Recent Comments

जीवन संघर्षमा पैसाको लागि कला सिर्जना गर्दै जाँदा…

‘पैसाको लागि काम गर्दा गर्दै यस स्थितिमा आइपुगियो । अहिले मात्र थाहा भयो मेरो पूर्खाको कलालाई व्यवसायिक बनाउने काम गरेको रहेछु ।’ बुबाआमा र प्रेमिकाले माया गरेर बोलाउने नाम नारान हो । साथीहरुले कसैले नारायण र कसैले भुन्टे भन्छन् । उनलाई गाउँलेहरुले जेठा भन्छन् । नागरिकतामा भएको नाम नारायण सुनुवार (आप्mनै मातृभाषामा सुरोहामसो बगाले सोङना नाम राख्दा पनि हुने उनको मन छ उल्था गरेर तर उनलाई गुनासो छ आप्mनो मातृभाषा नै जान्दैनन् ।), पेशाले एन्टिक सोभिनियर व्यवसायी हुन् । तर उनको लगाव कोइँच (सुनुवार) को कला संस्कृति संरक्षणतिर छ । आपैंmले राँबो र बसिलाले कुँदेका काठका खेलौना सामानहरु काठमाडौं खाल्डाको झोँछे, ठमेलमा बेच्दा बेच्दै एन्टिक आर्ट कलेक्टर हुँदै बिट्सका होलसेल व्यवसायी भएका उनी अहिले कोइँच (सुनुवार) को हरेक कार्यक्रममा भेटिन्छन् । दुमादुले (ढोल) बजाएर शाँदारमा कम्मर मर्काइ मर्काइ नाच्छन् । उनको पुख्र्यौली गाउँ चुप्लु (ओखलढुङ्गा) जिल्लाको पश्चिम दक्षिणी सुनकोशीको तीर चुप्लु पला पुँमा पर्छ । तर पछिल्लो समय सिन्धुली सिर्थौलीतिर बसाइसराइ गरेका छन् । अहिले उनी ठमेलको आप्mनै क्युरियो पसलमा भेटिन्छन् ।
कोइँचहरुले व्यापार गर्ने कुरा मुश्किलैले कल्पना गर्न सकिन्छ । कोइँचमा जन्मिनु अगाडि नै लाहुरे सपना वीजारोपण भएको हुन्छ भन्दा अत्युक्ति नहोला । तर नारायण सुनुवारको मन मस्तिष्कमा कहिल्यै विदेश भासिने सपना पलाएन । र त, उनी क्युरिओ साहु जी भएका छन् । अहिले उनी बिट्स (माला) उत्पादक तथा अधिकृत विक्रेता हुन् । उनीको उत्पादन चीन, ताइवान, भारत र जर्मनमा बढी जान्छन् ।
इँटा भट्टादेखि गर्लैचा मजदुर हुँदै आप्mनै पूख्र्यौली पेशा हस्ताकला उत्पादनमा भविश्य खोज्न पुगे । उनी भन्छन्, ‘हाम्रो गाउँमा यस्ता काठको काम गर्ने सबै कोइँच (सुनुवर) हरु मात्र छन् । अरुले यस्ता काल उत्पादन गर्न नखोजेको होइन । तर चाहेर पनि उनीहरुले कोइँचको जस्तो कला सिक्न सक्दैनन् । यो हाम्रो परम्परागत पेशा हो ।’
दुई छोराका धनी उनी आमा धनमाया सुनुवार, शन्तमाया सुनुवार र बुुबा गोरे सुनुवारको जेठा छोरा दुइ भाई र तीन बहिनीहरुका दाजु हुन् । मदन भण्डारी उनका आदर्श पात्र हुन् । जीवनलाई संघर्ष ठान्ने उनी पलायनवादी होइनन् । गीत संगीत र चलचित्रतिर त्यति चासो उनी आफुले पालना गर्नु पर्ने अनुशासन नै जीवनमा बनाएको उन्नतिको आदर्श मान्यता हो । । उनीसँग प्रेमकुमार सुनुवार र उत्तम सुनुवारले उनकै एन्टिक आर्ट सप ठमेलमा लिएको कुराकानी :

