All about Sunuwar

Archives

now browsing by author

 

इलाम, पाँचथर सुसेस सम्पर्क तथा षाँदरग्योर व्यवस्थापन समितिको साधारणसभा हुंदै

सोम सुनुवार (काःतिचा)
इलाम प्रतिनिधी, असार मसान्त । इलाम, पाँचथरको सिमावर्ती गाउँ विकास समितिका किरात सुनुवार (कोइंच) सम्मिलित संस्था सुनुवार सेवा समाज (सुसेस) सम्पर्क एबं ष्याँदर ग्योर व्यवस्थापन तथा विकास समिति, लुम्देको नवउं बाषिर्क साधारण सभा भव्य रूपमा अयोजना गरिने भएको छ ।

समितिका अधयक्ष बुद्ध सुनुवारका अनुसार यही साउन ९ गते रबी बजारस्थित गाविस भवनमा इलाम, पाँचथरका १० गाविसका कोइंच सदस्यहरूको सहभिगतामा साधारण सभा गिरंदैछ ।

सभामा सुसेस इलामका अध्यक्ष किरण मुखिया, पाँचथरका सन्तबहादुर सुनुवारलगायतका अगुवा तथा अथितिहरूको उपस्थिती रहनेछ ।

सो अवसरमा कोइंच शिललगायतका परम्परागत साँस्कृतिक बान्कीहरूसिहत रबी बजार परिकरमा गरिने कायकरमसमेत रहेको
समितिले जनाएको छ ।

सभामा मुख्य गरी अथिर्क छलफल गिरने छ भने काय योजनासमेत तय गरिनेछ ।

सो षाँदर ग्योर दुइ जिल्लाका तीनसय घरधूरीका करीव एक हजार पाँचसय कोइंच्हरूको अश्थाको केन्द्र हो । सो केन्द्रमा इलामका लुम्दे, जगुरमुखी, इभाङ, फुयँतप्पा गरी चार र पाँचथरका हांगुम, वलने, सराङडाँडा, अरूबोटे, लिम्बा र रबी गरी छ गरी जम्मा १० गाविसका कोइंच (सुनुवार) हरू अबद्ध छन् ।

लुम्देको माल्टेनीस्थित ष्याँदर ग्योर २०६१ सालमा स्थापना भएको हो । जसको उद्घाटन तत्कालीन सुसेस केन्द्रिय उपाध्यक्ष महेन्द्र मान सुनुवारले गरेका थिए ।

इलाम–पााचथरमा धुमधामसित मनाइयो सालिवा षांदर पिदार

सोम सुनुवार
इलाम, १ जेठ/सुनुवार सेवा समाज (सुसेस) केन्द्रीय समितिका अध्यक्ष मनप्रसाद सुनुवारले पहिचानलाई प्रमुखता दिइनु पर्ने बताएका छन् । इलामको पुवामझुवामा आयोजित किरात सुनुवारहरुको उभौली पर्ब ‘सालिवा ष्यांदर पिदार तथा ष्यांदर सिल’ कार्यक्रममा बोल्दै उनले सुनुवारको मौलिक भाषा, संस्कृति, रीति र परम्पराको संरक्षण र संबद्र्धन गर्नु आजको प्रमुख काम भएको बताएका हुन् ।
इलाम, पांचथर, सिराहा र सुनुवारी थलो घर भई काठमाडौ कर्मथलो भएका सुनुवारहरुको बाक्लो उपस्थिती रहेको कार्यक्रममा सुसेस केन्द्रका उत्तम का:तिचाको पनि उपस्थिती थियो । उनी पांचथरको नाम्दुस्थित ष्यांदर ग्योरमा आयोजित कार्यक्रममा भाग लिएर पर्किने क्रममा यहां पनि निक्लिएका थिए । उनले पनि भाषा तथा संस्कृतिलाई जीवन्त राख्न सबैले सचेत र सक्रिय भई लाग्नु पर्ने बताए ।
सालिवा षांदर पिदार मूल आयोजक सतिती र सुसेस गाउ समितीले संयुक्त रुपमा आयोजना गरेको सो कार्यक्रममा हजारौंको उपस्थिती थियो ।
पिदार कार्जे गरी धुमधामसंग ष्यांदर सिल प्रदर्शन गर्नुको साथै शुभकामना समेत आदान प्रदान गरिएको थियो ।
जग्गनदाता र प्रमुख अतिथी सुनुवारलाई सम्मान गरियो भने त्यहां व्याडमिण्टनलगायत खेल पनि खेलाइएको थियो ।

