आदिवासी जनजाति विद्वानको स्वीकारोक्ति : हामी यो युगको नपुंशक।

-कोइँचबु काःतिच
अष्टे्रलियामा बसोवास गर्दै आएका नेपाली आदिवासी जनजातिको, नेपालका आदिवासी जनजाति राजनीतिकर्मी र राजनीतिक पार्टी एक ठाउँमा उभिवुन भन्ने चाहनाको प्रतिनिधित्व गर्दै आएका निमाग्याल्जेन लामाको उपस्थितिमि आदिवासी जनजाति कार्यकर्ता र विद्वानहरु वीच आज ललितपुरको एकान्तकुनामा विशेष छलफल भयो । पहिचान पक्षधर विभिन्न राजनीति पार्टी आवद्ध तथा आदिवासी जनजातिको मानव अधिकारकर्मी र आदिवासी विद्वान, पेशाकर्मीहरु वीच भएको वहसमा प्रायः सबैको आ-आफ्नै तर्क र व्यक्तिगत धारणाहरु मात्र प्रस्तुत भएका थिए । नेपाल बाहिर बसोबास गर्दै आएका आदिवासी जनजातिहरु नेपालका आदिवासी जनजातिहरु आफ्नो हक अधिकारप्रति एकजुट हावुन् भन्ने धारणा रहेको बताइए तथा महशूस गरिए ता पनि वैचारिकरुपमा त्यो एकताको सुत्र के हो भन्ने कुरामा एक दुइ जना भन्दा बढी बक्तालेे छलफलको विषय बनाएनन् ।
ती धेरै वक्ताहरुको व्यक्तिवादी पण्डित्याइँ सुनेपछि भान्ते मगरले सबैले म भन्ने अहम् भावना छाडेर हामी भन्न सिक्न अनुरोध गरेका थिए ।
नेपालका आदिवासीहरुको मानव अधिकार सम्बन्धि वकिल समूह (लाहुर्निप) का सचिव शंकर लिम्बूले संविधान सभा र नेपाल सरकार विरुद्ध आदिवासी जनजातिको मानव अधिकार उल्लंघन गरेको भनी सर्वोच्चमा रिट हाल्ने तयारी भएको जानकारी गराएनु भएको थियो । र, कानुनी उपचारको लडाइँ वारे सबैलाई जानकारी गराउँदै सो अभियानमा आ-आफ्नो क्षेत्रबाट सहयोग गर्न अनुरोध पनि गर्नु भएको थियो ।
नेपालको आदिवासी जनजाति कार्यकर्ता र विद्वानहरुमा अझै  पनि राजनीतिक नेतृत्वको कमीकमजोरी देखिन्छ । न त जान्ने बुझनेले कम्मर कसेर नेतृत्व लिने आँट गरेका छन् न त नेतृत्व लिन खोज्नेहरुलाई कसैले सहयोग गरेका छन् । सबैलाई समान आँखाले हेर्ने दृष्ट्रिकोण र पारदर्शिताकेा भूत नै आदिवासी जनजातिको शत्रु बनेको छ । हामी, जबसम्म एक टुक्रा कागत, नागरिकता परिचयपत्रमा लिखित जातीय नामको भरमा आदिवासी जनजाति भनेर सबैलाई एउटै समान दृष्ट्रिले हेछौं तबसम्म अवश्य हाम्रो मुद्दाको किनारा लाग्दैन । हामीले आलु हो भनेर सग्लो आलुमा कुहेको आलु पनि मिसाएर राख्ने र हेर्ने चलन वा दृष्ट्रिकोणमा परिवर्तन ल्याउनु पर्दछ । यसको पछाडि आयतीत क्रिस्चियन र हिन्दु दर्शनको शैक्षिक पाठ्यक्रममा आधारित शिक्षाको गहिरो प्रभाव हामीमा देखिन्छ ।  सामुहिक नेतृत्वको अभ्यास र सामुहिक अधिकारको पक्षमा कोही पनि बोलीरहेका देखिँदैन थ्यो । जबसम्म क्रिस्चियन तथा हिन्दू दर्शनमा आधारित एकल नेतृत्वको अध्ययनक्रम भंग गर्न सकिँदैन त्यतिञ्जेलसम्म आदिवासी जनजातिमा यो व्रि्रह, दरार आइरहने देखिन्छ । यही स्थितिलाई मध्येनजर  राख्दै सामुहिक छलफलमा उपस्थित सहभागीको एकल व्यक्तिवादी धारणा सुनेपछि ठूला ठूला कुरा गर्ने सबै वक्ताहरुको मुखमा बुझो लगाउनु भयो डा.कृष्ण भट्टाचनले :- ‘हामी अरुलाई गाली गर्ने बाहुनवाद भन्ने र एकल वाहुनवादी चरित्र आफैंबाट हटाउन सक्ने र त्यसलाई प्रमोशन गर्ने मान्छे हौं । हामीले उठाउनु पर्ने सामुहिक मानव अधिकारको कुरालाई विर्स र्व्यक्तिवादी कुरा गरिरहेका छौं । आदिवासी जनजातिको एकताको कुरा गर्ने हो भने मगर-मगर एकता किन हुन नसक्ने ? लिम्बु-लिम्बु एकता किन हुन नसक्ने ? कहीँ न कहीँबाट त एकताको शुरुआत हुनु पर्‍यो नि ।’
उहाँले आदिवासी जनजातिको आन्दोलन, मानव अधिकारको सुनिस्चितताको विषय र एकताको नारालाई दुर्व्यसनमा फासेर सुध्रन नसकेको दुर्व्यसनीसँग दाँज्दै अगाडि भन्नु भयो :- ‘हामी नपुंसक जेनरेसन हौं । न पाएको अधिकारलाई उपयोग गर्न सक्छौं न अधिकार पाउनका लागि आन्दोलन नै गर्न सक्छौं ।’ आदिवासी जनजातिको तर्फबाट हामी आदिवासी जनजातिहरुको लाचार अवस्थालाई स्वीकार्दा डा.भट्टाचनको हाँस्य प्रस्तुतिमा हाँसीरहेका सबै सहभागीहरु एक क्षण गम्भीर देखिन्थे । लाग्थ्यो, त्यहाँ उपस्थित सबैलाई यो गाम्भिर्यता दीघकालिन भए कति राम्रो हुन्थ्यो !

Share

Leave a Reply

Your email address will not be published.