आदिवासी कोइँच परम्परागत सूचना तथा सञ्चार प्रणाली

कोइँचबु काःतिच (उत्तम)
सूचना तथा सञ्चार हरेक आदिवासीको अभिन्न अंग भए जस्तै आदिवासी कोइँचको लागि पनि अभिन्न अंग हो । आदिवासी जनजाति कोइँचको परम्परागत संस्था कोइँच चुपलु हो । यस सामाजिक तथा राजनैतिक संस्थामा गाउरोखिँ, दाइशशाखिँ, मुइलि (मुलि) खिँ, ङावाखिँ, तोँखिँ, दिगारखिँ, लुमोखिँ हुन्छ । स्थानविशेष यी कार्यालयहरुको नाम विभिन्न किसिमको पाइन्छ । कोइँच परम्परागत सूचना तथा सञ्चार प्रणालीको प्रभाव, अनुगमन तथा मुल्याङ्कन गर्ने व्यवस्था छ । सूचनालाई सूचनाको रुपमा छाड्नु भन्दा पनि कस्तो, कुन प्रक्रिया र माध्यमाबाट के, कसरी सूचना पस्किँदा त्यसको प्रतिफल के कस्तो आयो वा निस्क्यो भन्ने पृष्ठापोषण छलफल गर्ने परम्परागत चलन छ । सही सूचनालाई तोडमोड गरेको खण्डमा सूचना प्रवाहकलाई सजयको व्यवस्था पनि पाइन्छ ।

सूचनाको प्रकृति
·    दामलो पाइचचा : कुनै काम गर्न सम्बन्धित व्यक्ति निकायबाट जानकारीको लागि राखिएको सूचना वा सूचकले दिने सूचनालाई दामलो भनिन्छ र सुचनालाई विशेष संकेत सूचक शब्दलाई ठूलो स्वरले वा सुसेलेर, कराएर, कुनै पनि साधन प्रयोग गरी लेखेर प्रसार गर्नुलाई दामलो पाइचचा भनिन्छ । जस्तै ः रोकाको मह काढ्दा होः होः, ख्योलो, खोइततो भनिन्छ ।
·    किङलो किःचा : कुनै पनि एक विशेष स्थान वा स्टेशनबाट विशेष शब्द वा बाजा वा आवाज सूचना अधिकारीले बोले पछि त्यसलाई विशेष अन्य व्यक्तिहरुले त्यसरी नै सम्बन्धित निकाय वा सम्बन्धित अंकगणितीयरुपमा प्रसार गर्दै जानुलाई किङलो भनिन्छ । यसरी दिने सूचनालाई किङलो भनिन्छ । जस्तै ः किश खोइलि पाचा, कोङ कोरोरो फोल फोल ।
·    होपा शेचा वा पेरचा : होपो वा प्रमुख व्यक्तिले राज्यको नीति नियम वा थारि, प्रशासानिक कुरा बारे जानकारी दिन प्रयोग गरिने एक प्रकारको विरुवा अम्लिसो लाई होपा भनिन्छ । होपोको कुरा वा आदेश, सूचना जानकारी दिने भएको हुँदा नै यस विरुवा नाम होपा राखिएको हो । यसरी सम्बन्धित जनतालाई जानकारी दिन अधिकार प्राप्त अधिकारीले हातमा होपा लिएर जानकारी दिने र मान्छे नभेटिएको घरमा होपा मारु वा पालीमा सिउरिने कामलाई होपा शेचा वा पेरचा भनिन्छ । २०४३ सालसम्म दोलखा जिल्लामा र २०४५ सालसम्म ओखलढुङ्गा जिल्लामा कोइँच मुलिच -मुखिया) हरुले तिरो उठाउँदा यो सूचना प्रणालीको अम्बन गरेका थिए ।
