ऐतिहासिक सम्मेलन : पहिचानको राजनीतिमा प्रतिवद्ध सुनुवार सेवा समाज

सुनुवार डट ओआरजि समाचारदाता

१९ फागुन, यालाखोम । रमेशकुमार सुनुवार -कुँबुकास्थली) को अध्यक्षतामा १३ सदस्यीय सुनुवार सेवा समाज रामेछाप जिल्ला कार्य समिति गठान भएको छ । उपाध्यक्ष, सचिव, सहसचिव, कोषाध्यक्ष तथा सदस्यहरुमा क्रमशाः निम्नानुसार गाविसबाट प्रतिनिधित्व भएको छ : पुण्य सुनुवार (भीरपानी), चन्द्रबहादुर सुनुवार (फर्पु), मेनुका सुनुवार (भूजि), प्रवीन सुनुवार (बेताली), घण्टीकादेवी सुनुवार -दुरागाउँ), नम्रता सुनुवार, नामरु (सैपु), कृष्णबहादुर सुनुवार (गुप्तेश्वर), तोरणबहादुर सुनुवार (राशनाइलु), चन्द्रबहादुर सुनुवार (प्रिती), खेटबहादुर सुनुवार (मन्थली), उजरसिंह सुनुवार (हिमागंगा), विमला सुनुवार (नामाडी) । जिताजित प्रणाली अनुसार कोही पनि नहार्ने र वहिस्करणमा नपर्ने समन्यायिकरुपमा निवार्चन गरिएको थियो ।२०६८ सालमा सुनुवार सेवा समाज रामेछापको तदर्थ समिति गठन भए पनि अझसम्म सम्मेलन हुन सकिरहेको थिएन । वेदबहादुर सुनुवारले भने, ‘म सेवानिवृत नेपाल प्रहरीको नायव निरीक्षक । बुढो मान्छे । गाउँ गाउँ गएर सुनुवार सेवा समाज गठन गर्दा धेरै सुनुवारले सुनुवार सेवा समाजले के दिन्छ – भत्ता बाँढ्छ कि जागिर दिन्छ – कसले भन्छ ल हामीलाई सुनुवार होइन भनेर । मेरो छेऊ आएर भनोस त – भनेर निहु खोजे । संगठित हुन मानेन । बल्ल बल्ल गठन गरेका साथीहरु पनि सक्रिय हुन सकेनन् । आफ्नै समितिका साथीहरुलाई बैठकको लागि जहिले बोलाउँदा पनि उपस्थित हुन मानेनन् । मलाई पनि मेरो इच्छाले समितिमा राखिएको थिएन । तत्कालिन अध्यक्ष मानबहादुर सुनुवार आपै+mले माइन्युट गरेर निर्ण्र्ाापुस्तिका बुझाएका थिए । को को थिए – को को राखिए – त्यो पनि थाहा भएन । छ महिना पछि पुनः गठन गरेँ । त्यसले पनि राम्रो काम गर्न सकेन । अहिले नयाँ जोश जाँगर लिएर नयाँ युवाहरु संगठित भएका छन् । यो खुशीको कुरा हो । मैले आफ्नो जिम्मेवारी नयाँ कार्यसमितिलाई ऐतिहासिक सम्मेलन गरेर सुम्पना पाएकोमा खुशी छु । अबको नयाँ कार्य समितिलाई अवसर र चुनौती दुवै छ । कोइँचको हक अधिकारको लागि जनवाकलता गर्नेछन् भन्ने आशा राखेको छु ।’

१४ गाविसमा रहेका सुनुवारहरुलाई रामेछाप जिल्लामै पनि सुनार भनेर चिन्ने गरिएको छ । उनीहरु आदिवासी जनजाति भए पनि दक्षिण-पस्चिममा रहेका खस बाहुनहरुले अझै नबुझेर हो वा हेपेर सुन कमाउने सुनार भनेर कोइँच सुनुवारलाई चिन्ने गरेको अवस्था रहेको हुँदा सदरमुकाममा गरिएको झाँकी सहितको दर्ुइ दिने सम्मेलनले कोइँच सुनुवारको पहिचान दिन सकेको संगठन विस्तार सदस्य अमृत सुनुवारले बताए । प्रमुख अतिथि सुनुवार सेवा समाज केन्द्रीय अध्यक्ष मनप्रसाद सुनुवारले रामेछाप जिल्लामा राजनीतिक पार्टर्ीीले सम्बोधन नगरे अब सुनुवारहरु आपै+mले आफ्नो भूमिमा आपै+mले शासन गर्ने छन् । राज्यसँग सर्म्पर्क विच्छेद गर्न सक्नेछन र अवको निर्वाचनमा स्वतन्त्र कोइँच उम्मेदवार उठाउने बताउनु भयो ।

