All about Sunuwar

News

now browsing by category

 

सुनुवार सेवा समाजको १०औं राष्ट्रिय सम्मेलनबाट अमृत सुनुवारको नेतृत्वमा नयाँ कार्यसमिति चयन ।

काठमाडौं । यही फागुन २७/२८ गते सुनुवार सेवा समाज संघीय समितिको १० औं राष्ट्रिय सम्मेलन सम्पन्न भएको छ । सम्मेलनको उद्घाटन संस्कृत, पर्यटन तथा नागरिक उड्यान मन्त्री सुदन किरातीको प्रमुख आतिथ्यमा भएको थियो भने उद्घाटन सत्रमा विभिन्न जातिय संघ संस्था लगायत स्थानीय तहको जनप्रतिनिधिहरुको सहभागीता रहेको थियो । सम्मेलनबाट अमृत बहादुर सुनुवारको नेतृत्वमा नयाँ कार्यसमिति चयन भएको छ जसमा उपाध्यक्षमा एसा सुनुवार (सुनसरी), शोभा सुनुवार (रामेछाप), चम्पक सुनुवार (ओखलढुंगा), केदारराज सुनुवार (दोलखा), र विदेश विभाग उपाध्यक्षमा शिव सुनुवार (रामेछाप) निर्वाचित भएका छन् भने महासचिवमा उत्तम कुमार सुनुवार  निर्वाचित भएका छन् । त्यसैगरी सचिवमा रमेश कुमार सुनुवार (रामेछाप) र महिला सचिबमा देबु सुनुवार (रामेछाप) निर्वाचित भएका छन् भने कोषाध्यक्षमा ज्योति सुनुवार र सह-कोषाध्यक्षमा लुक माया सुनुवार निर्वाचित भएका छन् । सदस्यहरुमा क्रमशः पेसल सुनुवार (सुनसरी), राम कुमार सुनुवार (सिन्धुली), मदन सुनुवार (ललितपुर), राजेन्द्र सुनुवार (झापा), सावित्री सुनुवार (भक्तपुर), हरिकृष्ण सुनुवार (पाँचथर), लिला बहादुर सुनुवार (ईलाम) निर्वाचित भएका छन् ।

सुनुवार सेवा समाज ओखलढुङ्गा पाँचौं सम्मेलन सम्पन्न

खिजिदेम्बा गाउँपालिका ओखलढुंगामा सुनुवार सेवा समाजको जिल्ला र पालिका स्तरीय सम्मेलन सम्पन्न भएको छ । बुधबार खिजिफलाटेमा एक कार्यक्रमको आयोजना गरि सुनुवार सेवा समाज जिल्ला समन्वय समितीको पाँचौ र खिजिदेम्बा गाउँपालिका स्तरीय समाजको दोस्रो सम्मेलन सम्पन्न भएको हो । अधिवेशनबाट जिल्लामा देविध्वज सुनुवारको अध्यक्षता ९ कार्यसमिती सदस्य र पालिकामा कविराज सुनुवारको अध्यक्षता ९ कार्यसमिती सदस्य चयन भएको छ । सुनुवार जातिको पहिचान, भाषा, संस्कृतीलाई जगेर्ना गर्दै, जातिय शशक्तिकरण, सुशासन र समावेशीका लागि गठित समाजले कोइँच सुनुवार जातिको क्षेत्रमा काम गर्ने अध्यक्ष देवीध्वज सुनुवारले बताउनुभयो । सुनुवार सेवा समाजका पूर्वअध्यक्ष भिमबहादुर सुनुवारको अध्यक्षताका भएको उद्घाटन कार्यक्रममा प्रदेश नं. १ का सांसद प्रदिपकुमार सुनुवारको प्रमुख आतिथ्यता रहेको थियो । उहाँले कार्यक्रममा बोल्दै सबै जातजाती समान भएकाले समानुपातिक र पहिचानको आधारमा सबै क्षेत्रमा विकास हुनुपर्ने बताउनुभएको छ । सेवा समाज संघीय समिति अध्यक्ष रणविर सुनुवारको विशेष अतिथ्यता रहेको उक्त कार्यक्रममा गाउँपालिका उपाध्यक्ष सुशिला तामाङ लगायत विभिन्न जातिय संघसंस्थाको सहभागीता रहेको थियो । सोही अवसरमा प्रमुख अतिथी प्रदेश सांसद सुनुवार र गाउँपालिका उपाध्यक्ष तामाङलाई मायाको चिनो स्वरुप सुनुवार जाति पहिचानमा आधारित जाली रुमाल प्रदान गरिएको आयोजकले जनाएको छ । कार्यक्रममा सुनुवारी झाँकी प्रदर्शन समेत गरिएको थियो ।