तपाईको आप्mनै बारेमा अलिकति बताईदिनु होस न ?
म साधारण किसनको छोरा । प्रथामिक शिक्षा पलापुँबाट शुरु गरेको हुँ । फेरि सात, आठ पलापुँ मै पढेँ । अनि फेरि जनजागरण मावि हर्षाही सिन्धुलीबाट २०५२ सालमा एस एल सी गरेँ । एक जना गाउँले दाईको पछि लागेर ५२ सालमै काठमाडौं छिरेँ । मामा गाडी चालाक हुनु हुन्थ्यो । पाटन संयुक्त क्याम्पसमा भर्ना भएर मामासँग बस्दै इँट्टा काउन्टरको काम गरेँ छ महिना । फेरि टाइगर आर्ट, लगनखेलमा काम गर्न थालेँ । त्यहीको पसल मालिक इटहरीको दाइको सल्लाह मानेर एम एड गरेर गाउँ फर्किने सोचमा ताहाचाल क्याम्पसमा भर्ना भएँ ।
एक्लै कोठा नपाइने । जागिर खाउँ पढ्न नपाउने । पढौं जागिर नहुने । घरबाट खर्च ल्याएर नसकिने । जागिर र पढाइ छाडेँ र गाउँ फर्केँ ५३ मा । विद्यालयमै प्रेम बसेर होला गाउँ फर्किएँ बिहे गर्न । सजिलै कहाँ बिहे गर्न पाउनु सल्लाहले भाग्यौं काठमाडौं प्रेमिका गीता लुंगेली मगरसँग । सर्लाहीकै एक जना मगर साथी जोरपाटीमा थिए । उनकै साथ लागेर १० महिना काठमाडौं जोरपाटीमा बसेर गलैंचा बुन्यौं । प्रेममा शायद सबै दुःख सानातिना हुँदा रहेछन् क्यार । आफ्नो प्रेमिका पाएकोमै ठूलो विजय लागेको थियो । घर परिवारसँग सम्पर्क विच्छेद गरेरै बसियो । १० महिना पछि गाउँ फर्केँ । बुबाआमालाई कोसेली गर्भमा नाति बोकेर हामी छोराबुहारी । त्यसपछि जीवनको यथार्थ शुरु भयो । खर्चको खाँचो महसुस भयो । आफुलाई त बुबाआमासँग पैसा माग्दा सजिलै लाग्थ्यो बुहारीलाई पनि पैसा माग्न त लाजै भयो । अनि फाल्तु खर्च जुटाउने निहुमा हस्ताकलाको काम शुरु गरेँ । व्यापारीले गाउँमै आएर बटुल्थे । एउटा समानको दुई सय पाउथेँ । यसरी पैसाको खाँचो टार्ने सिलसिलामा यहाँसम्म आइयो ।

