Recent Comments

आदिवासी साहित्य सौन्दर्य थेःनि–२ : ( थेःनिको प्राचीनता )

अतीत मुखिया
थेःनि कोँइच भाषाको थेःचा शव्दको व्युतपन्न रुप हो । कोँइच भाषामा कुनैपनि धातुमा चा प्रत्यय लागेर कृया तथा विशेषण बन्दछ । ना धातुमा चा प्रत्यय जोडिएर नाःचा भएझै का — चा , खा—चा , गा—चा, जस्तै थ–ए–च–आ थे–चा कृया हुन्छ । थेःचाको शाव्दिक अर्थ टेक्नु हुन्छ अत थेःनिको अर्थ टेकौनी भन्ने बुझिन्छ । थेःनि आदिवासी साहित्य सौन्दर्यको एक त्यस्तो बिधा हो जुन बिधामा एउटा हागोलाई टेकेर अर्को हागो समाइन्छ र तेश्रो हागोको पूmल टिपिन्छ अर्थात मिथकको हागोलाई टेकेर विम्वको हागो समाइन्छ र तत्कालिन परिवेसको हाराहारी रहेर समयसापेक्ष अभिव्यक्ति अभिव्यक्त गरिन्छ ।
थेःनिको आदिम मुहान मुंग्दुम नै भएको पाइन्छ । हजारौं वर्ष अगाडिदेखि श्रुति स्मृतिका रुपमा कोँइच जनजिब्रोमा रहीआएका थेःनिहरुको मुग्दुमी स्वरुप यस्तो रहेको पाइन्छ ।
कला जङानु कलोवोलो पाइत्ति दो
गिठा खादा वाकवाकी आयो लौ
शोकोत जङानु शोकोवोको पाइत्ति ख्ये
भ्याकुर खादा मुखै तमतमायो नि
क्डिला जङानु क्डिलोवोलो पाइत्ति दो
पिंडालु खादा कोक्यायो नि लौ
रेअ्बे जङानु रेकेवोके पाइत्ति ख्ये
तरुल खादा टर्रोपर्रो भो
गेत्थलङानु ममा ये ये ये
उकालो चढदा आमा ऐयायाया
लुचहिङानु ममा ये ये ये
ओरालो झर्दा आमा ऐयायाया
होपा शेरेरे ममा नु नु तुइँ तुइँ,
अम्लिसो हम्काउदै आमा सुताइदेउ
यो सशि मुग्दमको सलाक अन्तरगत श्रुतिस्मृतिमा संग्रहित एक थेःनि हो । यहाँ होपा शेरेरे ममा नु नु तुइँ तुइँ, मुंग्दुमि मिथकलाई टेकेर गिठा, भ्याकुर, पिंडालु तरुल जस्ता कन्दमुल खाँदाहुने अनुभूतिहरुको विम्व पक्रेर कन्दमुल खाएर जीवनयापन गरिने समयका जंगली जीवनको सेरोफेरोको अभिव्यक्ती अभिव्यक्त गरिएको पाइन्छ । यो अभिव्यक्तिमा उल्लेख भएका शव्दहरु कलोवोलो, क्डिलोवोलो, रेकेवोके, शेरेरे, नु नु तुइँ तुइँ जस्ता शव्दहरु अनुभूतिय अनुकरणत्मक शव्दहरु हुन जो आदिम युगमा प्रयोग गरिन्थे । अम्लिसोले हम्काउनुलाई वर्तमान चलनचल्तिको भाषामा होपाम हुर्चा भनिन्छ तर यहा होपा शेरेरे भनेर बतासलाग्दा आफैहल्लिएको अम्लिसोको अनुकरणात्मक शव्द शेरेरे को प्रयोग भएको पाइन्छ जस्ले यो थेःनिको प्राचीनताको पुष्टि गर्दछ । यस थेःनिमा ममा (आमा) शव्दले प्रकृतिलाई संबोधन गरिएको पाइन्छ कारण कोँइच मुंग्दुम अनुसार आदिम जननी प्रकृतिलाइ मानेको पाइन्छ।
