sunuwar.org
Recent Comments

पुस्तक लोकार्पण तथा वेभसाइज सार्वजानिकीरण

चुप्लु दामलोच, काठमाडौं । चुप्लु समाजद्धारा सुनुवार भाषाको पुस्तक सार्वजनिक गरियो । खोमिग्युग्युर, गो काः आँ गिचचा, चाइँदा र शाला नु बाइकि पोइब एक समारोहकाबीच विशिष्ट अतिथि सभासद दालकुमारी, आदिवासी जनजाति राष्ट्रिय उत्थान प्रतिष्ठानका सदस्य सचिव लोकबहादुर थापामगर र सुनुवार सेवा समाजका अध्यक्ष टंकराम सुनुवारद्धारा उक्त पुस्तक तथा सुनुवारसम्बन्धी जानकारीमूलक तथा सूचनामूलक वेभसाइट www.sunuwar.org र www.durdaa.com को सामुहिक रुपमा लोकार्पण तथा सार्वजानिकीरण गरियो ।
रेडियो उपत्यकाका कार्यक्रम प्रमुखज्यूले राष्ट्रमा पहिचानको लागि लडिरहेका आदिवासी जनजातिका लोपोन्मुख भाषाहरुलाई बचाउनका लागि हामीलाई जतिसक्दो सहयोग गर्न तयार रहेको बताउनुभयो ।

ीवशिष्ट अतिति तथा सुनुवार सेवा समाजका अध्यक्ष टंकराम सुनुवारज्यूले साँच्चै मैले पनि आंकलन गर्न नसकेको यो रेडियो कार्यक्रम एक वर्ष पुगेकोमा मेरो शंका पूर्ण रुपमा निवारण भएको जनाउनु भयो ।ीवशिष्ट अतिथि लोक थापामगरज्यूले जातिको मात्र नभएर आज सारा आदिवासी जनजातिहरु भषाको लडाइ पनि अगाडि बढ्दै गएको कुरामा जोड दिदै अबका दिनमा नेपालमा पनि बहुभाषिक नीति लागु गरेर राज्यले पिछडिएका आदिबासी जनजातिलाई अगाडि बढाउनु पर्ने कुरामा जोड दिनुभयो । अर्का विशिष्ट अतिथि वक्ता सभासद दालकुमारी सुनुवारज्यूले भाषा र संस्कृतिलाई संरक्षण गर्न हामीले सकेसम्म यस्ता पुस्तक प्रकाशन तथा मिडियामा प्रचारप्रसार गरेर लैजानु पर्ने कुरा बताउनुभयो ।

धन्यवाद दिने क्रम्मा मनप्रसाद सुनुवारले विद्रोह गरेर आप्mनो हक अधिकारका लागि प्रत्यक्ष योगदान पुरयाए त्यसैगरी नेपालका आदिवासी जनजातिले पनि यस किसिमको चेतना जगाएर अगाडि बढ्नु पर्ने कुरा बताउनुभयो । साथमा कार्यक्रमा सहयोग गर्नुहुने सम्पूर्ण सहयोगीलाई धन्यवाद दिनुभयो ।

कार्यक्रम समापन गर्दै हाम्रो लक्ष्यलाई सबैलाई काँधमा काँध मिलाएर अगाडि बढाइ अझ प्रगतिको बाटोमा पुरयाउनुहुन्छ भन्ने विश्वास लिएको भन्दै कार्यक्रम समापन गर्नुभयो ।

भाषाको साहित्य र सञ्चारको सोच बोकेर अघि बढेको चुप्लु समाजसँग अन्य सुनुवार संघ संस्थाहरु एसोसियट्स भइ सहकार्य गर्दै आएका छन् ।

  • Share/Bookmark

4 Responses to “पुस्तक लोकार्पण तथा वेभसाइज सार्वजानिकीरण”

Leave a Reply