Recent Comments

मातृभाषासेवीहरुलाई सम्मान : सुसेस ३१ औं वार्षिकोत्सव सम्पन्न

सुनुवार डट ओआरजिका सञ्चालक पाम बहादुर सुनुवार सम्मान सहित कदरपत्र ग्रहण गर्दै

विगत एक दशक आधादेखि निरन्तररुपमा कोइँच पहिचानको लागि सूचना सम्प्रेषण तथा संरक्षण गरिरहेको सूचना तथा जानकारीमूलक वेभसाइड सुनुवार डट ओआरजिका सञ्चालक पामबहादुर सुनुवारलाई सुनुवार सेवा समाजको ३१ औं वार्षिकोत्सवको अवसरमा कोइँच सुनुवारहरुको प्रतिनिधिमूलक संस्थाले सम्मानसहित कदर गरेको छ । त्यसैगरी एक दशकदेखि निरन्तर कोइँच गीतहरुमा नृत्य संयोजन गर्ने र नेपालबाहिर समेत प्रदर्शन गर्न सहजीकरण गरीरहेका नृत्य निर्देशक वृहसमान सुनुवारलाई पनि सम्मनसहित कदर गरेको छ भने संस्थागत तर्फ कोइँच मातृभाषामा टेलिभिजन कार्यक्रम सञ्चालन गरेर कोइँच पहिचान अक्षुण्ण राख्न साथसहयोग गरिरहेको तथा विश्वभरि छरिएर रहेका कोइँच सुनुवारहरुलाई सामाजिक सञ्जाल मार्फत एकजुट बनाइ सामाजिक सञ्जाल मेसेन्जरमा समूह समूह बनाई कोइँच गीतमा समेत गायन प्रतियोगिता गरी कोइँच मातृभाषा संरक्षण र प्रवद्र्धनमा टेवा पु¥याए वापत सम्मानसहित प्रर्शसानीय कार्यको उच्चा कदर गरेको छ ।

सम्मानसहित कदरपत्र ग्रहण गर्दै बृहशमान सुनुुवार ।

दिउँसो १२.१५ मा शुरु हुने भनिएको वार्षिकोत्सव कार्यक्रम सुसेस भवन कोटेश्वरमा प्रमुख अतिथिको ढिलाईका कारण तोकेको समयभन्दा केही ढिलो सञ्चालन भएपनि कार्यक्रम भव्य र सभ्य भएको सहभागीहरुको प्रतिक्रिय रहेको थियो । ‘विशेषकारण कार्यक्रममा उपस्थित हुन ढिलो भएको हुँदा क्षमा चाहन्छु यसैले मेरो अरु तीनवटा कार्यक्रममा जानुपर्ने भएपनि ढिलो आएको हुँदा कार्यक्रम टुङ्ग्याएर मात्रै जानुपर्छ भन्ने ठानेर अन्तिमसम्म बसेँ । आज यो हलमा भरिभराऊ भएर ३१ औं वार्षिकोत्सव मनाइरहँदा मलाई ती महान व्यक्तिहरुलाई सलाम गर्न चहान्छु उहाँहरुलाई हार्दिक कृतज्ञता प्रकट गर्दछु । आज जस्तो सजिलो कुरा होइन । पञ्चायत कालमा अति थोरै संस्था थिए । ४, ५ जना जम्मा हुँदा समेत समातेर जेल कोच्ने समयमा जागीर जान्छ भन्ने प्रवाह नगरी, जेल जाने हो कि भनेर नडराइ आम कोइँचहरुको हकहितको लागि यो प्रतिनिधिमूलक साझा संस्था स्थापना गर्नु भयो । उहाँहरुको यो महान साहासलाई पुनः एक पटक हृदयदेखि आभारप्रकट गर्दछु । नमन अर्पण गर्दछु भन्नुहुँदै प्रमुख अतिथि माननीय यज्ञराज सुनुवारले अगाडि थप्नुभयो, पूर्व वक्तहरुले १ नं. प्रदेश किरात प्रदेश हुनुपर्छ भन्नुभयो । यसका लागि चार किरात संस्थाले उठाएको कुरामा मेरो हरप्रकारले साथसहयोग र समर्थन छ । कहाँ जानुपर्छ, के बोल्नुपर्छ म बोल्छु । तर उहिलेको जस्तो गफ गरेर ढाँटेर हुँदैन अहिलेको समय काम गरेर देखाउने हो । संस्थाहरुले देखिने गरी काम गर्नुहोस् आम किरातीहरुको मन जित्ने काम गर्नुहोस् । कोठामा बोलेर केही हुँदैन । बोलेर हुने हो भने नेपालको सबैभन्दा धेरै मानिसहरु आट्ने मैदान जनकपुरको बाह्रविघामा गएर एकाविहानै सबैले सरापौं भोलि उठ्न नपायस्, तुँः पारेर हरियो बाँसमा

