Recent Comments

Posts Tagged ‘कोइँचबु’

फ्लाँदाचिमदा सुइ दो सुइ दो : क्यारि ख्लाअतेक आम आम लोः

कोइँचबु काःतिच

जेउ, नेललिआन क्यारि, मिमसि काः मादुमबा । मो दुमताङाना दा थेँपोसि, बारशिला यो दा मादुमबा । निपसि काःमि तेइ माराइ पाने माजामसिबा । नेललि लोः काःन दुमचा मालताउङाना दा मुरु काःला ब्लोइँचा मालताउ मिनु हेर नेललि राकास–चिअÞबि दुमचा मालताउ । मो दुमने माचाबबा । नेललि मुरुके आम आम क्यारि बाअÞबा । आम आम थुँ बाअÞबा । निपसि बाअÞबा । आम आम पासि, जोअÞसि बाअÞबा । इशका मुरुके इशका लोः । गोमि रुपचा मालबा मुरुपुकि गेनाइ थुँ काःङा, क्यारि काःङा, मिमसि काःङा दुमने माचाबनिमि । आँ, मे मोदे दा गो नेललिकालि गिपशि काःमि फ्लेँशा वोइतेक होँबना काः, थारि काः बाअÞचा मालशो मे । रुमदेलबुमदेलमि थारि वोइच–चा मालशो मे । थुँ फ्लाःदा चिमदा बाअÞताङाना यो, क्यारिरेरि मागारङाना यो थारि वोइश–शोङामेरे थेमकाःमि बुमथा लोः पाने जामसिबा । हुलमाच राइचि राइने जामसिबा । Read the rest of this entry »

कथित सौरभचेतका उदारवादी आदिवासी र बाहुनबादको बछिटाहरु

कोइँचबु काःतिच
सौरभ उर्फ पुतलीसडकका दिनेश सत्याल, केही समयदेखि आदिवासीको बारेमा दिग्भ्रमित कुरा लेखेका लेख्यै छन् । तर कम भयो भै+m लाग्छ बाहुनबादी कोइँच -सुनुवार) लगायत बाहुनबादी आदिवासी जनजाति भनौदाहरुलाई । गएको आषाढ ३० गते पनि एउटा लेख आयो कान्तिपुर विविध पृष्ठमा -यस पृष्ठलाई खान्की पृष्ठ पनि भन्ने गरिन्छ पत्रकारिता प्रकाशन प्रशासानिक क्षेत्रमा । किनकि कसैलाई खुशी पार्न वा पाल्न छुर्टाईएको पृष्ठ मानिन्छ ।)
उक्त समाचारपत्रमा लेखिएको कुराले घुमाइफिर्राई आफ्नै कुरा माथि वा खस-बाहुनहरु ठूला र जान्ने भन्ने तर्कलाई प्रमाणित गरियो । तर धेरै कोइँच -सुनुवार) तथा आदिवासी जनजातिहरुको मुखबाट अहा, खसहरुलाई गजबले लेखेछ नि है भन्ने सुनियो । हो, यस्तै कुटनैतिक कुरा वा लेखलाई नबुझदा हिन्दुकरण, संस्कृतकरणमा परेका छन् हाम्रा आदिवासी जनजातिहरु । थाहा नपाएर यसो हुनुलाई माफी दिन सकिएला तर थाहा पाई पाई सीमित र्स्वर्थको लागि झोले-नाम्ले, ढोका पाले बन्ने लहै लहैमा बाहुनवादीको प्रवक्ता भएका छन् कोइँच तथा आदिवासी जनजाति नेता, समाजसेवी र सिर्जनाधर्मीहरु । जागिरेहरु त बलीका बोका नै भए । नुनको सोझो गर्नै पर्‍यो । Read the rest of this entry »

कस्तो साहित्यलाई चाहि कोइँच साहित्य भन्ने ?

