Recent Comments

‘Articles’

विडम्बना र हामी अल्मलिनुको यथार्थ

–कोइँचबु काःतिच

सामन्ती, निरंकुश, केन्द्रीकृत र एकात्मक राज्यव्यवस्थाले सृजना गरेका सबै प्रकारका विभेद र उत्पीडनको अन्त्य गर्दै, बहुजातीय, बहुभाषिक, बहुधार्मिक, बहुसाँस्कृतिक तथा भौगोलिक विविधतायुक्त विशेषतालाई आत्मसात् गरी विविधतावीच एकता, सामाजिक साँस्कृतिक ऐक्यवद्धता, सहिष्णुता र सद्भावलाई संरक्षण एवं प्रवद्र्धन गर्दै वर्गीय, जातीय, क्षेत्रीय, भाषिक, धार्मिक, लैंगिक विभेद र सबै प्रकारका जातीय छुवाछुतको अन्त्य गरी आर्थिक समानता, समृद्धि र सामाजिक न्याय सुनिश्चित गर्न समानुपातिक समावेशी र सहभागितामूलक सिद्धान्तका आधारमा समतामूलक समाजको निर्माण गर्ने संकल्प गर्दै भएका सबै अधिकारहरुको सुनिस्चितताका साथ निष्पक्ष र सक्षम न्यायपालिका र कानूनी राज्यको अवधारणा लगायतका लोकतान्त्रिक मूल्य र मान्यतामा आधारित समाजवादप्रति प्रतिवद्ध रही समृद्ध राष्ट्र निर्माण गर्न संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यववस्थाको माध्यमद्वारा दिगो शान्ति, सुशासन, विकास र समृद्धिको आकांक्षा पुरा गर्न जारी संविधानको मर्म विपरित सरकारी पुनः सामन्ती, निरंकुश, केन्द्रीकृत र एकात्मक राज्यव्यवस्था पक्षपोषण गर्दै विभेद र उत्पीडनलाई संस्थागत गरिरहेको छ । झनै अति राष्ट्रवादी क्षमतावान ९५ प्रतिशत खसआर्य विशेषगरी बाहुनहरुको हलीमुहाली भएको सरकार लगायत राज्यव्यवस्थामा रहेकाहरु र त्यसका समर्थकहरुका तर्क उदेक लाग्दो छ । खास उनीहरुले यस्तो कुतर्क गर्नु हाम्रो लागि विडम्बनापुर्ण छन् :

१. सन्सारमा कुन देश छ जातीय आधारमा राज्य गर्ने ?
राज्य संयन्त्रमा विगत २५० वर्षदेखि ९५ प्रतिशत बाहुन लगायतका खय आर्यको हालीमुहाली छँदै छ । तर पनि ९५ प्रतिशतको आँखामा यो देश कहिल्यै जातीय राज्य भएन । उल्टो आदिवासी जनजाति, दलित, मुस्लिम, मधेसी, महिलाको राज्यसंयन्त्रमा समान सहभागिताको कुरा उठ्दा देश जातीय द्वन्द्वतिर गएको कुविचारको प्रवाह गर्छ । यथार्थ त संविधानले नै सामन्ती, निरंकुश, केन्द्रीकृत र एकात्मक राज्यव्यवस्थाले नेपाली समाजमा विभेद र उत्पीडनको सिर्जना गरेको स्वीकार गरेको छ त । संगीतकर्मी शिव मुखिया भन्नुहुन्छ, अमेरिकाको पुगेपछि जातीय विभेद कतिम्म क्रुर र निरंकुश हुँदो रहेछ भन्ने आत्मबोध भयो । वासिंटन डिसि पुगेपछि गम्भिर भएँ । वास्तममा ह्वाइट हाउस नै सबैले देख्ने र सजिलै बुझ्ने जातीय विभेदको राम्रो प्रतिक हो । Read the rest of this entry »

