Recent Comments

फर्केर हेर्दा

जत्नमुइलि, क्युइँतबु कल्याण कोष मुखपत्रको लागि ४ वर्ष अगाडि अतीत दाजु र समीर सुनुवारले लिनु भएको मेरो (उत्तमकुमार सुनुवार) अन्तरवार्तालाई फर्केर हेर्दा । आफैंलाई गो सु नाङा? मनो प्रश्नले डेरा जमाइरहेको छ ।

१. कुनै पनि जातिको पहिचानको सवालमा मातृभाषाले के कस्तो भूमिका खेलेको हुन्छ ? कोइँच भाषा संरक्षण तथा संबद्र्धन गर्न यहाँको विचारमा समस्त कोइँचले के कस्तो भुमिका निर्वाह गर्नुपर्छ ?
पहिलो कुरा त मातृभाषाको विषयमा बुझ्न जरुरी छ । हामी आदिवासी जनजातिहरु मातृभाषा भनेको हाम्रो पहिचान बोकेको आदिवासी जनजातिको भाषा हो त्यो जातिले त्यो भाषा बोलोस् या नबोलोस् भन्ने छ भने भाषाशास्त्री विद्वानहरुको हेराइमा बच्चाले जन्मेर उसको घरपरिवारमा जुन भाषा बोल्छ त्यही भाषा मातृभाषा हो । उनीहरुले घरमा जन्मिदा घरब्यवहारमा बोलिने भाषालाई पहिलो भाषा अर्थात् मातृभाषा र पछिबाट सिकेको वा सरकारी कामकाजी भाषालाई दोस्रो भाषा भन्दाछन् । यसैले जहिल्यै पनि यी दुई भनाईका वीचमा द्वन्द्व हुन्छ । जे होस् यहाँ तपाइँले भन्न खोजेको कुरा हामी आदिवासी जनजातिको दृष्टिकोणबाट हो भन्ने बुझेको छु । यसैले कुनै पनि जातिको इतिहास खोज्न वा अन्य जाति, समुदाय, समाजसँग चिनजान गराउन मातृभाषाको ठूलो महत्व छ । वाहिरीय अतिक्रमणको चंगुलमा नफसेको मातृभाषाले उसको सम्पूर्ण इतिहास बोकेको हुन्छ । कुनै पनि जातिको मातृभाषालाई मार्नु भनेको उसको संस्कार संस्कृति, इतिहास, समाजमा जीउने कला, साहित्य, न्याय प्रणाली साथै जैविक विविधतालाई मार्नु सोसरह हो । यसैले मातृभाषाले जातीय पहिचान जोगाउन अहम् भूमिका निर्वाह गरेको हुन्छ ।
जहाँसम्म कोइँच मातृभाषा संरक्षणको लागि सबै कोइँचको भूमिकाको सम्बन्धमा कुरा गर्नु भयो यस सम्बन्धमा विस्तृत्रुपमा मैले कोइँचबुमा कतै लेखेको छु । तै पनि यहाँ संक्षेपमा भनौं, कोइँच मातृभाषा जोगाउन हामी कोइँचहरु जागेर मात्र पुग्दैन । यसलाई सरकारी मान्यता प्राप्त हुनुपर्छ । राज्यले लगानी गर्नुपर्छ । जब कि संस्कृत भाषाको लागि राज्यले अरबौं लगानी गरिसकेको छ । जागिर सुनिस्चित गरी दिएको छ । नेपाल टेलीभिजन, रेडियो नेपाल, गोरखापत्र, साझा प्रकाशन, साँस्कृतिक संस्थान, प्रज्ञा प्रतिष्ठानको नाममा खस भाषालाई अरबौं लगानी राज्यले गरेको छ । राज्यले एकातिर बहुभाषिक मुलुकको नारा दिन्छ अर्कोतिर खस, संस्कृत र अंग्रेजी भाषालाई लगानी गरिरहेको छ । खोइ त कोइँच भाषामा लगानी गरेको ? राज्यले लगानी नगरुञ्जेल हाम्रो पर्यत्नले मात्र भाषा बच्न सक्दैन । तर हामी आपैंmले पनि हाम्रो मातृभाषाको माया भने गर्नु पर्छ । हाम्रो प्रयास भनेको सबै कोइँच परिवारले आफ्नो घरपरिवारमा कोइँच भाषा बोलीदिनु पर्छ ।

