All about Sunuwar

सुनुवार सेवा समाज केन्द्रीय समिति नै अवैधानिक छ

खडोस सुनुवार
पूर्व सचिव, सुनुवार सेवा समाज, केन्द्रीय समिति

सुनुवार सेवा समाज केन्द्रिय समितिको आठौं सम्मेलन यही पुष ८–१०, २०६७ मा सम्पन्न गर्ने हल्ला बजारमा चलिरहेको खबर पाएँ । यो समाचार सुन्दा आफैंलाई लाज लागिरहेको छ । मैले यो चासो लिनु स्वाभाविक र नैसर्गिक अधिकार ठान्दछु । किनकि म यो समाजको एउटा सदस्य हुँ । त्यसपछि यस केन्द्रमा दुई पटक कार्यसमितिमा र एक पटक प्रकाशन समितिको सम्पादक पदभारको जिम्मेवारी वहन गरेको छु ।
म सुनुवार सेवा समाजको छैठौं कार्यकालको सचिव हुँ । यस हिसाबले यस संस्थाको म एउटा निवर्तमान पदाधिकारीको हैसियतले सुनुवार सेवा समाज केन्द्रीय समितिका वर्तमान पदाधिकारीहरुले विधानलाई कुल्चिएर आफूखुसी काम गरेको र एकतर्फी रुपमा अवैधानिक काम गरेको कुरा आम सुनुवार समुदायलाई भन्नै पर्छ । यो मेरो दायित्व सम्झेको छु ।
वर्तमान कार्यसमिति २०६४ सालको असोज महिनाको १३, १४ र १५ गते (अझ १६ गते विहान ६:०० बजेसम्म) समय लगाएर सातौं सम्मेलन आयोजना गरी निर्माण गरिदिएको कार्य समिति हो । यो समितिमा २३ जना सदस्यहरुको कार्य समिति रहेका छन् । २१ जना सम्मेलनबाट निर्वाचित सदस्य र २ जना सुनुवार विद्यार्थी समाजको अध्यक्ष र सुनुवार महिला समाजको अध्यक्ष पदेन सदस्य रहेका छन् ।
मेरो जानकारीमा भएसम्म २०६४ असोज १६ गते नै केन्द्रिय समितिको बैठक आह्वान गरी केही निर्णय भएका थिए जसमा केन्द्रिय समितिले सचिवालय खडा गरी केन्द्रीय समितिको जिम्मेवारी सचिवालयलाई सुम्पिएको थियो । सचिवालयको सदस्यहरुमा शिर्ष ७ पदाधिकारी र विभागीय प्रमुखहरु १० जनासहितको १७ जना पदाधिकारीको सचिवालय खडा भएको थियो ।
त्यस समयदेखि यता अहिलेसम्म केन्द्रिय समितिको पूर्ण पदाधिकारीहरुको उपस्थितिमा (फूल कोरम) बैठक सम्पन्न भएको छैन । न त सचिवालयको बैठक नै पूर्ण अर्थात् बहुमत सदस्यको उपस्थिति बिना नै निर्णयहरु भएका छन् ।
सुनुवार सेवा समाजको विधानमा “परिच्छेद– ११, दफा ३५ मा जुनसुकै स्तरका कार्यकारिणी समितिको बैठक कम्तिमा वर्षको ३ पटक बस्नु पर्नेछ” भनिएको छ । (विधान हेर्नुहोस् आवश्यक परे  pdf file अपलोड गर्नेछु ।)
यसैगरी “परिच्छेद– ११, दफा ३७ मा जुनसुकै तहको समितिको बैठकको गणपूरक संख्या कूल सदस्य संख्याको ६० प्रतिशत मानिने छ” भनिएको छ भने “परिच्छेद– ११ कै दफा ३८ मा समितिहरूको निर्णय बैठकमा उपस्थित सदस्य संख्याको ५१ प्रतिशत साधारण वहुमतले हुनेछ” भनि उल्लेख गरिएको छ ।