·    लोसपा चिपचा : कुनै पनि व्यक्ति बाटो लागेर हिँड्दा वा शिकार खेल्ना हिँड्दा पछि आउने साथीलाई सूचना दिन बाटोमा राखिने विरुवा तीतेपातीको मुन्टालाई लोसपा भनिन्छ । जता गएको छ वा लाशो छ त्यतैतिर मुन्टा फर्काएर ढुङ्गाले थिच्नुलाई लोसपा चिपचा भनिन्छ । यसरी कतै बाटो लागिएको छ भने जता मुन्टा फर्काएर लोस्पा थिचेको हो उतातिर नै जानु भन्ने सूचना हुन्छ भने शिकारमा हिँडिएको हो भने जता मुन्टा फर्काइएको छ उतातिर शिकारी छ भन्ने अर्थ बोक्छ ।
·    थारो क्युअÞचा : कोइँच भूमिमा अझै पनि चल्तीमा रहेको साँध सिमाना छुटाउन तथा प्राकृतिक स्रोत साधन वन, घाँस, दाउरा, खानी संरक्षणको लागि पाँच अखटा भएको काठ, ढुङ, घाँस बाँधेर भुण्डाइएको कुनै पनि बुट्टान वा काठको चोके किलालाई थारो भनिन्छ । थारो बाँध्ने कामलाई थारो क्युअÞचा भनिन्छ । थारो पनि विभिन्न उद्देश्य अनुसार छुट्टा छट्टै हुन्छ । घाँस संरक्षणको लागि काठ र घाँस, ढुँगा वा खानी संरक्षणको लागि ढुङ्गा र काठ, वन संरक्षणको लागि काठ, ढुङ्गा र घाँस झुण्डाउने गरिन्छ । यसरी अखटा लगाएको काठहरुले भने उक्त सूचना उलङ्घन गर्ने जोसुकैले भोग्नु पर्ने दण्ड सजायको सूचना जारी गरेको मानिन्छ । जस्तो कि पाँच अखटा भएको एउटा मात्र काठ झुण्डाइएको भए उहिले एक मोहर जरिवाना थियो भने उक्त पाँच अखटा भएको काठ दर्ुइ वटा भए एक रुपैयाँ जरिवाना भन्ने जानकारी गराउँछ ।
यदि थारो क्युअÞचा कार्य अर्काको सिमा मिचेर भएको रहेछ भने जसको सिमा मिचिएको हो उक्त व्यक्ति वा समाजले तत्काल वास्ताविक सिमानामा गएर घाँस बाँधेर थारो बाँध्नु पर्दछ । यसरी थारो बाँधिएपछि पन्ध्र दिनमा दर्ुइ पक्षको मुलिच, ङावाच, गाउरोच, थुङगुच, दिगारच, तोँकुच बसेर सहमतिमा कुराको टुँगो लगाउनु पर्दछ ।
·    लिँक्यू कोःचा : पछि हुने वा अगाडि भएको कुरा थाहा पाउन पोइँबो-ग्याँमि वा नाअÞसो मार्फत विशेष विधिबाट सूचना खोजी गर्नुलाई लिँक्यू भनिन्छ । देश-विदेशमा रहेका आफन्तका बारेमा राम्रो नराम्रो अवस्था के छ जानकारी पाउन तथा भविश्यमा के घटना घट्ने छ भनि जानकारी लिन खोजिएको सूचना नै लिँक्यू हो । यो सूचना पोइँबा-ग्याँमि तथा नाअÞसो मार्फत अदृश्य शक्तिबाट प्राप्त गरिन्छ । यसरी सूचना प्राप्त गर्नुलाई लिँक्यू कोःचा भनिन्छ ।
