All about Sunuwar

Archives

now browsing by author

 

गत चैत्र १४ गते शनिवार चुप्लुमि कोइँच शारिरेँशो कार्यक्रममा वाचित सिर्जनाहरु :

इन्द्रसेन सुनुवारको गजल
…………………….
मौसम त्रि्रो जिन्दगीको अदलबदल भयो
अस्तिसम्म झोपडि थियो, आज महल भयो र्।
सविधानले निस्चित गर्छ भन्थ्यौ हाम्रो हक पनि
त्रि्रो जवाफ चाहिएको छ के के पहल भयो –
कामकुरा विर्सर्ीीतमी कुम्लो बोकि हिड्दा ठिमी
निरंकुशता फर्की आउने सम्भावना प्रबल भयो ।
इमान जमान बिर्सर्ीी संविधान सभा पनि
जनता झुक्याई आशा मात्रै बेच्ने पसल भयो ।
न त डाक्टर न ओखति न त कुनै शल्याक्रिया
रोगीलाई पो आफ्नो आयु आफैं थप्न सरल भयो ।
========
कोइँच तासलाहामसो (साङखु बुजिच)को कोइँच कबिता ब्लोइँचि
…………………….
ताँ एको आँ ब्लोइँचि दोदेँशो दोदेँशो –
खेखे शेमशेम फुइलि ब्लिःशो गारिला
ख्योेपलोङ ख्युपलुङ, क्युपशा लाअशो बाकु खोदेँशो ।

शाँबु थिमचा सेलिन लोपशो
चिरसि, चेरबि, लिच, लिँकुमि ङामशो खोदेँशो
बुकुकु जेशो, जिःजः ङास खोदेँशो, एको आँ ब्लोइँचि
गारिमि ग्युत ग्युत नेअसिशा चोअशो शाँबु खोदँेशो ।
Read More

जिरेलहरु जागे वल्लो किरात स्वायत्त प्रदेशको लागि

ककसका अध्यक्ष पृथ्वीसुब्बा गुरुङ, वल्लो किरात स्वायत्त प्रदेश दोलखा सम्मेलन उद्घाटन गर्दै

चुपलु दामलोच
२२ चैत, जिरी । जिरीका आदिवासी जिरेलहरु आफ्नो पुख्र्यौली थलोको पहिचानसहितको संघीय नेपालको पुनसंरचना नभए हतियार पनि बोक्न तयार हुने घोषणा गर्दै वल्लो किरात स्वायत्त प्रदेशको लागि एक जुट भएका छन् । प्रमुख अतिथि आदिवासी जनजाति सभासद ककसका अध्यक्ष पृथ्वीसुब्बा गुरुङले वल्लो किरात स्वायत्त प्रदेश प्राप्तिको लागि सुनुवार सेवा समाज, जिरेल संघ नेपाल, किरात हायु समाज, सुरेल उत्थान समिति, नेपाल थामी समाज, किरात जेरो रादु समाज, किरात बाहिङ मुलुखिमहरु ऐक्यवद्ध भइ आन्दोलित भएको अवस्थालाई मनन् गदैं ककसको अवधारणपत्रमा सुनकोशी प्रदेशलाई वल्लो किरात स्वायत्त प्रदेश हुनु पर्नेर् भनि संविधान सभामा पेश गरेको बताउँदै आदिवासी जनजाति पहिचानसहितको जातिय स्वायत्त राज्य घोषणा नभए सडक आन्दोलनमा उत्रन आम आदिवासी जनजाति तयार हुन आब्हान पनि गर्नु भयो । उहाँले अगाडि थप्नु भयो, ‘आदिवासी जनजातिको कुम टेकेर राजनीति गर्न खोज्ने कुनै पनि त्यस्तो व्यक्तिगत स्वार्थको लागि राजनीति गर्नेहरुले आदिवासी जनजातिहरुले सामाजिक वहिस्कार गर्नु पर्छ । Read More

अग्नि पीडित शोभादेवी सुनुवारलाई सहयोग

चुप्लु दामलोच
१६ चैत्र, यालाखोम । इजरायलमा रहनु भएकी, सुनुवार सेवा समाजका पूर्व सदस्य, सुनुवार महिला समाजका संस्थापक कोषाध्यक्ष तथा उपाध्यक्ष कविता सुनुवारले रु. दश हजार नगद रामेछाप हिमागंगा गा.वि.स.की अग्निपीडित शोभादेवी सुनुवारलाई सहयोग गर्नु भएको छ । सो सहयोग रकम आज सुनुवार सेवा समाजका अध्यक्ष मनप्रसाद सुनुवारलाई आमा भक्तमाला सुनुवारले हस्तान्तरण गर्नु भएको छ । ‘आदिवासी कोइँच (सुनुवार) ले कतै पनि सहयोगको भीख मागेर भौतरिनु नपरोस् । अरुको मुख ताक्नु नपरोस् । जसको लागि सबै कोइँच मिलेर सुनुवार सेवा समाज मातहतमा वा एक स्वतन्त्र परोपकार अक्षय कोष स्थापना गर्ने र सोही संस्था मार्पmत सबै दैवी वा प्राकृतिक प्रकोपमा भैपरी आउने दुर्घटनामा सहयोग गर्न सकियोस् भन्ने आफ्नो चाहना रहेको छ । यसको लागि सबैमा ऐक्यता जनाउन पनि आव्हान गर्छु ।’ सहयोग गर्ने क्रममा उहाँले बताउनुभयो । Read More

एकदशकीय एकै शैलीको कोइँच लोः कविता वाचन क्रम भंग

दिश दारश-शो आँ प्लेतति !
– प्रेम सुनुवार (थाङराअच आसोक)
हायुः आइदि पुँमि लिकु शोलोलो
आइत-था पियामि लापचानेआ थुमकि
आ हा दिश दारश-शो आँ प्लेतति !
Read More

कतारबाट राजु सुनुवारले पठाउनु भएको गजल

कोइँच पहिचानको लागि साहित्य र सञ्चार नारा सहित चुप्लुमि शारिरेँसो कार्यक्रमको लागि कतारबाट राजु सुनुवारले पठाउनु भएको यो गजल ।

जिबन् अति मिठो तर, निर्दयी छ काल यहाँ,
जिउने रहर् हुँदा हुँदै, मृत्यु को नै जाल यहाँ l Read More

मृगतृष्णा

समयको कुनै विन्दुमा

उष्णताले छोपिएको

सपनाको महलभित्र

सुन्दर भविश्य खोज्न

जिवन संघर्षका पटाङ्गिहरुमा

रहरका बिस्कुन सुकाउँदै

बाँचिरहेको एउटा यायावर Read More

कविता वाचन तथा छोटा फिल्म देखाइयो ।

सुनुवार डट ओआरजि समाचारदाता
११ चैत्र, यालाखोम । चुप्लु समाज (कोइँच चुप्लु), सुनुवार डट ओआरजि, दुरदा डट कम, सुनुवार विद्यार्थी समाज, संस्कृति तथा अनुसन्धान विभाग, सुनुवार सेवा समाजले आयोजना गरेको कोइँच पहिचानको लागि भाषा, कला, साहित्य, मनोरञ्जन र सञ्चार मूल नारा सहित कविता वाचन तथा छोटा फिल्म देखाइयो । Read More