तर सुनुवार सेवा समाजको केन्द्रिय समितिको बैठकमा निर्णय गर्ने पदाधिकारीहरु चाहिँ अध्यक्ष, प्रथम उपाध्यक्ष, महासचिव, सचिव, कोषाध्यक्ष र दुई जना सल्लाहकारले निर्णय गर्ने गरेका छन् । आवश्यक परे माइन्यूट प्रतिलिपिको  pdf file पनि अपलोड गर्नेछु । यसरी केन्द्रीय पदाधिकारी २३ जना र सल्लाहकार समिति १६ जनाको पदाधिकारी हुँदाहुँदै ७ जना पदाधिकारीले निर्णय गरेको कुराहरु सर्वमान्य हुन्छ ? सचिवालयले गरेको साधारण लगायत महत्वपूर्ण निर्णयहरु केन्द्रिय समितिको पूर्ण बैठकमा अनुमोदन गराउनु पर्ने थियो त्यसो पनि गरिएको छैन । (विस्तृत जानकारीको लागि माइन्यूट प्रति  pdf file अपलोड गर्ने नै छु ।) केन्द्रिय समितिले गरेका काम कारवाहीहरु वार्षिक साधारण सभा भेला गरी अनुमोदन गराउनु पर्छ तर त्यो पनि गरिएको छैन । यसो भएपछि सुनुवार सेवा समाज केन्द्रीय समितिको वैधानिकता कहाँनिर बाँकी रह्यो ? केन्द्रीय समितिको बैठक ७ देखि १० जनासम्मको उपस्थितिमा निर्णय गरिएको छ । सचिवालयको बैठकमा ५ देखि ७ जनासम्म पदाधिकारीले मात्र निर्णय गरेको छ । यसरी विधानले तोकेको भन्दा कम सदस्यले पारित भएको कुरा पनि वैधानिक मान्ने कि नमान्ने ? आम सुनुवार समुदाय आफैंले सोच्नुहोला । (यो जानकारी तपाईंहरुको लागि)
मैले उठाएको अवैधानिकको विषयमा जान चाहन्छु । विधानले दिएको अधिकारलाई व्याख्या गर्ने हो भने परिच्छेद– १३ को ४९ को विघटन र पुनर्गठन शिर्षकको दफा ४९ को उपदफा १ र क. मा यस्तो भनिएको छ– “१. विघटनः पदावधि समाप्त भएकोमा बाहेक देहायका अवस्थामा जुनसुकै कार्य समितिको विघटन हुनेछ ।” र “क. कुनै पनि स्तरमा कार्यसमितिको पदावधि समाप्त नभै जुनसुकै कारणबाट कूल संख्याको २/३ भन्दा बढी पद रिक्त हुन आएमा” भनिएको छ ।
केन्द्रिय समितिको पदावधि समाप्त हुने व्यवस्था पनि विधानमा उल्लेख गरिएको छ जसमा भनिएको “परिच्छेद– १३ को दफा ४२ (ख) मा लगातार ३ पटक कुनै अग्रिम सूचना नदिई कार्यकारिणी समितिको बैठकमा अनुपस्थिति रहेमा” पदावधि स्वतः समाप्त भएको मानिने छ भनि उल्लेख गरिएको छ । त्यसैले संस्थाका अन्य सदस्यहरुको पदावधि स्वतः समाप्त भएको मानिने छ ।
अब सुनुवार समुदाय जसले यो लेख पढ्नु हुन्छ, तपाईंहरु आफैंले सोच्नु होस् कि “यो समिति कसरी वैधानिक भयो ?” र “कसरी ५/७ जना व्यक्तिले निर्णय गरेर सम्मेलनको नाम दिइयो ?” यसरी विधानको अपव्याख्या गर्न मिल्छ कि मिल्दैन ? जवाफ तपाईंहरुसँगै छ ।
विधानले यस्तो व्याख्या गर्दागर्दै पनि अटेर गरेर आफूखुशी एकतर्फी रूपमा ५/६ जना व्यक्तिले आठौं राष्ट्रिय सम्मेलन आह्वान गर्नु भनेको आम सुनुवार समुदायले कसरी हेर्नुहुन्छ ? प्रश्न तपाईंहरुमाझ छाड्न चाहन्छु ।
यो नाटकीय सम्मेलनलाई प्रतिनिधि चयन गर्नका लागि आ–आफ्नो पक्षका (विशेषगरी आफ्नो राजनीतिक धारका) प्रतिनिधि चयन गर्नका लागि एमाले समर्थित नेपाल लोकतान्त्रिक किरात सुनुवार संघका पदाधिकारी परिचालन गरी सुटुक सुटुक गाउँतिर पठाएर आफ्नो घरमा बोलाएर वा पाहुना लागेर बैठकको ढोँङ रच्दै आफूखुशी गाउँ प्रतिनिधिसमेत चयन गर्दै केन्द्रमा आइपुगेका छन् । (यो जानकारी सुनुवार समुदायलाई दिनै पर्ने आवश्यक छ ।)
