आदिवासी साहित्य सौन्दर्य कोइँच थेःनि

—अतीत मुखिया
कोइँच साहित्यको खोज अनुसन्धान गर्ने आवश्यकता महसुस गरेर सुरुमा कोइँच साहित्यमा लागिपरेका हामी केही सर्जकहरुको आपसी राय अनुसार पहिला कोइँच बस्तिहरुमा प्रचलित जनजिब्रोमा रहेभएका बिधाहरुको संकलन गर्ने निधो गरियो । संकलन गर्ने क्रममा कोइँच साहित्य सर्जक भाई उत्तम (जो आफुलाई कोइँचबु काअ्तिच भन्ने कलमी नामबाट परिचय दिन रुचाउनु हुन्छ) र मैले आआफ्नो क्षेत्रका प्रचलित ल्काइँदास थेःनि संकलन गर्न थाल्यौ । यसरी संकलित थेःनि कुनै यथास्थितिमै र कुनै केही परिमार्जन गरेर गोरखापत्र लगायत अन्य पत्रपत्रिकामा प्रकाशित ग¥यौ । लगभग दुई वर्षसम्म संकलन गरिएका थेःनिहरुको गहन अध्ययन पश्चात मैले कोइँच साहित्य थेःनिमा पाइने मौलिक स्वदका बारे आदिवासी साहित्य सौन्दर्य थेःनि शिर्सकमा जनसाहित्यिक जमर्को बर्ष १ अंक ६, (२०६६) मा एउटा खोजलेख प्रकाशित गरेको छु जुन लेख मैले २०६५ फाल्गुन मै तैयार पारेको थिए । यसपछि पनि मैले पुन थेःनि संकलन गर्ने कागताली सौभाग्य पाए र यही कागतालीको वर्णनन् गर्ने प्रयास हुनेछ यो लेखाईको । यसलाई पाठकहरुले यात्रासंस्मरण मान्नपनि सक्नुहुनेछ ।
साँस्कृत विश्वविद्यालय वसन्तपुरबाट मलाई प्राप्त अवसर श्याँदर पिदार अनुसन्धानको क्रममा मैले ल्पेत्ति श्याँदर पिदारको सुरुदेखि अन्तसम्मकै छायाङकन गर्ने निधो गरे । २०६६साल बैशाक २४गते म लगायत कोइँच साहित्यकार द्वय कोइँचबु काअ्तिच र खडोस सुनुवार, चलचित्रकर्मी भाई अंमृत सुनुवार र क्यामेराम्यान मेरै भतिज शमिर सुनुबार ल्पेत्तिको रारालिटोल पुगियो जाहा मलाइ र उत्तम भाइलाईलाई श्याँदर पिदार छाँयाङकनका साथसाथै थेःनि संकलन गर्ने अर्को पछिल्लो अवसर ‘एक पन्थ दो काज’ का रुपमा प्राप्त भएको थियो । ल्पेत्ति श्याँदरमा बुल्फे पिदार र राँगादोचा पिदार एकै बेलुका हुनेहुदा दुबैतफको छाँयङकन भियाउने उदेश्यले हाम्रो टोली दुइतिर बाडियौ । उत्तम भाइ र अशोकभाई पल्लो ल्पेत्ति मुलीनाअ्सो (पुजारी)पट्टि लागे भने हामी राराटोलमै बस्नेमा प¥यौं ।
बुल्फे पिदार छायाङकन गर्ने क्रममा बुल्फेखिँ भित्रबाट आएको नारी आवाजले मेरो ध्यानाकर्षण ग¥यो “ज्वल्चा दुम्चा ताँ ताँ सपु ल्फा ल्फा मपनखे आलपुकी” (हुनु पाउनु कहिले कहिले सालनालको हतार नगर है नानीहरु)। यो वाक्य सारै कवितात्मक एवं विम्वात्मक लाग्यो मलाई । यो थेःनिरुपी ल्काइँदास(टेकौनी)को भावार्थ नेपाली उखानतुक्का छोरा पाउनु कैले कैले कन्दनी बाटी अहिले संग हाराहारी लाग्दालाग्दै पनि कोइँच थेःनि बडिनै विम्वात्मक लाग्यो । थेःनि संकलनको बडिनै संभावना देख्दा मैलेपनि थेःनिकै विषयलाई सन्दर्भ बनाउने ठहर गरे र कुरा उक्काए । मेरो आशय बुझेर भस्मेसाइला (जो एक पोइँव थिए)ले प्रसंग थप्दै भने
पिया नाअ्सोके
मिलु बुँविरकल,
मिअ्च मुलिचके
नोफा ङावचकल ।।
साइलाको यो भनाइलाई संसोधन गर्दै फोअ्का नाअ्सोले कुरा थपे मो ममैश्याँ ओँ काःका (तेसो होइन यसोपो त)
पिया नाअ्सोके                                                         टाउको पुजारीको
मिलु बुँविरकल                                                           पुच्छर दमाइलाई
ओंथछ्योल नु एरछ्योल                                             यतातिर र यतातिर
मिअ्च मुलिचकल                                                   आँखा मुखियालाई
नोफा ङावचकल ।।                                                      कान बुढापाकालाई।।