·    खादिमुदि खेचचा : आदिवासी ज्ञान प्रकृति तथा वातावरणका ज्ञाता हुन भन्ने कुरामा कसैको दर्ुइ मत छैन । यसैले उनीहरुसँग विशेष किसिमको ज्ञान हुन्छ । जस्तो कि आज पानी पर्छ पर्दैन, नेङ माछाको खोलामा आए आएनन्, जाडो हुन्छ वा गर्मी – महामारी हुन्छ वा हुँदैन । अनिकाल, सहकाल के हुन्छ सबै प्रकृति र वातावरणलाई हेरेर, देखेर, सुनेर, सुँघेर, र र्स्पर्श अनुभूत गरेर थाहा पाउँछन् । जस्तो कि आकाशमा मेघ गर्जिदा वा झरी पर्दा नेङ माछा खोलामा आए भन्ने । बादलको रङ वा बहव वा अन्य कारणले पानी पर्ने नपर्ने सूचना दिनु, हावाको गतिले असिना पर्ने थाहा पाउनु, वन बर्कुला हेरेको भरमा भाले पोथी कुन मिर्ग, घोरल वा अन्य जनवार हो भन्ने थाहा पाउनुलाई खादिमुदी खेचचा भनिन्छ ।
·    निसानिरसि पाचा : कुनै पनि वस्तु वा संकेत वा खानेकुरा सम्बन्धित व्यक्तिलाई दिई उसको मर्यदाक्रम अनुसार दिइने सूचनालाई निम्तो भनिन्छ । जस्तो कि डोलो सुपारी, आधा सुपारी कुनै शुभकार्यको निम्तो हो भने ल्वाङ कुनै पनि शुभकार्यमा गीत गाउन दिइने निम्तो हो । फुल, पोङ/रक्सी, ओखर विशेष चार्डपर्वमा दिइने निम्तो हुन् । यसको पनि विभिन्न स्तरहरु छन् ।

सूचना अधिकारी
·    मुलिच वा ङावाच : कोइँच समाजमा समाचार पक्का हो कि होइन भन्ने कुरा टुँगो गर्न आफ्नो परम्परागत संस्थाका पदाधिकारीलाई सोधिन्छ । यर्सथ समाचार रुजु गर्ने माथिल्लो अधिकारी गाउँको अग्रज, समाजको पाका र मुख्य व्यक्ति ङावाच वा मुलिच हुन्छन् । हिजो आज समुदायका प्रमुखलाई मुखिया भन्ने पनि चलन छ ।
·    गाउरोच : कोइँच समाजमा भूमि तथा प्रसाशनसम्बन्धि सम्पर्ूण्ा सूचना पस्किने र त्यसको अभिलेख राख्ने अधिकारीलाई गाउरोच भनिन्छ ।
·    दिगारच : कोइँच समाजमा धार्मिक, साँस्कृतिक तथा आपतविपत सम्बन्धि सूचना दिने तथा त्यसको अभिलेख राख्ने अधिकारीलाई दिगारच भनिन्छ । जो गाउरोचको सहायक भएर पनि काम गर्दछ ।
·    पोइँबो-ग्याँमि : अलौकिक शक्ति प्रयोग गरेर टाढा भन्दा टाढा रहेको व्यक्तिको वस्तुस्थिति तथा भूत तथा भविश्यको सूचना दिने व्यक्तिलाई पोइँबो-ग्याँमि भनिन्छ ।
·    नाअÞसो : कुनै पनि बस्तु वा सामाग्री प्रयोग गरी व्यक्ति, परिवार वा  समाजमा घट्ने घटनाको सूचना दिने व्यक्तिलाई नाअÞसो भनिन्छ ।

सञ्चार प्रक्रिया
·    जो जसले सूचना जारी गर्नु पर्ने ठहर गर्छ वा जसलाई आवश्यकता छ उसले र्सवप्रथम के कस्तो सूचनाको आवश्यकता हो सुनिस्चित गर्दछ ।
·    त्यस्तो सूचनालाई कोइँच चुप्लुको भए जून सूचना अधिकारीको जिम्मको सूचना हो सोही अनुसार कोइँच चुप्लुको होइन भने जुन व्यक्ति वा परिवारको हो सोही व्यक्ति वा घर परिवारको मुलिचले तोकिएको व्यक्ति मार्फत वा आपै+m सूचनाको व्यहोरा तयार गर्ने वा उत्पादन गर्ने गर्दछ ।