मानबहादुर विष्णुमाया सुनुवार स्मृति छात्रवृत्ति समर्पण

किरात सुनुवार सेवा समाज बेलायतका पूर्व सचिव भक्तमान सुनुवारले आफ्नो बुबा मानबहादुर सुनुवार र आमा विष्णुमाया सुनुवारको सम्झनामा स्थापित मानबहादुर–विष्णुमाया सुनुवार स्मृति छात्रवृद्धि आज पूर्खस्मरण गर्दै समर्पण गरियो । सुनुवार सेवा समाज संघीय समितिले आफ्नो भवन कोटेश्वरमा विष्णुमाया सुनुवारको तस्वीरमा नाति मनप्रसाद सुनुवार र अध्यक्ष रणवीर सुनुवारले फुलमाला अर्पण गरी कोइँच मुक्दुम विधि अनुसार जोर सगुन, फलपूmल र खानेकुरा चढाएर पिदारनाम्दार गरी हार्दिक श्रद्धा अर्पण गरिएपछि छात्रवृद्धि प्राप्त विद्यार्थीहरुलाई नगद छात्रवृद्धि नाति मनप्रसाद र सुसेस अध्यक्ष रणवीर सुनुवारले छात्रवृत्ति समर्पण गर्नुभएको थियो ।
गत वर्ष ८ जना स्नातक पहिलो वर्षमा अध्ययनरत विद्यार्थीहरुलाई क्रमशः इन्जिनियरीङ अध्ययनरत मोरङकी एक जना (समिका सुनुवार) लाई रु २५ हजार अनि बाँकी अन्य विषय अध्ययन गर्ने पाँच जना (एलिसा सुनुवार हिमेश सुनुवार, रिना सुनुवार कृतिका सुनुवार र एनिमन रापचा) लाई जनही रु. १५ हजार र एकै घरका दुई जना दिदीबहिनी (सुस्मा तथा सुस्मिता) लाई जनाही रु १२ हजार मानबहारदुर विष्णुमाया सुनुवार स्मृति शैक्षिक कोषले प्रदान गरेको थियो । तर यसपटक स्नातक दोश्रो वर्षमा छात्रवृत्ति हस्तान्तरण गर्नेक्रममा भने छ जना विद्यार्थीहरुले मात्र छात्रवृत्ति निरन्तर रुपमा पाएका छन् । सुस्मिताको नेपाल प्रहरीमा सेवा प्रवेश गरेर अध्ययन ब्रेक भएको छ भने हिमेशको घरायसी कारणले वैदेशिक रोजगारीमा जानुपर्ने भएको हुँदा अध्ययन व्रेक भएको छ ।
सुनुवार सेवा समाजको स्थानीय समितिहरु काठमाडौं जिल्ला, भक्तपुर जिल्ला, जिरी नगर तथा आङ्गिक संस्था सुनुवार विद्यार्थी समाज महिला समाज, ब्लामिच समाजको प्रतिनिधिहरुले समेतले मानबहादुर विष्णुमाया सुनुवारलाई पुष्पगुच्छाले हार्दिक श्रद्धा अर्पण गरेका थिए ।

 

