ्गा) । ओखलढंु्गा सदरमुकाममा कोइँच (सुनुवार) ले शक्ति प्रदर्शन गरेका छन् । सुनुवार सेवा समाज जिल्ला समिति ओखलढुङ्गाले दोस्रो जिल्ला सम्मेलनको क्रममा जिल्ला सदरमुकाममा १६ गाउँ समितिबाट आएका कोइँच प्रतिनिधिहरुले पहिचानसहितको संघीयता विरोधी होसियार, आदिवासी जनजाति एक होऔं, सुनुवार सेवा समाज जिन्दावाद, वल्लो किरात स्वायत्त प्रदेश हाम्रो चाहना जस्ता नारा लगाउँदै साँस्कृतिक झँाकि सहित बजार परिक्रम गरी अहिले उद्घाटनको लागि जिल्ला विकास समितिको सभाहलमा प्रवेश गरेको छ । यस ऐतिहासिक सम्मेलनमा सुनुवार सेवा समाजले कोइँचको पहिचान, कोइँच भूमि र कला संस्कृतिको संरक्षण नारालाई मुर्तरुप दिने लक्ष्य राखेको छ । ओदलढुंगाको स्थानीयस्तरमा आफ्नो उपस्थिति भए पनि कोइँचको पहिचानको लागि अहिलेसम्म जिल्लामा कुनै पनि आवाज उठाइएको थिएन ।

Share

Leave a Reply

Your email address will not be published. Required fields are marked *