All about Sunuwar

… अधिकारको उपयोग गर्न नपाउने ?

कोइँच (सुनुवार) सेवा समाजले २०६३ सालदेखि आधिकारीक रुपमा वल्लो किरात स्वायत्त प्रदेशको प्रस्ताव अगाडि सार्दै आएको भए त पनि इतिहासले वल्लो किरातको अस्तित्व प्रष्ट रुपमा उल्लेख गरेको छ । सुनुवार सेवा समाजको काठमाडौं घोषणा पत्र सार्वजानिक भए पछि वल्लो किरातको रुपमा विभिन्न समयमा स्थानीय संघसंस्थाका मुखपत्र, पत्रिका र कोइँच मातृभाषाका सञ्चार माध्यममा वल्लो किरातको आवाज उठी नै रह्यो । त्र राज्यको एकात्मक भाषिक विभेदका कारण यो आवाजलाई देशव्यापी गर्न नसकिएको कसैबाट लुकाउनु पर्ने कुरा भएन । तै पनि कोइँच (सुनुवार) समाज चुपचाप लागेर बसेन । केन्द्रीयस्तरको जातीय नेताहरुले बाध्ये भएर २०६६ मा वल्लो किरात मस्यौदा समिति गठन ग¥यो । जसको संयोजन सुनुवार सेवा समाजका उपाध्यक्ष मनप्रसाद सुनुवारले गर्नु भएको थियो । उहाँको संयोजनमा वल्लो किरातका किराती (जेरो, बाहिङ, सुरेल, हायु, थामी, जिरेल, कोइँच÷सुनुवार) हरु आफ्नो ऐतिहासिक पहिचानको लागि एकजुट भए र अहिले वल्लो किरात स्वायत्त प्रदेशको साझा अवधारण पत्र सार्वजानिक गर्दै सशक्त संघर्ष गर्न वल्लो किरात संघीय राज्य परिषद गठन भएको छ । उक्त परिषदको अध्यक्ष मनप्रसाद सुनवारसँग वल्लो किरात स्वायत्त प्रदेश सम्बन्धि कुराकानीको केही अंश:
वल्लो किरात स्वायत्त प्रदेशको प्रस्ताव अगाडि सार्नुको कारण के हो ?
राज्य पुनःसंरचना तथा राज्यशक्ति बाँडफाड समिति, संविधानसभाले अगाडि सारेको ऐतिहासिक, भाषिक, साँस्कृतिक र आर्थिक मूल आधारलाई गहिरिएर हेर्ने हो भने हामीले अगाडि सारेको प्रस्ताव वल्लो किरात स्वायत्त प्रदेशलाई राज्यले सम्बोधन गरिनु पर्ने हो । तर उनीहरुले वल्लो किरात स्वायत्त प्रदेश नभनी सुनकोशी प्रदेश भनेका छन् त्यो सरासर गलत काम भएको छ । हामीले कुनै कपोलकल्पित रुपमा अरुले धेरै प्रस्ताव ल्याउँदा हामी पनि किन स्वायत्त प्रदेशको प्रस्ताव अगाडि नसार्ने भनेर हचुवामा प्रस्ताव ल्याएका होइनौं । यो सिद्धान्त सम्मत, नियाम र युक्ति संगत छ । इतिहास प्रमाण छ र अभैm पनि त्यस क्षेत्रमा किरातीहरुको सघन बासोबास रहेकै छ भने त्यो भूमिसँग उनीहरुको धार्मिक, साँस्कृतिक, भाषिक तथा ऐतिहासिक रुपमा सम्बन्ध छ ।
स्वायत्त प्रदेश प्राप्तिपछिको उपलब्धि के हुन्छ त ?
मुख्यत वल्लो किरात प्रदेशका जनताको चाहना पुरा हुने भयो । आजसम्म राज्यको एकात्मक केन्द्रीय शासन प्रणालीमा शासित वल्लो किरातवासीहरुले आफ्नो लागि चाहिने नीति नियम, योजनाका कार्यक्रम आपैंm बनाउन पाउने भए । आपंmै कानुनको निर्माण गर्दै आफै शासक र शासिक भए पछि पूर्ण कानूनी राज्य हुने भयो । जसको कारण ठूलालाई चैन र सानोलाई ऐन भन्ने पुरानो यथास्थितिवादी मान्यता भंग भई दीगो शान्ति हुने भयो । दिगो शान्ति हुनु भनेकै सामाजिक, साँस्कृतिक र आर्थिकरुपले समग्र विकास हुनु हो । के यसलाई उपलब्धि नमान्ने ?
वल्लो किरात स्वायत्त प्रदेश भन्नाले कुन जातिको अग्राधिकार रहन्छ ?
अन्तराष्ट्रिय श्रम संगठन १६९ ले आदिवासी जनजातिहरुको हक अधिकार सम्बन्धि प्रत्यभुत गरेको कानुन, मूल्य मान्यता अनुसार त्यस भूमिमा बसोबास गर्दै आईरहेका ऐतिहासिक भूमिसहितका आदिवासी जनजातिहरुको अग्राधिकार रहने कुरा प्रष्ट छ । तर वल्लो किरातमा धेरैजसो आदिवासी किरातहरु र अन्य धेरै गैरकिरात जनजातिहरु बसोबास गर्ने भएकोले वल्लो किरातमा सबैलाई समान अधिकार हुनेछ । अर्को कुरा वल्लो किरात आपंंmै एउटा जाति नभएर बहुराष्ट्रिय प्रदेश हो जसमा एकल जातिको रुपमा किरात राज्य माग गरिएको छैन बहुजाति किरातहरुको सामुहिक अधिकारको माग गरिएको हो ।