आदिवासी जनजाति महिला महासंघमा पनि शेर्पा नै अध्यक्ष : चरम राजनीतिक चलखेल

राष्ट्रिय आदिवासी जनजाति महिला महासंघको ८औं राष्ट्रिय महाधिवेशन सम्पन्न भएकाे छ । प्रतिमा गुरुङ, अध्यक्ष राष्ट्रिय आदिवासी जनजाति अपांग महिला महासंघ नेपाल, कृष्ण कुमारी वाईबा, महासचिव विविसिका र शान्तीकुमारी राई, निवर्तमान अध्यक्ष लाहुर्निपको तीन सदस्यीय निर्वाचन मण्डलले अध्यक्षमा नेपाल शेर्पा महिला संघको ङिमि शेर्पा, हिमाली उपाध्यक्षमा थकाली महिला संघका काेषाध्यक्ष कल्पना भट्टचन, पहाड उपाध्यक्षमा नेपाल चेपाङ महिला संघका सचिव कमला चेपाङ, तराइ उपाध्यक्षमा ताजपुरिया महिला उत्थान संघका अध्यक्ष सुमित्रा ताजपुरिया, महासचिवमा सुनुवार महिला समाजका शोभा सुनुवार, कोषाध्यक्षमा नेपाल छन्त्याल महिला संघका सचिव देबमती छन्त्याल, परियोजना तथा बिदेश सचिबमा राजवंशी महिला संघका अध्यक्ष सनम राजवंशी, अनुसन्धान तथा सन्चार सचिबमा मेचे महिला उथत्थान संघका अध्यक्ष नुमा मेचे, मातृभाषा तथा संस्कृति सचिवमा राजी महिला समाजका अध्यक्ष वस्मती राजी, जनसम्पर्क तथा सङ्गठन बिस्तार सचिबमा नेपाल बराम महिला संघकाे प्रतिनिधि रिना बराम १० पदाधिकारी निर्वाचित भएका छन् । वरिष्ठ उपाध्यक्षमा भने प्रत्येक वर्ष महासंघमा दर्ता क्रमानुसार परिवर्तन हुँदै जाने प्रक्रियानुसार व्यासी सौंका महिला संघका अध्यक्ष पुस्पा बुढाथोकी पहिला नै चयन भएकी थिइन । अध्यक्ष पदका लागि शेर्पा र दनुवार महिलाबाट उम्मेदवारी परेकाे थियो भने महासचिव पदका लागि सुनुवार महिलाबाट शाेभा सुनुवार र उराँव महिलाबाट अञ्जुकुमारी उराँवाको उम्मेद्वारी परेको थियो । तर दनुवार महिला र उरावँ महिलाले उम्मेद्वारी फिर्ता लिएपछि अध्यक्ष र महासचिव पद निर्विरोध निर्वाचित भएको थियो ।

