आखिर गरे के हुन्न रैछ र ! कोइँच खाना प्रदर्शनी सफल ग¥यौं

111–शोभा सुनुवार ।
नेपाल सरकार कृषि विकास मन्त्रालय खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले “परम्परागत, पोषिला र स्थानीय खाद्य पदार्थको प्रवद्र्धन गरौं, असल पोषणका लागि खाने बानीमा सुधार गरौं ।” भन्ने मुल नारासहित आयोजित दुई दिने खाद्य मेला २०७३ सम्पन्न भएको छ । परम्परागत पोषिलो खाना प्रदर्सनी मेलामा भाग लिन एक रातको निर्णयले भए पनि सफल नै बनायो । न त पूर्व तयारी न कसैसँग सल्लाह गर्न पाइयो । उकुसु दाजु नहुने हो भने शायद यो काममा हामी सफल नहुने थिएनौं । जे होस् हौसला र तरिका थाहा पाइयो । आँट्यो भने जुनसुकै अप्ठ्यारो काम पनि हुनेरहेछ । बिहानै सामान किनेर प्रदर्शनमा सबै तयारी गर्नु पनि कम्ती चुनौती थिएन । तै पनि हिम्मत हारिएन । बिहानै ४ बजे उठेर प्रदर्शनीको लागि मेरै घरमा बनाएँ । प्रदर्शनीमा चाहिने खानाको कच्चा सामाग्री मेरै घरमा उपलब्ध हुनाले मैले घरमै कोइँच खाना बनाउन सुरु गरेँ । रिस पनि उठ्यो । सचिवलाई फोन ग¥यो स्वीच अफ । अध्यक्षलाई फोन ग¥यो उठ्दैन । मलाई परिक्षा लिए जस्तो लाग्यो । जसरी पनि प्रदर्शनीमा सहभागी हुन्छ भन्ने आँट गरेँ एक्लै । बल्ल ६ बजे उकुसु दाइले फोन गर्नुभयो । रिसाइ दिएँ । उहाँ केही समयमा मेरो घर आइपुग्नु भयो । अध्यक्ष ज्यूलाई पनि रिसाइ दिएँ । उहाँ र विवेक प्रदर्शनी स्थल भृकुटीमण्डप पुगेर त्यहाँको अवस्था जानकारी गराउन अह्राई पठाएँ । बल्ल उकुसु दाई आइपुग्नु भयो । मैले तयार पारेको कोइँच खानाको परिकारहरु मोबाईलमा कैद गर्नुभयो । सामाजिक सञ्जालमा राख्नुभयो । खाना सर्भिसीङ डेकोरेट मिलाउनु भयो । त्यसपछि पदम भाईलाई ट्याक्सी लिएर आउन फोन गरी कोइँच खाना बनाउने भाँडाकुडा, पानी, आलु, पिठो, दुध, टपरी बटुल्दै कपन, चाबेल, बानेश्वर, मैतिदेवी हुँदै प्रदर्शनी स्थल पुगियो । त्यहाँ सबैको स्टल पुरै डेकोरेट थियो । हाम्रोमा प्रदर्शनी टेबलको टेबल पोस पनि थिएन । न त व्यानार नै थियो । त्यहाँ पुगेर ग्याँस जोड्यौं । कसैले टेबल पोस किन्न गयौं र उकुसु दाई भने व्यानार बनाउन लाग्नुभयो । काम गर्दा गर्दै १२ बज्यो । बल्ल १ बजेबाट सहजरुपमा खाना प्रदर्शनी गर्न सफल भयौं ।
पहिलो दिनमै हाम्रो खानाले धेरै नै प्रसंशा पायो । धेरैले नयाँ परिकार देखियो । फरक स्वाद पाइएको बताए । तर खानासँगै राई र सुनुवारको फरक बुझाउँदा बुझाउँदा हैरान भइयो । किन कि सुनुवारलाई पनि राई भनेर सम्बोधन गरिरहन्थे । सबैले यसो भनेको सुनेर त इङ्गिहोपो र केर कोइँच दुई भाइले त हातैले किरात कोइँच सुनुवार भनेर भित्तामै टाँसी दिए । गोपाल सुनुवार दाईले पटक पटक सुनुवारको डिफिनेसन दिँदा थाकेर उ माथि हेर्नोस् भनेर व्यानारमा देखाउन थाल्नुभयो ।
धेरैले कोइँच खानाको नाम सुनेर नै छक्क परे । कसैले ल यो त अनुसन्धान नै गर्नु पर्ने रहेछ भने । कसैले ल अहिलेसम्म नसुनेको खानाको नाम रहेछ । तैंँले सुनेको छस् भन्दै एकार्कामा सोधासोध गर्थे ।