२. कोइँच भाषामा पुस्तक प्रकाशन गर्ने तपाइँ पहिलो व्यक्ति ; आफ्नो भाषामा साहित्य लेखन कहिलेदेखि शुरु गर्नुभयो ?
जहाँसम्म कोइँच भाषामा पुस्तक प्रकाशनको कुरा गर्नु भयो, यहाँ मैले स्पष्ट पार्नै पर्छ कि मैले लेखेको पुस्तकहरु अझसम्म म आपैंmले प्रकाशन गरेको छैन । हो कोइँच भाषाको पहिलो पुस्तक ‘देन ए सेरेम फु’ मैले लेखेको हो तर यसको प्रकाशन भने क्युइँतिच बन्धु रणवीर र अतीत (ईश्वरकिरण) सुनुवारले चुप्लु समाज मार्पmत प्रकाशन गरेका हुन् । यसो भनौं कोइँच साहित्य विकासमा क्युइँतिचहरुको अमूल्य योगदान छ ।
जहाँसम्म साहित्य लेखनको कुरा छ, त्यस सम्बन्धमा अरुले जस्तो मैले यहाँ ढाँट्नु जरुरी छैन । म आफु कोइँच मातृभाषी भएकोले मलाई लोकसाहित्य मेरो परिवार, समुदायबाट स्वाभाविकरुपमा मेरो बाल्यकालदेखि नै शुरु भएको हुनुपर्छ तर मेरो मनमा साहित्यप्रतिको चेत पसेको भने कक्षा चारमा भानुभक्तको जीवनी पढेपछि हो । त्यसलाई थप बल मैले कक्षा छ नपढे पनि छ कक्षामा प्रकाशित महाकवि लक्ष्मीप्रसाद देवकोटाको जीवनीले सिर्जनात्मक लेखन कार्यमा घच्घचाएको हो । लाग्छ त्यस्तै ४० को दशकतिरदेखि शुरु गरेको हुँ । तर प्रकाशन भने ६० को दशकबाट शुरु भयो ।

३. तपाईँ चुप–लु समाजसँग पनि आवद्ध हुनु भएको नाताले चुप–लु समाज बारे केही प्रकाश परिदिनुहुन्छ कि ?
मलाई त्यो दिन अभैm याद छ तर तिथिमिति बिर्सेँ । मेरा सहपाठी समीर मुखिया सुनुवार हामी सुनुवार विद्यार्थी समाजमा आवद्ध थियौं । हाम्रो उठबस पुराना साहित्यकार तथा इतिहासकारसँग बढी थियो । उनीहरुको गतिविधिले हामीलाई पनि हाम्रो जातीय पहिचान सम्बन्धि नियामित प्रकाशन तथा खोजअनुसन्धान गर्ने एउटा साझा संस्थाको आवाश्यकता महशुस गरायो । यसैले हामी उपयुक्त नामहरु खोज्यौं । म चाबेलमा बसे पनि सहपाठी समीरको कोठा लगनखेल, इखालखुमा कैयन रात छर्लङ्ग कटायौं नाम छान्न नै । अभैm पनि हामीसँग ती केस्राहरु सुरक्षित छन् । अन्ततः हाम्रो कोइँचको परम्परागत संस्था अर्थात् सभालाई प्रतिनिधित्व गर्ने संस्था चुप–लु समाज नाम जुरायौं । र, अग्रजहरु माझ यस संस्था प्रति छलफल चलाए पछि यस संस्थाको उद्भव भएको हो । यसैले यो संस्थाले कोइँच पहिचानको बारेमा त काम गरेको छ नै अन्य समुदाय र जातिको बारेमा पनि प्रकाशन कार्यमा अग्रसर रही आएको कोइँचको परम्परागत संस्थाको प्रतिछायाँ हो । यो आदिवासी जनजातिको नेतृत्व प्रणालीमा चलेको छ ।