यहाँसम्म आइपुग्न के कस्ता चरणहरु पार गर्नु परेउ ?
बनाइन्थ्यो, अलि अलि पैसा आउँथ्यो बेचिन्थ्यो । खोइ कसरी हो काठमाडौं घुम्ने जाँगर चल्यो । अब यही हस्तकला खेलौना बोकेर घुम्न निस्किने हो भन्ने सोंच बन्यो । काठमाडौंमा सुनुवार साथीहरुले खासै दाम आउँदैन यही बेच्दा फाइदा हुन्छ भन्थे । प्रति पीस दुई सयले बिक्री हुन्छ भन्थे काठमाडौंमा पनि ।। झनै कौतुहल भयो । र काठमाडौं आएँ बेच्ने हस्तकला समान बोकेर । कहाँ हो बेच्ने थाहै थिएन । ठमेल फुले बुढाकोमा जानुस् त्यही किनीदिन्छ भनेर पठाएका थिए साथीहरुले । सोराखुट्टेको एउटा हुटेलमा बसेँ । ठमेल छिरिन । दुइवटा समान लिएर बसन्तपुर गएँ । अहिले त्यस दाइलाई शिव दाइ भन्दा रहेछन् तर त्यतिवेला थाहा थिएन । यहाँ दुइवटा सामान ल्याएको थिएँ किन्नु हुन्छ भनेर सोधेँ । हेरौं न त भन्नुभयो । उहाँले सामानको कति भन्नु भयो ? साथीहरुले दुई सय गोटा जाने भनेका थिए । थाहै थिएन । कति भनेर सोध्नु भयो । मैले कति दिनु हुन्छ भने । तपाईका सामान कति भन्नुहुन्छ भन्नुभयो । मेरो समानको मोल त म गरिहाल्छु नि तपाई कति दिनु हुन्छ भनेर जवाफ दिएपछि उहाँले भन्नुभयो, दुइवटाको दुइ हजार दिन्छु हुन्छ । खुशीले के के भएँ भएँ । सपना जस्तै लाग्यो । दुइ सयमा बेच्छु भन्ने सोचेको थिएँ । दुई हजार । त्यसपछि सोचेँ अलिकति त बार्गेनिङ गर्नु पर्छ र तीन हजार दिने भए दिन्छु भने । अन्तमा २५०० सय दिनु भयो । भुइँमा खुटटै रहेन । फेरि हुटेल आएँ र सोर खुट्टे बाट तीन वटा समान बोकेर फुले बुढा खोजेर हिँडे । फुले बुढा भनेर अर्को फुले बुढा मानांगेलाई भेटेछु अहिले बुभ्mदा बाँकी सामान पनि तीन हजारमा बेचेँ र घर फर्किएँ । मेरो व्यापारको शुरुआत यहीँबाट भयो । यहाँको व्यापारिका वातावरण थाहा भयो । घर फर्केर आपैंm बनाउने अरुको हस्तकलाको सरसामान संकलन गर्ने कामको शुरुआत गरेँ । २०५९ सालसम्म घरैबाट त्यो काम गरेँ । ६० सालपछि बच्चा पढाउन काठमाडौं छिरेँ । ठमेलमा कोठा लिएँ । त्यसपछि ६१ सालतिर मालाको फेक्टरी शुरु गरेँ । मालाको होलसेल गरेँ । त्यसपछि ६४ सालबाट पसल शुरु गरेको हुँ । अहिले पोतेको, शंखको, पत्थरको माला बनाउने र बेच्ने काम गरेको छु ।

तपाई ओखलढुंगाको मान्छे किन सिँदुली झर्नु भयो ?

मामाहरु पहिला नै बसाइसराइ गर्नु भएको हुँदा छोराछोरीको शिक्षादिक्षाको लागि भित्री मधेश झरेको रहेछन् आमाबुबा । पहिला नै भएको कारण सिन्धुलीमा थोरै जग्गा किनीराखेको थियो रहेछ । बसाइ सरेपछि थप सम्पत्ति जोडियो ।

कसरी सिक्नु भयो यो हस्तकला ?

हामी कोइँचहरुको लागि राँबो बसिला चलाउनु सामान्य कुरा भइ नै हाल्यो । खुकुरी, कर्दा, हँसियासँग मुक्दुमि सम्बन्ध त छँदै छ । यसैले काठ, बाँस, ढुंगाको काम गर्नु नौलो कुरा भएन । त्यही हो बजारको माग के हो ? त्यति मात्र थाहा छैन । हाम्रो गाउँ (सिन्दुली)मा छिमेकीहरुले यस्तै काम गर्थे । खिलबहादुर सुनुवार भन्ने एक जना सहपाठी हस्तकलाकार हुनुहुन्थ्यो । पहिलो पटक उनैले मुखुन्डो बनाउन सिकाउनु भयो । त्यो पनि ख्यालख्यालमै । गुरु भेटी राखेको होइन । यस्तै हुन्छ कोइँच गाउँमा । सँग सँगै एकअर्काको सिप हेरेर सिक्ने हो ।
पहिला पटक बनाएको मकुन्डोको आँखाको छेउमै दुलो परेउ । तर पनि बिक्री भयो । घाटा परिन ।

एक पटकमा कति रुपैयाँको हस्तकला सामान बेच्नु हुन्थ्यो ?
खेलौना घोडा, हात्ती, घर, गाई गोरु, दुँधेरो बनाउँथे । एक लटमा १५०० देखि दुई हजारसम्मको सरसामान बेच्थेँ । तर आपैंmले बनाएर बेच्ने क्रम दुई वर्ष मात्र रह्यो । यही हस्तकालबाटै घरको सबै खर्चा टार्थेँ । पछिबाट मासिक आम्दानी तीस हजार जति हुन्थ्यो । यही काम गरेर जग्गाजमीन जोडेँ र घर बनाएँ ।