वल्लो किरातलाई समेट्ने भूक्षेत्र सुनकोशी हु“दा हु“दै किन वल्लो किरातको प्रस्ताव ल्याउनु भयो ?
वल्लो किरातको भूमिलाई सुनकोशी प्रदेश भनी प्रस्ताव गरिएकोमा हामीले राज्यको पुन संरचना तथा बाँडफाँड समिति गई हाम्रो घोर आपत्ति प्रकट गरिसकेका छौं । र, यसमा हाम्रो प्रस्ताव भनेको संबैधानिक रुपमै वल्लो किरात स्वायत्त प्रदेश भनेर किटान गरिनु पर्छ, यसमा बलिया आधार छन् । वल्लो किरातवासीहरुले ल्याएको वल्लो किरात स्वायत्त प्रदेश प्रस्तावको भूभागलाई नै काँटछाँट गरेर सुनकोशी प्रदेश प्रस्ताव गरिएको छ । यो वल्लो किरातमा रहेको सुनकोशी नदीको नामबाट प्रदेशको प्रस्ताव गरिएको हो । यस्तो हचुवा प्रस्ताव हामीलाई अमान्य छ । वल्लो किरातबासीहरुलाई ऐतिहासिक पहिचान सहितको प्रदेश चाहिएको हो नदीनालाहरुलाई चाहिएको होइन । सुनकोशी कुनै पार्टी र जनताको एजेण्ड पनि होेइन ।
बहुभाषा, बहुजाति, बहुसंस्कृतिको कुरा उठेको बेला किरातीको मात्र कुरा उठाउनु के उपयुक्त हुन्छ होला ?
ठीक कुरा उठाउनु भयो । यो शब्दको उठान हामी आदिवासी जनजातिले नै गरेका हौं । बहुजाति, बहुसंस्कृति, बहुभाषाको मुद्दालाई जबरजस्ती एकल जातिबादी बनाउन खोजिँदै छ । यहाँ बुझ्नु पर्ने बिषय के हो भने यो किराती शब्द नै बहुल भाषा, संस्कृति, जाति शब्दलाई बोकेको शब्द हो । हामीले किरातभूमिमा बसोबास गर्दै आइरहेका सम्पूर्ण जातजातिका निम्ति पनि यो वल्लो किरात स्वायत्त प्रदेशको प्रस्ताव अगाडि सारेको हौं । अर्को कुरा के हो भने इतिहास साँक्षी छ किरात भूमिलाई खेतीयोग्य जमीन बनाइ मानव वस्तीको विकास गर्ने पनि किरातीहरु नै हुन् । पछाडि मात्रै अन्य जातजातिहरु त्यस भूमिमा प्रवेश गरेका हुन् । र, यो पनि यथार्थ हो कि किरातीको भूमिलाई पछि अरु आएर विस्थापित गरेका हुन् । विस्थापित गर्ने जमिनका मालिक बने हाम्रै भूमिमा हामी शासित बनेर अरुको भाषा, धर्म–संस्कृतिको अतिक्रमणमा पिल्सिएर बाँच्नु प¥यो । त्यसैले अन्य जातजातिलाई भन्दा त्यहाँका किरातीहरुलाई हाम्रो भूमिको ज्यादै माया छ र हाम्रो पूख्र्यौली साइनो पनि त्यसै भूमिसँग गाँसिएको छ । हाम्रो आस्था र विश्वास त्यस भूमिमा छ । तर यसो भनि रहँदा अन्य जातजातिको अस्तित्वलाई नस्विकार्ने र बहुभाषा, बहुसंस्कृति, बहुजातिको बिषयलाई सम्मान नगर्ने भन्ने हँुदै होइन । वल्लो किरातको परम्परागत कानून, शासन प्रणालीलाई गहिरिएर हे¥यौं भने प्रष्ट हुने छ कि हामी किरातीहरुमा उहिल्यै गणराज्यको अभ्यास भएको थियो, अभैm पनि छन् । हाम्रो नेतृत्व प्रणालीको संरचना नै फरक छ । यसैले वर्तमान एकात्मक शासन प्रणाली अवलम्बन गरेका पार्टी र राज्यको चस्मा लगाएर हेरियो भने हाम्रो प्रस्ताव हाँसो उठ्दो लाग्ला तर यथार्थमा हामी बहुराष्ट्रिय राज्य हुनु पर्छ भन्नेलाई जातीय कुरा ल्यायो भन्नु भएन । बरु वल्लो किरात स्वायत्त प्रदेशका लागि सबैले आवाज उठाऔं र एउटा उदारणीय स्वायत्त प्रदेशको रुपमा अगाडि बढाऔं ।
वल्लो किरात स्वायत्त प्रदेश प्राप्त नभए के गर्नुहुन्छ ?
हाम्रो भनाई यो हो कि अब राजनीतिक दल र नेताहरुले फेरि पनि राज्य पुनःसंरचनाको नाममा वल्लो किरात भूमिमा बसोबास गर्ने सम्पूर्ण जातजातिलाई वेवास्था गरिए वल्लो किरात स्वायत्त प्रदेशका लागि जस्तोसुकै संघर्ष गर्न हामी तयार छौं । अब पहिलाका किराती बनेर बस्ने हाम्रो चाहना छैन । हामी समानान्तर सरकार गठन गर्न पनि पछि पर्ने छैनांै । किन भने हामीले कतै मेची महाकाली गएर स्वायत्त प्रदेश मागेका होइनौ । आफ्नै भूमिमा फेरि पनि उपनिवेश भएर बस्ने छैनौं । हाम्रो प्रस्ताव नीतिगत र सैद्धन्तिक छन् । राज्यले स्वीकार्नै पर्छ ।