४. कोइँच मातृभाषाको संरक्षणमा अविरल लागी परिरहनु भएको तपाईँ कोइँच मातृभाषा लोपोन्मुख अवस्थामा पुग्नुको पछाडि तपाइँको विचारमा के कस्ता कारक तत्व रहेको छन् ।
यहाँ म मात्र कोइँच मातृभाषाको संरक्षणमा लागेको भन्दा अन्याय हुनजान्छ । हामी सबै चिन्तित छौं कोइँच मातृभाषा लोप भएकोमा र हामी भन्दा अग्रजहरुले पनि यसको संरक्षण सम्बद्र्धनमा लागेका थिए र पछिल्लो पुस्ता पनि मरिमेटेर लागेको छन् केवल चेतसहितको लगान र चेत विनाको लगानमा मात्र फरक छ । तर अन्य भाषामा जस्तो धेरै भने छैनौं । कोइँच मातृभाषा लोप हुनुको कारक तत्व राज्यको विभेदपूर्ण नीति तथा कार्यक्रम हो । सँगसँगै हामी कोइँचहरुमा भाषिक, साँस्कृतिक र पहिचानको चेत विकास नहुनु पनि सहायक कारक तत्व हो ।

५. कोइँच मातृभाषाका तपाईँ लगायतका अन्य साहित्यकारहरुबाट प्रकाशन भएका पुस्तकहरुले कोइँच यूवापिँढीमा के कस्तो प्रभाव पारेको महसुश गर्नु भएको छ ।
अवश्य नै सकारात्मक प्रभाव छ । नयाँ–नयाँ लेखकहरुको जन्म भएको छ । कोइँच मातृभाषामा पनि साहित्यिक सिर्जना गर्दा अरुहरुले पढ्दा रहेछन्, कोइँचहरुमा जागरण ल्याउन कोइँच मातृभाषा नै उपयुक्त रहेछ भन्ने ज्ञान प्राप्त गर्न सकेका छन् । र, कोइँच मातृभाषामा लेखेर कसले पढ्छ र कोइँच मातृभाषा पढेर के काम, के जागिर खाना पाइन्छ भन्नेहरु, देवनागरी लिपीमा कोइँच भाषा लेख्नै मिल्दैन भन्ने, हिँजो कहिल्यै कोइँच मातृभाषामा नलेख्नेहरु पनि पत्र–पत्रिकामा लेख रचना लेख्दा कोइँच भाषालाई प्रथामिकता दिनुहोला भन्न थालेका छन् ।