कोइँच समुदायमा परम्परादेखि चलिआएको प्रचलन अनुसार वलि दिइएको जानवरको टाउकोको आँखा, कान, सिङको भागलाई ठूलाठूला चोक्टा बनाई पकाएर अन्य मासुका चोक्टामाथी सग्लै राख्दै मर्यादित ब्यक्तित्वहरुलाई खान सारेर ढोगिन्छ जसलाई पियापोअ्चा (शिरउठानी) भनिन्छ । मलाई लाग्यो यो थेःनि यही पियापोअ्चा परंपरागत कानूनको मौखिक दस्तावेज हो जो थेःनिको रुपमा अमरत्व प्राप्त गरिरहेकोछ ।
भस्मेसाइला जो आफुले जानेको विद्या अरुलाइ सिकाउदा आफुलाई हानीहुन्छ भन्ने धारणा राख्ने अली अहम स्वभावका मानिस भएको महसुस पहिलो दिनकै भेटमा गरेकोहुदा उनैलाई इङगितगर्दै मेरो पुरानो संकलनको एउटा ल्काइँदास थेःनि सुनाउदै मैले पनि प्रसंग थपे ।

पोइँवग्यामी आन ख्लिँख्लिँ नाअ्सोआ नोस झाँकृझकृनीको कामछुटाई पुजारीको स्वाङ
मजोवआन होइँति जोअ्व आन तोज ।। नजान्नेका अगाडी जान्नेको सेँखी ।।

मेरो ल्काइँदास थेःनि ल्पेत्तिका सु.सेु.स. अध्यक्ष संजिवलाई निकै घतपरेको बताउदै भने, “ओँ दाग्यु एको ल्वो गो साप्पान बुजिप्ती ”(अँ दाई यो भनाई मलाई सारै धतप¥यो)भन्दै प्रसंग थपे कोइँच यीँ जोस रोङगङा पेरोस (सुनुवारको ज्ञान भीरको सिमी) उनको भनाइपनि पोइँवग्याँमी प्रतिनै लक्षित थियो । संजिवकै हो मा हो मिलाउदै भाइ खडोसले थपे मे मोदे द पोकल गोर्माली देँश्यो बाब् (त्यसैले त सुंगुरलाई दुधरोटी भनेका होलान)। खडोस भाईको भनाइले हाम्रो जमधट हाँसोमय बन्यो । संभवत त्यो जमघटमा उपस्थित मानिसहरु मध्य प्रायलाई पोइँवग्यामीको ठेसेलेच्चा (ठूलोपल्टेर नखरापार्ने) बानी मन नपर्दो रहेछ । हाम्रो कुरा ध्यानदिएर सुनिबसेका मबाट अपरिचित एक बयोबृद्घले प्रसंग थप्दै भन्नुभयो पोइँवग्यामीआन नोस साप्पान मजाप्श्यो (झाँकृहरुको नखरा सारै नसकिने) ।

ठेअ्ब चोल्श्या मुखे नाइँच्चा                                         ठूला बनाएर मुख्ये ठान्नु
मुखेमिना थुकुम ङाइच्चा ।।                                           मुखियाले ने काख हग्नु ।।

यो थेःनि मैले यस अगाडी संकलन गरेको थेःनिभन्दा केही फरक पाए । मलाई लाग्यो थेःनिको प्रयोगपनि ठाउँअनुसार फरक पर्दोरहेछ । यही थेःनि लिकुपारीका कोइँच बस्तिहरुमा यसरी प्रयोग भएको पाएकोथिए