राँके पिदार र मानव स्वास्थ्योपचार

गर्मी र बर्षाको महिनाहरुमा पानीमा भिज्नु, माटोमा जोतिनु अनि हिलो उछिटिनु सामान्य नै हो । गर्मी र बर्षामा छालासँग सम्बन्धित रोगहरु जस्तै लुतो, दाद, घमौरा या खटिराहरु आउनसक्ने संभावना अत्यधिक हुन्छ । सायद यसैले साउनको पहिलो दिनलाई “राँके पिदार (शरीरको पूजा)” चाडकै रुपमा मनाउने चलनको विकास भएको हुनुपर्दछ । । राँके पिदारलाई कसै कसैले लुतो फाल्ने रुपमा पनि लिने गरेको पाइन्छ । तर राँके पिदार र लुतो फाल्ने परम्परामा फरक छ । लुतो फाल्ने आ–आफ्नै खालका चलन रहेको पाइन्छ । कतै माटो दलेर नुहाएर लुतो फालिन्छ भने कतै भान्टालाई दूलो पारेर चौबाटोमा फालिदिएर नुहाएमा लुतोबाट छुटकारा पाइने जनविश्वाश छ ।
राँके पिदार गर्दा भने विभिन्न १२ थरीको जडीबूटी पोलेर त्यसलाई नाघेर विभिन्न किसिमको खानाको परिकार चढाई टपरामा राखी सल्लाको दियालो बालेर शरीरमा लाग्ने सम्पूर्ण रोगलाई पिदार गर्दै डाँडा कटाउनुपर्दछ भन्ने चलन छ । यसरी राँके पिदार गरेपछि रातभरि राँके जात्रा (यहाँ जनबोलीमा जात्राको अर्थ हिड्ने यात्रा गर्ने नभइ जागो बसेर रमाइलो गर्ने लाग्दछ) भरेर भोलिपल्ट अर्थात् साउन २ गते राँके बार्ने चलन छ । राँके बार्दा बालीनाली तुलफुल बगैंचामा मानिस पस्नुहुँदैन । यसै परम्परालाई सम्झाइ राख्न अझै पनि किरात वस्तीहरुमा राँके बजार, राँके जात्रा, राँके भन्ने ठाउँहरु छँदैछन् ।
राँके पिदार गर्दा सल्लाको दियालो बालेर दोबाटोमा राखिन्छ । त्यो दियालो जति बल्छ बल्छ । बल्न नसकी निभेको दियालोलाई राँके पिदार गरेको भोलिपल्ट राँके बार्ने दिन विहानै उठाएर घरको चोखो ठाउँ पाली, मारुमा सिउरेर राखिन्छ । सोही दियालोले किरात नयाँ वर्ष यालेथोचेका दिन सामिबु पिदारमा खिर पकाएर प्रसादको रुपमा आफन्त साथीभाइलाई खुवाउने चलन अझै पनि कोइँच गाउँघरमा छँदै छ ।
राँके राँके पिदार गर्नु, राँके जात्रा भर्नु र राँके बार्नुलाई प्राकृतिक स्वास्थ्योपचारको रुपमा पनि लिन सकिन्छ । शरीरमा आएका अनेकान छालासम्बन्धि रोग तथा चिसोले उत्पन्न समस्याहरु हटाउन प्राकृतिक उपचार अर्थात् प्राकृतिक तौरतरिका अपनाउने परम्परागत् चलनलाई जानेर होस् वा नजानेर हामीले बचाइरहेकै छौं । यही चलनानुसार विभिन्न चाडपर्व र दिनहरुमा प्राकृतिक उपचारपद्धतिको अभ्यास आम मानिसहरुले गर्दै आएको यर्थाथलाई बिर्सन सकिदैन । अव यसलाई समयानुकूल वैज्ञानिकीकरण र समयसान्दर्भिक बनाउँदै जानुपर्दछ । युवा पुस्ताहरुको काँधमा जिम्मेवारी थपिएको छ । संस्कारविहीन भएर अरुको संस्कृतिमा विलीन भएर बैतो जाने कि गर्वसाथ आफ्नै संस्कार संस्कृतिलाई अवलम्बन गरेर विश्वसामू अक्षुण्ण शिर ठाडो गरेर हिड्ने ? आँफैले आफ्नो आत्मसम्मानका वारेमा गम्भीर भएर सोच्ने कि नसोच्ने युवा पुस्ताहरुकै स्वविवेकमा भर पर्नेछ ।

देश कुन दिशामा गइरहेको छ ?