सो समयमा सुनुवार सेवा समाजको हक अधिकारको लागि राजनीतिक कुरा उठान गर्न हरिबहादुर सुनवारको अध्यक्षतामा वल्लो किरात संघीय राज्य परिषद जिल्ला तदर्थ समिति पनि गठन गरेको छ ।

सुनुवार सेवा समाजको र्‍याली जिल्ला सदरमुकाममा निस्किँदा जिल्ला सदरमुकामका आम व्यवासायी तथा बाटोमा हिड्ने मानिसहरु अचम्म मानेर रमिता हेरेका थिए । टन्टलापुर घाममा गाउँ गाउँबाट ढोलझयाम्टा लिएर आएका कलाकारहरुले बाटो भरि आफ्नो नृत्य प्रस्तुत गरेका थिए ।

सुनुवार सुनुवार भन्थे सुनुवार भनेको कस्तो होलान भनेको त उनीहरुको आफ्नै भेषभूषा, भाषा संस्कृति हुँदो रहेछ । हामीले कहिल्यै देखेका थिएनौं । बल्ला आज देखियो । तपाईँहरुको संस्कृति त अझै जीवित रहेछ हाकि । कस्तो राम्रो ड्रेस । जिल्ला विकास समितिको भवन अगाडि सभामा उपस्थित भएका दर्शकहरुले अचम्भित भएर जिज्ञाशा पोखे ।

रामेछाप जिल्ला बसेर खुब राजनीति गर्ने हाँक दिने राजनीतिक नेता भनौंदा दालकुमारी सुनुवार, कमलप्रकाश सुनुवारले जिल्लामा कोइँच -सुनुवार) को पहिचान दिन सकेका रहेछन् कि रहेनछन् आम सचेत कोइँचहरुले अब सोच्नु परेको छ । कोइँचको निर्ण्र्ाा मतले राजनीतिक ओहदामा पुग्न खोज्ने नेपाल लोकतान्त्रिक किरात सुनुवार संघका निवर्तामान अध्यक्ष कमलप्रकाश सुनुवार, यज्ञराज सुनुवार, महेश कोर्मोचाले अब कोइँचको बारेमा कसरी सोच्छन हर्ेन बाँकी छ । तर कोइँचलाई पर्ूण्ारुपमा चिनाउन सुनुवार सेवा समाज, परमपरगत कोइँच चुप्लुको विकल्प नरहेको प्रमाणित हुँदै छ । सुनुवार सेवा समाज रामेछाप जिल्ला सम्मेलनले यही सन्देश पस्केको छ ।

Share

6 Comments to ऐतिहासिक सम्मेलन : पहिचानको राजनीतिमा प्रतिवद्ध सुनुवार सेवा समाज

  1. बधाई छ यहाँ हरुलाई !!! यो समाचार पढेर मलाई जोस जागर आएको छ र उर्जा थपिएको छ l सुनुवार कोइच को निम्ति अझ केहि गरौ भन्ने भित्रि मन बाट सक्ति पाएको छु l हामीले पनि यु के मा सुनुवार सेवा समाज खोलि सुनुवार कोइच को पहिचान को निम्ति र भाषा, संस्कृति, भेष भूषा जोगरना को निम्ति लागि परको छौ,आफ्नो जातीय पहिचान को लागि हामी आफै यसरि जगरूप भई र फुटेर होइन जुटेर अगाडी बढे हामी सबैलाई भलो हुनु को साथै हाम्रो सुनुवार कोइच को बिकाश हुनेछ भन्ने लागेको छ l चेरेदुम ….