-कोइँचबु काःतिच

-‘वा…! क्या च्वाँक ।’

-‘राम राम -हिन्दू सौर्न्दर्यशास्त्रको प्रभाव) के सुन्नु पर्‍यो यो उमेरमा । खत्तम भयो समय । नउम्रीदै तीन पाते ।’

-‘लौ के भनेको हजुर बा, अहिले ठिटी नजिस्काएरु तपाईँको उमेरमा जिस्काउने – कस्तो यार हजुर बा पनि कुरै बुझनु हुन्न जस्तो छ ।’

यस्तो साहित्यले के सन्देश बोक्छ, कुन्नी – पाठकहरुलाई अवश्य थाहा नै छ । अहिले साहित्य कतिपय सर्न्दर्भमा मात्र साहित्यको नामको लागि लेखिएका पनि पाउँछौं । शायद, यो अंकीय छपाई प्रविधिको उपलब्धि हुन सक्छ । रचनाहरु अहिले छाप्नु नै पर्ने बध्येता रहेन- पाठक, स्रोता र दर्शकसम्म पुर्‍याउन । पुस्तकाकार नहुँदै यसले मोचन पाइसकेको हुन्छ वा लोकलाई अर्पण गरीसकिएको हुन्छ श्रष्टाको पोल्टोबाट, उहिलेको जस्तो कुमारी साहित्य सुन्न, हर्ेन र पढ्न कमै पाइने भयो । जे होस् अंकीय प्रविधिको यो चरणसम्म आइपुग्दा बर्ुर्जुवा साहित्यले कैयौं छलाङ मार्‍यो । हिन्दू, क्रिश्चियन तथा युरोपियन उत्पीडक साहित्यले कैयौं कलेवर फेरि सक्यो । र, त्यही मेसोमा हामी कोइँच लगायत अन्य आदिवासी जनजातिहरु साहित्यिक चलखेलमा होमिएका छौं । के बुझनु थियो र ! यी हिन्दू, क्रिश्चियन तथा उत्पीडक यूरोपियन साहित्यिक चलखेलको कुटखेल । न त पाठकले बुझन सक्यौं न र्सजकले । श्रष्टाद्रश्टा दुवै उही हिन्दू, क्रिश्चियन तथा उत्पीडक सौर्न्दर्यशास्त्र, उपनिवेश र पश्चिमा उपभोक्तवादी सोँच वा पढाइलेखाइबाट दीक्षित भएपछि अर्को वाद छ वा न हाम्रो कुनै त्यस्तो अर्को अस्तित्व वा दर्शन/सौर्न्दर्य नाप्ने कसी छ भन्ने कुरा भुसुक्कै बिर्सनुलाई नौलो वा अचम्म मान्नु पर्ने कुरा रहेन । Read the rest of this entry »

अपिल

–कोइँचबु काःतिच

एकताका
मलाई पनि मन लाग्थ्यो
सहकार्य र समावेशी ओकल्न
यदाकदा
मलाई पनि मन लाग्थ्यो
सहभागिता र समता डुक्रन
कुनै समय
मलाई पनि मन लाग्थ्यो
पारदर्शी र एकताको खोक्रो नारा फलाक्न ।
यसैले
कहिले भन्थेँ
हाम्रा नेता कामै नलाग्ने,
कहिले गाली गर्थेँ
“साले ! ती बहुला नेताहरु,
ताक परे तिवारी नत्र गोतामे ।”
तर हिजोआज
मैले मौन साँधेको छु
अनि
चौपट्टै मन मारेको छु
कारण, Read the rest of this entry »