यस्तो अवस्थालाई निक्र्यौल गर्दा अहिलेका पदाधिकारीहरुको व्रिmयाकलाप हेर्दाखेरी समाज उत्थान गर्न हैन कि समाजलाई आफ्नो खल्तिमा राखेर राजनीतिक स्वार्थपूर्तिका लागि आम सुनुवार समुदायलाई बलिको बोको बनाउनतिर लागिपरेको देखिन्छ ।
२०६४ सालको सातौं सम्मेलनले दिइको दिशानिर्देशलाई कति परिपालन गरियो ? कति कामकाज गरियो भन्ने जानकारी समुदायलाई दिनुपर्छ कि पर्दैन ? सुनुवार समुदायले यसबाट सुसूचित हुने अधिकार छ कि छैन ? समाजको वेभसाईट छ, कम्प्युटर छ तर पनि किन अपडेट गरिँदैन ? संस्थाको औकात अनुसार भौतिक सुविधा त छ नि ? तर त्यहाँ राजनीतिक दस्तावेजहरु उत्पादन गर्ने काममा मात्र उपयोग गरिएको छ । यो मैले देखेको सत्यता हो ।
आजको युग सञ्चारको हो भन्ने निश्चय पनि थाहा छ उहाँहरुलाई । तर सञ्चारजगत्लाई गालीगलौज गर्ने अनि आफूले गरेको कालो कर्तुतलाई दराजमा बन्द गरेर राख्ने यी महाशयहरुलाई कसले यस्तो अधिकार दियो ? आफूले काम गर्ने उल्टो र अवैधानिक किसिमले अनि सञ्चार माध्यमलाई आफ्नो पक्षमा समाचार सम्प्रेषण गर्न भन्ने ? हुँदै नभएको वैधानिक कहाँबाट तानेर प्रकाशन गर्ने ? यथार्थ समाचार छापिएको रहेछ ।
यी महाशयहरुले आफ्नो नाजायज कामलाई जायज भनाउन कति निकृष्ट बुद्धि प्रयोग गरिररहेका छन् ? केन्द्रिय समितिका पदाधिकारी २३ जना अनि अध्यक्ष टंकराम सुनुवार, प्रथम उपाध्यक्ष मनप्रसाद सुनुवार, महासचिव विमला सुनुवार, सचिव मनबहादुर सुनुवार, कोषाध्यक्ष श्याम मुखिया, सल्लाहकार भगतकुमार सुनुवार उर्फ बिके सुनुवारले स्वतः विघटन भइसकेको काठमाडौं उपत्यका क्षेत्रीय समितिलाई वैधानिकता सहीछाप गरिदिन कुन नैतिकताले दियो ?
मलाई जानकारीमा भएसम्म बागमती र नारायणी अञ्चलभित्र रहेका सुनुवार सेवा समाज केन्द्रिय समिति मातहतका समितिहरुको निरीक्षण, सुपरिवेक्षण र आवश्यक सुझाव प्रदानका लागि केन्द्रिय समितिले प्रथम उपाध्यक्ष मनप्रसाद सुनुवार तोकेको माइन्यूट अझै संस्थामा छ (यदि नष्ट गरिएमा प्रतिलिपि मसँग पनि सुरक्षित छ) । तर आफ्नो मातहतका समितिहरुको वैधानिक र अवैधानिकको वास्तै नगरी लुरुलुरु ल्याप्चे लगाउने केन्द्रिय सुपरिवेक्षक प्रथम उपाध्यक्षले यस्तो निर्णयमा कुन दिवास्वाप्नामा रमाएर हस्ताक्षर गर्नुभयो ? (हुन त आफ्नै वैधतालाई धोती लगाएपछि भन्नु नै के छ र ?)
यसरी कालो कर्तुत काम गर्दै हिँड्ने पदाधिकारीहरुको कालो कर्तुत टुलुटुलु हेर्दै ल्याप्चे लगाउने र मुन्टो हल्लाउने सल्लाहकारहरुको बारेमा अर्को लेखमा जनाउ गर्ने नै छु । (समाप्त)

