आदिवासी जनजातीय सौर्न्दर्य चेत

कोइँचबु काःतिच

जबसम्म हाम्रो मातृभाषी लेखनमा पनि विधा र रुपमा उपनिवेशवादी संस्कृति, विचार र शैलीको आक्रामण रहन्छ तबसम्म आदिवासी जनजाति साहित्यकारको वर्तमान लेखनले साँस्कृतिक र ऐतिहासिक निरन्तरतालाई सम्बोधन गर्न सक्दैन । जसले जे भन्छ सुन्नेले त्यस्तै सुन्छ र बुझछ भन्न सकिँदैन । भन्ने र सुन्ने वीचको बुझाइको तात्विक अर्थलाई कहिल्यै पनि बर्ुर्जुवा खस-बाहुन हिन्दु तथा युरोपियन साहित्यले मान्यता दिँदैन । आदिवासी जनजातिको विकास र उन्मुक्ति भन्ने र सुन्ने वीचको सोझो बुझाइले मात्र निराकरण गर्दैन न कि एक वाक्यमा लेखिएको कुनै पनि परिभाषाले । आदिवासी जनजातिले भोगीरहेको उत्पीडन र समस्या विषेश खालको भएको हुँदा त्यस्ता विशेष परिस्थिति, समस्या र उत्पीडनलाई आदिवासी जनजाति साहित्यले मात्र सम्बोधन गर्न सक्दछ ।

वास्तवमा विश्वव्यापीकरणको घुन पिसाइमा परेका हामी आफु र आफ्नो पहिचानको वारेमा के कति सजग र सचेत छौं भन्ने चेतको विकास हुन आवश्यक देखिएको छ वाम्बुले, कोइँच लगायत आम आदिवासी जनजाति साहित्यकारहरुमा । अनुहारको भरमा पहिचान सुनिस्चित हुनसक्दैन न त कुनै पनि सरकारी दस्तावेजले । मुख्यतः म को हुँ ? म मान्छे हुँ भने के अन्य मान्छे जस्तै हुँ त ? छु त ? फरक छु भने के के कारणले फरक छु र किन फरक छु ? म नेपाली हुँ । म नेपाली हुँ भने किन अन्य नेपाली भन्दा फरक छुँ त ? यदि म फरक छु भने अन्य नेपालीहरु भन्दा के कारणले फरक छु वा फरक पार्ने विशेष तत्व वा अवश्था के के हुन् त – यी यस्ता यावत प्रश्नाको उत्तर नै आदिवासी जनजाती साहित्यहरुको विषयवस्तुहरु हुन सक्छन् । तर कनीकुथी, जबर्जस्ती फरक देखाउने गलत प्रवृतिको पनि विकास भएको तथ्यलाई भने स्वीकार गर्नु मानसिव हुँदैन । आदिवासी वाम्बुले र कोइँच साहित्यको चर्चा गर्दा अस्ट्रेलियन अबारिजनल साहित्यकार मेलिस्सा लुकासेन्काको भनाइ सम्झना उपयुक्त हुनेछ- यो क्षणमा मलाई आदिवासी लेखन एक व्रि्रोही अस्वीकृत साहित्य हो भन्ने मान्दछु र यसको केन्द्रविन्दु भनेको भूमि, सामाजिक न्याय र विभेदीत कानुन हो । लुकासेन्का जस्तै अमेरिकी महाद्वीपका आदिवासी साहित्यकारहरुको दृष्टिमा पनि नेटिभ अमेरिकन साहित्य, नेटिभ अमेरिकनमाथि भएको आक्रमण र ज्यादतीको कथाव्यथा पस्किने साहित्य हो । आक्रमणबाट घाइते बनेका मानिसहरुको साहित्य हो । यस साहित्यलाई अमेरिकन संस्कृति, इतिहास, धर्म र अनुभवसँग गाँसिएको मुद्दा हो, साहित्य हो भन्छन् उत्पीडक/मिचाह -मुलाधारका भनिएका युरोपेली गोरा साहित्यकार) हरु तर यो भूमिसँग गाँसिएको साहित्य पनि हो ।

भन्ने बेला साहित्य सामाजको ऐना हो भन्ने तर व्यवहारमा त्यो साहित्यिक ऐना पेवा बनाएर आफु मात्र सिँगारपटार गर्न खोपीमा राख्ने मुलाधारे नेपाली साहित्यिक प्रवृतिको विरुद्धमा आवाज उठाउने माध्यम पनि हो आदिवासी जनजाति साहित्य । हुन त नेपालमा वास्ताविक आदिवासी जनजाति साहित्यको भने कहिल्यै कतै व्याख्या गरेको पाइँदैन । कतै चर्चा गरिएको पाइँदैन, छैन । बरु केही वषर्ा अगाडि एक विचार गोष्ठी मार्प{mत वैरागी काइँलाले समानान्तर साहित्यको अवधारणा ल्याएका थिए भने तुलसी दिवसले इन्दे्रणर्ीर् सस्कृतिको कुरा अगाडि बढाएका थिए । तर त्यति चर्चामा भने आउन सकेन । बहुभाषी कविगोष्ठीहरु भने फाट्टाफुट्टा भएका छन् । तर त्यस्ता गोष्ठीहरुले आदिवासी जनजाति साहित्यको मर्मलाई बोक्न सक्दैन । भोगीराज चाम्लिङकानुसार जनजातीय साहित्यकलामा मुक्तिको सपना बुनिनर्ुपर्छ, जसरी उनीहरुले शताब्दीऔं पहिला तानमा कपडा बुने । जनजातीय साहित्य मुक्ति र सङ्र्घष्ाको साहित्य हो ।

 

Share

Leave a Reply

Your email address will not be published.