-कोइँचबु काःतिच (उत्तम)
युरोपमा औद्योगिक क्रान्ति हुनु अगावै चीन सन्सारको शक्तिशाली राष्ट्र थियो । र, चिनीयहरु सन्सार उत्कृष्ट उच्चा जातिका रुपमा आफूलाई ठान्छन् पनि । उसलाई बाहिरी मुलुकसँग कुनै मतलब थिएन । यसैले नेपोलियन बोनापार्टले चीनलाई बाघको सङ्ज्ञा दिँदै भनेका थिए, ‘चीन बाघ हो, यसलाई सुतरहन दिनु, चलाउनु हुँदैन ।’ तर त्यही बाघलाई व्रिटेनले अनेकन जालझेल गरेर आर्थिक उपनिवेश बनाउन सफल भयो ।
१७ औं शताब्दी १६०२ इ.मा हल्याण्ड (वर्तमान निदरल्याण्ड) का डच व्यापारीहरुले भारतमा व्यापारिक कम्पनी स्थापना गरे । पुर्तगालका राजा एमान्बेलको अनुमति लिई प्रसिद्ध नाविक भास्को डि गामा सन् १४९८ मा भारतको कालिकटका राजा जामोरिन समक्ष उपस्थित भइ अनुरोध गरेपछि पुर्तागाली व्यापारीहरुले भारतमा आएर प्रशस्त धन कमाएका थिए । यही देखेर डचहरुले इस्ट इन्डिया कम्पनी खोलेपछि इङ्ल्याण्डका व्यापारीहरु पनि महारानी एलिजावेथसँग अनुमपित लिएर इष्ट इन्डया कम्पनी नामक एक व्यापारिक संस्थाको स्थापना गरे । यो संस्थाले शुरुमा दक्षिण भारतका राजाहरुसँग व्यापारको लागि अनुमति प्राप्त गरे । पछि बमबाइ, हुगाली, हुँदै दिल्लीका मुगल बादशाह बहादुर शाहसग अनुमति लिइ बङ्गाल लगायत उत्तरी भारतभरि व्यापार विस्तार गरे । यो व्यापारिक संस्थाहरु व्यापारमा मात्रै नरही भारतको राजनीतिमै भाग लिन थाल्यो ।
पुर्तगाली तथा डच व्यापारीहरुले भारत छाडे पनि फ्रान्सेली व्यापारीको इस्ट इन्डिया कम्पनी र इङ्ल्याण्डको इस्ट इन्डिया कम्पनी वीच लामो समय व्यापारीक तथा राजनीतिक प्रतिष्पर्धा चल्यो । अन्ततः इङ्ल्याण्डको कम्पनीले फ्रान्सको कम्पनीलाई परास्त गर्दै पुरै भारतमा एकलौट व्यापारिक अधिकार मात्रै कायम गरेन भारत नै उपनिवेश बनायो । र, इस्ट इण्डिया कम्पनीको नाममा ब्रिटेन भारतमा लगभग साँडे दुई सय वर्ष राज गर्यो ।
भारतमा जस्तै चीनमा पनि पुर्तागालीहरुले नै व्यापार गरिरहेका थिए । यसैले व्रिटेनका व्यापारीको संस्था इस्ट इन्डिया कम्पनीले क्यान्टन बन्दरगाहमा १७१५ मा कारखाना खोले र चीनको अन्तरिक मामिलामा हस्ताक्षेप गरे । ब्रिटेनले व्यापारीलाई अगाडि सारेर, भारतमा अफिम खेती गरेर टनको टन चीनमा आपुर्ति गरेउ । चिनिया युवा अफिमको लतमा फसे । सँगसँगै क्रिस्चियन धर्मको व्यापक प्रचार गरेऔ । क्रिस्चियन इश्वरिय राज्यको तायपिङ विद्रोहमा लगभग २० देखि तीस हजार चिनियाहरुले ज्यान गुमाए । यस विद्रोहका नेता चिनिया इशाइ हुङ सिउ चुन थिए । चीनमा अफिम व्यापार राम्ररी नै फस्टाएको थियो । तर चिनीय व्यापारीहरु भने रुष्ट थिए । यसै समय १८५६ फरवरीमा एक फ्रान्सेली पादरी अब्बा च्यापडिलेनलाई काङसि प्रान्तको भित्री भूभागमा आफ्नो धर्म प्रचार गर्दै गर्दा गिरफ्तार गरी मृत्युदण्ड दिइयो । यसै घटनाले फ्रान्सले व्रिटेनलाई सहयोग गर्नेभयो ।
यसपछि चिन सरकारले अफिममा प्रतिबन्ध लगायो तर व्यापारीहरुले लगानी डुबेको भन्दै चिनलाई अफिम प्रतिबन्ध फुकुवा गराउन आफ्नो मुलुकको सरकार गुहारे । ब्रिटेनले पनि यही मौकामा अवसरको उपयोग गरेउ, आफ्ना व्यापारीहरुको समान छुटाउनु पर्ने, डुबेको लगानीको क्षतिपुर्ति तिर्नुपर्ने र चीनमा अफिमको प्रयोग फुकुवा गर्नुपर्ने माग अगाडि बढायो । तर चिनिया सरकारले अफिम प्रतिबन्ध फुकुवा गर्नुको सट्टा छापा मारेर बरामाद अफिम समुन्द्रमा डिस्पोज गरेपछि यही आफ्ना व्यापारीको लगानी उठाउने बहानामा बेलायत, फ्रान्स, अमेरिका मिलेर चीनमा आक्रामण गरे, जसलाई विश्व इतिहासमा चीनको अफिम युद्ध भनेर चिनिन्छ ।
तत्कालीन राजाको ग्रीष्माकालिन पेचिङ दरबार ध्वास्त बनाइयो । यो दरबार ध्वास्त पार्न कमण्ड सम्हालेका फ्रान्सका कमाण्डर मोन्तेग्युृले भनेका छन्, युरोप पुरैको हिरा जोहरत बटुल्दा पनि पेचिङ दरबार जस्तो सुन्दर र बहुमुल्य दरबार बनाउन सकिँदैन ।
आखिर चीनलाई पनि व्रिटेनले आर्थिक उपनिवेश बनायो । त्यसपछि चीनमा विदेशीहरुको ब्रम्हलुट भयो । तर मञ्चु सरकार निरीह भएर टुलुटुलु विदेशी अत्यचार हेरिरहन वाध्ये भयो । वास्तवमा चीनमा अधिकार जमाउन ब्रिटेन, जापान, अमेरिकाले चिनियाहरुलाई नै विभिन्न धन सम्पत्ति, पद, प्रतिष्ठाको लोभमा त कतै धार्मिक स्वतन्त्रको नाममा आपसमा झगडा गराउने र कमजोर बनाएर भाइ फुटे गावाँर लुटे भन्ने आक्रमणकारी
नीति लियो, इन्डियामा पनि यसै गरेको थियो।
 