ठेअ्ब दाप्श्या मुलिच नाइँच्चा                                     ठूला संझेर मुखिया ठान्नु
मुलिचमिना लाँउइ ङाइच्चा ।।                                       मुखियालेनै बाटोमै हग्नु ।।

केवल केही शव्दको फरक काख हग्नु र बाटो हग्नु भएतापनि तातपर्य भने एकै थियो । संभवत यही थेःनि खसकरण हुदा “जो गाउको मुखिया उही बाटो हगुवा” भन्ने बन्नपुग्यो ।
यतिकैमा अंमृत भाईले हामीहरुको ध्यानाकर्षण अन्तै मोड्नुभयो । हामीभन्दा केहीपर बुल्फे पिदार गर्ने ठाउ नजिकै भरखरै सिगारिएका ढोल बजाउदै नाचीरहेका ढोलेहरुका बिच राराली टोलकै पुसै भेना लौरोटेक्दै थेःनि फलाक्दै नाचिरहेका रहेछन् । उमेरमा लगभग सत्तरी पुगेका हुनसक्ने बुढो मानिसको थेःनि भने बिल्कुलै तन्नेरी पाराको थियो ।

सेरेम्फू नम्ज दुनथैलो                                           सुनाखरी बुट्टा झोलाको
साली भेना बातस                                                 साली भेना रहेछौं
छैलुम छैलुम सिलपैलो                                        झस्कि झस्कि नाचौ लौ
हे हे नकदले हे हे ।।                                                हे हे नकदले हे हे ।।

मेरो संकलनमा संकलित लिकुपारी यो थेःनिलाई यसरी भन्नेगरेको पाएको थिए ।

सेरेमफू नम्ज दुन थैलो                                         सुनाखरी बुट्टा झोलाको
दोत्थमतात्थम ग्लुम्मुचा                                     केकसो हो भेटधाटको
सालीभेना पुम्मुचा                                                अंगालोकस्नु सालीभेनाको
सालीभेना बातस                                                  साली भेना परेछौं
छैलुम छलुम सिलपस ।।                                     झस्कि झस्कि नाचीदिउ ।।

माथी भनिएको थेःनिमा विचका ग्लुम्मुचा र पुम्मुचा अनुप्रास भएका दुइ पद गायब थिए र अन्तमा हे हे नकदले हे हे पद थपिएको थियो । थेःनिको अन्तिम पद (टेकौनी)मा उल्लेखित शब्द नकदले मेरो निम्ती नौलो थियो । मैले खडोस भाईलाई उक्त नयाँ शब्दको अर्थ सोध्न भने, कारण उहा खडोसजीको साविकका पुसै, फुपु बितेपछि भदैनी (खडोसजीको दिदी) बिहे गरेपछि भेना र मेरो भने सम्धी नाताको पर्नुहुन्थ्यो । उहालाई राँकुदेलेको अलीअली रंग चढिसकेको थियो । उहाले नकदले शब्दलाई यसरी अर्थाउनुभयो सै आइँ ठिटौली उमेरम् मादल ताब्ब आनकल नकदले देँसिब (उहिले हाम्रो ठिटौली उमेरमा मादल बजाउनेलाई नकदले भन्नेगथ्र्यौ )।
तेश्रोदिन श्याँदर थानबाट फर्केपछि राराली क्याबहरुको मुलधर अशोकजीको धरमा सुरोचोअ्चा पिदार छायाङकन गर्नेक्रममा श्याँदरमा ढोल बादनसंगै फलाकिने केही पुराना र केही नयाँ थेःनिहरु संकलन गर्ने सौभग्य पाइयो । हामतिम नाअ्सो यो टोलमा सह बाडने नाअ्सो थिए । उनकै दाजुभाइ मध्यका एकजना क्यावलाई निकैनै थेःनि आउदो रहेछ र उनका थेःनिलाई हामीले हाम्रो क्यामेरामा कैद गर्दैगयौं ।

