Posts Tagged ‘News’
एस एल सी उत्तीर्ण कोइँच विद्यार्थीहरु सम्मानित हुने
समाचारदाता
यालाखोम, १८ खुबनाच । नेपाल लोकतान्त्रिक किरात सुनुवार संघ, युवा तथा विद्यार्थी विभाग बागबजार काठमाडौंले गएको वर्षमा जस्तै यो वर्ष पनि एस एल सी उत्तीर्ण गरेका कोइँच (सुनुवार) विद्यार्थीहरुलाई सम्मान गर्ने भएको छ । सुनुवार युवा तथा विद्यार्थीहरुलाई गोलवद्ध गरी जातिय पहिचानको लागि निरन्तर संघर्षमा कटिवद्ध रहन कार्यक्रम आयोजना गरेको युवा तथा विद्यार्थी विभागका संयोजक उर्मिला सुनुवारले बताउँदै अगाडि थपिन, ‘यसरी सम्मान कार्यक्रम गर्दा कोइँच किशोरकिशोरीहरुलाई उत्प्रेरण प्रदान भई भोलि उच्चा शिक्षा अध्ययनको लागि हौसला प्रदान हुने छ । त्यसैले आम कोइँच सामिबुलाई कार्यक्रममा उपस्थित हुन हार्दिक निमन्त्रणा गर्दछु ।’
उनका अनुसार विद्यार्थी सम्मान कार्यक्रम यही साउन २२ गते शनिवार दिउँसो ११ बजे विश्वाभाषा क्याम्पसको हलमा हुने भयोको छ । साथै आयोजक संस्था नेलोकिसुसंले एस एल सी गरेका कोइँच विद्यार्थीहरुलाई आप्mनो प्रमाण पत्रको प्रतिलिपि नेलोकिसुसं कार्यलय बागबजारमा उपलब्ध गराइ सहयोग गरिदिन पनि सूचना जारी गरिएको छ ।
वल्लो किरातका किरातीहरुले आन्दोलन गर्ने
समाचारदाता
काठमाडौं, साउन १५ । ‘कुनै पनि पार्टीले जातीय तथा क्षेत्रीय स्वायत्त राज्य दिन चाहदैनन् । न त हाम्रा बाहुनवादी आदिवासी नेता नै त्यस पक्षमा छन् । अहिलेको प्रधानमन्त्री चुनाव त्यसैको प्रतिफल हो । कंग्रेस संघीयतामा जानै चाहँदैन । एमालेले संघीयताका लागि बोल्न दाँतबाट पसिना निकाल्छ । त्यै एउटा माओवादी हो जातिय र क्षेत्रीय स्वायत्तको कुरा उठाउने । उसलाई पनि जातीय र क्षेत्रीय स्वायत्तता दिने मुद्दा छाड्नु पर्ने सर्तमा दुई पार्टीले असहयोग गरिरहेका छन् । बाहिर जेसुकै भने पनि भित्री गाँठी कुरा यही हो ।’ वल्लो किरात संघीय राज्य परिषदको विधानमाथि छलफल गर्दै बाहिङ मुलुखिमका महासचिब धिरेन खाटलीले अगाडि भन्नु भयो ‘अब हामी वल्लो किरातको किरातीहरु सशक्तरुपमा आन्दोलनमा जानु पर्ने भएको छ । ऐतिहासिक पहिचानको आधारमा वल्लो किरात स्वायत्त प्रदेशको प्राप्ति नभएसम्म यो आन्दोलन जारी राख्नु पर्दछ ।’ Read the rest of this entry »
www.sunuwar.orgको प्रभावले पंखा राखियो
समाचारदाता,
काठमाडौं, साउन १३ । ‘मलाई लागेको थियो म पनि केही सहयोग गरौं कि भन्ने । बल्ल बाटो खुले जस्तो लाग्यो । यो क्रम जारी रहोस ।’ न्यू साकुरा चस्म पसल, कमलपोखरीका गोपाल बहादुर सुनुवारले सुनुवार सेवा समाजको हलमा पंख राखेको एक दिन नबित्दै थप पंख राखेपछि सबि शिवानी सेकुवा कर्नर, ज्ञानचोक ताल्छीखेलका श्याम सुनुवारले अगाडि आफ्नो भावना यसरी पोखे, ‘सबैले यति हजार दिएँ उति दिएँ भन्छन् । हामी भनेको दुखजिलो गरेर कमाइ खाने मान्छे पहुँचवाला र धनीहरुसँग दाँजेर संस्थालाई ठूलो रकम सहयोग गर्न सक्ने कुरा भएन । तर धनीमानीको सहयोगले छाडेको राँटोमा बाँजो मार्ने काम चाहिँ भयो । सकेसम्म छेउकुना खनीखोस्री मलिलो पार्ने खेतलाको काम गर्ने मौका भने पाएँ भन्ने लागेको छ । बाँजा पाटाहरु धेरै रहेको त देखियो । खेतला जान सधै त कहाँ सकिन्छ र हाउ । यसो अर्मापर्मा चलाउन पाइयो भने त राम्ररी बाली थन्काउन पाइन्छ कि भन्ने लोभ हो क्या, वारचाइ । तोज मापाइ हाइः । यो मौका पनि के भन्छन् यो क्या मोरा सरोज (उन्मुक्त हाँसोमा) को डब्ल्यु डब्ल्यु डब्ल्यु डट सुनुवार डट ओआरजिले पो दियो त । बच्चाहरुले वेबसाइड हेरेर आएछन् कुरा गरिहाले, ‘बुबा सुसेसमा पंखा राखेछन् नि ।’ मैले हत्तार हत्तार अध्यक्ष (वल्लो किरात) सँग फोनमा कुरा गरेँ र बधाइ दिएँ । ‘होइन हौ अभैm बाँकी पो छ त हौ’ अध्यक्षले जवाफ फर्काइ पठाए । त्यसपछि त मलाई पनि जोस चल्यो । भनिदिएँ, ‘ल त्यो बाँकी पंखा म राखी दिने भएँ ।’
