All about Sunuwar

नेपाली मेलामा कि. सुनुवारको सहभागिता

अगष्ट २८ तारीख लण्डन स्थित रिचमण्ड एथेलेतटिक्स मैदानमा नेपालीमेला २०१० भब्यरुपमा सु. सम्पन्न भयो। सम्पूर्ण नेपालीहरुको जाती, भाषा, धर्म संस्कृतिबारे विश्वसामु पहिचान गराउने र बेलायतमा बसोबासगरी रहेका नेपालीहरु बिच मैत्री सदभावको अभिबृद्धि गराउने उद्देश्यले तमु धी. यु. के.ले आयोजना गरेको उक्त मेलामा, किरात सुनुवार सेवा समाज यु.के.ले पनि आफनो सहभागिता जनाएको थियो।

सैयो फुलका थुंगालाई एउटै मालामा समेटे जस्तै, सैयैं भाषा र संक्रतिका बहु जाति नेपालीहरुलाई एउटै भावनामा समेट्ना आयोजक तमु धी. यु. के. सफल भएको थियो। उक्त मेलामा बिभिन्न जातिहरुको आ-आफनै मौलिक संकृति झल्कने झाँकी प्रतियोगिता प्रदशन हुदा, फरक फरक रंग र फरक फरक जातिका पुष्पगुच्छाहरु एउटै धागोमा उनिएको शुदंर पुष्पहार झै देखिन्थ्यो। अयोजक तमु धी. यु.के.ले सियो धागो बनि उनेको त्यो मालारुपी मेलामा, किरात सुनुवार सेवा समाजले आफ्नो बिशुद्द नेपाली संकृति झल्किने ष्याँन्दर पिदारमा आधारित झाँकी प्रस्तुत गरेको थियो। यसै गरि नेपाली कला र संक्रति झल्किने आकार्षक लोक नृत्यलाई सुनुवारी भेषभुषामा, कलाकार सरगम सुनुवार र जेनी सुनुवारले प्रस्तुत गरेका थिए।
किँरात सुनुवार सेवा समाजले उक्त कार्यक्रम संथाका उप अध्यक्ष, श्री जंग बा. सुनुवार ज्यूको संयोजकतामा तयार पारेको थियो। झाँकीमा सुनुवार भाषा तथा संकृति बिद श्री लोकप्रीय सुनुवारज्यूको पनि उपस्थिती रहेको थियो।
सथमा कोष अध्यक्ष तथा टोली नेता पुर्ण कु. सुनुवारले सो मेलामा कि.सु.से. समाजबाट ६५ जनाको सहभागिता रहेको कुरा बताए। कि.सु.से. कार्यक्रम आयोजक तमु धी. यु.के. प्रति बधाई तथा हारदिक कृतज्ञाता ज्ञापन गर्दछ।

भावना परिष्कृत सुनुवार

One Comment to नेपाली मेलामा कि. सुनुवारको सहभागिता

  1. premkumar sunuwar says:

    uk maa basne sampurna daju bhai tatha didi bahini harulai hardik badhai chha. aafno shanskritik jhaaki dekhayera hamisunuwar haruko bhes bhusa sanshkriti jogauna bholika din harumaa pani mahato purna bhumika nirbaha garnu hunchha bhanne purna aasa rakhadachu.

Leave a Reply

Your email address will not be published. Required fields are marked *