६. साहित्यकार मात्र नभइ तपाईँ रेडियो सञ्चारकर्मी तथा पत्रकारसमेत हुनु भएको नाताले कोइँच मातृभाषा विकासका लागि तत्काल सञ्चार क्षेत्रमा के कस्तो पहल गर्न पर्ने आवश्यक ठान्नु हुन्छ ?
मैले पटक पटक सोसल मिडियामा लेखेको छु–कोइँच सबैमा जातीय पहिचानको चेत हुनु पर्छ भनेर । यसको लागि हाम्रो तर्पmबाट प्रचारप्रसार पटक्कै भएको छैन । हुन त हिजो हामीलाई आशंका थियो, कोइँच भाषामा पत्रकारिता गर्न सकिएला र ! भन्ने ; तर सम्भव रहेछ र छ भन्ने प्रमाणित भयो । अहिले हामीसँग पाक्षिक दुइटा पत्रिका छ एउटा सिक्किम हेराल्ड, सिक्किमबाट प्रकाशन हुने र एउटा गोरखापत्र नयाँ नेपाल कोइँच (सुनुवार÷मुखिया) भाषा पृष्ठ । साप्ताहिक रेडियो कार्यक्रम छ किङलो चुप्लु । र, स्थानीय तहमा कोइँच मातृभाषामा समाचार र अन्य कार्यक्रम पनि सञ्चालनमा छ रामेछाप, दोलख, सिन्धुलीबाट ।
तर हाम्रो यो पहल नितान्त एक दुई जना साथीहरुको पहलमा भएको छ । यसलाई संस्थागत मान्यता दिएर कोइँच भाषामा कलम चलाउने, रेडियो प्रसारण गर्ने, अडियो भिडियो निर्माण गर्नेहरुको लागि अरु केही नगरे पनि सामुहिकरुपमा सामाजिक अभिनन्दन तथा सम्मान गर्ने साथै बेला बेलामा विभिन्न कार्यशाला गोष्ठी, विचार गोष्ठी गर्दै सञ्चारकर्मलाई पेशाको रुपमा विकास गर्नु आवश्यक ठानेको छु ।
तर दुःखको कुरा कोइँच बन्न नसकेको सुनुवार समुदायमा त्यस्तो चेत भएको व्यक्तिको भने सधैं अभाव छ ।

७. तपाई कोइँच मातृभाषाको पाठ्यपुस्तक तयारी समितिको पनि सक्रिय व्यक्ति रहनु भएको नाताले कोइँच भाषाको पाठ्यपुस्तक उत्पादनबाट कोइँच समाजले कति लाभ लिने ठान्नु हुन्छ र आजसम्म के कति कोइँच भाषाका कक्षा सञ्चालन भएका छन् ?
यो विषयमा पहिला त सरकारलाई सोध्नु पर्छ । सरकारले उत्पादन गरेको पाठ्यपुस्तकलाई लागु गर्न सरकारले नै पहल गर्नु पर्ने हो । खैर यी कुरालाई यहीँ थाँती राखौं । कोइँच मातृभाषाको पाठ्यपुस्तक प्रकाशनले कोइँच समाजलाई वेफाइदा होइन फाइदा नै भएको छ । अरु केही नभए पनि कोइँच भाषाको दस्तावेजीकरण त भयो । हामी आपैंmले गर्ने भनेको भए भ्यागुताको धार्नी नपुगे जस्तो उखान चरितार्थ हुने थियो ।
जहाँसम्म पठनपाठनको कुरा छ कोइँच पाठ्यपुस्तक निस्कीसकेपछि तत्कालीन समयमा सक्रियारुपमा सुनुवार सेवा समाजले जुन प्रचारप्रसार गर्नु पथ्र्यो त्यो सकेन । अहिले पुनः स्थानीय तहबाट पाठ्यपुस्तक लागु गराउने प्रयास हुँदै छ । कोइँच पुख्र्यौली थालोमा भन्दा अन्तबाट कोइँच मातृभाषा पठानपाठनको लागि जनचासो वृद्धि भएको देखिएको छ ।