सम्मानसहित कदरपत्र ग्रहण गर्दै तिलक सुनुुवार ।

बाधेर लगेको देख्न पाऔं भनौं त्यस्तो सरापले केही हुनेवाला छैन । यसैले राजनीतिक, सामाजिक, साँस्कृतिक रुपले हाम जागरुक हुनुपर्छ । राज्यले सार्वजानिक विदा दिएन हो, यसको प्रतिकार कसरी गर्ने, दबाब सिर्जना कसरी गर्ने ? यसका लागि संविधानलाई नै टेकेर दबाब दिऔं । संघले नदिएर के भो ? प्रदेशस्तरको सार्वजानिक विदा घोषणा गराऔं । स्थानीय तहमा सार्वजानिक विदा घोषणा गराऔं । अर्थपूर्ण काम गरौं । हो, संविधानमा हामीले सोचेका सबै कुरा आएका छैनन् । यसका लागि संशोधन गरेर हाम्रो अनुकुल बनाउन सकिन्छ । यतातिर पनि सोचौं । विकल्पका सबै ढोकाहरु बन्दा भए भन्ने सोच्यौं भने हामीले उन्नति प्रगति गर्न सक्दैनौं ।’
उहाँले सोलु, खोटाङ, उदयपुर, ओखलढुंगाको सांसदहरु मिलेर यातायात मन्त्रालय जाँदा गेटैमा एक समकक्षी मित्रले होइन के हो ? सेतामगुराली एक जुट भएर कता हो ? के गर्ने सल्लाह हुँदै छ ? भनेको उल्लेख गर्दै बाहुन बाहुन, क्षेत्री क्षेत्री हुल बाँधेर हिडे पनि कहिल्यै आफुहरुले जातिय दृष्टिकोणले नहेरे पनि उहाँहरुले दुई चार जना चिम्सा आँखाकाहरुलाई देख्ने वित्तिक्कै पूर्वाग्राही तरिकाले सोच्ने परिपाटी भएको हुँदा अझै पनि यो मुलुक एकल जातीकै हलिमुहली भएको दुखेसो पोख्दै राजनीतिमा सबै कोइँच सुनुवारहरुले उपस्थिति जनाउनुपर्ने जोड दिनुभयो ।
पहिचानलाई वर्तमान सरकारले पाखा लगाएको र यसरी पाखा लगाउनुमा हाम्रै आदिवासी जनजाति मतियार रहेको धारणा किरात याक्खा छुम्माका अध्यक्ष लिलबहादुर रोँगुले राख्नुभयो । त्यसैगरी राजनीतिक परिपक्वताको खाँचो रहेको किरात याक्थुङ चुम्लुङका अध्यक्ष योगराज लिम्बुको भनाइ थियो भने किरात प्रदेश घोषणा नगरिए सबै किरातीहरु

सम्मानसहित कदरपत्र ग्रहण पछि बोल्दै देवकुमार सुनुुवार ।

एक जुट भएर आन्दोलन गर्नुको विकल्प नरहेको किरात राई यायोक्खाका महासचिव जनक राईको दावी रहेको थियो । नेपाल आदिवासी जनजाति महासंघका अध्यक्षको प्रतिनिधि विशेष अतिथि महासंघ सचिव श्रुति कुमालले भने नेपाल सरकारले आदिवासी जनजातिलाई हेपेको जसको कारण आदिवासी महिलाहरु अन्यायमा परेको धारण राख्नु भो ।
कोइँच विद्यार्थी, अनुसन्धाता र समाजसेवीहरुलाई सम्मान गरी कदर गर्ने अति उदाहरणीय काम यस समितिले गरेको आफु गौरम्वित भएको अभिमत सल्लाहकार टिकाराम मुलिचा थियो भने संस्थापक सचिव गुञ्जबहादुर सुनुवार सुनुवार सेवा समाज स्थापना भएको हिजो जस्तो लाग्छ ३१ औं वार्षिकोत्सव मनाउँनु पाउँदा आफैं दंग परेको बताउँदै समयानुसार संस्था सञ्चालन तौरतरिकामा वदलब ल्याउनुपर्ने सल्लाह दिनुभयो ।