नेपालको सन्दर्भ
विगतमा साम्राज्यवादी राष्ट्रहरुले भारत र चीनमा जे गरे हलिे अहिले नेपालमा यही स्थिति देखिँदै छ । विभिन्न आइएनजिओ र बहुराष्ट्रिय कम्पनीहरुले मानवअधिकार, सचेतना, गरिवीनिवारण र व्यापारको नाममा आदिवासि–आदिवासि बीच झगडा गराउने, आदिवासि–गैरआदिवासि बीच र नेपाली–नेपाली वीच झगडा गराउने गरेको देखिन्छ । एक हिसावले नेपाल, अघोषित आर्थिक, वैचारिक उपनिवेश बनेको स्थिति छ । जलविद्युत, सिमेन्ट कारखाना, र खानी निकाल्ने नाममा भारत र चिनलगायतका अन्य मुलुकहरुबाट ठुलो लगानी आइरहेको छ । तर जनताको सेवा गर्ने र अविभावकत्व दिने भुमिका निर्वाह गर्नुको सट्टा कमिसनको चक्करमा विन कुनै पुर्वाधार र अध्ययन सरकारले दिनदिनै लगानी स्विकृति दिइरहेको छ । यस्तो परिस्थितिमा देश गम्भीर सङ्कटमा नपर्ला भन्न सकिन्न । हाम्रा अगाडि सरकारले एनसेल, इटालियन ठेकेदारलाई केही गर्न नसकेको उदाहरण त छँदैछन् । त्यसैगरि काबेली, लिखु, त्रिशुली, खिम्ती, लम्जुङ, बुढी गण्डकी, कर्णाली, सेतीको हाइड्रोपावर परियोजनाको ज्यादतीलाई सरकार उल्टै स्थानीय जनतालाई विकास विरोधी संज्ञा दिएर धरपकड गरेको यथार्थ कसैबाट छिपेको छैन । उता सिरहाको चोहर्वा सञ्चालित सिमेन्ट कारखनाले कति घर तामाङ, मगर र सुनुवार विस्थापित गरेको छ भने मिर्चैयामा सञ्चालन हुन लागेको सिमेन्ट कारखानाले सिन्धुलीको फिक्कल गाउँपालिकाको सुनुवारहरुलाई चाँडै वेघरवर बनाउने बाटोतिर उन्मुख छ । ह्वाङ्सी सिमेन्टले अर्घाखाँचीका मगर गाउँ विस्थापित गरेको छ ।
 