किरात उभौली पर्ब एक, नाम र मनाउने तरीका अनेक

सोम सुनुवार
इलाम, बैशाख ३०/बैशाख पूर्णिमा बुद्ध जयन्ति अनि किरातहरुको उभौली पर्ब पनि । उभौली पर्ब बिभिन्न किरात समुदायले फरक फरक तरिकाले मनाउने गरेका छन् । राई समुदायले ‘साकेला,’ सुनुवार समुदायले ‘स:लिवा–ष्यांदर पिदार’, लिम्बू समुदायले ‘यक्वा तङ्नाम’ र याक्खा/देवान समुदायले ‘चसुवा’ नामले यो पर्ब मनाउदै आएका छन् । त्यस्तै भुजेल समुदायले यस पर्बलाई ‘भुजेली पर्ब’ नामले मनाउने गर्दछन् ।
खेती वालि लगाउने तथा सोको व्यवस्थापन कार्य गर्ने मुख्य र उपयुक्त सिजन हो यो । त्यस्तै जनावर, पंक्षीहरुको प्रजनन समय पनि हो । अथवा भनौ–न्यानो र उपयुक्त भएका कारण सबै खाले जैविक बिबिधताको अश्थित्वकालागि प्रकृतिको बरदान सरह छ यो उभौली सिजन ।
यस्तो अनुकुल समयमा जोकोही हर्षित हुनु स्वभाविक हो । मुख्य गरी आदिवासी किरातहरु परम्परादेखि खेती बालि र पशु पंक्षीसित नजिकको सम्बन्ध राख्दै आएका हुन् । त्यसैले खेतीवालि अनि पशु पंक्षी आदिको बिभिन्न अवस्थाका बारेमा अभिनयात्मक नाच तथा कलाहरु प्रस्तुत गर्दै आएका छन् । जसलाई हामी फरक फरक नामबाट पहिचान गर्दछौं । तर सबै किरातहरुले मनाउने उभौली पर्बको सार भने समग्रमा एकै किसिमको हुन्छ ।
यस पर्बमा किरातहरु प्रकृतिको पूजा गर्दछन् । त्यस्तै कृषि कर्मका बिभिन्न अवस्था र पशु पंक्षीहरुको अभिनयसहितको नाच गानहरुसमेत प्रस्तुत गर्दछन् । उभौली पर्बमा किरातहरुको यो नै मुख्य बिशेषता हो ।
सो अवसरमा आआफ्नो समुदायको निर्धारित धार्मिक थानहरुमा जम्मा भएर एकार्कामा शुभकामना आदानप्रदानसमेत गर्दछन् ।
इलामको सनदर्भमा किरात–सुनुवारहरुले पुवामझुवा–८ को चैतेस्थित ष्यांदर थानमा भव्य रुपमा ‘स:लिवा–ष्यांदर पिदार’ तथा ‘कोइंच सिल’ कार्यक्रमको आयोजना गरेका छन् । सो कार्यक्रमलाई सम्बोधन गर्न सुनुवार सेवा समाज केन्द्रीय समितिका अध्यक्ष मनप्रसाद सुनुवार मङ्गलबार बिहानै इलाम पुगिसकेका छन् । आयोजकका पृथसिंह सुनुवारका अनुसार सुसेस केन्द्रीय समितिका महासचिव उत्तम का:तिचा पनि इलाम आउदै छन् । मेचीको इलाम, पााचथरका बिभिन्न गाउ तथा इकाइहरुबाट सो पर्बमा कोइंचहरुको उल्लेख्य उपस्थिती रहने आयोजकले जनाएको छ ।
उभौली (यक्वा तङ्नाम) को अवसरमा लिम्बूहरुले सदरमुकामको बालान गाउास्थित थानमा मुख्य र अन्य बिभिन्न भागमा पूजाआजा तथा शुभकामना कार्यक्रम गर्दैछन् । किरातको अर्को समुदाय–राईहरुले सदरमुकामको ओपी धारास्थित साकेला थानमा मुख्य र अन्य बिभिन्न गाउहरुमा साकेला पर्ब मनाउछन् । साथमा शाकेला नाच प्रतियोगिता तथा सम्मान कार्यक्रम पनि आयोजना गर्ने यायोक्खा केन्द्रका कृष्ण खालिङले जानकारी दिए ।