लामो समय संस्था नविकरण नभएको सदस्य संगठनहरुले निर्वाचन प्रक्रियामा मतदान तथा उम्मेद्वारी दिन पाउने कि नपाउने भन्ने वारेमा वहस चलेको थियो । महासंघले नै संस्था नवीकरण गरेर महाधिवेशनमा प्रतिनिधित्व गर्न पत्रचार गरेको र संघीय परिषदको वैठकले समेत संस्था नवीकरण गरेर आएका सदस्य सङ्गठनहरुलाई मात्र निर्वाचन प्रक्रियामा सहभागी हुन दिने भन्ने निर्णय गरेर राजनीतिक चलखेलका कारण आदिवासी जनजातिकाे महिला हकाधिकारको पक्षमा बहसपैरवी गर्ने संस्थामा पार्टीकाे ह्वीप भन्दै झमेला गरेको संस्था नवीकरण गरेर आउने सदस्य संगठनहरुको दाबी रहेको थियो । महासंघको सातौं सम्मेलनमा संस्था नवीकरण नभएकाे भनेर सुनुवार महिला समाजलाई बन्दशत्रबाट बाहिर निकालिए पनि ८औं सम्मेलनमा भने सङ्स्था नवीकरण नगरेका सदस्य सङ्गठनलाई समेत सहभागी गरिएको थियो । महासंघको संगठनात्मक संरचनामा सचिवालयभन्दा मथिल्लो निर्णयक तह संघीय परिषद भए पनि विवाद मुल जरो भने सचिवालयका पदाधिकारीकै द्वैद्व चरित्रले अनावश्यक वहस तन्किएको सदस्य संगठनकाे भनाई रहेको थियो । सचिवालयका सचिवहरु नै आफैंले गरेको निर्णय र पत्रको विरुद्धमा उभिएर बहिस्कारको नाटक गरीरहेको देखिन्थे । तर राष्ट्रिय आदिवासी जनजाति महिला महासंघ आफैको आर्थिक वर्ष ०७९/८० को नविकरण नभएको स्वयम महिला महासंघका महासचिव तथा सचिवहरुले बताउँदै नवीकरण नभएका सदस्य सङ्गठनलाई उकासीरहेका थिए ।
सङ्था नवीकरण नगरेका सदस्य सङ्गठनका प्रतिनिधिहरुले बन्दसत्रमा राखेको प्रश्न र मागको जवाफ दिनेक्रममा बन्दशत्रको अध्यक्षता गरिरहेको अध्यक्ष चिनीमाया माझीले महासङ्घको ४८ वटा सदस्य सङ्गठनमा २८ वटा सङ्स्था नविकरण भएका सदस्य सङ्गठनको उपस्थिति रहेको बाँकी सदस्य सङ्गठनहरुकाे सङ्स्था नवीकरण भएको थिएन । ६ वटा सदस्य सङ्गठनहरु निस्क्रिय भइ सम्पर्कविहीन रहेको जानकारी गराएकी थिइन ।
तर अधिकारीक मतदान गर्न पाउने सदस्य सङ्गठनकाे नामावली तयार पारी बन्दशत्रबाट महासंघ सचिवालय विघटन गरी निर्वाचन मण्डललाई निर्वाचन गर्न जिम्मेवारी दिएपछि राष्ट्रिय आदिवासी जनजाति महिला महासंघको ४८ जातिय महिलासंस्था आवद्ध रहेको भन्दै नेपाल मगर महिला संघ, नेपाल तामाङ महिला घेदुङ, नेपाल योल्मो महिला संघ, जिरेल महिला सेवा समाज, किरात याक्थुम माङ्गेना चुम्लुङ याक्खामा याप्सेन, नेपाल भाषा मिस खल, थारु महिला जागरण केन्द्र, नेपाल किरात राई महिला संघ र नेपाल पहरी महिला विकास संघ लगायत केही महिला संस्थाहरुले विरोध जनाउँदै निर्वाचन मण्डललाई ध्यानकर्षण समेत गराएका थिए ।