त्यस्तै दोस्रो दिन पनि तनावपूर्ण रह्यो । मैले उकुसु दाजुलाई कोटेश्वर सुसेसबाट ठूलो कराइ ल्याउनु भनेको थेँ । उहाँ नै साँढे १२ बजे आइपुग्नुभयो । महासचिव समीर दाईसँग । कम्त त रिस उठेको होइन । कोही पनि भएनन् । सुनुवार सेवा समाज मेरो मात्र रहेछ ल ठिकै छ भनेर अध्यक्ष रणवीर अंकल र उकुसु दाईलाई गुनासो पोखेँ । बल्ल केर र मणि भाई आइपुगे र खाना बनाउन सघाए । उता प्रदर्शनीमा खानाको बारेमा सोध्ने र खाना चाख्न खोज्नेको हुल बढेको बढ्यै थ्यो । मेरो हात तेलले पोलेर पञ्ज लगाउन नहुने भयो । पञ्ज नलगाई काम गर्न पनि नपाइने खाद्यको आदेश । बढो दुःख लाग्यो । छाती दुःखेर खपीनसक्नु भा थ्यो । कतिपय कोइँच खानाका पारखी दाजुहरु पनि शनीवार हस्याङ्फस्याङ् गर्दै आउनुभएको थियो । पुरै परिवारसहित । धेरैले हामीलाई व्यवसायिक रुपमा खानाको प्रदर्शनी गरेको ठाने । कतिले यो खाना कहाँ खाना पाइन्छ ? होटेल कहाँ छ ? भिजिटिङ कार्ड दिनु न भने । त्यसो भन्नेमा डक्टर, पत्रकार, कलाकार, व्यापारीदेखि खानाका सौखिन नयाँ पुस्ताहरु थिए । चिरपरिचित डा. अरुणा उप्रेतीले हाम्रो खाना एरि दिङ्ना चाखेर सारै मीठो रहेछ । भन्दै भिजिटिङ कार्ड माग्नुभयो । हामीसँग त्यस्तो व्यवस्था नभएको हुँदा फोन नं. मात्र दिएँ । धेरैले फोन नं. टिपेर लगे । कसैले तपाईँको खानाको वारेमा फिचर बनाउँछु भने । कसैले अनुसन्धान गर्नु पर्ने भो भने । इञ्डिजिनिअस टि.भि., इमेज च्यानालले श्रव्यदृश्य नै संकलन गरे । कसैले परम्परागत खाना भनेको नै यस्तो हो । यसलाई तपाईँहरुको समुदायले अभैंm बचाइराख्नु भएको रहेछ, ल धन्यवाद छ भनेर कोइँच स्वाद चाखेपछि धन्यवाद दिए । धेरैको प्रशंसा र माया पाइयो । कोइँच सुनुवार पहिचान आम नेपाली सर्वसाधारणलाई सौहार्दपूर्वक दिन पाइयो परम्परागत कोइँच खानाको स्वादले । एका दुई बाहेक सबै स्टलहरु व्यापारिक थिए । त्यस मध्येमा हामी पनि थियौं । हामीले नाफाको लागि कोइँच खाना प्रदर्शनी गरेका थिएनौं । तर पनि हामीले त्यति ठूलो घाटा पनि व्याहोर्नु परेन । हो, यो नै हाम्रो पहिचान हो । करिब ३००० देखि ५००० मानिसले हाम्रो कोइँच खानाको अबलोकन गरे । १०,००० बराबरको खाना पनि चाखेर गए । “यो त बिर्सिन्छ याद राख्नुपर्छ” भन्दै कतिले हाम्रो संस्था र जातिको नाम लेखेर लगे । तर यो ३००० देखि ५००० जना भिजिटरमा मुस्किलले ५०, ५५ जना कोइँचहरु खाद्य मेला २०७३ मा अवलोकन गर्न आए होला । यो भने हामी कोइँचको लागि अर्को चुनौती जस्तै लाग्यो । थोरै सचेत कोइँचहरु मात्र खाद्य मेलामा आएर कोइँच स्वाद चाख्नुभयो अनि घरमा पनि लिएर जानुभयो । बढी त कोइँच इतरका जातजातिहरुले कोइँच खाना प्याक बनाएर लैजान चहानु भयो । तर दुःखको कुरा हामीसँग प्याकेट गर्ने सामाग्रीको व्यवस्था नभएको अनि बसेर खाने व्यवस्था पनि गर्न नसकेको हुँदा धेरै स्वादका पारखीहरु त्यसै अलिकति चाखेर जानुभयो । हाम्रो लागि यो पहिलो ऐतिहासिक खाना प्रदर्सनी थियो र हो पनि । तर खाद्य प्रविधि तथा गुण निर्धारण विभागको लागि पनि यो पहिलो नै रहेछ । उसले पनि समापनमा धेरै कुरा सिकेको बोल्यो र यस्तो मेला वार्षिक रुपमा गर्ने प्रतिवद्धता पनि जाहेर ग¥यो । यो मेलाले हामीलाई धेरै कुरा सिकायो । हामीसँग कोइँच खाना अर्थात् कोइँच स्वाद बेच्ने केही अनुभव थिएन । अर्को कुरा त कोइँचमा आफ्नो खाना वा स्वाद बेच्ने कुनै अभियान नै शुरु भएको थिएन । थियो त आदिवासीहरुको कार्यक्रममा सानो स्केलमा देखाउनको लागि खाना महोत्सव गरेको अनुभव थियो । त्यो महोत्सव भावनात्मक थियो । हामी पनि खाद्य मेलामा भावनात्मक