sunuwar.org
Recent Comments
Gallery
buj

Posts Tagged ‘कोइँचबु’

निषेध (छेकाबार)

-काःतिच

म कलाकार होइन

म लेखक होइन

म पत्रकार होइन

न त म चित्रकार

न म अधिकारकर्मी हुँ

न त समाजसेवी

न काम नलाग्ने डुलुवा ।

तर, म

कलाकारहरुको सल्लाहकार !

लेखकहरुको समालोचक !

पत्रकारहरुको सहकर्मी !

चित्रकारहरुको सहयात्री !

अकिकारकर्मीहरुको टेको !

समाजसेवीहरुको कार्यकर्ता !

घरको लागि काम नलाग्ने डुकुलट्ठक भाँड !

उफ !

मेरो पहिचानमा धर्मसंकट !

रिङ-ने दा !

मेरो पहिचान ढाकेर पलाएका ऐजेरुहरु –

खराने !

उदीम !

माने !

रिट्ठे (तिसुप रिस्से) !

उत्तम !

सेके !

सुनुवार भाई !

कोइँचबु काःतिच !

काले बन्ठा !

डुकुलटठाक भाँड !

अखिरी म के हुँ ?

सोच्छु को हुँ ?

गम्छु कहाँको हुँ पटक-पटक

र, सच्याउन सुझाउँ भन्छु –

“ए हजुर ! मेरो पहिचानमा

पहिरो गएको छ

भल बढी आएको छ

ठूलो अँधीवेहरी चलेको छ

म जे होइन त्यही बनाइएको छु

म जे हुँ, जे छु, जहाँ छु

मलाई राम्ररी था’छ

मेरो खुबी

मेरो हैसियत

मेरो रङ्गरोगन

मेरो चालचलन

मेरो जीवनशैली

मेरो खानपान लवाइखवाई

मेरो पुखाको कथा व्यथा

मेरो पुखाको थाँतथलो …

मैले मेरो बारेमा केही बोलेकै छैन

मैले मेरो बारेमा कसैलाई भनेकै छैन

मैले मेरो बारेमा अरुलाई सुनाउन पाएकै छैन”

खोइ, मलाई बोल्ने, भन्ने, सुनाउने मौका दिएको ?

……………

तिसुप, काःत, चुप्लु -ओखलढुगा)

 

Share

राज्य पुनःसंरचनामा कोइँचको पूख्र्यौली थाँतथलो

कोइँचबु काःतिच
ऐतिहासिक जनआन्दोलन २०६२/६३ पछि बनेको नेपाल सरकारले पाएको सबैभन्दा ठूलो जिम्मेवारी संविधानसभाको निर्वाचन सम्पन्न गरी नेपालमा लोकतान्त्रिक संघीय गणतन्त्र स्थापना गर्नु थियोे । राज्यका सम्पर्ूण्ा वर्गीय, क्षेत्रीय, जातिय, भाषिक तथा साँस्कृतिक समूहहरूले पनि संविधानसभा मार्फत् आफ्नो आवाज मुखरित गर्न पाउनु लोकतन्त्रमा कानूनी शासन र न्यूनतम आधारभूत मानव अधिकारका विषयवस्तुहरू हुन् । यसैले राजनीतिक, आर्थिक, साँस्कृतिक, सामाजिक, जातीय, भाषिक, धार्मिक तथा क्षेत्रीय आधारमा ऐतिहासिक रूपले बहिस्करणमा पारिएका महिला, आदिवासी जनजाति, मधेसी, मुस्लिम, दलित समुदायका आवाजलाई राज्यपुनःसंरचना सहित संविधान सभा मार्फत संविधानमा सम्बोधन गर्नु, गराउनु थियो । जसको कारण उनीहरूको सरोकारका कुराहरू जस्तैः संघीय राज्यको स्वरूप र सही पहिचान संविधानसभाद्वारा मात्रै सम्बोधन गर्न सकिने विश्वासको साथ निर्वाचन प्रणाली अनुसार संविधान सभाको गठन गर्नमा कुनै पनि कसुर रखेनन् आदिवासी जनजातिहरुले । तर नेपालमा रहेका वर्ग, क्षेत्र, भाषा, धर्म तथा संकृतिका आधारमा वहिस्करणमा पारिएका भिन्न पहिचान बोकेका सानाभन्दा साना आदिवासी जनजातिहरुको संविधान सभामा प्रतिनिधित्व गर्ने प्रक्रियालाई भने आदिवासी जनजातिको विशेषज्ञ वार्ता टोलीको २० बुँदे सम्झौताले राजनीतिक पार्टर्ीीे पोल्टोमा सुम्पी दियो । जसका कारण अहिले संविधान सभामा आदिवासी जनजातिको विरुद्धमा संविधान निर्माण हुनसक्ने आशंका पैदा भएको छ । जे होस संविधान सभा मार्फत बनिने भनिएको संविधान र राज्यको पर्ुनर्संरचना तथा समावेशीकरणको केन्द्रीय भाव भनेको आदिवासी जनजातिको सवालमा ऐतिहासिक थाँतथलोको आधारमा पहिचानसहित स्वायत्त, स्वशासन तथा सम्पर्ूण्ा तहमा अर्थपर्ूण्ा समानुपातिक प्रतिनिधित्व हो । Read the rest of this entry »