यसपाली पनि खिँचीले जित्यो प्रथम पुरस्कार : इतिहास कायमै

–कोइँचबु काःतिच ।
किरात चाड (चासोक तङनाम, चोसुवा, सकेला, शाँदार पिदार) को उपलक्ष्यमा सानो हात्तीवन शाँदार ग्योरमा शाँदार ग्योर व्यवस्थापन समितिद्वारा आयोजित शाँदार सिल प्रतियोगिता ५०८२ सम्पन्न भएको छ । आदिवासीको कोइँचको लोपोन्मुख शाँदार सिल संरक्षण तथा प्रवद्र्धनको उद्देश्य राखेर गरिएको शाँदार सिल प्रतियोगितामा छ गाउँको पाँच टिमले सहभागित जनाएका थिए । प्रतियोगीहरुलाई निर्णायकहरु मनप्रसाद सुनुवार, श्याम सुनुवार, वृहसमान सुनुवारले ढोल नाच, ढोल ताल, गीत, नृत्य संयोजन, भाव प्रस्तुति र भेषभूषासहित छ विधालाई मध्यनजर गरी अंक प्रदान गर्नुभएको थियो । सो प्रतियोगितामा २९७ अंक प्राप्त गरी मुलिच कोर्मोच युवाहरुको शाँदार सिल समुह खिँचि, ओखलढुंगाले रु. १० हजार नगदसहित प्रथम पुरस्कर प्राप्त गर्न सफल भएको थियो । त्यसैगरी २२६.३४ अंक प्राप्त गरी प्लेत्ति ग्युःदु तथा सुनुवार ब्लामिच समाजको संयुक्त शाँदार सिल समूह रामेछापले रु. ७ हजार नगदका साथ द्वितीय पुरस्कर, २०४.८६ अंक प्राप्त गरी क्युइँतबु कल्याण कोष रगिन, ओखलढु्रगाले रु. ५ हजार नगदका साथ तृतीय पुरस्कर र १७४.५ अंक प्राप्त गरी सुनुवार सेवा समाज काःत ओखलढु्रगा र कोइँच कुम्सो खिँ तथा बुजका युवाहरुको शाँदार सिल समूह रु. २ – २ हजार नगदका साथ सान्त्वना पुरस्कार प्राप्त गरेका थिए । उत्कृष्ट नृत्य संयोजना भने खिँचिका जीवन सुनुवारले प्राप्त गर्नुभएको थियो ।
ख्योम्पिातिचहरुको आफ्नै चाड फोल पिदार हुने भएकोले सहभागिताको लागि असमर्थ रहे पनि साब्ला र सैपुको शाँदार सिल भने समय अभावको कारण सहभागिता हुन सकेन ।
शाँदार सिल प्रतियोगिता ५०८२ लाई सेवानिवृत सिङ्गपुर पुलिस फोर्स सुनुवार समूहले प्रायोजन गरेको थियो भने खाजापानी तथा अन्य भैपरी आउने खर्च सहयोग सुनुवार सेवा समाज ललितपुरका पूर्व सचिव नविनकुमार सुनुवार (तारा) हाल हङकङले सहयोग गर्नुभएको थियो ।
सानो हात्तीवनमा शाँदार पिदार गर्दै आएको दुई दशक कटीसके पनि कहिल्यै शाँदार ग्योरमै बसेर कोइँचहरुले दिनभरि नाचेको इतिहास थिएन । तर यसवर्ष कोइँच चुप्लु इञ्डिजिनिअ्स टेलिभिजनकर्मीहरुको पहलमा कोइँचको लागि शाँदार ग्योर सिलथेम बनाएपछि शाँदार सिल प्रतियोगितासहित सानो हात्तीवनमै साँझसम्म कोइँचहरुको उपस्थिति भएको हो । शाँदार सिल प्रतियोगितामा सुनुवार सेवा समाजका उपाध्यक्ष अमृतबहादुर सुनुवार, सुनुवार सेवा समाज गोकर्णेश्वरका अध्यक्ष वेदवहादुर सुनुवार, सुनुवार सेवा समाज भक्तपुरका अध्यक्ष सावित्री सुनुवार, किरात माङहिम व्यवस्थापन समिति सानो हात्तिवनका कोषाध्यक्ष मोहन सुनुवार, सेवानिवृत सिङ्गापुर पुलिस फोर्स सुनुवार समूहका तर्पmबाट टिकाराम जेस्पुच, सुनुवार विद्यार्थी समाजका अध्यक्ष मनिषा सुनुवार शुभकामना दिनुभएको थियो । निर्णायक मण्डलका तर्पmबाट श्याम सुनुवार (रिल्मा) ले प्रतियोगीहरु केका आधारमा कसरी अंक प्रदान गरियो भन्ने जानकारीसहित प्रतियोगिता हो कसै न कसैले जित्नुपर्छ नै तर यो शाँदार सिल प्रतियोगितामा भने सबैले जितेको सबै कोइँच गाउँको शाँदार सिल एकै ठाउँमा देख्न पाएको प्रतिक्रिया दिनुभएको थियो । अन्तमा सबै सहभागी प्रतियोगी, निर्णायक, प्रायोजकहरुलाई एकमुष्ट आभार प्रकट गर्दै शाँदार ग्योर व्यवस्थापन समितिको तर्पmबाट सुनुवार महिला समाजका अध्यक्ष शोभा सुनुवारले धन्यवाद ज्ञापन गर्नुभएको थियो ।
शाँदार सिल प्रतियोगिता ५०८२ को संयोजन पाम सुनुवारले, प्रायोजन व्यवस्थापन मेनुका सुनुवार, व्यवस्थापन सुनुवार सेवा समाज काठमाडौंका अध्यक्ष गोपाल सुनुवार, सुनुवार महिला समाजका अध्यक्ष शोभा सुनुवार साथसाथै टंकराम सुनुवार (सुजन), राणु गुरुङले गर्नुभएको थियो ।
साँस्कृतिक रुपमा हामी धनी छौं । तर हाम्रा संस्कृतिलाई समयानुसार अभिलेखीकरण गर्न नसकिएको हुँदा सक्दो प्रचारप्रसार गर्न सकिरहेका छैनौं । हाम्रा धेरै संस्कार संस्कृतिले आधुनिक समयानुसार फड्को मार्न नसक्दा दिनदिनै लोप हुँदै गएको हुँदा पनि नयाँ पुस्ताहरुलाई कोइँच संस्कृतिमा आकार्षण गर्न शाँदार सिल प्रतियोगिता आयोजना गरिएको हो । कोइँच किपटमा लोप भएको बुर सिललाई पुनःर्जिवन दिन पूर्व इलामबाट समेत शाँदार सिलमा प्रस्तुत् गराउँने चाहना भएपनि कलाकारहरुले विशेष कारण प्रस्तुति दिन सकेनन् । अहिले शाँदार नाचगीतहरु आफैंमा उत्कृष्ट र अतुलनीय हुँदा हुँदै पनि शास्त्रीय रुप दिन नसक्दा पुस्तान्तरण गर्न अप्ठ्यारो भएको छ ।