रुपमै सहभागी थियौं तर खाद्य मेलाको समापनपछि व्यावसायिक बन्न सक्ने आँट आयो । पहिलादेखि एभरेस्ट एक्जिविसनमा काम गरेका सुसेस माहासचिब समीर दाइसँग प्रदर्शनीमा व्यापार कसरी गर्ने भन्ने कुरा सिक्ने मौका म आफैंले पाएँ । उहाँ खाना स्टलमा बसेपछि हामीले खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले लक्षित गरेको खाना गोर्मालिको राम्रो व्यापार भयो । ता पनि हामीले पैसाको लागि होइन पहिचानको लागि काम गरेका थियांै सायद हामी सफल भयौं । केही वर्ष अगाडिदेखि सुसेस काठमाडौं जिल्लाले कोइँच मातृभाषा कक्षा सञ्चालनबाट शुरुदेखि “पहिचानसहितको आय आर्जन ः युवाहरुको उद्यमशील चिन्तन” अभियान अगाडि बढेको थियो । अब हामी यो अभियान कोइँच पहिचान बेचेर पनि उद्यमी बन्न सक्छौं जस्तो लागेको छ । हिजो कोइँच पोशक विक्रि हुन्छ भन्ने कल्पन गर्न सकेका थिएनौं आज विक्री भइरहेको छ । हिजो कोइँच भाषा विक्री हुँदैन भन्ने दास मनोविज्ञान थियो आज तिनै दास मनोविज्ञान बोकेकाहरु कोइँच मातृभाषाबाट बाँच्ने र पहिचान राख्ने काम गरिरहेका छन् । अब हामी स्वादको व्यापार र कोइँच भूमिको दृश्यावलोकनबाट उद्यमशीलता लाग्ने जमर्कोमा छौं । युवाहरु एक जुट भएको अवस्थामा यी सबै काम चाँडै पुरा हुने विश्वास लिएको छु । यस वीचमा म अलि विचलित थेँ । कहिल्यै नगरेको काम के हुने हो के ? न लाज परिने हो ? न कोइँच सुनुवारहरुले सुनुवारको इज्जत नै फाल्यो भनेर अर्को गाली खाने बाटो पो आँपैंm खानी रहेछु । र, सँग सँगै म अलि अस्वास्थ पनि थिएँ । वीचमा भनेको बेला तत्काल साथ नपाउँदा र मैले भने अनुसार काम नहुँदा अलि दुःख पनि लागेको थियो । त्यो दुःख मलाइ मात्र थाहा छ । कुन कुराले म दुःखी थिएँ भनेर । मेरो दुखाइ कसैलाई भनिन । त्यस्को प्रतिफल त्यतिबेला कसैमाथि तिक्तता पोखेँ होला । सायद मैले आफुलाई मात्र नभएर सम्पूर्ण कोइँच सुनुवारहरुको लागि गरिएको कार्यमा दुई–दुई तीन जनाले मात्र हातेमालो गरेर हुन्न भन्ने लागेको थियो । त्यो मेरो व्यक्तिगत बुझाइ थियो । तापनि हामीले कोइँच खानालाई संस्थागत ग¥यौं । यस खाद्य मेलाको अवधिभरि सहयोग गर्ने दिदी मनु, लालकुमारी, भाई पदम, इङ्गिहोपो, केर कोइँच, मणि, रुपक ब्लामिच, दाई गोपाल, समीर, उकुसु, रणवीर अंकल, भाउजु राधा सुनुवार, बैनी दुर्गा, मनु तुनिचलाई विशेष धन्यवाद दिनचाहन्छु मेरो व्यक्तिगत तर्पmबाट । खाद्य विभागले हाम्रो कार्यको प्रशंसासहितको कदर–पत्र टक्रायो र केही खानाको पौष्टिक तत्व छुटाइ गुण निर्धारण गरी दिने वचन दिएको छ । यो नै हाम्रो लागि सफलता हो । हुन त गर्न धेरै छ । त पनि हाम्रा अग्रजहरुले कोइँच खानाको सूची कोइँच समुदायको पत्रपत्रिकामा सूचीकृत गरे अनुसार खाना प्रदर्शनीमा देखायौं । अब यसलाई वैज्ञानिकीकरणमा लैजाने काम हाम्रो जिम्मा हो भन्ने ठानेको छु । र, यसै कार्यतिर हामी उन्मुख छौं । सुनुवार सेवा समाजका सबै विभागले आ–आफ्नो जिम्मेवारी यसरी नै वहन गर्दै जाने हो भने हाम्रो लक्ष्य अवश्य पुरा हुने छ । आखिर गरे के हुन्न र । हामीले एक रातकै आँटले पनि कोइँच खाना प्रदर्शनी सफल ग¥यौं । चेरेदुमिन ।
–दुरागाउँ ९, रामेछाप ।
हाल : सिमलटार, बौद्ध, कामनपा ६ काठमाडौं ।

Share

Leave a Reply

Your email address will not be published.