12 Comments to सुनुवार सेवा समाज केन्द्रीय समिति नै अवैधानिक छ

  1. mp sunuwar says:

    sampurna sunuwar banduma namsewal.ani yas sunuwar.org ka sanchalak jyuharulai web dabate garne forume upalabda garaunu bhayekoema dhannebad ra chaso purbak debatema bhag linuhune sampurna sunuwar bandhuharulai pani dhannebad.
    kendriy samiti ra chhetriy samitiko barema purba sachib khados sunuwar bhaile jun kura uthaunu bhayo malai lagchha tyo sahi kura uthaunu bhayeko chha ra am sunuwar bandhu harulai sajak pani garaunu bhayeko chha tyasko lagi dhannebad.Tara kura k ho bhane sunuwar sewa samajko hitko lagi imandari purbak kam garna eak dui jana manisle matra nahugdo rahechha yo kura maile 7tau samiti bhitra rahera anubhab garekochhu. Ho sunuwar sewa samaj bhitra kriyakalap harulai herne ho bhane kohi sathiharu samgra sunuwar samaj bachau abhiyan bhanda pani byakti bachau ra sunuwar sewa samaj ko namma rajnitik bhatri sangathan kholne ra samajlai rajnitikaran gardai lane dauma chhan.tyako jhwalanta udharan ta 7tau sammelanma rajniti dalka kendriy starka netaharu nai swsko bhawan mathi basera kriyakalap gareko dunile dekhekai honi ra tyo tapai afai sachib rahera sammelan gardatakako ghatan ho.Bartaman sunuwar sewa samajka samitika kehisathiharu 95254 jana sunuwarharuko hitko nimti kendriy samitiko pad grahan gareko hu ra sampurna sunuwarharko hitma kam garnu parchha bhani garba garnu bhandapani kasko hitma k nirnay garne, kaslai kaha thaubanaune,ra kun byaktilai bachaune ani kakasko sallaha manne bhannema badi dhyan kendrit gardakheri ayeko samasya ho yo.jahasamma rajnitik rupma gaugauma pahuna lagera ya gharma bhela garera sangathan gareko bhannu bhayeko rahechha nam naliu eak jana sallahakar tyo kamma lagiparnu bhayeko rahechha malai pachhi matra thaha bhayo 8thau sammelanma kura pakai uthchha.Yadi sunuwarko hitko nimti sallahakar hunuhunthyo bhane wahale pani afno maryadalai bhulnu hunethiyena,tyastai pritiko pratinidhi pathauna patrachar garekoma mr Ashok sunuwarlai ktm bata priti pathai tyahako pratinidhiko rupama nam sifarish garaunulagai lyayeko pani thaha huna ayeko chha k ashok sunuwar ktm basi pritiko pratinidhi hunsakchha? Ani aba lagau pratham upadhyakchhyale ke diwa sapana dekhera hastakchher garnu bhayo bhannu bhayeko rahechha.Male mathipani bhani sake sunuwarko hitma kam garna eak dui janamatra imandar bhayera napugdo rahechha. ka.up chhetrye samitiko bisayema sabaibhanda badhi maile birodh garekochhu ra mero birodh chhetriye samitilai baidhanikta dine ho bhane kendriye samitiko full baithakle baidhanikta dinu parchha sachiblaye kendriye samitibhanda mathillo samitihoina bhanne mero ahaj ho maile sahi garko panichhaina ra aba sahigarnuko kunai auchityapani chhaina karan kendriye samitile anumodhan garnubhanda pahilanai chhetriye samaitiko sammelan sakisakyo aba 8thau sammelanle matra bhaidhanik dine nadine bhannehola.arko kura bagmati,narayaniko kura jodnu bhayeko rahechha,nirnayechahi bhayekaiho tara nishedh pani garekai ho karan sambandhit chhetramaharuko samyojak falana falanalai tokekole ayinda kamgarda sahakarya ra jankari garaunu bhani patrachar gariyeko chhaina tyaso nagarnuko karan mp sunuwar active bhayeko khandama wahaharuko ichchha pura nahunethiyo tyasaile nisedh gariyeko ho bhanne mero bhanai.Aba kendriye samiti abaidhanik chha bhannubhako rahechha, bidhan maseudakar ta tapai afai hunuhunchha tyaha sallahakarharuko adhikar samet kehi chhaina tyasaile holani bidhanko kurolai gojima rakher kriyakalap garna himmat badheko hola natra sallahakarharule check and ballance ko kam pakai gartheholan ra yo abastha aunethiyena hola ki kasota—–?Ra antama ma sunuwarharuko hitma kam garda imandaritaka sath garnu parchha,jatiye sasthalai rajnitikaran garnuhunna,byaktigat swarthama liptahunuhunna,bidhanlai sadhai palana garnuparchha,sampurna sunuwar jatilai sametnu parchha,pardarshi byabahar garnu parchha. durdristi ra sambhawanaka kuraharuma dhyan dinu parchha ani matra sunuwar jatiko chautarfi bikasko kura fullfill garnasakinchha bhanne bichar rakhne byakti hu.tyasaile sampuna sunuwar bandhuharulai sunuwar samajko barema sabaile dhyan diu yasta nakaratmak kurolai rokau.Dhannebad.