·    तत् पस्चात सूचना माध्यमको छनौट गर्ने कार्य शुरु हुन्छ । सोही अनुरुप सूचनाको प्रकृतिअनुसार कोइँच चुप्लुको भए होपा, अन्य भए काठ, ढुङ्गा, घाँस, किला, फुल, ढोल, बाँस, मेख -पुद्), फक, सुपारी, ओखर, रक्सी पोङको पनि व्यवस्था गर्नु पर्दछ ।
·    सबै कुराको टुँगो लागे पछि सूचनाको प्रकृति अनुसार सम्बन्धित सूचनास्थलमा सूचना र्सार्वजानिक गर्ने वा राख्ने काम गरिन्छ ।
·    र, सो सूचना कतिको प्रचार प्रसार भयो भनेर अनुगमन पनि निरन्तर भई रहेको हुन्छ । हेरेर, देखेर, सुनेर, अनुभूत गरेर मौखिकरुपमा एक पछि अर्को स्वतः व्यक्ति, परिवार, समाज तथा अर्को समाजमा सूचना प्रचारप्रसार हुन्छ ।
·    यसरी भएको सूचनाको पृष्ठापोषण वा उपलब्धता वारे छलफल गर्ने काम कार्यक्रम सम्पन्न भए पछि जनता वा व्यक्ति, परिवार वा समाजले गुनासो गरे पछि वा नगरी उपलब्धी बारे छलफल गरिन्छ ।

सूचना स्थल
·    हरेक सूचनालाई बढी भन्दा बढी व्यक्ति, परिवार वा समाजमा पुर्‍याउन उपयुक्त माध्यम र स्थानको आवश्यक हुन्छ र कस्तो व्यक्तिलाई चाहेको सूचना जारी गरिएको हो वा पस्किएको हो – सोही अनुसार नाइलु (चौतरो), चुमबा (चुली), थारलुथेम (देउराली), ब्लाःला (दोबाटो), लेलाँ (चौबाटो), ङारिसुरि (घरको धुरी), धारा, साँघु, हाट, जात्रा, घरको विशेष कार्यक्रम जस्ता सूचना स्थल छनौट गरी सूचना जारी गर्ने वा पस्किने गरिन्छ । यो काम कोइँच चुपलुको भए सूचना अधिकारी आपै+m वा तोकेको व्यक्ति मार्फत र व्यक्ति वा परिवारको सूचना भए सम्बन्धित व्यक्तिले जारी गर्ने वा पस्किने काम गर्छ ।

सञ्चार माध्यम वा साधन
·    मानिस : र्सवप्रथम त भरपर्दो र प्रभावकारी सूचना पस्किने काम अहिलेसम्म पनि घरदैलो कार्यक्रम नै हो । कोइँच समाजमा सूचनाको प्रकृति र आवश्यकतानुसार घर घर गएर तोकिएको व्यक्ति वा स्वयं सूचना जारी गर्ने व्यक्ति आपै+mले आवश्यकतानुसार घर घर गएर सूचना पस्किने काम होस् वा ढोल, हरियो बाँसको ढुङ्ग्रो फुक्ने काम होस् सजिलो र भरपर्दो माध्यम मानिस नै थियो र अहिले पनि छ । जस्तै ः खेतला डाक्नु, खेत बारीमा सिंचाइ गर्नु, तिरो तिर्नु ।
·    पोइँबो-ग्याँमि, नाअÞसो : कोइँच समाजमा पोइँबो-ग्याँमि, नाअÞसो आदिवासी जनजातिय कुलपुरोहित हुन् । ता पनि यी कुल पुरोहितले घरबाट टाढा भएको व्यक्ति वा घटनाको सञ्चो-विसञ्चो र शुभ-अशुभको सूचनाको जानकारी दिने तथा भविश्यमा घट्ना सक्ने घटनाका बारेका जानकारी दिने गर्दछ । साथै समाजमा विभिन्न सामाजिक तथा साँस्कृतिक कार्यक्रमका मुख्य अधिकारी भएको हुँदा बहुचर्चित भएको हुँदा पनि धेरै सूचनाका केन्द्र, स्रोत व्यक्ति तथा सूचना प्रसारक मानिन्छ ।