अन्तमा,
यसैले आदिवासी जनजाति तथा आम नेपाली दाजुभाइ दिदीबहिनीहरु आजैबाट सचेत हौँ । आफ्नो स्थानीय सरकारलाई खबरदारी गरौं । संघीय ताथ प्रदेश सरकारलाई राजनैतिक तथा सामाजिक दबाब सिर्जना गरौं । कतै हामीमा पनि, देशी–विदेशी व्यापारीहरुले विकासको नाममा चीन, भारतमा जस्तै सर्वसाधारण जनताहरुलाई आपसमा लडाएर तेस्रो पक्ष (व्यापारी तथा विदेशी शक्ति) हरुले फाइदा लिन राजनीतिक रणनीति त अगाडि बढीरहेको छैन ।

शोभाका सोभित कविता नियाल्दा

–अतीत मुखिया

सेँसेन !
चेरिङ लल जिनेथुम्तुु
बोकेन
सुनि दुम्ने थुम्तु ।
(जाग !
पूर्वमा लाली छाइसक्यो
उठ
बिहानी भईसक्यो ।) मुरिमि पृ. १०४
साहित्य सृजनाका सम्बन्धमा मैले पहिलेदेखि भन्दै आएको छु कि देख्नुको मनन र भोग्नुको अनुभूति जब जब अक्षरमा रुपान्तर हुन्छ तब त्यो साहित्य बन्छ । किनकी साहित्य सृजनामा प्रतिनिधि पात्रका रुपमा कतै आफैंलाई अरु बनाएर त कतै अरुलाई आफु बनाएर प्रस्तुत् गरिएको हुन्छ । यसरी नै मैले कविताका बारेमा पनि कविता कर्ता र कारकबीच कार्यको अनुवाद एवं द्रष्टा र दृश्यबीच दृष्टिको सचित्र रुपान्तर हो भनेर पनि भन्दै आएको छु । आज मलाई यिनै मेरा पूर्वभनाईहरुका खाँचामा कवयित्री शोभा सुनुवार ‘जुलियट’ का कविताहरुलाई पर्गेल्ने इच्छा जागेको छ । Read the rest of this entry »

कोइँच सुनुवारको मातृभाषा तथा साहित्यको वर्तमान अवस्था र राज्यको दायित्व

–कोइँचबु काःतिच (उत्तम)

सारांश

सुनुवारहरुले राज्यले सुनुवार भनि सूचिकृत गरे पनि आफैंले आफूलाई चिनाउँदा मातृभाषामा कोइँच भन्छन् । जसलाई कतै मुखिया, कतै शिकारी, कतै सुनुवार, सुनवार, सुन्वार भनेर पनि चिन्ने गरिन्छ । रोल्वालिङ हिमश्रृङ्खलबाट दक्षिण–पूर्व भएर बग्ने लिखु, तामाकोशी, सुनकोशी र शाखा नदीहरु खिम्ती, मोलोङ नदी वरिपरिको भूभाग सोलुखुम्बु, दोलखा, रामेछाप, सिन्धुली, उदयपुर, ओखलढुङ्गा कोइँचहरुको पुख्र्यौली थाँतथलो हो । अहिले नेपालभरि र देशविदेशमा छरिएका छन् । २०६८ को जनगणना अनुसार कोइँचको जनसंख्या ५५,७२२ र मातृभाषा वक्ताको जनसंख्या ३७,८९८ रहेको छ ।