बढ्दैछ सुनुवारी पोशाक मोह

22222सुनुवार डट ओआरजीकालागि इलाम प्रतिनिधी
कोइंच प्रतिज्ञा दिदी प्रतिष्ठा सुनुवारका साथ परम्परागत भेषभुषामा
उत्तरी इलाम, पुवामझुवा–३ का महिला अहिले सुनुवारी पोशाक तयार गर्ने काममा व्यस्त छन् । संस्कृति र परम्परा संरक्षणप्रति चासो राख्दै स्थानीय गङ्गा कुलुङ (सुनुवार) र गोमा सुनुवार एक महिनादेखि सुनुवारी पोशाक तयार पार्ने काममा व्यस्त छन् ।
उनीहरुले किशोरी, युवति तथा अन्य महिलाकालागि फेने, गुने–चोली, लुजेवासलगायका पोशाक तयार पारेका हुन् । त्यस्तै पुरुषकालागि कम्मरी र जालीरुमाल जस्ता पोशाक वनाउन उनीहरुले समय दिइरहेका छन् ।
उनीहरुले पहिले आफ्ना नानीहरु र परिवारकालागि पोशाक तयार पारेका छन् । अव माग बमोजिम सुनुवार सेवा समाजले निर्धारण गरे अनुसारका पोशाक तयार पार्न आफुहरु लाग्ने उनीहरुको भनाई छ ।
गङ्गा कुलुङ्ग भेषभुषाको रङ्ग संयोजनमा बिशेष ध्यान दिनुपर्ने बताउछिन् । पुवामझुवाली कोइचहरु पोशाक एकरुप वनाउनुपर्ने खाचो महसुस गर्न थांलेका छन् । अहिले गाउंमा महिलाकालागि आकाशे निलो कुचिनको चोली, रातो टिक्टिके गुने, पहेंलो पटुकी, आकाशे निलो फेने वनाएर लगाउने भएका छन् ।

अब तुइन तर्दैन मेरो देश

सोम सुनुवार

हिमाल होइन, दृष्य तिनको बेच्न सकिन्छ
मेची–काली होइन, बिजुली बरु बेच्न सकिन्छ
मेरो देश तुइन तर्दैन अब
तराईमा रेल र पहाडमा केवुल कार चढ्छ
बामे सरेको छ इलाम त
अब कर्णाली आकाशमा राशन खोजदैन
जौ, फापर जे फल्छ ऊ निहुरिएर बारीमै मेहनत गर्छ
नाक घोक्राउदैन मेरो देश
पहिचानको गर्वले ढक्क छाति फुल्याउछ
बरु लालच छाडेर त्यागी दिन्छ तेरो, मेरो र द्धेश
भागबण्डा र लुच्छाचुंडीको सर्त मान्दैन अब मेरो देश ।

सुधारिएको चूलो अभियानमा धमिराको योगदान

सोम सुनुवार
इलाम, चैत १६/मानिसभित्रको उत्सुकताले हामीलाई धेरै कुराहरु दिलाएको छ । असहज र निकम्मा जस्ता लाग्ने बिषय पनि उसभित्रको सृजनशिलताले उपयोगी वनाएको हुन्छ । मानिस प्रकृतिमा भएका कतिपय यस्ता चिजवस्तुलाई प्रयोग योग्य वनाई छाड्छ । जसको उपयोगिता अनि महत्व पनि उत्तिकै वढी हुने गर्दछ ।
त्यस्तै हेर्दा सामान्य लाग्ने एक प्राकृतिक वस्तुको प्रयोग गरेर फाइदा लिइरहेका छन् इलाम, नामसालिङ, सोयाकलगायत गाविसका बासिन्दाले । त्यो हो–धमिराको देवल । हो, धेरैले झरि परेका बेला उम्रिएको मिठो देवले च्याउ खान पाइने भएकाले त्यसलाई उपयोगी ठान्दथे होलान् । तर, अहिले सुधारिएको चूलो वनाउने अभियान चलेकै बेला धमिराले उठाएको देवलको माटो प्रभावकारीसिद्ध भएको छ ।
‘नरम हुने भएर सुधारिएको चूलो बनाउन धमिराको देवलको माटो प्रयोग गऱ्यौं’–नामसालिङ–६ की गृहिणी सिता सुवेदी भन्छिन्–‘अनि, चुलो लिप्न पनि हामी त यही प्रयोग गर्छौं ।’
गाउमा धेरैले यसको प्रयोग गरिरहेका छन्’–नामसालिङ–८ की शर्मिला देवान अगाडि भन्छिन्–‘यहां त देवल पनि प्रसस्तै पाइन्छ । चूलो र भान्सा घर दुबैमा लिप्न साह्रै राम्रो छ देवलको माटो ।’
यता गाविसकै वडा नम्बर–४ की टङ्ककुमारी घिमिरे पनि देवले माटोकै प्रयोग गरी सुधारिएको चूलोको पुन: निर्माण गर्ने पक्षमा छिन् ।
त्यस्तै जिल्लाको सोयाक–७ निवासी प्रेम सुनुवारले पनि यसको प्रयोग बारे सुनेका वताए । साथै उनले गाउमा छिमेकीहरु धमिराको देवलको माटोबाट सुधारिएको चूलो वनाउने योजना बनाइरहेकासमेत बताए ।
नामसालिङ, सोयाक, दानाबारीलगायत दर्जनौ गाविस तुलनात्मक रुपमा गर्मी क्षेत्रमा पर्दछन् । यहां धमिराको प्रकोप निकै रहेको स्थानीय बताउछन् । धमिराको पर्याप्ततासंगै देवलको संख्या पनि अनगिन्ती पाइन्छ । त्यसैले गाविसका धेरैले देवलको माटो प्रयोग गर्न थालेका स्थानीयको भनाई छ । त्यही प्राकृतिक वस्तुको प्रयोगले आज एउटा महत्वपूर्ण अभियानलाई नै सघाउ पुगेको छ ।
सन २०१७ सम्म नेपाललाई भान्सा घरभित्रको धुवां प्रदुषण मुक्त देश वनाउन सरकारले चलाएको अभियानलाई सफल पार्न धमिराकोसमेत योगदान उल्लेख गर्न पाउदा हामीलाई गर्ब लाग्नु स्वभाविकै हो ।
जिल्लाका बिभिन्न गाविसका वासिन्दा यतिखेर सो अभियान सफल पार्न लागिपरेका छन् । इलाममा अपनाइएको यस्तो प्रबिधि देशका बिभिन्न भागमा किन नअपनाउने ? अभियान चलेका सबै भागमा मानिसका लागि समेत यो सनदेश लाभकारी हुन सक्तछ ।