  2. बधाई छ यहाँ हरुलाई !!! यो समाचार पढेर मलाई जोस जागर आएको छ र उर्जा थपिएको छ l सुनुवार कोइच को निम्ति अझ केहि गरौ भन्ने भित्रि मन बाट सक्ति पाएको छु l हामीले पनि यु के मा सुनुवार सेवा समाज खोलि सुनुवार कोइच को पहिचान को निम्ति र भाषा, संस्कृति, भेष भूषा जोगरना को निम्ति लागि परको छौ,आफ्नो जातीय पहिचान को लागि हामी आफै यसरि जगरूप भई र फुटेर होइन जुटेर अगाडी बढे हामी सबैलाई भलो हुनु को साथै हाम्रो सुनुवार कोइच को बिकाश हुनेछ भन्ने लागेको छ l चेरेदुम ….

  3. Chandra Kumar Sunuwar says:

    I have request that immediatly desolve नेपाल लोकतान्त्रिक किरात सुनुवार संघ We have to unite as soon as possible.

    Chandra Noplicha

  4. Chandra Kumar Sunuwar says:

    I have request that immediatly desolve नेपाल लोकतान्त्रिक किरात सुनुवार संघ We have to unite as soon as possible.

    Chandra Noplicha

  5. कुनै पनि कुरोको सुरुवात सानै चिजबाट हुन्छ, जस्तोकी खोलाको मुहन….पानी दरै पर्ने को सङ्केत आकाशको
    बादलने धेर थोर दिन्छ / अबोको कोइँच सुनुवार पहिलेको जस्तो रहेनन/छैनन्; भन्नाले धेरै सात्क्षर बनिसकेका छन् / अबो हाम्रा पाखा पखेरु आफैले कोतर्नुपर्छ / सुँगुर मात्र हैन, खसी पनि खानुपर्छ! जांड मात्र हैन दूध,मोहिपनि पिउनुपर्छ/ धनुष कांडमात्र हैन अबो नालपनि नार्नुपर्छ / येसोगर्दा हाम्रो शीप,कला,भेषको सटिक पहिचान हुनेछ/ हाम्रा डालो,फुन्ग्लो, डोको,खुर्पी, थुन्से, ग्योम्लो,क्युंगले विश्व बजारनै ततौनेछ/ हाम्रो मथिन्गल्ले स्वच्न नसकेर गाउँ-गाउँमा चाहिने भन्दा नचाहिने विकृति भित्रिसके त्यो फेरी भात्किनेछ/ हाम्रा भगवान अर्थात धेउता भन्नु हाम्रा पुर्खेउली हुन् , आमा हुन, बाबाहुन् / आमा बाको खुट्टा ढोग्न भने लजाउने तर बाहुनलाई भेटी सहित राखेर ढोग्ने चलन भत्किसक्यो / त्यो दासत्व हो / हामी अझै तेसो गर्दैछौ भने हामी कोइँच
    २१ शताव्दीको कोइंच नै होइनौ / मेरो अबो आउने ग्रामीण दर्शनले यी सबैकुरो ओकलेको छ / कसैलाई पाच्यहुनेछा त कसैलाई बिषनै सावित हुनेछ/ हुनपनि दर्शनको सिद्दान्तले एकातिर भत्कैदिन्छ जुन नगन्य हुन्छ तर नयाँ बनिने चौगुणा हुन्छ/मलाई पनि अन्त्यमा हाम्रा बेलाएतका समाजसेवी तथा सुनुवार सेवासमाजका अध्यक्षजिउले भन्नुभएझै मैले पनि तिनै हरफ यहा समावेस गरे “सुनुवार कोइच को निम्ति अझ केहि गरौ भन्ने भित्रि मन बाट शक्ति पाएको छु l हामीले पनि यु के मा सुनुवार सेवा समाज खोलि सुनुवार कोइच को पहिचान को निम्ति र भाषा, संस्कृति, भेष भूषा जोगरना को निम्ति लागि परको छौ,आफ्नो जातीय पहिचान को लागि हामी आफै यसरि जगरूप भई र फुटेर होइन जुटेर अगाडी बढे हामी सबैलाई भलो हुनु को साथै हाम्रो सुनुवार कोइच को बिकाश हुनेछ भन्ने लागेको छ ल” चेरेदुम

  6. कुनै पनि कुरोको सुरुवात सानै चिजबाट हुन्छ, जस्तोकी खोलाको मुहन….पानी दरै पर्ने को सङ्केत आकाशको

Leave a Reply

Your email address will not be published.