  2. shyaral says:

    khados jee tapai ko kura haru 100% thik yesko khandan garnai parchha. sws kendriye ra upatteyka ma samiti ka manchhe nai abaidhhanik chhan vane ta samiti ta tesai abaidhhanik hune vayo.

  3. Rupach says:

    yo kurama mero pani sahamati chha . yesko khandan garnu jaruri dekhinchha ra am sunuwar harule bujhnanai parni kura rahechha dhannaybad Khados g ra M p sunuwar g

  4. bhupendra says:

    Go ankele nel koich aun kali yele sambat nga sew pata.dishye din chahi go nipsh mapasyo kiranti puki kenger nu syurup aun nole gacha ngami aunma kalina plecha.

  5. s says:

    k ho khadosha ji aafu le gareko singo sunuwar samaj huda hudai pathe pustak ko paisha nikaler khako chhahi kin birsiye ko ni? yo aaune aadhi besan ko tapai haru ko loving gare ko yehi holani hoina ra?yesto pit patra karita kaha bat sike ko ni? yot bhadha nango r beimaneshikata aaru ke hun6 r?ki kasho?

  6. g says:

    aaphai aabai dhanik jasto ke lekhanu vako? tapai le gare ko kura pani thaha 6 khadosha ji tapai bekti vayer singo samaj ko kura garne tapai kasto khal ko sunuwar ho tapai gayer sunuwar ta hoina ni?