कोँइच समुदायमा सशि मुंग्दुमका सलाकहरु लाई उत्पतिको कथाको रुपमा लिइने हुदा यसमा बिभिन्न मिथकहरुको प्रयोग भएको पाइन्छ । सलाकमै उल्लेखित अर्को थेःनिमा पनि ममा नु नु तुइँ तुइँ मिथकको प्रयोग भएको अर्को थेःनि यसप्रकार भएको पाइन्छ ।
इँगि ठुलठुल काँइपा ठुलठुल
इँगि ठुलठुल मुपा ठुलठुल
इँगि सिलिमि ष्युदुम सिलिमि
सर्वा सिलिमि काष्षे सिलिमि
लुचुहिङा नु द ममा ये ये ये
गेत्थिलङा नु द ममा ये ये ये
ममा नु नु तुइँ तुइँ क्वोँ खे दो ।
माथी उल्लेखित पहिलो थेःनिमा कन्दमुल खादाको अनुभूति वर्णन्न गरिएको पाइन्छ भने यो थेःनिमा विभिन्न जानवरहरुको अनुकरण गर्दै नाचनाच्दै तलमाथी गर्दा थाकेको अभिव्यक्तिलाई ममा नु नु तुइँ तुई मिथकमा लगेर समाधान गरिएको पाइन्छ । यहापनि ठुलठुल, काँइपा, मुपा जस्ता किरात प्राकृत शव्दहरुको उल्लेख पाइन्छ ।
कतिपय साहित्यहरु धर्मसंग सम्वन्धित भएर पनि आफ्नो साहित्यिक स्वरुप ग्रहण गरेको पाइन्छन । यसरी नै किरात मुंग्दुम÷मुन्धुम हरुमा पनि मुग्दुमी मौलिक साहित्य सामेल भएको पाउन सकिन्छ । यस्ता प्राचीन साहित्य थेःनिको उल्लेख याक्थुङ मुन्धुममा समेत पाइन्छ ।
साङ सोलो छाङ छोलो
निङमाफुमा छाङछोलो
के मिङ शेशेपोङ निमोओ
के मिङ साङसाङ पोङ ल रो……….।
यहा उल्लखित साङ शव्द अती प्राचीन शव्द मानिन्छ । सर्वप्राचीन मानिएको बोन धर्मको अभ्यास गर्ने बोन्बोहरुले यो शव्दको प्रयोग गरेको पाइन्छ । यही बोनधर्मको एक शाखा फेदापको अभ्यास गर्नेहरु फेदङमा भएझै अन्य शाखाका प्रयोगकर्ताहरु पोँइबो, नाअ्सो, नोक्सो, नाक्छुङ, नोक्चो, नोक्को, नाक्से, नोबो, नाक्चोन, फोम्बो आदि भएका पाइन्छन् । यी मुग्दुमि ब्यक्तिहरु सबैले नै सङ शव्दलाई आदिमन्त्रको रुपमा अभ्यासमा ल्याएको पाइन्छ ।
कोँइच मुइलि मुग्दमको पिदारमा नाअ्सोहरुले सङ शव्दबाटै आफ्नो पिदारको थालनी गर्दछन भने मेग्यो मुग्दुम अन्तरगत पोइबो तथा ग्याँमिहरुले आफ्नो खलो थाल्दापनि यही सङ शव्दबाटै थालनी गरेको पाइन्छ । कोँइच मुग्दुमि व्यक्ति नाअ्सो एवं पोइबग्यामिहरुका अनुसार यो संङ ÷संङ सो÷ सङा सो शव्द कुनैपनि बस्तु वा विषयवस्तुलाई पवित्र पार्न सर्वब्यापी परमात्मा इँगिद्वारा प्रदत मंत्र भएको मान्यता जस्तै लिम्बु किरात मुन्धुममा पनि साङ शव्द तागेरानिङमाफुमा द्वारा प्रदत