८. कोइँच मातृभाषाका मौलिक लोकसाहित्य के कस्ता छन् र यस्ता मौलिक लोकसाहित्य पछिल्लो पुस्तालाई हस्तान्तरण गर्ने विषयमा यहाँको सोँच कस्तो छ ?
कोइँच मातृभाषाका मौलिक लोकसाहित्य अद्वितीय, अतुलनीय छन् । सालाक, खालो, हाँ हाँ हासाल हाँसाल, जासि ब्लुकुम ब्लुकुम, रामदाले, थादो, नाःदोरि, पोइँबो–ग्याँमिआन सिल, पिदार, थेअÞनि, साबाइ जस्ता कोइँच लोकसाहित्य अभैm जीवित छन् । यसका विषयमा विस्तृत अध्ययन अभैm भएको छैन ।
जहाँसम्म पछिल्लो पुस्तालाई मौलिक लोकसाहित्य हस्तान्तरणको कुरा छ । यसको विषयमा केही काम गरिसकेका पनि छौं । अग्रज साहित्यकार अतीत मुखियाले थेअÞनिको सौन्दर्य वारे अध्ययन गरेर एक अनुसन्धान पुस्तक नै प्रकाशनमा ल्याइसक्नु भएको छ । यस्ता लोकसाहित्यलाई समयानुसार श्रव्यदृश्य तथा लेखनमा उतार्नु पर्छ भन्ने हाम्रो सोँच भएकोले कोइँच गाउँ डुलेर एक चरणको अध्ययन गरि पनि सकेका छौं । अब त्यसलाई कागजमा उतार्न बाँकी छ । यो हाम्रो सोँचाइलाई युवा पूस्ताले पनि चासो लिनु आवश्यक छ । अघि पनि कुरा गरेको छु हाम्रो पढाइलेखाइ हाम्रो मुल्यमान्यता विपरीत भएको हुँदा हाम्रो दिमागमा उही उपभोक्तवादी हिन्दू तथा क्रिस्चियन सोँच बद्लिनु आवश्यक छ युवा पुस्तामा । र, यो सोँचको धुलाइ कार्य गर्न कस्तो कार्यक्रम समुदायमा आवश्यक छ भन्ने अध्ययन हुनुपर्छ अनि हाम्रो पहिचान स्थिर हुने छ भन्ने सोचाइमा छु ।

९. अन्तमा कोइँच साहित्यको प्रगतिका लागि नयाँ पुस्ताहरुलाई यहाँको के कस्तो सुझाव रहेको छ ?
यो सुझाव होइन । सूझाव भन्दा पनि हामी आपैंm काम गरौं भन्ने मान्यता राख्छु । यसैले नियामित रुपमा सबै कोइँच युवा पुस्ताले आफ्नो मातृभाषामा कविता, कथा, मुक्तक, गजल, मनमा लागेको कुरा, संस्मरण, विचार, यात्रा विवरण, दैनिकी दैनिक लेखौं । छाप्नु भनेको अरुलाई पढाउनु हो । पहिलाको जस्तो अरुलाई पढाउन पुस्तक छाप्नु पर्ने वा पत्रिकामा छाप्नु पर्ने, रेडियो वा टि.भि.मा प्रसारण गर्नु पर्ने आवश्यकता छैन । यो जमना सामाजिक सञ्जालको हो । हामीसँग जुन कुरा सजिलै प्राप्त हुन्छ त्यसैको उपयोग गर्ने हो । यसैले तपाईँ जहाँ हुुनुहुन्छ सञ्चार त्यहीँ छ । तपाइँको कुरा आफ्नै कोइँच भाषामा व्यक्त गर्नुस् । जो कोइँच मातृभाषा जान्नुहुन्न तपाईँ सिक्नुहोस् । सिक्नुको कारण धेरै छन् पहिचानको लागि, तपाईँको सुरक्षाको लागि, गोप्यताको लागि … आदि इत्यादि । हामीले कोइँच साहित्यको वृद्धि गर्नु भनेको हाम्रो आफ्नै सोच्ने तौरतरिका, जीवनशैली, मुल्यमान्यता र पहिचानको संरक्षण, संवद्र्धन, विकास तथा प्रवद्र्धन गर्नु पनि हो । बोलेर हाम्रो इतिहास निर्माण हुन्न । लेख्नु पर्छ । बोल्नको लागि त हिजो हाम्रो पुर्खा पनि बोलेकै थे । खोइ त ति बोल्नेको इतिहास ? इतिहास ज–जसले लेखेका छन् उनीहरुको मात्र इतिहास जीवित रहन्छ । त्यसैले आजै कोइँच मातृभाषामा लेख्न शुरु गर्नुहोस् तपाईँले जे जति जान्नुहुन्छ ।

Leave a Reply

Enable Roman to Nepali languages (To type in English, press Ctrl+g OR just Click on the letter)

Subscribe
Archives