  7. CHILFIL says:

    सुसेस किन यस्तो भयो भन्ने कुरामा म सर्वप्रथम त सम्पूर्ण सुनुवारहरुको गैरजिम्मेवारीपनाकै कारण अधोगतिमा लागेको हो । यहाँ संस्थाको नाम उच्चारण गर्न नजान्ने व्यक्तिहरु कार्यसमिति पदमा बस्न लालायित हुन्छन् । संस्थाको मर्म नै नबुझने आधार नै नभएकाहरु सल्लाहकार पदमा आफूलाई अगाडि सार्छन् । संस्थागत संरचनालाई नबुझ्नेहरु राजनीतिक आडमा राजनैतिकशैलीमा संस्था चल्छ भन्ने संकुचित विचारधारा भएका सुनुवारहरु पनि प्रसस्त छन् । हामीले बुझ्नुपर्ने कुरा के हो भने सम्पूर्ण सुनुवारहरुको हितमा काम गर्ने सामाजिक संस्थालाई राजनीतिबाट अछुत राखेर सामाजिक विकासमा अघि बढाए कसो हुन्थ्यो होला ? के हामी संस्थामा पाइला राख्दा एकछिनका लागि आफ्नो राजनीति स्वार्थलाई बिस्रन सक्दैनौ र ? अबका दिनमा यस्ता गल्ती कहिल्यै नदोहोरियोस् भन्ने कामना गर्दछु, कि राजनीतिका लागि संस्था हैन जाती भाषा संस्कृति उत्थानका लागि भनेर स्थापना भएको कुरा विधानमा नै स्पस्ट छ । त्यसो हुँदाहुँदै पनि मैले तल्लो स्तरको शब्द प्रयोग गर्नुपर्ने बाध्यतासहित यो संस्था बुज्रुक बेकुफहरुको आखाडा भइरहेको पाएको छु ।
    अब मैले हेरेको कमेन्टमध्येमा सबैका सबैखाले कुराहरु मिसि्रत नै छन् । तर पनि नाम उल्लेख गर्न नसक्ने दुइजना मित्रहरु एस. र जी. छद्मभेषी नाम राखेर लेखकको खिल्ली उडाए भनेर लेखेका शब्दहरुले उहाँहरुलाई उडाइरहेको मैले छर्लङ्ग देखें । किनकि यो शब्द कसले कसरी कहाँबाट बोल्छ कुरा बुझेर कि नबुझी बोल्छ भन्ने यही स्पष्ट हुन्छ ।
    पठ्यक्रम विकास केन्द्रको कुरामा प्रहार गरेजस्तो यो शब्दले साँच्चै गर्न सक्ने र भन्न सक्ने व्यक्ति भएको भए आफ्नो नाम लुकाउन पनि जरुरत छैन… शब्द प्रयोगले नै थाहा हुन्छ कि कसले यो लेख्यो भनेर । कुरा स्पष्ट छ, काम गर्न नसक्ने पद मात्र लोभ गर्ने पाठ्यक्रम विकास केन्द्रको विरुद्धमा लाग्ने दुइचार व्यक्ति मात्र छन् यस्तो लेख्ने ताकि उहाँहरु आफै पनि त्यो पुस्तक बनाउन तथा प्रकाशन गर्न हैसियत राख्न सक्दैनन् ।
    पाठ्यपुस्तक निकाल्ने भनेर खडोसलाई पाठ्यक्रम केन्द्रले व्यक्तिगत रुपमा ल खानुस् खडोसजी भनेर पैसा हातमा थमाएको त पक्कै हैन होला । त्यसमा केही न केही त समिति हुन्छ नै । पाठ्यपुस्तक पनि प्रकाशित भएको नै देखिन्छ । उहाँले छाप्नलाई पैसा ल्याएर नछापी खाको जस्तो वाइयात कुरा ओकल्नुभएको रहेछ त्यसमा केही रस नै देखिँदैन ।
    अर्को पितपत्रकारिताको कुरा गर्नुभाको रहेछ उहाँले उहाँको भनाइअनुसार पत्रकारितामा निकै दक्ष व्यक्ति हुनुहुँदोरहेछ जस्तो लाग्यो मलाई । उहाँबाट हामीले पत्रकारिता सिकेर सुनुवार जगतमा समाचारको विकासलाई अगाडि बढाउन सकिन्छ कि भनेर मैले त निकै ठूलो आशा पो लिएँ ।
    एस, जी निकै बुज्रुक हुनुहुँदो रहेछ, उहाँजस्तो व्यक्ति यस संस्थामा भए भने कहिल्यै पनि संस्थागत विकास हुँदैन किनकि व्यक्तिगत कुरा लिएर सामाजमा पस्कने व्यक्ति सामाजिक व्यक्ति कहिल्यै हुन सक्दैन ।
    बाँकी रह्यो अर्को जी. उहाँको कुरामा केही तुक नै छ्रैन । यस्तो किसिमको बेतुकी जी. जीले अब यस वेभसाइटमा छिरेर बेकारमा कृपाया तपाइको समय नस्ट नगर्नुहोला ।
    अन्तमा म एम.पी., स्याराल र रुपाचजीको कमेन्टमा केही रस भएको पाएँ तर अन्तमा कमेन्ट गर्नुहुने छद्मभेसीहरुको यो समाजमा कुनै स्थान नै नभएको जस्तो मलाई भान भयो ।

  8. Dr Lal-Shyãkarelu Rapacha says:

    mar dese eko S nu G nimphami?
    Chilphil Mukhe ge panaapan hoiti barstsa hoi.
    kam pashomere mam da piban. mame de?
    ake barssila inkali.