हर्सोल्लाशका साथ सम्पन्न शाँदार पिदार र कोइँच एकताको आधार

–कोइँचबु काःतिच
फुल्यै फुल्यो तोरीको
आँखा राम्रो मोरीको
हा हा हाँसाल हाँसाल
हा हा हाँसाल हाँसाल– कोइँच किशोरहरुको चासो ।
आठानी चारानी कम्पनी
सुनुवारको छोरी म पनि
हा हा हाँसाल हाँसाल
हा हा हाँसाल  हाँसाल– सिँगौरी खेल्दै कोइँच किशोरीहरु ।
यो वर्षको यालाखोम (काठमाडौं उपत्यका) मा यसरी नै कोइँच किशोर किशारीले हर्सोल्लाश र उमंगले गीत गाउँदै शाँदार सील नाचेर किरात कोइँचको महान् चाड शाँदार पिदार मनाए । किशोर किशोरी मात्र होइन के बालबच्चा के बुढाबुढी, सबै कोइँचहरुले आफ्नो पुर्खा र प्रकृतिसँग वर्षभरि सुख, शान्ति र समृद्धिको कामना गर्दै शाँदार पिदार मनाएका छन् । समयको मागानुसार वा परिवर्तित राज्यको नीतिसँगै शाँदार पिदारले कोइँच गाउँ मात्र होइन नेपालदेखि विदेशसम्मै आफ्नो ख्याति र विश्वासको जालो विस्तार गरेको छ ।
शनिवारको दिन । सम्पूर्ण कलकारखाना, कार्यालय र शैक्षिक संस्थाहरु विदा छन् । चारैतिरबाट खुम्चिँदै गएको काठमाडौंको टुँडीखेल । टन्टलापुर घाम । दौरा सुरुवाल, त्यसमाथि पेटे भोटो अझ त्यस माथि सप्तरङ्गी फेनेरेल्फु (चरा (डाँफे, मुनाल) को पखेटाको नक्कल गरिएको), ढाका टोपी, कम्मरमा क्लाःतोलि (चरा (कल्चौंडे र धोब्नी) को पुच्छारको नक्कल गरेर बनाइएको) र काँधमा भिरेको ठूलो ढोल । कसैको हातमा झ्यापटा झ्याम झ्याम । फेनेरल्फुको फुर्का झामझाम र फुरुक्क फुरुक्क हल्लिने गरी डाँफे र मुनाल भुट्भुटी खेले जस्तै कुम उचालेर, कल्चौडा चराले विहानी सूर्यको झुल्कोसँग चिर्बिराएर पुच्छार हल्लाए जस्तै कम्मर मर्काइ मर्काइ क्लाःतोलि हल्लाएर पसिनाले लपक्कै भिजेर उत्तेजित भई नाचेका कोइँच किशोरहरु । Read the rest of this entry »

कोइँच पहिचान र कोइँच हुन नसकेको सुनुवारको छरपष्ट मानासिकता

–कोइँचबु काःतिच
हामी कोइँच हुनुको मूल लक्ष्य वा सोँच वा परिकल्पना वा सपना के हो ? कुनै पनि कोइँचलाई चासोको विषय रहेन र छैन पनि । हुन त यो चासो कोइँचको प्रतिनिधि संस्था सुनुवार सेवा समाजलाई हुनु पर्ने थियो । तर भएन (न अव हुन्छ कि ?)। अहिलेसम्म कुनै पनि कोइँचले कोइँच लोःमा केही लेख्ने जमर्कोसम्म गरेका छैनन्– साहित्य, समाचार, दैनिकी अन्य लेख रचना र बोल्ने पनि । छन् त व्यक्तिगत लहड मात्र वा अहमता हो मुस्किलले एका दुई व्यक्तिहरु । हुन त केही कोइँचले क, ख, ग फार्ने काम गरेका नै छैनन् भन्ने हिम्मत कसैमा छैन । के गर्नु ती सबै प्रयासहरु खास– बामान (खस–बाहुन जनाउँदाको खाँटी कोइँच बोली) गिदीले गर्लाम् गुर्लुम्मा सेतीको खोँचमा विलीन भए । उनन्तीस–तीस सालतिर चेतमा कुर्कुरे वैंश चढ्दाको एक जना पूर्वेली कोइँच र तीस–चौतिस सालमा कोइँच भाषाको लोकगीत संकलन, लेखन गरेर निःशूल्क बाँड्ने एक मुठी जङ चलेको माउ भाषाप्रेमी कोइँचलाई जे जस्तो भावनाले गिद्दे दृष्टि हुन्थ्यो कोइँच हुन नसकेका खाँटी सुनुवार (कसै कसैले गाउँघरमा सुँदार, सुन्वार भनेर पनि उच्चारण गर्छन) को अहिले पनि चेतनास्तर त्यस्तै छ । दृष्टिकोणमा कतै कसी लागेको छैन । कोइँचको बुद्धि धारिलो त छ तर त्यो बुद्धिले कोइँचको लागि अहिलेसम्म केही गर्न सकेन । मात्र खुट्टा तान्ने काम वा टाउको उठाउन नसकिने गरी दलदलमा थिच्ने, घचेट्ने प्रयास भन्दा अरु काम देखिएन । युवाहरुलाई त अग्रज कोइँचले रौं जति पनि मान्ने गरेको पाइँदैन न युवाहरुले मै हुँ भन्ने अग्रजको नाडी छाम्ने प्रयास नै गरेको पाइयो ।
यसो हुनुमा हामीले हाम्रै वारे घोत्लिँदा अलिकति कुराको चुरो निस्किने थियो कि ।
यस्ता एउटा ब्राण्डका सुनुवार विद्वन हुनुहुन्छ– ‘म नै सर्वेसर्वा जान्ने भविश्यवेत्ता हुँ’ भन्ने ।, संस्था र समाजको माउ भएको दाबी गर्ने । अर्का ब्राण्डका विद्वान हुनुहुन्छ– ‘मैले संसारमा सुनुवारलाई चिनाएको छु, तल्लो लेबलदेखि माथिल्लो लेबलका मानिसहरुमाझ सुनुवारको बारेमा बहस चलाएको छु । पढ्न लेख्नु जान्ने म मात्र हुँ’ भन्ने । तर दुबै थरी विद्वनहरु कहिल्यै कोइँच बन्न भने सकेका छैनन् । न त अहिलेसम्म आफ्नो भाषामा सिर्जनात्मक र अनुसन्धानात्मक किताब लेखेका छन् । तर उनीहरु खोक्छन् संसारमा सुनुवारको नाममा जान्ने बुझ्ने उनीहरु मात्र हुन् । शायद उनीहरुको बारेमा थाहा नपाउनेहरुलाई यी कुरा पत्यार नै लाग्ला । तर … बुझि हाल्नु भयो । Read the rest of this entry »

