अपिल

–कोइँचबु काःतिच

एकताका
मलाई पनि मन लाग्थ्यो
सहकार्य र समावेशी ओकल्न
यदाकदा
मलाई पनि मन लाग्थ्यो
सहभागिता र समता डुक्रन
कुनै समय
मलाई पनि मन लाग्थ्यो
पारदर्शी र एकताको खोक्रो नारा फलाक्न ।
यसैले
कहिले भन्थेँ
हाम्रा नेता कामै नलाग्ने,
कहिले गाली गर्थेँ
“साले ! ती बहुला नेताहरु,
ताक परे तिवारी नत्र गोतामे ।”
तर हिजोआज
मैले मौन साँधेको छु
अनि
चौपट्टै मन मारेको छु
कारण,
मेरो अगाडि उभिएका
मैले क्षमतावन र कर्मठ ठानेको
ती नेताहरु त
कृत्रिम इन्द्रियजडित
अन्त कतै रिमोटबाट नियन्त्रित
अत्यधुनिक रोबार्टहरु पो रहेछन्
झुक्किनसम्म झुक्किएछु म ।
त्यसैले
उर्दी लगाउँदैछु मान्छेलाई
सचेतनाको ढोल पिट्दैछु
भौतिक शरीर भएकाहरुलाई
भत्काइ दिउँ
अब त्यो रिमोटनियन्त्रित रोबार्टको पुर्जा
र,
स्थापित गरौं
खाँटि मान्छे
मुलिच, ङाःवाचलाई
झर्रा शरीरको
गाउरोच, नाअÞसोचलाई
त्यो रोवर्टरुपि नेताको कुर्सीमा ।

कुनै नेतालाई झैं
अनि कुनै धर्मगुरुलाई झैं
जीउ जीउ पनि गर्न नपर्ने
दिँदा पनि हुने नदिँदा नि हुने
मान्दा नि हुने नमान्दा पनि हुने
गाली गर्दानि नरिसाउने
‘ए, नाअÞसो रिमशो पा पिदार पाउ,
झ्याक्ने दाइलकुल दुम खे !’
–काःत, चुप्लु

Share

2 Comments to अपिल

  1. नाईलू क्याबचा says:

    aba tehi ra yehi garnu parchha hami sabai le..

  2. kormoch says:

    कविता पढियो । दोहोर््याएर पढियो, तेहेर््याएर पढियो । जति पढ्यो, त्यतिनै म जस्तो अल्छिलाइ त जोश् र उर्जा भरिदै गए जस्तो लाग्यो भने हाम्रा कर्मठ कोइंचहरुलाइ यसले अवश्य जागरुक हुन अभिप्रेरित गर्नेछ । का:तिच ज्यु, यस्ता कविताले अवश्य प्राण भर्नेछ । लेख्दै जानुस… थप्दै जानुस… “एक् थुकि सुकि, सय थुकि नदि”

Leave a Reply

Your email address will not be published.