काठमाडौं चाहिँ किन पस्नु भयो ?
काठमाडौं पसेको धेरै भएको छैन, २०५९ मा मात्र हो । मुख्यतः म मेरो छोराहरुलाई राम्रो शिक्षा दिउँ र व्यापार गरुँ भन्ने उद्देश्यले यता छिरेको हुँ । मलाई लागेको थियो म यसै व्यवसायमा लागेर मेरो परिवार पाल्न सक्छु । २५हजार बोकेर काठमाडौं छिरेको म यस वीचमा ब्रासलेट, एन्टिक आर्ट कलेक्टरका रुपमा काम गरेँ । नेपालको धेरै भागमा पुगेँ । र, ६१ सालमा माला उत्पादनतिर जम्प गरेँ । पहिला बिट्स लासाबाट र नागल्याण्डबाट ब्रासलेट आउँथ्यो । अहिले यहीँबाट त्यसको आपूर्ति हुन्छ ।

मालाको काममा कसरी लाग्नु भयो ?
स्वयम्भूमा काठको माला बनाएको देखेको थिएँ । त्यसैले सिपीको खपटाको माला पनि यहीँ बनाउन सकिन्छ होला भन्ने लाग्यो र कबाडीमा गएर पानी तान्ने मोटर आठ सयमा किने र कटिङ प्लेट जोडेँ । शंख कटिङ गरेँ । भएको जति चुरा बनाएँ फुतेका जति माला बनाएँ । मालालाई चिल्लो बनाउने मिशिन बनाएँ । पुरै घरेलु आप्mनै प्रविधि प्रयोग गरेँ । फाइदा बस्यो । त्यो सँगै माग पनि बढ्दै गयो । त्यसैले यतातिर मन गयो । यतै स्थापित भइयो । पहिला त खाक्सी माला चिल्लो पार्ने गर्थेँ । धेरै माग आए पछि मास प्रोडक्सन गर्नु पर्ने भयो र आप्mनै बुद्धि लगाएर माला चिल्लो बनाउने मिशिन बनाएँ । हिजोआज पो थाहा भयो त त्यस्तो मिशिन किन्न पनि पाइँदो रहेछ नि विदेशमा । तर अहिले मेरो कोइँच बुद्धिको मिशिनले नै काम धानीरहेको छ त्यसैले अन्त ध्यान दिइन । यसो भनौं ख्यालख्यालमै पैसाको पछि लागेर यहाँसम्म आएको हुँ । समय र अनुभवले डोराएको मानिस हुँ । हाम्रो पूख्र्यौली पेशा हस्तकला बनाउनु भए पनि त्यस कलालाई व्यापार गर्नु पर्छ भन्ने ज्ञान नभएको कारण विना योजनाको व्यापारी हुँ । अब भने सोच्दै छु । पत्थर कटिं चाहिँ पछि सिके । अहिले पत्थरको माला पनि बनाउँदै छु ।

अहिले तपाइसँग कति जना रोजगरीमा आवद्ध छन् ?
घरको बाहेक पाँच जना पूर्णकालिन कर्मचारी छन् । हामी घरकै चार जना छौं । अप्र
त्यक्ष कामदारहरु बाइस जना छन् ।

यस पेशाको भविश्य कस्तो देख्नु भएको छ ?
देशलाई सवल र आर्थिकरुपमा सम्पन्न बनाउनु छ भने यो पेशाको भविश्य राम्रो छ । तर देशले नेपाली कलाको बजार खोजीदिनु पर्छ । हामी आपैंmले खोजेको बजारले देशको अर्थतन्त्रलाई सपोर्ट गर्न सक्दैन ।

तपाईको पसलको विशेषता के हो ?
सिपी र ढुंगाको माला उत्पादन गर्नु र वेच्नु नै मेरो पसलको मुल विशेषता हो । यसको आलवा एन्टिक आर्ट र उपाहारका अन्य सामाग्री पनि छन् ।

अघि नै भन्नु भयो यस्ता कला उत्पादन कोइँच (सुनुवार) को परम्परागत सीप हो भनेर । के उनीहरुलाई उनीहरुले बनाएको कलाको मूल्य पाउँछौं भन्ने ज्ञान छ ?
छैन । पक्कै पनि कोइँचलाई आप्mनो कलाको महत्तो थाहा छैन । यसको कारण के हो भने राज्यको केन्द्रीकृत एकात्मक शासन प्रणाली पनि हो । अहिलेसम्म कोइँचको बस्तीमा कुनै पनि व्यापारिक केन्द्र छैन । यसैले उनीहरुको अद्भूत कला प्रदर्शनी गर्न पाएका छैनन् । यसैले सधै देखी राखेको बनाइ राखेको कला भएको हुँदा उनीहरुको लागि सानो कुरा हो । विक्री गर्ने वस्तु होइन ।

