All about Sunuwar

Media Resources

now browsing by category

Media Resources, Songs, videos, Radio

 

सुनुवार सेवा समाजको ३१ औ बार्षिकोत्सब समारोह ।

सुनुवार सेवा समाजको ३१ औ बार्षिकोत्सब समारोह ।

तेस्रो आदिबासी जनजाती कप फुटबल प्रतियोगिता-२०७५ को फाइनल खेल प्रत्यक्ष प्रसारण ।

तेस्रो आदिबासी जनजाती कप फुटबल प्रतियोगिता-२०७५ को भेट्रान खेल प्रत्यक्ष प्रसारण ।

उधौली श्यादर टुँडिखेलको केही झलक २०७४।

[youtube https://youtu.be/XN-lRTf2A4o]

शाँदार पिदारमा गरिएको काइशि सिल ।

काइशि सिल : उहिले मानिस को उत्पति भएको समयको कुरा हो । इँगिले दुइजना मानिसको सृष्टि गर्नु भो । उमेर पुगेपछि एकार्कामा अाकर्षण भयो । तर इँगिको छोराछोरी भएको हुँदा विवाह हुननसक्ने भएको हुँदा मुक्दुम विद्याले काइशि बनाए । अनि काइशि बनेर अनेक कुरा खाने र नखाएका कतिपय कुराहरू बिगार गर्ने गरेपछि पुनः मुक्दुम विद्याले काइशि मारि प्रकृतिलाई पुजा गरि पुन मानिस बनाए पछि विवाह गरि यो सारा सन्सारमा मानव समुदायको अस्तित्व राखेको हो भन्ने ससि मुक्दुममा उल्लेख छ । यसैका सम्झना स्वरुप अझै पनि काइशि सिल गर्ने चलन रहिआएको छ । हेरौं यो प्लेत्तिको शाँदार पिदारमा गरिएको काइशि सिल ।

[youtube]https://youtu.be/YFkDeQ4geD8[/youtube]

रामेछाप दुराँगाउको सदगाँउ स्थित श्याँदर पिदार कार्यक्रममा ।

[youtube]https://www.youtube.com/watch?v=sFlQWwwpbrU[/youtube]
रामेछाप दुराँगाउको सदगाँउ स्थित श्याँदर पिदार कार्यक्रम पुजाको समयमा रमाईलो

भावना परिस्कृत सुनुवार, उन्मुक्त यात्राका यात्री

भावना परिस्कृत सुनुवार, उन्मुक्त यात्राका यात्री, चुप्लु खिँचि (हाल्को ओखलढुङ्गा जिल्लाको खिँजी) मा मुलिच परिवारमा जन्मेकी बहुप्रतिभाशाली कोइँच चेली हुन् । चुप्लु खिँचि निभारेका जंगबहादुर सुनुवारसँग वैवाहिक सम्बन्ध कायम गरेकी उनी दुई सन्तानकी जिम्मेवार आमा पनि हुन् ।
विगतमा फुटकर कविता, कथा, नाटक लेख्दै आए पनि पुस्तकका रुपमा उन्मुक्त यात्रा कथा संग्रह लिएर नेपाली साहित्यिक फाँटमा टुप्लुक्क झुल्केकी छिन् मानौं नुम्बुर हिमालमा अरुणोदय भएको छ, कतिपय सिण्डीकेटवादी नेपाली साहित्यकारहरुका लागि । तर उनी नेपाली साहित्यिक फाँटमा संघर्षरत साहित्यकर्मी मात्र नभएर कलाकार तथा सञ्चारकर्मी पनि हुन् । उनका आफ्नै स्रोता, दर्शक र पाठक छन् आफ्नै बलबुताले रिझाएको ।
एउटै भावभङ्गी, एउटै शैली, एउटै दर्शन र एउटै परिवेशका नारीवादी साहित्य पढीरहेका नेपाली साहित्यप्रेमी पाठकहरुलाई उन्मुक्त यात्रा नयाँ खुराकको रुपमा अप्रत्याशित आएको छ । सुन्नुहोस्, उनै उन्मुक्त यात्री भावना परिष्कृत सुनुवारको कथा संग्रह उन्मुक्त यात्राको वरीपरी बसेर, रेडियो लिखुको लागि चुप्लु समाज तथा सुनुवार डट ओआरजिले तयार पारिएको उनको बहुप्रतिभा झल्कने साहित्यिक रेडियो वार्ता :
[audio:http://www.sunuwar.org/radio/bhavan_radiolikhu.mp3]