गाउलेहरुलाई अधिकारका कुरा सिकाउन पाउदा दङ्ग छन् पृथसिंह

सोम सुनुवार
इलाम, चैत १०/आफूले सिकेका कुरा गाउंघरमा गई अरुलाई सिकाउन पाउदा पुवामझुवा–३ का पृथसिंह सुनुवार दङ्ग परेका छन् । गाविस कार्यालयको सहयोगमा स्थानीय मानव अधिकार तथा मेलमिलाप समितिले आयोजना गरेको मानव अधिकार मेलमिलाप जानकारी तथा सचेतना कार्यक्रम सफलतापूर्बक सम्पन्न गरेपछि उनले आफू निकै उत्साहितसमेत भएको बताएका छन् ।
सुनुवारले मानव अधिकार मञ्च नेपाल इलामले २०६८/६९ मा बर्ष दिनभरि बिभिन्न चरणमा सञ्चालन गरेको प्रशिक्षक प्रशिक्षण (टिओटी) तालिममा प्राप्त ज्ञान, शिपलाई आफ्नै गाउलेहरुबिच वाडेका हुन् । त्यसो त उनी एक्लैले सबै तालिम सम्पन्न गरेका भने होइनन् । साथमा थिए मानव अधिकार मञ्च नेपाल, इलामका गायत्रा रेग्मी र पुवामझुवा गाविस कार्यालयकी सामाजिक परिचालक शान्ति गुरुङ पनि ।
गाविस कार्यालयको ३३ हजार रुपैंयाको आर्थिक सहयोगमा समितिले बिभिन्न चार स्थानमा कार्यक्रम सम्पन्न गरेको हो । कार्यक्रममा गाविसका ८७ महिलासहित एकसय ४५ जनाले भाग लिएका थिए । पुवामझुवाको वडानम्बर–१ स्थित लक्ष्मी दुग्ध सहकारी संस्थामा सञ्चालित कार्यक्रममा ४२ जनाको सहभागिता थियो । वडानम्बर–४ स्थित शिद्धार्थ प्राविमा भएको तालिममा ३८ ले भाग लिएका थिए । त्यस्तै पुवामझुवा–५ को वालमिकी निमाविको कार्यक्रममा ३६ जनाको सहभागिता थियो भने वडा नम्बर–८ को बाघखोर स्थित जनहित दुग्ध सहकारी भवनमा भएको कार्यक्रममा २९ जनाले भाग लिएका समितिले जनाएको छ ।
मानव अधिकार र अधिकारभित्र के कस्ता कुराहरु पर्छन्, न्यायिक र अर्धन्यायिक मुद्धा के के हुन्, स्थानीय स्तरमा कस्ता मुद्धा मात्रै जिम्मा लिएर मिलाउन सकिन्छ आदि जस्ता बिषयको जानकारी दिलाउने उद्धेश्यले कार्यक्रमको आयोजना गरेको समिति अध्यक्षसमेत रहेका सुनुवारले जानकारी दिए ।