थरीकुटी जाअ्तक                                              थरीकुटी आयौं
सुरोगासो चाअ्तक                                            सह बोकि ल्यायौं
आमाकन्छी बकन्छा                                            कान्छी आमा कान्छा बा
जकेन है जकेन                                                     आउनु है आउनु
जकेन जकेन जकेन ।।                                         आउनु आउनु आउनु ।।

आँ खिँ ल्पेत्ति मसेत्ति                                            मेरो घर ल्पेत्ति (मलाई)बोलाएनौ
डब्का का श्याँमयो मख्लेत्ति                                  एक डवका जाँडनी सारेनौ
रगिन पिन्ता बेगेरे                                                रगनी, पिन्ता बेगेरे
सुरो चोअ्चा तेमेरे                                               सह थुन्ने कता हो
हां हां हांसल हांसल ।।                                            हा हा हासल हासल ।।

मैइँतथोचे श्याँदर पिदारम                                     आघौंसाल श्याँदर पुजामा
सु सु बेअ्चा सु ब्लोइँचा                                      को को मर्दो को बाँच्दो
सिल पश्यान नाँ सोइँचा                                        नाचेरै रात कटाइदिउ
खट्टेचिरो पितिने                                                 खट्टेचिरो ल्याउनुहोस
पिदार श्यामनु रिङिने                                            पिदार जाँडसंगै चडाउनुहोस
खुए खुए खुए ।।                                             खुए खुए खुए ।।

श्याँदरमा फलाकिने थेःनि गेयात्मक हुदा यसको टेकौनी पनि अघिपछी भनिने थेःनि भन्दा फरक भएको पाइयो । हा हा हाँसल हाँसल, खुए खुए खुए,जस्ता थेःकाहरु मिथकीय विम्व भएको पाइए । यसोहुनुको कारण पत्तालगाउने प्रयास गर्दा थाहालाग्यो यसरी सह बाड्दै हिडिने ढोल नाचमा मुग्दुमी सलाक फलाक्दै नाच्नु पर्नैमा मुग्दुमविग्य मुग्दुमी ब्यक्ति नहुदा सर्वसाधारणले थेःनि फलाक्दै नाच्ने परंपरा भएको श्याँदर विज्ञ पुरानियाहरुबाट खुल्न आयो । यसरी हेर्दा थेःनिको प्रयोग श्यादरको ढोल नाचमा, अर्तिउपदेशका रुपमा र खिसीटिउरी आमोदप्रमोदका रुपमा गरी तीन किसिमले प्रयोग गरिने कुराकोपनि खुलासा हुनआयो ।
माथी उल्लेखित श्याँदर थेःनिहरु हरेक बर्ष नविकरणहुने मौका पाउनुका कारण लोपहुनबाट जोगिएका पाइए । अर्का किसिमका थेःनिहरु जो अर्तिउपदेशका रुपमा प्रयोग गरिन्छन तेस्ता थेःनिहरु भने केवल ल्काइँदासका रुपमा माात्र अवशेष भएको र तेश्रा किसिमका थेःनिहरु जो श्रृंगारिक छन् आजपनि सजिमलरुपमै रहेभएको पाइयो ।

चर्मिकोल्सपा रि जोल्श्यापा बैंसको जुम्रा पारेर
दरदर लेश्या मगाअ्का्े उत्तानिदै नहिड
बुसुम कोअ्चा पुइँसेखे सर्पले ठुंगि मागौली
पुस्सु ठोअ्चा पुइँसेखे बिर्को ठोकी मागौली
फुसु ओचा पुइँसेखे कुनापसि मागौली
दक रोअ्चा पुइँसेखे ।। सुत्केरी जाँड उधारी मागौली ।।

लाँदिङा खिँ                                                            बाटोमुनिको घर
दाश्र्यो बाश्र्यो तमि                                                राम्री बढेकी छोरी
क्डिलपू तार सुअ्र्बु                                              तोरीपूल माथी माहुरी
नेल्लआन खुप्सिचा                                              सबैनै झुम्मिनु
नेल्लआन क्युप्सिचा                                            सबैनै खनिनु
थुकुङा नकदली नेल्लकेन प्लकाधिङ ।।                काखको मादल सबैको धिन्ताङ ।।