जन्मजात कलाकार कोइँचहरुलाई यस पेशामा लागेको तपाईले उनीहरुको सीपलाई कसरी उपयोग गर्न सकिन्छ केही सोच्नु भएको छ ?
अघि नै भने मैले कुनै पनि काम योजनावद्ध गरिन । यसैले यतातिर पनि योजनावद्धरुपमा सोच्न भ्याएको छैन । तर भित्री मनमा कोइँचको कलालाई कसरी प्रवद्र्धन गर्न सकियला भनेर सोचीरहेको छु नै । कति साथीलाई भनेको पनि छु । यो अलग व्यवसाय देखेर होला त्यति इच्छा गरे जस्तो भने लागेको छैन् । काठबाट भन्दा ढुंगाबाट बन्ने कलालाई प्रवद्र्धन गर्न सकियो भने भविश्य राम्रो छ ।

सरकारले कस्तो सहुलियत प्रदान गरोस् भन्ने जस्तो लाग्छ ?
अहिलेलाई नै हेर्ने हो भने मलाई त काम गर्न विद्युत नै नियामित दिए हुन्थ्यो । तर हस्तकला प्रवद्र्धन गर्न सरकारले विदेशी भूमिमा हुने प्रदर्शनीमा सहभागी गराउने । बजार प्रवद्र्धन गरिदिए राम्रो हुन्थ्यो । विदेश जाने समानमा भन्सार छुट हुनु पर्छ । किनभने हस्तकलाले शत प्रतिशत अर्थ स्वदेशमै सञ्चित गर्दछ ।

तपाईले गरेको व्यापारले देशलाई के कस्तो फाइदा भएको छ भन्ने ठान्नु हुन्छ ?
प्रत्यक्ष छैन । अप्रत्यक्ष छ । विदेशी मुद्र स्वदेश भित्री रहेको छ । नेपालको पहिचान पस्केको छ ।

आर्थिक खाँचो नेपालीहरुलाई छ । उनीहरुको हातमा कला छ । तर उनीहरुको कला नेपालमा विक्रि हुँदैन । कोइँचको सीपलाई उपयोग गर्न के गर्न सकिन्छ होला ?
राष्टिरिये प्रदर्शनी भइरहेका छन् । त्यसमा भाग लिँदै जाने । गाउँसम्म पुग्ने गरी प्रबद्र्धनको बाटो खोज्ने । यस्तो काम प्रतिनिधिमूलक संस्थाले गर्नु परेउ । विना धितो ऋण दिनु परेउ । सरकारले विशेष व्यवस्था गर्नुपर्छ ।

यस क्षेत्रमा लगानी गर्न चाहने आदिवासी कोइँच वा नेपालीहरुलाई के सल्लाह दिनु हुन्छ ?
यो त्यस्तो क्षेत्र हो जसलाई नुनभुटुनको लागि जस्तै ग्राहाकले लगानी गर्दैन । यसैले फाइदा हुन्छ भनेर अन्धाधुन्दा सिधै लगानी गर्नु भन्दा पनि अध्ययन गरेर, बुझेर लगानी गर्दा राम्रो हुन्छ ।

यस्ता कला उत्पादन गर्ने नेपालीहरुलाई के भन्नु हुन्छ ?
त्यस्ता पुरानो सरसामान छन् भने हामीलाई सम्पर्क गर्नुहोस व्यापार गरिदिन्छौं ।
तपाईको हातमा सीप छ भने आपैंmले बजार पनि खोज्नु होस तपाईको लागि अर्का मानिसले कहिल्यै बजार खोज्दैन । व्यापार भनेकै बजार प्रतिस्पर्धा हो । प्रतिस्पर्धासँग नडराउनुस् ।

3 Responses to “जीवन संघर्षमा पैसाको लागि कला सिर्जना गर्दै जाँदा…”

Leave a Reply

Enable Roman to Nepali languages (To type in English, press Ctrl+g OR just Click on the letter)

Subscribe
Archives