·    प्रत्यक्ष मानवीय आवाज : कुनै मानिसलाई सूचना जानकारी गराउन सुसेल्नु, डाँडामा बसेर ठूलो स्वरमा कराउनु र आवाज अगाडि बढाउने माध्यम मानव आवाज वा सुसेल्नु हो । जस्तै : गाईले बाली खाँदा सूसलेर कराउनु, वनकर ढेँडुबाँदार, स्याल, बाघ, भालु, चितुवा, कुँदु लखेट्नु- ओ होइ, हाइ-हाइ, लाहाइ-लाहाइ ।
·    पशुपंक्षी तथा जनवार : कोइँच समाजमा गौंथली, ढुकुर, तुबी, कालो, लाटकोसेरोलाई सूचना पस्किने पंक्षीको रुपमा लिने गरिन्छ । बिरालो, कुकुरलाई सूचनाबहकको रुपमा लिने गरेको पाइन्छ । जस्तोः चिल, सिक्रे, स्याल आउँदा कुखुरा कराउँनु । बाघ, भालु, स्याल देखेर गाई, भैंसी तर्सिनु, कुकुर भूक्नु । चराचुरुङ्गी अस्वभाविकरुपमा कराएर उड्नु ।
·    बाजागाजाको आवाज : कतिपय अवस्था शब्दको अर्थ दिने आवाजले वा कराउनुले भन्दा पनि ढोल, घण्टी, ढ्याङ्ग्रोको बजाइको तालले के कस्तो सूचना दिएको हो प्रष्ट पार्ने काम गर्दछ ।यर्सथ मानिस मर्दा हरियो बाँसको ढुङ्ग्रो, ढ्याङ्ग्रो, ढोल, बास्सै बाजा, टुङना, क्योङ, माचिङ्गा, मादल, फाक, मेख -पुद), मेशि ग्लो, घण्टी पनि सूचना पस्किने असली माध्यम हुन । जस्तै : चेँगु, कास गरेको, शाँदार पिदार ।
·    प्रकृति, विभिन्न बस्तु, यन्त्र वा औजरहरु : प्रकृति तथा अन्य बस्तु, औजार र यन्त्रहरु कोइँच समाजमा सूचनाका माध्यम हुन् । जस्तो : जंगलमा भएको बाख्रा एक ठाउँ जम्मा पार्नु परेउ भने दुइवटा पात मुखमा च्यापेर बजाइन्छ । हात बजाइन्छ । बिशेष गरी सिकार गर्दा विभिन्न वस्तु, औजार र यन्त्रको प्रयोग गरिन्छ । ढुङ्गा पल्टाएर मकै र्छर्ने समयको सूचना पाउनु । दुइ पक्ष वीच झगडा हुँदा ढुङ्गमा पत्र बाँधेर अर्को पक्षलाई घुयेँत्रोले फालेर जानकारी गराउनु । तीरमा आगो बालेर वा कपास, चिट्ठी बाँधेर हान्नु ।
र्
वर्तमान सर्न्दर्भमा यसको महत्व र औचित्य
इ.पू. आठौं सताब्दीदेखि हालसम्मको समयावधिलाई पस्चिमा इतिहासमा छ चरणको सूचना आन्दोलन पार गरीसकेको समयमा परम्परागत सूचना प्रणालीको चर्चा-परिचर्चा, मूलाधारका भन्न रुचाउने वा भनिनु पर्छ भनि भन्ने दाबी गर्नेहरुका लागि अचम्म लाग्न सक्छ ।