क) मुलिचकोर्मोच युवा शाँदार सिल समूह खिँचि, ओखलढु्रगा
१. जीवन सुनुवार
२. शिशिर सुनुवार
३. सिमान्त सुनुवार
४. हेमन्त सुनुवार
५. बसन्त सुनुवार
६. श्रीकृष्ण सुनुवार
७. रितीक सुनुवार
८. सुमन सुनुवार
९. विज्ञान सुनुवार
१०. जगत सुनुवार
ख) प्लेत्ति ग्युःदु र सुनुवार ब्लामिच समाज शाँदार सिल समूह रामेछाप
१. हिक्मत सुनुवार
२. विष्णु सुनुवार
३. मिलन सुनुवार
४. श्याम सुनुवार
५. सञ्जय सुनुवार
६. मोहन सुनुवार
७. शिवे सुनुवार
८. सन सुनुवार
९. हिक्मत सुनुवार
१०. प्रेमकुमारी सुनुवार
ग) क्युइँतबु कल्याण कोष रगिन शाँदार सिल समूह ओखलढु्रगा
१. वेदबहादुर सुनुवार
२. मनोजकुमार सुनुवार
३. किशोर सुनुवार
४. ताराराम सुनुवार
५. बसन्त सुनुवार
६. जीवन सुनुवार
७. सुवितकुमार सुनुवार
घ) काःत सुनुवार सेवा समाज शाँदार सिल समूह ओखलढु्रगा
१. सुवास सुनुवार
२. शुभराज सुनुवार
३. भेजबहादुर सुनुवार
४. विसाल सुनुवार
५. रविन सुनुवार
६. अशोक सुनुवार
७. उत्तम सुनुवार
८. राजेश्वरी सुनुवार
ङ) बुज थिँकाप तथा कोइँच कुम्सो खिँ शाँदार सिल समूह रामेछाप
१.. गोपाल सुनुवार
२. डिल्ली सुनुवार
३. विकास सुनुवार
४. अरुण सुनुवार
५. पदम सुनुवार (रामकुमार)
६) करण मुखिया

निर्णयक
१. मनप्रसाद्र सुनुवार, सल्लाहकार सुनुवार सेवा समाज ।
२. खिमबहादुर सुनुवार (श्याम), सदस्य, सुनुवार सेवा समाज ललितपुर ।
३. वृहस्मान सुनुवार, सदस्य सुनुवार कलाकार तथा चलचित्रकर्मी समाज ।

पहिचानको लागि प्रतिबद्धता
मुख्य प्रायोजन
सेवा निवृत सिङ्गपुर पुलिस फोर्स सुनुवार समूह,