शव्द मानिन्छ जस्को अर्थपनि पवित्र होस भन्ने उल्लेख भएको पाइन्छ । यही सङ शव्द(मन्त्र) उल्लेख भएका मुग्दुममा पाइने थेःनि साहित्यको थालनीको निश्चित समय एकिन नभएपनि यो विधा किरात साहित्यको अतीनै प्राचीन विधा मान्न सकिने आधारहरु भने प्रसस्तै पाइन्छन । यसरी नै मुन्धुममा उल्लेखित अर्को थेःनि यस प्रकार भएको पाइन्छ ।
तुम्बुङदीङ सिम्बो वारोक
लाईकुम फेम्बो वारोक
तुम्बुङ वारोक कामे
मिक्की बारोक कामे
ओम तागेरा निङमाफुमा ईसिक लो
एन्नाङ थोग मिक्की फुङवा कामे ।
लिम्बु मुन्धुमका उपरोक्त पदहरु थेःनि साहित्यका आदिम नमुना हुन । लिम्बु समुदायमा बिबहा संस्कार अन्तरगत दुलहा र दुलहीको बैवाहिक जीवनको सफलताको कामना गर्दै सम्वोधन गरिएको विम्बै विम्वले सजिएको उपरोक्त थेःनिको अर्थ संभवत यस्तो देखिन्छ
प्रेम सागर मिलाउनु
दुई सागर एक भै मिल्नु
प्रेमी जीवन नछुटुन्जेल
प्रेमको सागर नसुकुन्जेल
हे प्रेमसागरका मालिक सर्वव्यापी प्रभु
प्रेमी जीवन बढाइदिनु ।
उपरोक्त थेःनिरुपी मुन्धुमका स्लोकहरुमा प्रेम सागरलाई विम्वकोरुपमा लिइएर वारोक र कामे शव्दलाई अनुप्रास बनाइ नव दम्पतीको दाम्पत्य जीवनको दीर्धायुको कामना गरिदा तागेरा निङमाफुमालाई मिथकका रुपमा आरधना गर्दै समस्या समधान गरिएको पाइन्छ । यसरी ओल्लो किरात कोँइच मुग्दुम देखि लिएर पल्लो किरात लिम्वु मुन्धुम सम्म नै थेःनि उल्लेख पाइनु किरात साहित्यकै प्रचीनतको पुष्टि गर्दछ । अझ प्रष्ट भन्नुपर्दा खसभाषी नेपाली साहित्य भन्दा किरात भाषी नेपाली साहित्य निकै प्राचीन भएको प्रमाणीत गर्दछ । जुनबेला आर्य संस्कृति नेपालमा भित्रिएको थिएन त्यो समयमा पनि किरात संस्कृतिमा झरिला भरिला साहित्य थिए । अतः नेपाली साहित्यमा किरात साहित्य अती प्राचीन साहित्य भएको पुष्टि गर्न सकिन्छ ।
भेटिने थलो
रागिन, चुपलु हाल कोटेश्वर, काठमाडौं
atitmukhiya@hotmail.com

One Response to “आदिवासी साहित्य सौन्दर्य थेःनि–२ : ( थेःनिको प्राचीनता )”

  • kormoch:

    यस्ता ऐतिहाँसिक् तथ्यहरु उजागर् गर्नुभएकोमा लेखक लाइ धन्यवाद् । अब यि र यस्ता तथ्यहरुलाइ राष्ट्र को सम्पती मान्दै अन्तराष्टृय रुपमा आवाज उठाउने वेला आएको छ ।

Leave a Reply

Enable Roman to Nepali languages (To type in English, press Ctrl+g OR just Click on the letter)

Subscribe
Archives