[ad][ad]

One Comment to … अधिकारको उपयोग गर्न नपाउने ?

  1. chandra prk sunuwar says:

    First of all i want to say [Namaste bada] and this is extremely nice interview you were given.We are proud and always with you till the last drop of blood remain in our body.Of course we are now not the kirata of past.We are not sleeping any more completly awakened one.There is say [coward die thousand times before they die] so well even we die let’s die once not thousand times like coward.we all kirant must be united for kirant land but however real wallo kirant means in past is sunuwar let’s bear in your mind.Historically wallo kirant means sunuwar,majh kirant means rai and pallo kirant means limbu but this is not time to say we kirant are different and rulling from different kingdom.This is modern world and couldn’t walk ourself and need help from everybody.That means we all kiranti people must be united from wallo to pallo kirant to gain our independence and finally kirant must be united with one land, not wallo,majh and pallo.It can only dived and make us weak however first of all we wallo kirant must get autonomous.The reason is majh and pallo kirant already got assurance from government and ignore the historical fact of wallo kirant.Like nepali provorb [Bolne ko pito bikcha nabolneko chamal bikdaina].Now we are not in favour of talking instead ready to raise our weapon if needed for our mother land.one day The government compelled to recognise the historical fact anyway.not like pallo kirant limbuwan who are not happy with proposal of government which they didn’t include all limbuwan land [ARUN PARI TO MECHI NADI]Real boarder of wallo kirant in histry is SANGA BHANJYANG KTM WEST TO THE DUDH KOSHI IN EAST.Such vast land we are not claiming all of our historical land we are only claiming from sunkosi to dudhkosi.Still this brainless government not ready to recognise the fact but the histry is histry you can’t change and erase.one day they are forced to recognise this is only matter of time.Now all wallo kiranti people must be united and ready to shed blood.Long live our historical wallo kirant.

Leave a Reply

Your email address will not be published. Required fields are marked *