  9. pratinidhi says:

    Khados sir le jattikai dhate pani aphu karyakarta rahanda dherai nai sunuwar sewa samaj ko paisa hina mina gare jasto lagcha.Galti bhaye chama pau.

  10. Hey sunuwar murkha pagal ho kina ek arka ma to ra mo garne teu afnu gau ani ghar ko yad garnu sisnu ra dhindo samjhanu ani teu tale ko luga sochanu sathai yedi pakka sunuwar ho bhane afnu sanskriti ko jagerna sochnu ta ki jaman ra education ko bhar ma purkhauli ra afnu pritri haru ko badnam nagarnu hamro sankriti jhalkaulne bhaye jun tapai haru gau ma basda ko chha teslai samman garna siknu ta ki lahure bhayera ra ktm base bhandaima ani ek dui akchhar padhe bhandai ma ani SWS ko comity bhayera hunna ani dhan jan ani youngstar ko challenge garera hunna maile bhanna khojeko k bhane please save your culture if you all real sunuwar and don’t think this is business. Maja garne ho afnu parichaya diyera taki arka ko style ma hoina afnu paramppara ra pritrile dekhayeko anusar// yeu bhanda dher comment nagarau hola bujhne lai ghar chheu ma pairo nabujhnelai kura gairo dhanyabad//

  11. B.B. Sunuwar (जेँतिच) says:

    म मेरो नामको पछाडी सुनुवार थर लेख्छु । यो मेरो जन्मशिद्ध अधिकार हो । एउटा कुरा खुब सुन्छु कि त्यो व्यक्ती सुनुवार होईन जो सँग सु. से. स .को ID हुन्न । म सँग कार्ड छैन । के उसोभए म सुनुवार नै होईन त ?!

    आठऔँ महाधिबेसनमा म आफुलाई सुनुवार सम्झेर उपस्थित भएँ । सायद गल्ती पो गरें कि ? बन्दसत्रमा देखिएको धारले अब वास्तवमै पदाधिकारीहरु राजनीतिक स्वार्थमा भाषा,जाती र कोइँचको उत्थान बारे सोच्नेवाला छैनन भन्नेमा मेरो दुई मत नहोला ।

    के अब जातिको उत्थानको लागी एकजुट भै नयाँ केहि गतिला कदमहरु अघी आउँलान् त ? तँ भन्दा म ठिक छु भन्ने भावनाले के जातिको बिकासमा सकारात्मक नतिजा ल्याउन सकिन्छ त ? हामी अनि कती युवाहरु यसैकारण सँस्थामा आबद्द हुनबाट टाढिएका पो हौं कि ? अग्रज हरुले यस्सो ध्यान पुर्‍याउने पो हो कि ? मैंले यो-ऊ गरें तर त्यसले क गर्‍यो ? भन्ने प्रश्न राख्नुभन्दा अझ केहि गर्नुछ भन्नेपो सोच्ने हो कि!

  12. Prakash Sunuwar says:

    Maile mathi ullekhit aathaun mahadhibesan ko kriya-kalap ra Khados ji ra M.p. ji ko johari heren . Malai K lagyo bhane Aba koitch haru harayeka bata Mashine tarfa uddat bhayechhan jasto lagyo / Jo binakamko johari bhayo . Mero bicharma ramrari bujhauna nasaknu sataun samitiko nakaamyabi ho bhane ramrari aathaun samiti chhanna nasaknu aathaun samitiko ra tyas mahaadhibesan ma upasthiti raheka kaitch haru sabai ko nakaamyabi ho ra sabai sunuwarharuko . khayer aba bigat lai kottayera chharo udaunu ko badala aagami din haruma ramro garera janu buddhimaani hunechha / Tara M.P.ji ko ek jana sallahkar le garda SWS bigriyo bhanne kura sochaniya chha .dherai sunuwarle bujheka paani chhan .

Leave a Reply

Your email address will not be published. Required fields are marked *