सह–प्रायोजन
नविन सुनुवार हङकङ

आयोजक
सुनुवार सेवा समाज
शाँदार ग्योर व्यवस्थापन समिति

स्थान : सानो हात्तीवन, ललितपुर
मिति : २०७९ मङ्सीर २४ गते शनिवार

मिडिया पार्टनर
सुनुवार डट ओआरजि, इन्डिजिनिअस टिभि, अगुल्टो साप्ताहिक, अखवर टाइम्स साप्ताहिक, आइटिभी, मुलबासीटिभी ।

सुमस पाँचथरको प्रथम भेला सम्पन्न

आज सुनुवार महिला समाज पाचथरको प्रथम भेला सम्पन्न भएको छ। सुनुवार सेवा समाज जिल्ला समन्वय समिति पाचथरको अध्यक्ष श्री खडग बहादुर मुखिया सुनुवारको अध्यक्षता र सुनुवार सेवा समाज १ नं. प्रदेश सचिव श्री तेज बहादुर मुखिया सुनुवारको प्रमुख अतिथि र सुनुवार सेवा समाज फिदिम नगर समितिको अध्यक्ष श्री बुद्धवीर मुखिया सुनुवारको विशेष अतिथिमा , सुनुवार सेवा समाज जिल्ला समन्वय समिति पुर्व अध्यक्ष सन्त बहादुर मुखिया पुर्व सुनुवार सेवा समाज जिल्ला समन्वय समिति सचिव हरिकृष्ण मुखिया सुनुवार, सुनुवार सेवा समाज फाल्गुनन्द गापा समिति,सुनुवार सेवा समाज वडा समितिका अध्यक्षहरुको उपस्थितिमा —-सुनुवार महिला समाज पाचथरको प्रथम भेला बाट चन्द्र कला मुखिया सुनुवार को अध्यक्षमा १३ सदस्यीय कार्य समिति गठन गरिएको छ।

अध्यक्ष -चन्द्र कला मुखिया सुनुवार (दिगर्च)
उपाध्यक्ष – विपना मुखिया सुनुवार (नमाडे)
सचिव – प्रेम कुमारी मुखिया सुनुवार (क्युइतिचा)
सह सचिव – उषा मुखिया सुनुवार (लस्पाचा)
कोषाध्यक्ष – पवित्रा मुखिया सुनुवार (लोकुचा)
सदस्य – प्रेम कुमारी नेम्बाङ सुनुवार (लस्पाचा)
सदस्य – दुर्गादेवी मुखिया सुनुवार (मिक्लाजुङ गापा)
सदस्य – खेम कुमारी मुखिया (तोकुचा)
सदस्य- इन्द्र माया मुखिया सुनुवार (नमाडे)
सदस्य – अस्मिता मुखिया सुनुवार (याङवरक गापा)
सदस्य – अन्जु मुखिया सुनुवार (फाल्गुनन्द गापा)
सदस्य – सोम कुमारी मुखिया सुनुवार (लिनुचा)
सदस्य – आकृति मुखिया सुनुवार (तुम्वेवा गापा)

सुविस भक्तपुर सम्मेलन सम्पन्न

संघीय अध्यक्ष मनिषा सुनुवारज्यूको प्रमुख आतिथ्यता तथा सुनुवार सेवा समाज, भक्तपुरका अध्यक्ष श्री सावित्री सुनुवारज्यूको विशेष आतिथ्यतामा र विकास सुनुवारज्यूको संयोजकत्वमा १३ सदस्यीय सुनुवार विधार्थी समाज, जिल्ला समन्वय समिति भक्तपुरको नयाँ कार्यसमिति गठन भएको छ। नव निर्वाचित कार्य समितिलाई हार्दिक बधाई तथा सफल कार्यकालको सुभकामना व्यक्त गर्दछौँ।
अध्यक्ष : विकास सुनुवार
उपाध्यक्ष : दिपा सुनुवार
सचिव : अर्पण सुनुवार
सह- सचिव : युकेश कुमार सुनुवार
कोषाध्यक्ष : अञ्जली सुनुवार
सदस्यहरु
– रेमन सुनुवार
– ओसिन सुनुवार
– मोना सुनुवार
– मेग माया सुनुवार
– सचना सुनुवार
– वर्षा सुनुवार
– विनिता सुनुवार
– रिदम सुनुवार 

See less
3
Like

 

Comment
Share

Comments