Read the rest of this entry »

आर्थिक वर्ष २०७५/०७६को बजेटको पूर्ण पाठ

प्रतिनिधिसभाका सम्माननीय सभामुख महोदय,
राष्ट्रिय सभाका सम्माननीय अध्यक्ष महोदय,

१. नेपाल सरकारको अर्थमन्त्रीको हैसियतले यस सम्मानित सदनसमक्ष आगामी आर्थिक वर्ष २०७५÷०७६ को बजेट प्रस्तुत गर्न पाउँदा अत्यन्त गौरवान्वित भएको छु। यस अवसरमा राजनीतिक परिवर्तनका लागि जीवन उत्सर्ग गर्नुहुने सम्पूर्ण ज्ञात अज्ञात शहीदहरूप्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दछु। त्यसैगरी राष्ट्रियता, स्वाधीनता, लोकतन्त्र, सामाजिक न्याय, समानता र समृद्धिका लागि संघर्ष गर्नुहुने महान् नेपाली नागरिक र त्यसको सबल एबंसक्षम नेतृत्व गर्नुहुने नेपाली राजनीतिका शिखर व्यक्तित्वप्रति हार्दिक सम्मान प्रकट गर्न चाहन्छु।

२. लामो संघर्षपछि नेपाली जनताको चाहनाअनुरूप संघीय स्वरूपको समावेशी जनप्रतिनिधिमूलक राज्य प्रणाली स्थापना भएको छ। तीनै तहको निर्वाचनबाट लोकतान्त्रिक शासन प्रणाली संस्थागत भएको छ। यो मौलिक स्वरूपको राजनीतिक उपलब्धिसँगै जनताको भरपर्दो साथ र विश्वास पाएको वर्तमान सरकारलाई राज्यका सम्पूर्ण स्रोत र सामथ्र्यको सदुपयोग गरी विकास र समृद्धिको यात्रामा अविचलितरूपमा अघि बढ्न ठूलो प्रेरणा मिलेको छ।
३. वर्तमान सरकार ‘समृद्ध नेपाल, सुखी नेपाली’ बनाउने दीर्घकालीन उद्देश्यअनुरूप आर्थिक सामाजिक विकासको मौलिक ढाँचामा अघि बढिरहेको छ। प्रतिव्यक्ति आयको वृद्धिले मात्र न्यायोचित विकास सम्भव हुँदैन, न त सीमित आयको वितरणबाट नै समृद्धिमा पुग्न सकिन्छ। त्यसैले उच्च आर्थिक वृद्धिसँगै त्यसको न्यायपूर्ण वितरणबाट मात्र सर्वांगीण विकास हासिल गर्न सकिने यस सरकारको मान्यता रहेको छ। सबै नागरिकका लागि मर्यादित काम, न्यूनतम खाद्य सुरक्षा, आधारभूत स्वास्थ्य–शिक्षाको सुविधा, स्वच्छ खानेपानी र सुरक्षित आवासजस्ता अत्यावश्यक आवश्यकताको परिपूर्ति नै हाम्रो समाजवादतर्फको यात्राको प्रस्थान बिन्दु हुनेछ। Read the rest of this entry »

यायावर कोमल मन : अविरल भोगाइका खोल्मा

–काःतिच
अविरल बगिरहेछ खोला
अविरल चलिरहेछ हावा
अविरल फूलिरहेछन् फूलहरू
अविरल घुमिरहेछ पृथ्वी ।
यी खोला, हावा, फूल र पृथ्वीको
अविरल गतिसँगै
जन्म–जन्मान्तर
बाँचिरहनुपर्छ हामीले ।
–अविरल
मन अविरल बहकीरहन्छ– कहिले पुरै समाज परिवर्तनको ठेक्का बोकेर, कहिले सबैको पीडा निदानको ओखती बन्ने सपना बोकेर, कहिले नियतीलाई निरीह स्वीकार गरेर । आखिर प्रकृतिको नियम न हो, निरन्तर चलिरहन्छ, समयको वेगमा अविरल बगिरहन्छ । मृत्यु साश्वत सत्य हो यसैले जन्म सार्थक बनाउन जन्म–जन्मान्तर बाँच्नुपर्छ । Read the rest of this entry »

Subscribe
Archives