Share

सिल पाउ फारपुले सिल पाउ, बोक हाइ बुरकेलि बोक हाइ : गुनासो, खुशी र विदाइको अविस्मरणीय क्षण

कोइँचबु काःतिच
गत माघ महिनाको एक साँझ । चक्रपथको थसिखेल खण्डबाट १०० मिटर पर नाखीपोट जाने शाखा रोडको फुटपाथमा हामी कोरमोच पाम, बुजिच सङखु, क्युइँतिच साथिर र म, कोइँचबु काःतिच । विपरित दिशाको झम्काभेटले कुराकानी गरिरहेका थियौं । त्यो थलोमा थापिना आइपुगे पुमा प्रविन, नव प्रतिभाशाली किराती नाटककार तथा कलाकार ।
मेरो किरात मुन्धुम मिथक पढ्नु भयो ? सोधनी भयो । Read the rest of this entry »

Share

कुमारी विश्व र कोइँच -सुनुवार) वीच चलेको तातो वहस ‘एकता कि ऐक्यवद्धता’ ?

-कोइँचबु काःतिच
कुमारी विश्वको ‘यात्रा’ मा बढी जनसर्म्पर्कमा आएको वाक्यहरु हुन्- ‘सुनुवारमा ‘फुट’ आयो । सुनुवारहरु कहिल्यै ‘एक वा एकजुट’ हुन सकेनन् । सुनुवारमा ‘एकता’ नै छैन । सुनुवारमा ‘एकता’ हुनुपर्छ । ‘एकता’, ‘यूनिटी’, ‘काः अर्थात् गिचचाःकाः’ यी रस नभरिएका फोस्रा शब्द वा गफहरुले कानेगुजी खाएको हुनुपर्छ धेरै सुनुवारको । गिदीमा हुनसम्मको उचाचाकलि, रइफाँडो मच्चाएको हुनुपर्छ । कतै ‘सुनुवारमा फुट आउनु हुँदैन’ भनेर एकताको लिँडे तर्क । कतै ‘एकता’ को नाममा अरुको इच्छा, भावना र साखलाई निमिट्यान्न पार्ने ‘निरंकुशता’ । के, कस्तो कुरा, विषय वा कार्यलाई ‘फुट’ को संज्ञा दिने र के कस्तो अर्थ बोक्ने ‘कार्य’ लाई एकताको संज्ञा दिने – खोइ कुनै सुनुवारले गहिर्राईसम्म सोच्यो सोचेन वा बहसको शुरु गर्‍यो गरेन, थाहा भएन । तर, खोकिएको ‘कोइँच एकता’ नामक रागलाई उच्च आलापमा बहस चलाउनु चाहिँ आवश्यकता भएको देखिन्छ । विविधताका कतिपय कुराहरु नराम्रो लाग्न सक्छन्, मन नपराइन सक्छन्, मेरो भनाई मात्र सही भन्ने लाग्न सक्छ ‘कोइँच एकता’ का खोकी खोक्नेहरुलाई । ‘म मात्र जन्ने, बुझने, अरु सबै खत्तम भयो, अरुले गरेका राम्रा कामहरु पनि व्रि्रीयो वा विगार्‍यो’ भनेर आफ्नो मात्र योगदानलाई कसी लगाएर छापावाला सुन बनाउन खोज्नु मुर्खताको पराकाष्टा हो । ‘आफ्नो सुन्ने बानी छैन’ भन्दैमा सबै कोइँच -सुनुवार) मा क्षमता छैन, धैर्यता छैन भन्नु सम्भवतः एकात्मवादी निरंकुश वाहुनवादी सोँच हुनसक्छ । सुन्न चाहने क्षमता नहुनु अपरिपक्वताको दरो ‘संकेत’ हो । ‘म राजनैतिक तथा कुटनैतिक परिपक्वता, सक्षम र सभ्य जातिको प्रतिनिधित्व गर्दै छु’ भन्ने कुनै पनि कोइँच -सुनुवार) लाई आडम्बर छ भने उसले समाजमा, समुदयमा आफ्नो व्यवहारलाई खार्नु नै पर्दछ । वैयाक्तिक विचारलाई त्यागेर आदिवासी जनजातिको सामुहिक अधिकारलाई आत्मसात गर्नसक्नु पर्दछ । लुकेर, छद्मभेषमा ‘बोक्रे पण्डित्याइँ प्रवचन’ दिनु भनेको पुरातानी बहुनवादी ढोँगी संस्कारको पृष्ठापोषण गर्नु हो ।
समयले फड्को मारीसकेको छ । अबका दिन भनेको यथर्थको धरातलमा उभिएर वैचारिक सिद्धान्तलाई मानवीय व्यवहारमा कसी लगाउने दिन हो । यथार्थलाई अँगाल्ने हो भने ‘कोइँच वस्तीको माग र चाखलाई र्स्पर्श’ गर्नु पर्दछ । हरेक मानिस स्वतन्त्र जीवन जिउन चाहन्छ । हुन त आफ्नो बलियो प्रभाव जमाउन अरुलाई गाली गर्नु, सत्तो सराप गर्नु पर्छ भन्ने कच्चा राजनीतिक अवधारण बोकेका कोइँच -सुनुवार) हरुको पनि कमी छैन । हामीले कहिल्यै खस बाहुनको विरुद्धमा न कलम चलार्यौ न त तरवार । न कुरा चलायौं न छुरा नै चलायौं । खस बाहुनसँग लडाइ गर्न राजनीतिक संगठन खोलेको धाक लगाउने छद्माभेषी कच्च विचारका कोइँचहरु पनि कुमारी संसारमा झुल्किएका छन् । तर कुमारी भित्तोमा खोक्नु जस्तो सरलता व्यवहरमा उतार्नुमा छैन । वास्ताविकता के हो भने ‘खस बाहुनहरु बढी जातिवादी भए, उनीहरुको विचार, धर्म-संस्कृति र रहनसहन हामी माथि लाधे, यसो गर्न भएन वा पाइँदैन, हामी कोइँचको आफ्नै मौलिक धर्म, संस्कृति, भाषा र परम्परागत संस्था तथा न्याय प्रणाली छ त्यसलाई पनि राज्यको वाग्डोर सम्हालेका खसबाहुनले फल्न फुल्न दिनु पर्छ, वहिस्करणमा पार्नु हुँदैन’ भन्ने हो । Read the rest of this entry »

