अञ्चल ट्याक्सी, दुरा, सुनुवार विद्यार्थी र सुसेस ललितपुर सेमिफाइनलमा ।

semiसुनुवार डट ओआरजी समाचारदाता ।
३० वैशाख, ललितपुर । दोस्रो आदिवासी जनजाति कप २०७३ को क्वाटरफाइनलमा खेलमा सुनुवार अञ्चल ट्याक्सी व्यवसायी, दुरा सेवा समाज, सुनुवार विद्यार्थी समाज र सुनुवार सेवा समाज ललितपुर सेमिफाइनलमा प्रवेश गरेका छन् । सुनुवार अञ्चल ट्याक्सी व्यवसायीले वालुङ युथलाई २–० ले, दुरा सेवा समाजले लिखु भुजी रामेछापलाई १–० ले, सुनुवार विद्यार्थी समाजले मगर फुटबल टिमलाई ५–२ ले, सुनुवार सेवा समाज ललितपुरले नेवा युथ क्लबलाई २–१ ले पराजित गर्दै सेमिफाइनलको यात्रा तय गरेका छन् ।
सुनुवार अञ्चल ट्याक्सी व्यवसायीका जर्सी नं. ७ सुमन मगरले २१औं मिनेटमा र जर्सी नं. ११ का विकास मोक्तानले ६४औं मिनेटमा गोल गरेका थिए । त्यसैगरी दुरा सेवा समाजका जर्सी नं. ८ का राम दुराले ८औं मिनेटमा गोल गरेका थिए । सुनुवार विद्यार्थी समाजका जर्सी नं. १७ का मार्बल सुनुवारले ६ मिनेट, जर्सी नं. ४ का विनोद गुरुङले १८ मिनेट, जर्सी नं. १६ का रोशन गुरुङ २० मिनेट, जर्सी नं. ८ का सुमन श्रेष्ठले ४३ मिनेटमा र जर्सी नं. ७ का प्रह्लाद सुनुवारले ७० मिनेटमा गोल गरेका थिए भने मगर फुटबल टिमका जर्सी नं. १० का विजय श्रेष्ठले ४० मिनेट र जर्सी नं. ७ का चन्द्र राना मगरले ४७ मिनेटमा गोल गरेका थिए । त्यसैगरी सुनुवार सेवा समाज ललितपुरका जर्सी नं. ५ का छवि रोका मगरले १७ र ३७ मिनेटमा गोल गरेका थिए भने नेवा युथ क्लबका तर्फबाट जर्सी नं. १६ का विकास महर्जनले ५५ मिनेटमा गोल गरेका थिए ।
सेमिफाइनल खेलमा सुनुवार अञ्चल ट्याक्सी व्यवसायीविरुद्ध सुनुवार विद्यार्थी समाज र दुरा सेवा समाजविरुद्ध सुनुवार सेवा समाज ललितपुरबीच हुनेछ ।

Share

Leave a Reply

Your email address will not be published. Required fields are marked *