All about Sunuwar

एस एल सी उत्तीर्ण कोइँच विद्यार्थीहरु सम्मानित हुने

समाचारदाता
यालाखोम, १८ खुबनाच । नेपाल लोकतान्त्रिक किरात सुनुवार संघ, युवा तथा विद्यार्थी विभाग बागबजार काठमाडौंले गएको वर्षमा जस्तै यो वर्ष पनि एस एल सी उत्तीर्ण गरेका कोइँच (सुनुवार) विद्यार्थीहरुलाई सम्मान गर्ने भएको छ । सुनुवार युवा तथा विद्यार्थीहरुलाई गोलवद्ध गरी जातिय पहिचानको लागि निरन्तर संघर्षमा कटिवद्ध रहन कार्यक्रम आयोजना गरेको युवा तथा विद्यार्थी विभागका संयोजक उर्मिला सुनुवारले बताउँदै अगाडि थपिन, ‘यसरी सम्मान कार्यक्रम गर्दा कोइँच किशोरकिशोरीहरुलाई उत्प्रेरण प्रदान भई भोलि उच्चा शिक्षा अध्ययनको लागि हौसला प्रदान हुने छ । त्यसैले आम कोइँच सामिबुलाई कार्यक्रममा उपस्थित हुन हार्दिक निमन्त्रणा गर्दछु ।’
उनका अनुसार विद्यार्थी सम्मान कार्यक्रम यही साउन २२ गते शनिवार दिउँसो ११ बजे विश्वाभाषा क्याम्पसको हलमा हुने भयोको छ । साथै आयोजक संस्था नेलोकिसुसंले एस एल सी गरेका कोइँच विद्यार्थीहरुलाई आप्mनो प्रमाण पत्रको प्रतिलिपि नेलोकिसुसं कार्यलय बागबजारमा उपलब्ध गराइ सहयोग गरिदिन पनि सूचना जारी गरिएको छ ।

2 Comments to एस एल सी उत्तीर्ण कोइँच विद्यार्थीहरु सम्मानित हुने

  1. rupak says:

    badhai cha hai slc pass garne bhai bahini harulai!!

  2. suke -naash says:

    Wow! हाम्रो पालामा यस्तो थिएन । यदि भएको भए साला ९२% ल्याउँथे…. हाहाहा… जे होस्, It’s a nice beginning!!!

Leave a Reply

Your email address will not be published. Required fields are marked *