कार्यक्रममा आंगिक संस्थाको तर्फबाट विद्यार्थी समाजका अध्यक्ष सागर सुनुवार, पूर्व अध्यक्षहरुको तर्फबाट लोकप्रिय सुनुवार, थारिकुतिबाट शिव सुनुवार ब्लामिच, पूर्व पदाधिकारी तथा सदस्यको तर्फबाट विमला सुनुवार, विदेश प्रतिनिधिहरुको तर्फबाट जंग सुनुवार शुभकामना मन्तव्य दिनुभयो ।
बार्षिकोत्सव मनाउने सम्बन्धमा जेठ पच्चिस र वैशाख २५ कुन चाहिँ स्थापना दिवस हो भन्ने सन्दर्भमा विवाद पनि आउने गरेको, वैशाख २५ मा पनि कसैले २ ४ गते भएको तर्क रहे त पनि सुनुवार सेवा समाजले संस्थागत रुपमा वैशाख २५ लाई मान्ने गरेको प्रकाश पार्दै कार्यक्रमको अध्यक्षता गर्नुभयो भने सुनुवार सेवा समाजले केही गर्न सकेन भन्ने एकातिर छन् तर सुनुवार सेवा समाजलाई मैले के गरिदिऔं भनेर सोच्नेतिर जानुपर्छ भन्दै सुनुवार सेवा समाजकै कारण आदिवासी जनजातिको अधिकारहरु सम्बोधन भएको बताउँदै आमन्त्रीत पाहुनाहरुलाई शब्दगुच्छा मार्फत स्वागत गर्नुभयो ।
कार्यक्रममा सुनुवार कलाकार तथा चलचित्रकर्मीहरुको तर्फबाट ४ वटा नृत्य प्रस्तुत गरिएको थियो भने कोइँच कुम्सो खिँको तर्फबाट बबिता, रमिला र पूजा सुनुवारले गीति प्रस्तुति दिनुभएका कलाकारहरुलाई प्रमुख अतिथि माननीय यज्ञराज सुनुवारबाट कदरपत्र प्रदान गरिएको थियो ।
संस्कृति तथा अनुसन्धान विभागले गो यो कोइँच नाङ हाजिरीजवाफ प्रतियोगिता २०७६ का विजेताहरु डा. लाल रापचा ओखलढुंगा हाल ललितपुर, सिर्जना सुनुवार नाअ्सोच ओखलढुंगा हाल गोकर्णेश्वर, बामबहादुर सुनुवार सिन्धुली हाल युएइ, टेकबहादुर सुनुवार खट्टर सिन्धुलीलाई रु. ५०० सय नगद पुरस्कारसहित प्रमाणपत्र प्रदान गरियो र पहिलो चरण विजेतका साथै उत्कृष्ट पुरस्कार विजेता सेविका सुनुवार ललितपुर हाल अमेरिकालाई रु. ५००० हजार सहित प्रमाणपत्र, ट्रफी वितरण सँगसँगै प्रतियोगिता प्रचारप्रसारमा सहजीकरण गर्नुहुने मनिसा सुनुवार दोलखा हाल भक्तपुर, खेम सुनुवार ताप्लेजुङ हाल युएइ, रोमन लास्पाच पाँचथर र उत्कृष्ट पुरस्कार सौजन्यकर्ता मोहन जान्चा सुनुवार एक्ले सल्ला उदयपुर, हाल युएइलाई कदरपत्र प्रमुख अतिथिको हातबाट प्रदान गरिएको थियो । प्रतियोगितामा ३४ जनाले मात्रै सहभागीता जनाए पनि जम्मा दर्शक भने लभगभ तीन हजार पुगेको थियो ।

तस्वीर : काःतिच किशोर सुनुवार

कदरपत्र ग्रहण गर्दै कलाकारहरु ।

Leave a Reply

Enable Roman to Nepali languages (To type in English, press Ctrl+g OR just Click on the letter)

Subscribe
Archives