आदिवासी जनजाति पहिचानको लागि परम्परागत सूचना प्रणाली अतिआवश्यक छ । यसको लागि आधुनिक प्रविधिहरुसँग समायोजना गर्न पनि उत्तिकै महत्वपर्ूण्ा छ । आधुनिक प्रविधि पनि सुहाउँदो हुनु पर्दछ र त्यो प्रविधिले समयको बचत आर्थिक बचतसँगै उपयोगकर्तालाई सहज र स्वास्थ्यपरक पनि हुनु पर्दछ । विश्वास्नीय पनि हुन आवाश्यक छ । अझै पनि कोइँच समाजमा रेडियो, टेलिभिजन, पत्रपत्रिकाको सूचनालाई आधार मानेर आफ्नो उपस्थिति जनाउने गरेको पाइँदैन न त एसएमएस, इमेल, चिट्ठीबाट दिएको सूचनालाई आधार मानेर कामकारवाही बढाएका नै छन् । उनीहरुमा अझै पनि यी माध्यममा पर्ूण्ा विश्वास नरहेको अनुभूति गर्न सकिन्छ । सम्बन्धित मानिसको अधिकारीक प्रतिनिधिको उपस्थितिलाई मात्र विश्वासनीय ठान्ने समाजको चलन भएको हुँदा पनि राज्यले पस्केको कतिपय महत्वपर्ूण्ा सूचनाबाट कोइँचहरु बञ्चित छन् । कतिपय राज्यको सूचना प्रणाली कोइँचमैत्री नभएर वा पहुँच नहुनाले पनि परम्परागत सूचना प्रणालीको आवश्यकता देखिन्छ । कुनै पनि सूचनालाई दोहोरो सम्प्रेषण गरी जनप्रिय र विश्वासनीय बनाउन पनि आदिवासी जनजाति कोइँचको परम्परागत सूचना प्रणालीको महत्व रहेको छ ।
जनताको अधिकार संरक्षण गरी देशले लिएको राष्ट्रिय नीति नियमलाई कार्यान्वयनमा सहयोग गर्न, गराउन सबै वर्ग, तह, तप्का र समुदायमा सूचना प्रवाह गर्न राज्यलाई देशका विभिन्न जातजाति र आदिवासी जनजातिको सूचना प्रणालीको अध्ययन गर्न अति आवश्यकता छ । यसरी हरेक आदिवासी जनजातिको पहुँच हरेक क्षेत्र र तहतप्कामा पुर्राई समतामुलक समावेशी धार्मिक, साँस्कृतिक, भाषिक बहुल राज्यको सूनिस्चितता वा विश्वासनीय र व्यावरिकता प्रस्तुत गर्न पनि परम्परागत सूचना प्रणालीको जानकारी राख्न हरेक नीति निर्माता र प्रशासकलाई आवश्यक देखिन्छ । देश गम्भीररुपमा राजनैतिक, संवैधानिक संकटमा परेको अवस्थामा स्थाइ शान्ति स्थापनाको लागि गाउँ-गाउँदेखि प्रत्येक जाति, व्यक्ति, आदिवासी जनजातिको कार्यशैली र व्यवहारमा तीव्रता र इमन्दारिता स्थापित गर्न पनि परम्परागत सूचना प्रणालीको आवश्यकता देखिन्छ । यसरी परम्परागत सूचना प्रणालीको कार्यान्वयनले प्रत्येक जनतालाई उत्तरदायी र जिम्मेवारी बनाउँदा छ । अवश्य पनि वृहत सूचना प्रणालीको कल्पना  गर्र्छौं भने वा राज्य वा प्रशासनले आम जनताको सूचना हक सुनिस्चित गर्ने नीति लिएको हो भने सूक्ष्म परम्परागत सूचना प्रणालीलाई पाखा लगाउन मिल्दैन ।
(यो लेख इथ्निक मिडिया फाउण्डेशनको बुलेटिन ‘द इथ्निक भ्वाइस’ लागि तयार गरेको हुँ ।)

Share

Leave a Reply

Your email address will not be published.