कोइँच देलङा इमा माबाअÞशो फुतकाल तुरनामेनता

–कोइँचबु काःतिच
‘गोल गोल … थुइयिः ब्लाइलु (गुनरि) लाइशशा ब्लाइतेन ऐँ योः मेरेकालि, बुत निशशा बाअÞला । खामे माजावा दे मारेमे ?’ आम देँशो खोँदेब मादुममेनुङा चुरमाचुरसि फुतकालआ नामिनावाके । सापपा फुरकु चुइशशा दोबास दिमफुइलि मुरु ब्लाशा दोरमादोरसि निमि । सुइ गिगि, सुइ लाला, सुइ बुइशशि । गाल चुइशशा स्याँ स्याँ पेmँ पेmँ । एनफाआ फुतबाल गिरान मार मे ङा । सुइ दामतेम दे बÞाकु चोःचा मामालबा । आमिन आमकालि बेल क्युअÞशा दोरना दोरना निमि फुतकाल गिरानमि ग्यारबाचपुकि । चाइतङा फुरकु नु फाशि माराइमि माथिशो बा । ङा फाइशशि पापतु दे कोःबापुकि तेइ फापसिशो निमि ङा ग्यारबपुकि नामि चोपतु, हुपताउ दे मिनाराल बÞाकु ब्लुइँसिशो निमि । थामथामा फुतबाल ग्यारचा शोँब नु सोअÞति मेकोपुकिनु इशका बा । मार माबा दे सुइमि हिललो पामतेमङाना शेँब मुरुनु लाँ शेलशा गेअÞबा तोँबलाच माबा दे देँने जामसिबा नामनाति । इरि वाँचेर रावाचिवामि फारसिशा फुतबाल कोबा नु हुतिङ पाइबापुकिमि एचचिङा ना, फाइशशि, हुपसि, रेउ, ग्युला राइबबा नाग इसतेदियामकालि प्लेँपाइशशो नामनाति । मुरुपकि काङरे, सापसि, सुवा जिअÞशा फुबुर पा ग्लिशङा ग्लिश नामि । सापपा प्लापसाला पा ग्लिशो मुरुकालि कोशोनु सुइ बÞालाइ बाअÞने माचामसिबा नामनाति । ‘गोल गोल गोःःल, शेङना इँचिकाःमि मादुम ।’ गोइ यो पानदाप सुनुवारआ रेदियो कामेनतारि मिमशा ग्लिःति चाउ पोअÞशा । Read the rest of this entry »

Subscribe
Archives