Share

फेसन बन्दै गएको स्थानीय महोत्सव र राजनीतिक अभिष्ट

–कोइँचबु काःतिच
थाहै नपाई महोत्सवहरु हुन्छन् । किन महोत्सव गरियो कसैलाई थाहा छैन । कि राजनीतिक स्वार्थ पुरा गर्न कि त कसैको व्यक्तिगत फाइदाको लागि । हाल भई रहेका महोत्सवहरु चन्दा उठाएर व्यक्ति मोटाउने बाहना मात्र भएको छ । सिमित स्वार्थले महोत्सवहरु भएको छन् र यसले स्थानीयस्तरमा आम्दानी भन्दा महंगी वृद्धि गरिरहेको छ । महोत्सव भनेको जुवा तास खेल्ने जात्रा मात्र बनेको छ र नेताहरुले ठूला–ठूला गफ हाँक्ने खुलामञ्च साथै आफ्नो शक्ति प्रदर्शन गर्ने अभिष्ट ।
अहिलेसम्म लाखौं खर्च गरेर भएका महोत्सवहरुले कही कतै स्थानीय आकर्षणको प्याकेज बेचेको वा स्थानीय महोत्सव भएको स्थानमा होटल, रेष्टुरेण्ट, रिसोर्ट आदि बनेको छैन । विदेशी पर्यटक आएर लुइँ लुइँ आफ्नो बाटो लागेर हिमाल हेर्न जानु वा अन्तको कुनै पदयात्राको बाटोमा जोडिनु स्थानीय महोत्सवहरुको उद्देश्य होइन र हुनु पनि हुँदैन । कुनै पनि दुरगामी सोँच नबोकेको महोत्सव बर्षे भेल बाहेक अर्को केही पनि होइन । Read the rest of this entry »