झण्डै पाँच बर्षपछि पंखा जडान भयो
समाचारदाता, साउन १२ काठमाडौं । गर्मीले बसी नसक्नु भएको छ । मानिसहरु उफ उफ गरिरहेका छन् । बाहिर घाम टन्टलापुर लागेको छ । तै पनि मानिसहरुले हल छाड्न सकिरहेका छैनन् । उनीहरुको लगाव छ कोइँच भाषा संस्कृति प्रति । मञ्चमा उद्घोषक कोइँच भाषामा भनीरहेका छन् ‘एकेरे सापपा हुपशो बा । मोबाअ्तङाना यो आइँ गेरापेनमाकालि नाम पा बाअ्शो निनि । एकोन खेम इनकालि गोः कोइँचके तामिसामि एचचिङा चारचित गायिका रेसमा सुनुवारकालि ब्लेतनुङ कुमसो काः नेपाइचा ।’ यो दृश्य थियो सुनुवार कलाकार तथा चलचित्रकर्मी समाजको कोइँच कल्चरल सो २०१० को । अहिले यो समस्याबाट सुनुवार सेवा समाजको भवनले मुक्ति पाएको छ एक जना उदार मनको कोइँचको सहयोगबाट । Read the rest of this entry »
वल्लो किरात संघीय राज्य परिषदको विधान छलफल
समाचारदाताकाठमाडौं, ८ साउन । सुनुवार सेवा समाजको भवन कोटेश्वरमा सुनुवार सेवा समाजद्वारा आयोजित कार्यक्रममा छलफल गर्दै चण्डेश्वरी उच्चा मा.वि रगनीका शिक्षक चित्रबहादुर पौडेल, टंकराम सुनुवार, गुञ्जबहादुर सुनुवार, उदयबहादुर सुनुवार, भागत सुनुवारले वल्लो किरात संघीय राज्य परिषदको विधान सार्वजानिक कार्यक्रममा आफ्नो विचार राख्नु भयो । उक्ता कार्यक्रममा किरत जातिलाईमात्र होइनकी अन्य जातिको बारेमा पनि स्पष्टा कुरा विधानम उल्लेख हुनु पर्छ भन्ने खालको कुरा छलफलमा उठ्यो । Read the rest of this entry »
कोइँच भुमिको उपभोगको लागि कोइँच (सुनुवार) एक हुनु पर्दछ ।
समाचारदाता काठमाडौं, ८ साउन । ‘मुआब्जा र अधिकार बेग्लै कुरा हुन् । यसमा सचेत हुनु पर्छ । अभैम् पनि कुलेखानीका जनताले मुआब्जा पाएका छैनन् । हामीले अधिकारको लागि काम गर्नु पर्दछ । हुन त समग्र लिखुका जनताको लागि अधिकार कुरा उठाउनु चुनौतीपूर्ण छ । तर हामी सबैले सोचेको र देखेको कुरा तत्कालका हुन । तत्काल देखिने कुरा भनेको संस्कृति र समाजिक विचलन मात्र हुन् । हामीले दीर्घकालीन असरमा हामी सचेत हुनुपर्छ । त्यस क्षेत्रको भविश्य के हो भन्ने कुरामा ख्याल राख्नु पर्दछ । त्यहाँको सुनुवारको मात्र होइन अन्य जातजातिको फाइदाको कुरालाई पनि विचार गर्नु पर्छ । त्यसैले मुआब्जा पाइहाले नि भनेर आम सुनुवारको पक्षमा लड्छु भनेर उफ्रिनेहरु चुप लागे भने आम कोइँच लगायत नेपाली जनताको लागि अभिसाप हुने छ ।’ लिखु ४ जलविद्युत परियोजना सम्बन्धि कोइँचको अधिकार बारे अध्ययन प्रतिवेदन सम्बन्धि विचार आदनप्रदान कार्यक्रममा पूर्व आदिवासी विद्यार्थी समाजका सचिव तथा सुनुवार विद्यार्थी समाजका सदस्य सूर्यप्रकाश सुनवारको अभिमत हो यो ।तोकेको समय भन्दा झण्डै एक घण्टा आधा समय ढिलो शुरु भएको सो कार्यक्रममा सुनुवार सेवा समाजका सल्लाहकार संयोजक ।ले। मानबहादुर सुनुवार, गुञ्जबहादुर, मनप्रसाद, दालकुमारी, शेर बहादुर सुनुवार, अतीत मुखिया, चन्द्रप्रकाश सुनुवारले जिज्ञासा राख्नु भएको थियो । अधिवक्त भिम राई, कोषाध्यक्ष लाहुर्निपले विकासको नाममा कसरी आदिवासी जनजातिको विनास गरिँदै छ भन्ने सन्दर्भमा हामीले काम गरेका छौं । Read the rest of this entry »
सुनुवार सेवा समाज video रिपोर्ट
सुनुवार सेवा समाज स्थापना भए देखि हाल सम्म के-कस्ता उपल्बधि भए एक video रिपोर्ट
http://www.sunuwar.org/video/doc/sws-report.flv