श्याँदर छायाँङ सकेर फर्केपछि मलाई कोइँच थेःनिलाई आधार बनाएर केही नेपाली थेःनिहरु रचना गर्न मनलाग्यो । जति जति थेःनि रचना गर्दै गए त्यति त्यति नै थेःनिको स्वदिलो स्वादमा डुब्दै गए अनि लाग्यो कोइँच भाषामा प्रचलित थेःनि विधा नेपाली भाषामा पनि उत्तिकै स्थरिय र स्वदिला हुनेरहेछन ।

हाम्रो स्वभिमान                                                    कंक्रिटको जंगल
स्वतन्त्र परतन्त्र                                                   सधैंको गठेमंगल
गोप्य गायत्री मन्त्र                                               सिंहदरवार हाराहारी
ढाकाटोपीले छोपेको पराई सोंच                             झपक्कै नरकटधारी
गाई मारी गधा पोस                                              को घण्टाकर्ण के थाहा ?
जुनजोगी आएनी कानैचिरा ।।                             आजुजे हा……! ।।

आफै भएर हामी
बाँच्न पटक्कै जानेनौ                                          धारटेकेर खुकुरी पारगर्ने
चेसको गोटी                                                         उध्यौनी मुटु
सधैं अरुबाटै चालिन्छौं                                        पराई आगनमै सधैं लुटुपुटु
नचले फालिन्छौं                                                 पसिना माथिको असिना
नाच्न नजान्दा आगन टेढो ।।                             वैदेशिकरोजगार
अजिंगरकै आहर ।।
हाम्रो पर्यटन                                                      आफ्नै धुरी बालेर
गाईजात्रे रंगमञ्च                                              ढाडसेक्ने हामी
पर्यटक भाग्दोछन                                              न आँटको भैयो
हाम्रा हातहरु                                                      न ढाँटको भैयो
बाटो छेकिछेकि माग्दोछन                                धोबीको कुकुर
अथिति देबो भवः  ।।                                        न घरको न धाटको भैयो ।।


[ad][ad]

Share

4 Comments to आदिवासी साहित्य सौन्दर्य कोइँच थेःनि

  1. januka sunuwar says:

    Atit dai
    seu!
    Iam very pleassed to read this articls.Very romantic and tipical.
    dhanayabad .

  2. Atit Mukhiya says:

    Namsewal aan sami
    Bainiharu jastai koints naw uwaharuko santustinai mero hausalako urja hunechha.thanksfor warm comment.

  3. Namsewal Atit sir,
    deacha malda nu Nailu nu goiyoo rarali kyaban nasku,minu kyab aan gaun mer hircha dummet,,,thuisyaa rimsyoo laati,the:acha deasyoo da khas mi (teknu) deanimi,tara ichka marubu,dil aaichi ham nu ochhhaam nga koich ke loo da ichka farakan chha,goiyoo 3 number syoosyoo nu koi koi durda marubsiba,habacheba nu amrit sir aan gaun mer nga nu Rasnalu daarkha mer nga jhan ichka farakan baba,marhanaiyoo rimsyoo ge panita rimsyoo nai chha,noole bhabisya mi marai modeasyoo in ke bichar chha ngana aachapsyoo nu pane chapsyoo sahayo pacha tayar chu odesyoo ge mi goiyoo nikai utsuk chhu akaliyoo inke sahayoogi selcha naila anukul samaya dumt ngana garsyaa ge pacha dum,in lasyoo rag nga nu bhasme saila meko poib nu hamtim pujaa paib na:soo yoo goo rimsyoo paa chinenu.maar nganaiyo rimsyoo chha kale meko in chhayankan pasyoo vedio koach kali joorsyoo chhu mul chhutti kunga nu glummucha dum minu loo see chomucha dum,

    in ke loab
    Chulepu nga kyab Maila

  4. Atit Mukhiya says:

    लोब चुलेप माइला कमेन्ट पित्थीमि चेरेलिल , थेचा कृया भर्व लान विशेषण दुमश्या थेःनि अर्थात टेक्नु कृयाबाट टेकौनी विशेषण दुमश्यो देचा माल्श्यो । थेचाला थेःनि टेकौनि अर्थात रहनी दुमश्यो देचामालश्यो । मुल नोले कुश्यो नु ग्लुशा बेलिबिस्तार पचादुम ओपा मिमश्या आम लोसि ख्लेम्मुचा रिमश्यो लानु गो यो आ लोब इनके बार्सलिल ।

Leave a Reply

Your email address will not be published.