Share

पहिचानको खोजीमा भौतरिएको कोइँच साहित्य

-कोइँचबु काःतिच (उत्तम)
‘सुनुवार’ भनेर आफ्नो नाम पछाडिको जातीय नाम बताउने वित्तिकै एक पटक नेपाली मानसिकतामा झस्को पसेको महशुस हुन्छ- हँ, कस्तो सुनुवार ? कामी त होइन हगि ? त्यस्तै गरी सुनुवार भाषामा साहित्यका कुरा गर्दा ‘सुनुवार भाषामा पनि साहित्य’ आस्चार्यचकित प्रश्नसँगै तीखा हेराइले ठुँग्नु आइपुगी हाल्छन् कुनै पनि सुनुवार हुँ भन्ने कोइँचलाई । झन भाषासँग लिपिको कुरा गर्दा त कुनै अर्को ग्रहबाट आएको प्राणी जस्तै गरी हर्ेछन् । सबै आचम्भित ।
यसो हुनुमा दर्ुइ कारण मुख्य रहेको कोइँचहरुले महसुश गरेका पाइन्छ : १) राज्यको राष्ट्रिय मुलप्रवाहमा मिसाउने एकल जाति, एकल भाषा र एकल हिन्दू मूल्या-मान्यतामा आधारित शिक्षा नीति : जसको कारण दश वर्षम्म कलिला नानीहरुलाई ‘सुनुवार’ भनेको सुनका काम गर्ने जाति हुन भनेर पढाइए, देशको प्राज्ञ बस्ने भनिएको प्रज्ञा प्रतिष्ठानले निकालेको वृहद नेपाली शब्दकोशमा ‘सुनुवार’ को अर्थ पानी नचल्ने शुद्र जाति भनेर पहिचान गराइयो, १४ वर्षमिहिनेत गरेर बनाएको नेपाली शब्दसागरमा ‘सुनुवार र सुनार’ शब्दको अर्थ एउटै लगाइयो र्।र् इ. १८२५ मा धान खेत किपट थाँती राखेर हिन्दु धर्म अँगाल्दै मनुस्मृतिमा आधारितर् इ. १८५४ मा जारी जङ्गबहादुरको मुलुकी ऐनमा नमासिने मतुवाली जातिमा सुचीकृत बनेको ‘सुनुवार’ को पहिचान हिन्दु मुल्य-मान्यतामा सधैं अछुत नै रहेको देखिन्छ । किपट र पहिचान दुवै स्वाहाः । २) कोइँचहरुमा पुनर्जागरणको चेत नजाग्नु : अझै पनि हिन्दुकरण तथा संस्कृतकारणमा सुनुवारहरु रुमल्लीरहेका छन् । उनीहरुको मनमस्तिष्कबाट वाहुनवादी सोँच हट्न सकेको देखिँदैन । बरु तीव्ररुपमा इसाइकरणमा हाम फाली रहेकाछन् । Read the rest of this entry »

Share

क्युइँतबु कल्याण कोषको तेस्रो महाधिवेशन सम्पन्न

क्युइँतबु कल्याण कोषको तेस्रो महाधिवेशन सम्पन्न

चुप्लु । क्युइँतबु कल्याण कोषको तेस्रो महाधिवेशन तथा छैठौं वार्षिक साधारणसभाको सम्पन्न भयो । सो महाधिवेशनमा रणवीर सुनुवारको अध्यक्षतामा एकजना मनोनित हुने गरी १७ सदस्यीय कार्यसमितिको चयन गरेको छ ।

नवनिर्वाचित कार्यसमिति
१. अध्यक्षः रणवीर सुनुवार
२. प्रथम उपाध्यष ः बेदबहादुर सुनुवार
३. द्वितीय उपाध्यक्ष ः प्रकाशकुमार सुनुवार
४. महासचिव ः समीर सुनुवार
५. सचिव ः दलबहादुर सुनुवार
६. कोषाध्यक्ष ः विश्वकिरण सुनुवार
७. सह–कोषाध्यक्ष ः नरबहादुर सुनुवार
८. सदस्य ः सीता सुनुवार
९. सदस्य ः ज्ञानकुमारी सुनुवार
१०. सदस्य ः यामबहादुर सुनुवार
११. सदस्य ः डबिन सुनुवार
१२. सदस्य ः बमबहादुर सुनुवार
१३. सदस्य ः बलराम सुनुवार
१४. सदस्य ः जुनकुमारी सुनुवार
१५. सदस्य ः सुजन सुनुवार
१६. सदस्य ः शिव सुनुवार
१७. सदस्य ः मनोनित हुन बाँकी
Read the rest of this entry »

Share
Subscribe
Archives
Sekuwa
advertise
Facebook